menu bar

Sunday, October 5, 2014

विश्वविख्यात नास्तिकले परमेश्वरमाथि विश्वास गरे



बिसौँ शताब्दीको पुर्वाद्धसम्म एन्टोनी फ्लु विश्वप्रसिद्ध नास्तिक थिए दार्शनिक फ्लुले अक्सफोर्ड, योर्कजस्ता विश्वका नामी विश्वविद्यालयहरूमा पढाए रिचार्ड डाउकिन्स, क्रिस्टोफर हिचेन्स साम हेरिसजस्ता व्यक्तिहरू जसले धर्ममाथि आक्रमण गरेका थिए तिनीहरूको सूचीमा फ्लुको नाउँ पनि आउँछ अविश्वासका प्रवक्ता थिए फ्लु आफ्नो पुस्ताका प्रखर नास्तिक फ्लुले ख्रीष्टाब्द २००४ मा संसारलाई तिनछक पारिदिए, परमेश्वरको अस्तित्वमाथि विश्वास गरेको घोषणा गरेर जीवनको अधिकांश समय नास्तिकवादको पक्षपोषकको रूपमा चिनिएका फ्लुले ८१ वर्षको उमेरमा परमेश्वरमाथि विश्वास गरे २००७ मा प्रकाशित आफ्नो पुस्तक (देएर इज गड: हाउ वल्र्ड मोस्ट नोटोरियस एथिइस्ट चेन्ज्ड हिज माइन्ड) मा तिनले नास्तिकवादबाट ईश्वरवादतर्फ भएको आफ्नो यात्रालाई उल्लेख गरेका छन् केले तिनलाई नास्तिकवादप्रतिको जीवनभरिको आफ्नो अडानलाई त्याग्न उत्प्रेरित गर्यो ? तिनका आफ्नै शब्दहरूमा— “[विगत] ५० वर्षभन्दा बेसी लगाएर डीएनए अनुसन्धनबारे पत्ता लागेका खोजहरूले संरचनाको पक्षमा नयाँ अत्यधिक शक्तिशाली तर्कका लागि सामग्रीहरू जुटाएका छन् बिसौँ शताब्दीको पूर्वाद्र्धमा जन्मेका फ्लु २०१० मा ८७ वर्षको उमेरमा यस धरतीबाट बिदा भए  यसरी एक पटक विश्व हल्लाएका नास्तिकले वैज्ञानिक साक्षीको आधारमा परमेश्वरको अस्तित्वलाई स्वीकारे   

Leave Your Comments Here!


Saturday, October 4, 2014

यहूदा इस्करियोतको मृत्यु कसरी भयो ? मत्तीको विवरणअनुसार यहूदा इस्करियोतले आत्महत्या गर्‍यो (मत्ती २७:१–५) भने प्रेरितको पुस्तकअनुसार त्यसको भुँडी फुट्यो (प्रेरित १:१८) । यी दुई ओटा खण्डलाई तुलनात्मक रूपमा अध्ययन गर्दा के यी बेमेल देखिँदैनन् र ?




यहूदा इस्करियोतको मृत्युको सम्बन्धमा मत्तीले लेखेका छन्, “तब चाँदीका ती सिक्काहरू मन्दिरमा फ्याँकेर त्यो गयो, त्यसले झुण्डेर आत्महत्या गर्यो” (मत्ती २७:) त्यसको मृत्यु वरिपरिको क्षणको विषयमा प्रेरितको पुस्तकका लेखक डा. लूकाले प्रेरित पत्रुसको भनाइलाई यसरी अभिलिखित गरेका छन्, “त्यस मानिसले अधर्मको कमाइबाट एउटा जग्गा किन्यो, उँधोमुन्टो भई खस्यो त्यसको भुँडी फुटयो, त्यसका सबै आन्द्राभुँडी निस्के” (प्रेरित :१८) बाइबल त्रुटिविहीन भन्ने ख्रीष्टियान शिक्षालाई यो प्रस्ट विरोधाभासले गलत साबित गर्छ भनी केही बाइबल आलोचकहरू निर्धक्कसँग बोल्न हिच्किचाउँदैनन्

येशू ख्रीष्टको जीवनी अध्ययन गर्ने व्यक्तिको लागि यहूदा इस्करियोत अपरिचित नाउँ होइन सुसमाचारहरूमुताबिक त्यसले येशू अर्थात् आफ्ना गुरुलाई तिस ओटा चाँदीको सिक्कामा बेचिदियो त्यसो गरेकोमा पछि त्यसलाई अत्यधिक पछुतो भयो त्यसले आत्महत्यालाई नै अन्तिम उपचारको रूपमा देख्यो

यहाँ मत्ती लूकाको विवरणलाई हामीले होसियारीपूर्वक पढ्नु आवश्यक यहूदा खसेनन् भनेर मत्तीले भनेका छैनन् यहूदाले आफूलाई झुण्ड्याएनन् भनी लूकाले व्यक्त गरेका छन् यहाँ एक जनाले एउटै वस्तुलाई कालो अर्कोले सेतो भनेको अवस्था छैन दुवै खण्डलाई ध्यान दिएर पढ्दा वास्तवमा ती खण्डहरू एक अर्काको अन्तर्विरोधी नभई परिपूरक छन्

यहूदाले आफैलाई हिन्नोमको बेँसीमाथि भएको पहरोको छेउमा झुण्ड्यायो भनी परम्परागत रूपमा विश्वास गरिएको बेँसीको फेँददेखि त्यो चट्टानको भिर झण्डै चालिस फिटसम्म अग्लो , त्यो पनि ठाडै यहूदाले आफूलाई आत्महत्याको लागि जुन रूखमा बाँधेको थियो त्यो सुकेको हाँगा परेकोले हावाको झोक्काको कारणले त्यो हाँगा भाँचियो वा डोरी चुँडेकोले त्यो भुइँमा पछारियो परिणाम स्वरूप त्यसका आन्द्राभुँडी निस्के भन्ने व्याख्या त्यो भूगोलको संरचनासित पूर्णत: स्वाभाविक सारांशमा भन्नुपर्दा, मत्तीले यहूदाको मृत्युको प्रयासको निम्ति त्यसले अपनाएको विधिलाई अभिलिखित गर्छन् भने लूकाले त्यसको आखिरी नतिजालाई   

Leave Your Comments Here!


Thursday, October 2, 2014

येशूको विश्वव्यापी प्रभावबारे सुप्रसिद्ध भनाइहरू




दार्शनिकहरूका सबै प्रवचनहरू नीतिज्ञहरूका सबै अर्तीहरूले भन्दा [येशू] ख्रीष्टको तिन वर्षे सक्रिय जीवनको सामान्य अभिलेखले मानवजातिलाई आध्यात्मिक उन्नति गराउन नरम पार्न बेसी काम गरेको
विलियम लेके, विख्यात ब्रिटिस इतिहासकार

मानवजातिको बिचमा देखा परेका फलहरूलाई मापन गर्दा त्यो छोटो जीवन नै यस ग्रहमा जिउने सबैभन्दा प्रभावशाली जीवन बनेको ... शताब्दीहरू बित्दै जाँदा त्यस जीवनको प्रभाव लोप हुँदै जानुको साटो झन् गहन हुँदै गएको उहाँद्वारा दसौँ लाख मानिसहरू रूपान्तरित भएका छन् अनि तिनीहरूले उहाँको नमुनादायी जीवनलाई पछ्याउन थालेका छन् ... देखा परेका नतिजाहरूलाई नाप्दा येशूको जन्म, जीवन, मृत्यु पुनरुत्थान मानवजातिको इतिहासका सर्वाधिक महत्त्वपूर्ण घटनाहरू हुन् उहाँको प्रभावलाई मापन गर्दा येशू मानव इतिहासको केन्द्रिय पात्र हुनुहुन्छ
फिलिप स्काफ 

एउटा इतिहासकार हुँ, विश्वासी होइनँ नासरतका यी अकिञ्चन प्रचारक अपरिवर्तनीय रूपमा इतिहासको केन्द्र हुनुहुन्छ भनी एउटा इतिहासकारको नाताले मैले स्वीकार गर्नैपर्छ
                एच. जी. वेल्स

सुकरातले ४० वर्षसम्म सिकाए, प्लेटोले ५०, अरस्तुले ४० येशूले केवल वर्ष तथापि प्राचीन संसारका यी तिन महानतम दार्शनिकहरूले १३० वर्षसम्म सिकाएको शिक्षाले पारेको प्रभावभन्दा ख्रीष्टको वर्षे सेवाकार्यको प्रभाव असीमित रूपमा श्रेष्ठतर
                अज्ञात

शताब्दीहरू बित्दै जाँदा साक्षीहरू यति प्रचुर भएका छन् कि इतिहासमा उहाँको प्रभावलाई मापदण्ड बनाउने हो भने येशू यस ग्रहमा बाँच्नुहुने सर्वाधिक प्रभावशाली व्यक्तित्व हुनुहुन्छ
                केनेथ स्कट लाटुरेट, इतिहासकार

ख्रीष्ट इतिहासकै सर्वाधिक प्रभावशाली व्यक्तित्वको रूपमा खडा हुनुभएको निस्सन्देह संसारलाई रूपान्तरण गर्ने मानिसहरूको सूचीमा मोशा, बुद्ध मोहम्मदका नाउँहरू समावेश हुन्छन् तथापि यहूदी, बुद्ध इस्लाम धर्ममा मोशा, बुद्ध मोहम्मदले जुन ठाउँ ओगट्छन् ख्रीष्टियमतमा येशूले त्योभन्दा नितान्त फरक ठाउँ ओगट्नुहुन्छ मोशा, बुद्ध मोहम्मदले कहिल्यै पनि आश्चर्यकर्महरू गरे भनी दाबी गरेनन् वास्तवमा तिनीहरूले आफूलाई कहिल्यै पनि मानिसभन्दा ठुलो प्राणीको रूपमा हेरेनन् तिनीहरूले आफूलाई केवल परमेश्वरका सन्देशवाहकहरूको रूपमा हेरे ख्रीष्ट मात्रै इतिहासमा एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ जसले पुरै धर्मलाई आफ्नो व्यक्तित्ववरिपरि परिभाषित गर्नुभएको
दिनेश डिसुजा  

इतिहासका सन्त हिरोहरू हामीबाट टाढाटाढा भाग्दै छन् , इतिहासले तिनीहरूका कामहरूको अभिलेखलाई झनै साँघुरो पृष्ठमा सङ्कुचित पार्दै छन् तर येशू ख्रीष्टको नाउँ, कार्यहरू वचनहरूमाथि समयको कुनै ताकत छैन
विलियम . चानिङ
               
सतही दिमागहरूले ख्रीष्ट साम्राज्यका संस्थापकहरूसाथै अन्य धर्मका देवताहरूको बिचमा समानता देखाए त्यो समानता विद्यमान छैन ख्रीष्टियमत अन्य कुनै पनि धर्मको बिचको दुरी अनन्त
नेपोलियन बोनापार्ट, फ्रान्सका सम्राट्

परमेश्वरमानवको रूपमा येशू ख्रीष्ट महानतम व्यक्तित्व हुनुहुन्छ तसर्थ, उहाँको व्यक्तिगत प्रभाव यस धरतीमा बाँच्ने कुनै पनि मान्छेको भन्दा बढी
बर्नाड र्याम

येशू ख्रीष्ट सम्पूर्ण कालको असाधारण व्यक्तित्व हुनुहुन्छ ... उहाँ संसारको ज्योति हुनुभयो एउटा यहुदी भएको नाताले यसमा मैले किन गर्व नगर्ने ?
सोलेम आस, यहूदी लेखक

उन्नाइस शताब्दी आएर बितिसकेका छन् आज उहाँ मानवजातिको केन्द्रिय व्यक्तित्व हुनुहुन्छ उहाँ प्रगतिको स्तम्भको अगुवा हुनुहुन्छ मार्च पास गर्ने सम्पूर्ण सेनाहरू, सबै नौसेनाहरू, सबै संसदहरू शासन गर्ने सबै राजाहरूलाई सँगसँगै राखिने हो भने पनि यस एकल जीवनले यस पृथ्वीमा जति शक्तिशाली ढङ्गमा प्रभाव पारेको त्यति तिनीहरूले पारेका छैनन् भन्दा पनि मैले उहाँलाई उचित अङ्क दिएको हुँदैन
अज्ञात

व्यक्तिगत रूपमा नासरतका येशूको बारेमा मानिसहरूले जस्तो सोचाइ विश्वास राखे तापनि झण्डै बिस शताब्दीसम्म उहाँ पाश्चात्य संस्कृतिको इतिहासमा प्रबल व्यक्तित्व हुनुभएको ... उहाँको जन्मबाट नै प्रायजसो मानवजातिले पात्रोको आरम्भ गर्छन् । उहाँको नाउँ लिएर नै दसौँ लाखले सराप दिन्छन् भने उहाँकै नाउँमा दसौँ लाखले प्रार्थना चढाउँछन्
जारोस्लाम पेलिकान, विश्वचर्चित इतिहासकार




Leave Your Comments Here!