menu bar

जीवनी

जस्टिन मार्टर: दोस्रो शताब्दीका सर्वाधिक महत्त्वपूर्ण रक्षाशास्त्री




जस्टिन मार्टर दोस्रो शताब्दीका सर्वाधिक महत्त्वपूर्ण रक्षाशास्त्री (अपोलोजिस्ट) थिए ख्रीष्टियान विश्वासलाई व्यवस्थित तर्कसङ्गत रूपमा प्रस्तुत गर्ने व्यक्तिलाई रक्षाशास्त्री भनिन्छ आफ्ना केही शिष्यहरूसँगै सहिद भएका जस्टिनलाई ख्रीष्टियान जगत्ले सन्तको रूपमा श्रद्धा गर्छ तिनका अधिकांश कृतिहरू हराएर गएका छन्, केवल तिन ओटा सुरक्षित छन् जस्टिन रक्षाशास्त्री, दार्शनिक लेखक थिए जो सहिद बने    


जस्टिनको जन्म प्यालेस्टाइनको सामरियामा भएको थियो, अन्यजाति परिवारमा बाल्यकालमा राम्रै शिक्षा हासिल गरेका जस्टिन दार्शनिक प्लेटोको दर्शनशास्त्रबाट प्रभावित थिए तिनी एफिससमा छँदा एक जना प्रौढ ख्रीष्टियान व्यक्तिबाट निकै प्रभावित भए जसलाई तिनले समद्रीतटमा संयोगवश: भेटेका थिए पुरानो करारका यहूदी अगमवक्ताहरूले मसीहको बारेमा बताएका भविष्यवाणीहरू येशूको जीवनमा पुरा भएका छन् भनी ती वृद्धले बताउँदा जस्टिन छक्क परे ख्रीष्टाब्द १३२ मा तिनले आफ्नो जीवन येशूमा सुम्पे अर्थात् तिनी ख्रीष्टियान भए तर तिनी प्लेटोवादबाट पूर्णत: मुक्त हुन भने सकेनन्
तिनका तिन ओटा कृतिहरू यस प्रकार छन्:
  • फस्ट अपोलोजी: रोमी सम्राट् एन्टोनियस धर्मपुत्रको रूपमा पालिएका तिनका सन्तानहरूलाई सम्बोधन गरिएको यस कृतिमा जस्टिनले ख्रीष्टियान दर्शनको वकालत गरेका छन् तिनको पहिलो दोस्रो अपोलोजी ख्रीष्टियान रक्षाशास्त्रका प्रारम्भिक कृतिहरूमध्येमा पर्छन्
  • सेकेन्ड अपोलोजी अफ जस्टिन मार्टर: प्राचीन रोमको राष्ट्रिय परिषद्लाई सम्बोधन गरिएको यस कृतिमा लेखकले ख्रीष्टियानहरूका विरुद्धमा लगाइएका अभियोगहरूको खण्डन गरेका छन्
  •  डायलग विथ ट्राइफो: जस्टिन ट्राइफो नाउँ गरेको यहूदी रब्बीबिच भएको संवाद हो यो ख्रीष्टियमत सबै मानिसहरूका लागि एउटा नयाँ व्यवस्था हो येशू नै यहूदीहरूले अपेक्षा गरेको मसीह हुनुहुन्छ भनी प्रमाणित गर्न कोसिस गरिएको यसमा
करिब ख्रीष्टाब्द १०० मा जन्मेका जस्टिन १६५ मा सधैँका लागि येशूको काखमा पुगेका थिए  


Leave Your Comments Here!



जस्टिन मार्टर: दोस्रो शताब्दीका सर्वाधिक महत्त्वपूर्ण रक्षाशास्त्री
कन्स्टेन्टाइन महान्: पहिलो ख्रीष्टियान सम्राट् जसले ख्रीष्टियान धर्मलाई वैधानिकता प्रदान गरे
तोयोहिको कागवा: अनाथ ठिटो जो सृजनशील सुधारक बने
जर्ज मुलर: विश्वासका महानायक
विलियम लेन क्रेग: वर्तमान समयका सर्वाधिक महान् ख्रीष्टियान रक्षाशास्त्री
डी. एल. मुडी: लाखौँ मानिसहरूलाई प्रभु येशूमा जित्ने प्रखर वक्ता
अदोनिराम जडसन: बर्मामा मिसनरी बनेर गएका परमेश्वरका शक्तिशाली योद्धा
मदर टेरेसा: गरिबहरूका मसिह जसले नोबेल शान्ति पुरस्कार जितिन्
मेनो सिमोन्स: फरक दृष्टिकोण राखेकाले जसको टाउकोको मूल्य तोकियो
मार्टिन लुथर: जसले सुधारवादलाई जन्माउन आधारभूत भूमिका खेले
थोमास अक्विनास: मध्यकालका महानतम दार्शनिक
सी. टी. स्टड: चीन, भारत र अफ्रिकाका लागि मिसनरी
जोनाथन एडवार्डस: अठारौँ शताब्दीका प्रखर वक्ता
जोन बनयान: औपचारिक शिक्षा हासिल नगरीकनै विश्व चर्चित कृति लेख्न सफल स्रस्टा
गंगाप्रसाद प्रधान: नेपाली भाषामा बाइबललाई अनुवाद गर्ने प्रथम नेपाली
डाइट्रिच बोनहफर: तानाशाही नाजी शासनको विरुद्धमा खरो रूपमा उत्रने पास्टर