menu bar

मेरो बारेमा


कमल अधिकारी बाइबल शिक्षक, लेखकसाथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary af6 B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International Nepal Ebenezer Bible College को सहकार्यमा सञ्चालित स्नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तकपुस्तिकाका अनुवादक तिनका निम्न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः

१. बाइबल, विज्ञान र परमेश्वर (दोस्रो संस्करण, २०१६)
२. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (दोस्रो संस्करण, २०१६)
३. प्रेरक प्रसङ्गहरू (२०१४)
४. येशू को हुनुहुन्छ ? (२०१८)
५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)


सम्पर्कको लागि 
Kamal Adhikari
Post Box No.: 2359
Kathmandu, Nepal
Mobile No.: 9843743453