menu bar

Monday, November 3, 2014

येशूको कन्याबाटको जन्मबारे केही भनाइहरू



हाम्रा परमेश्वर येशू ... पवित्र आत्माद्वारा ... मरियमको कोखमा गर्भधारण हुनुभयो
इग्नेसियस, एन्टिओखियाका बिशप

उहाँ आफै सर्वोच्च परमेश्वरका पुत्र हुनुहुन्छ जो पवित्र आत्माद्वारा देखिनुभयो; स्वर्गबाट ओर्लनुभयो अनि हिब्रू कन्याबाट जन्मेर देह धारण गर्नुभयो
अरिस्तिदेस

पिता परमेश्वरको एकलौटे पुत्र हाम्रा शिक्षक येशू ख्रीष्ट सम्भोगको परिणामस्वरूप जन्मनुभएन ... परमेश्वरको शक्ति कन्यामाथि ओर्ली उनीमाथि छाया पारियो अनि उनी कन्या छँदै गर्भवती भइन् ... किनभने परमेश्वरको शक्तिद्वारा कन्या भए तापनि उनी गर्भवती भइन् ... परमेश्वरको इच्छाअनुसार उहाँका पुत्र येशू ख्रीष्ट कन्या मरियमबाट जन्मनुभएको
जस्टिन मार्टर, रक्षाशास्त्री

बाइबलको पुष्टिको बाबजुत पनि यदि हामी कन्याबाटको जन्मलाई स्वीकार गर्दैनौँ भने बाइबलको अधिकारलाई हामीले आँच आउन दिएका हुन्छौँ , यसका अन्य शिक्षाहरूलाई हामीले किन स्वीकार गर्नुपर्छ भन्नाका लागि सैद्धान्तिक रूपमा कुनै कारण हुँदैन यसरी कन्याबाटको जन्मको इन्कारका आशयहरू यस शिक्षाभन्दा निकै परसम्म फैलन्छन्
मिलार्ड जे. एरिक्सन, लेखकसाथै ईश्वरशास्त्री

यसरी, किन ख्रीष्टियान मण्डलीले मानवीय पिताविना नै येशूको जन्मलाई विश्वास गर्यो भन्नुको कारण वास्तवमा उहाँ त्यसरी नै जन्मनुभएको थियो भन्ने स्वीकारको लागि राम्रो आधार
जे. ग्रेसाम माचेन, ईश्वरशास्त्री

सारा साक्षीले ख्रीष्टको आश्चर्यमय जन्मलाई प्रमाणित गर्छ
क्लेमेन्ट रोजर्स

कन्याबाटको जन्मलाई बाइबलमा स्पष्टत: सिकाइएको कारणले गर्दा मात्रै यो साँचो भएको होइन तर येशू ख्रीष्टको चरित्रसाथै मिसन अनि पतित संसारको निम्ति उद्धारबारे भएको परमेश्वरको महान् योजनासित यो तादात्म्य भएकोले यो साँचो भएको हो ... यस्तो आश्चर्यकर्म असम्भव भनी बताउनु परमेश्वरको अस्तित्वलाई इन्कार गर्नु हो वा उहाँले आफ्नो सृष्टिमाथि नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने कुरोलाई इन्कार गर्नु हो
हेन्री मोरिस, सृष्टिवादी वैज्ञानिक




Leave Your Comments Here.


Sunday, November 2, 2014

मिसनरीको सुसमाचारद्वारा डरलाग्दो हत्याराको परिवर्तन



रोबर्ट मोफाट उन्नाइसौँ शताब्दीमा अफ्रिकामा मिसनरी भएर जाने प्रभुका साहसिला सेवक हुन् तिनी विश्वविख्यात मिसनरी डेभिड लिभिङ्स्टोनका ससुरा थिए दक्षिण अफ्रिकामा ५० वर्षभन्दा बेसी समय बिताएका मोफाटले उक्त देशको बेखुनास नामक आदिवासीको भाषामा बाइबललाई अनुवाद गरेका थिए  

तिनले जुन ठाउँमा सुसमाचार लिएर गएका थिए त्यहाँ अफ्रिकानर नाउँ गरेको एक डरलाग्दो हत्यारा थियो यति हिंसक थियो कि दक्षिण अफ्रिकी सहर केप टाउनका गभर्नरले उसलाई जीवित या मृतक फेला पारेको खण्डमा झन्डै पचार हजार रुपियाँ उपहार दिने घोषणा गरेका थिए अफ्रिकानर त्यसका मानिसहरू दक्षिण अफ्रिकाको त्रास बनेका थिए जब रोबर्ट मोफाट अफ्रिकानरको जातिको लागि मिसनरी भई गए केप टाउनका मानिसहरूले तिनी जिउँदै फर्केर आउँछन् भनी कहिल्यै अपेक्षा गरेनन् त्यसले मोफाटको खप्परलाई चिया पिउने भाँडो बनाउनेछ भनी सहरका मानिसहरूले बताए

तर मोफाटले परमेश्वरमाथि दृढ भरोसा राखे उक्त जङ्गली जातिको बिचमा तिनले साहसपूर्वक सुसमाचारको सन्देशलाई बाँडे उदेकको कुरो के भयो भने त्यही हत्यारा नै पहिलो विश्वासी बन्यो पछि मोफाटले उसलाई आफूसितै केप टाउनमा लगे त्यो हिंसक जङ्गली हत्यारालाई नम्र ख्रीष्टियान व्यक्तिमा परिवर्तन भएको देखेर उपनिवेशी शासकले आश्चर्य मान्दै भने, “कस्तो आश्चर्यकर्म ! यो संसारको आठौँ आश्चर्य हो ”    



Leave Your Comments Here.


Saturday, November 1, 2014

प्रेरित ७:१५–१६ ले याकूबलाई शकेममा गाडिएको सङ्केत दिन्छ जब कि उत्पत्तिको विवरणले निश्चयतासाथ बताउँछ कि तिनी मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडारमा गाडिए (उत्पत्ति ५०:१२–१३) । वास्तवमा याकूब कहाँ गाडिए ?



प्रेरित :१५१६ ले बताउँछ, “याकूब मिश्रदेशमा गए, त्यहीँ उनको देहान्त भयो, हाम्रा पुर्खाहरूको पनि त्यहीँ नै देहान्त भयो त्यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे तर मोशाको विवरणअनुसार याकूबले मर्ने बेलामा आफ्ना छोराहरूलाई दिएको आज्ञालाई तिनीहरूले शिरोपर गरे, “तिन [याकूब] का छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, हित्ती एप्रोनसँग खेतसमेत अब्राहामले चिहान बनाउनलाई किनेको ओडार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडारमा तिनलाई गाडे” (उत्पत्ति ५०:१३) यी दुई ओटा विवरणहरूलाई तुलनात्मक रूपमा अध्ययन गर्दा याकूबको समाधि स्थलबारे प्रस्ट विरोधाभास देखिन्छ केही बाइबल आलोचकहरूले स्तिफनसले यहाँ भुल गरेका छन् भन्नेसम्मको दुस्साहस गरेका छन् तर होसियार अध्ययनले स्तिफनसको भनाइलाई गम्भीरतापूर्वक बुझ्नुपर्दोरहेछ भन्ने निष्कर्षतर्फ डोर्याउँछ

उत्पत्तिको पुस्तकले प्रस्टसँग बताउँछ कि अब्राहाम तिनकी पत्नी सारा अनि इसहाक तिनकी पत्नी रिबेका अनि याकूब तिनकी पत्नी लेआ मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडारमा गाडिए (उत्पत्ति ४९:२९५०:१४) प्रेरित :१५१६ अनुसार याकूबलाई शकेममा गाडिएको जस्तो देखिए तापनि शकेममा गाडिएका लाशहरूमा तिनको लाश पर्दैन तर निश्चय नै योसेफ तिनका दाजुभाइहरूका लाशहरू भने पर्छन योसेफको लाशलाई पहिले मिश्रमा नै राखियो (उत्पत्ति ५०:२६) तर तिनको अस्थिलाई पुन: शकेममा गाडियो (यहोशू २४:३२) यो साँचो हो कि यहोशू २४:३२ ले योसेफको अस्थिलाई मात्र उल्लेख गर्छ तिनका दाजुभाइका शवहरूबारे केही पनि भन्दैन पुरानो करार तिनीहरूको समाधि स्थलबारे मौन रहे तापनि स्तिफनसले पहिलो पटक आफ्नो भाषणमा उल्लेख गरे कि तिनीहरू शकेममा नै गाडिए तब हामी तर्कसङ्गत यो निष्कर्षमा जान सक्छौँ कि प्रेरित :१६ मा उल्लिखित सर्वनामतिनीहरूकाले अब्राहाम, इसहाक याकूबलाई समावेश नगरी पद १५ कोहाम्रा पुर्खाहरूतिर फर्की योसेफ तिनका दाजुभाइहरूलाई मात्र उल्लेख गर्छ   

Leave Your Comments Here.