menu bar

Wednesday, December 3, 2014

रबी जकरिया: असफल आत्महत्याको प्रयास गर्ने ठिटोदेखि वर्तमान प्रखर वक्तासम्म



१७ वर्षको ठिटो अस्पतालको बेडमा पस्रिरहेको थियो उसले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेको भए तापनि भाग्यवश: नमरेर उसलाई त्यहाँ ल्याइएको रहेछ कुरा गर्ने अवस्थामा थिएन यद्यपि सुन्न भने सक्थ्यो कोही एक जनाले उसकी आमाको हातमा बाइबल थमाइदियो छोरोको लागि आमाले चर्को सोरमा यूहन्ना १४:१९ लाई पढिन्, “ जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ जीवित भन्ने शब्दले उसको ह्दयलाई छोयो तत्काल उसले आफ्नो जीवन येशूमा समर्पित गर्यो, “येशू, यदि तपाईंले नै यो जीवन दिनुहुन्छ भने यो चाहन्छु मलाई यो अस्पतालको शैय्याबाट कुशलसाथ बाहिर लैजानुस् प्रतिज्ञा गर्दछु कि सत्यताको खोजीमा हरसम्भाव्य प्रयास गर्नेछु

येशूले तिनलाई अस्पतालबाहिर मात्र ल्याउनुभएन तर तिनी संसारभरि नै परिचित प्रचारकसाथै लेखक कहलाइएका छन् तिनको नाउँ होरबी जकरिया

२६ मार्च १९४६ मा हाम्रै छिमेकी मुलुक भारतको चेन्नई सहरमा जन्मेका रबी जकरिया नयाँ दिल्लीमा हुर्केका थिए हिन्दु धर्मको वर्गीकरणअनुसार तिनका पुर्खाहरू उच्च जातका थिए जसलाई नाम्बुदिरिस भनिन्थ्यो मिसनरीहरूबाट सुसमाचार सुनेपछि तिनीहरूले ख्रीष्टियान विश्वासलाई अङ्गालेका थिए रबी ख्रीष्टियान परिवारमा हुर्केको भए तापनि तिनले सुसमाचारको अर्थलाई बुझिसकेका थिएनन् पढाइमा सिपालु नभएका रबीको बुझाइमा तिनको शैक्षिक असफलता परिवारको निम्ति लाज हुन्थ्यो भन्ने ठानेर तिनले आत्महत्यालाई उपचारको रूपमा देखेका थिए तर तिनको जीवनमा परमेश्वरको योजना अद्भूत थियो

ख्रीष्टाब्द १९६६ मा रबी आफ्नो परिवारसँगै क्यानडा बसाइँ सरे ट्रिनिटी इन्टरनेसनल युनिभर्सिटीबाट मास्टर अफ डिभिनिटी हासिल गरेका रबी सुसमाचार सुनाउँदै ७० भन्दा बेसी मुलुकहरूमा पुगिसकेका छन् तिनी वर्तमान समयका प्रखर ख्रीष्टियान प्रचारकसाथै रक्षाशास्त्री (अपोलोजिस्ट) हुन् तिनका मनग्गे कृतिहरूमध्ये क्यान म्यान लिभ विदआउट गड ? ले स्वर्ण पदक जितेको तिनी RZIM नामक संस्थाका संस्थापकसाथै संस्थाप्रमुख हुन्

हार्बड, जोन हप्किन्स, अक्सफोर्डजस्ता विश्वका नामी विश्वविद्यालयहरूमा प्रवचन तोडिसकेका रबीले बिसभन्दा बेसी पुस्तकहरू लेख्नुकासाथै सम्पादन गरेका छन् तिनका कतिपय पुस्तकहरू रुसी, चिनियाँ, कोरिएनसाथै अन्य भाषाहरूमा पनि अनुवाद भएका छन् तिनी सीएनएन, फक्ससाथै अन्य अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि देखा परिसकेका छन् रेडियोबाट पनि तार्किक रूपमा ख्रीष्टको सन्देशलाई फैलाउन सफल रबी आफ्नी पत्नी तिन सन्तानसहित अमेरिकामा बस्छन्

यसरी ख्रीष्टियान परिवारमा जन्मेको भए तापनि १७ वर्षको उमेरसम्म नास्तिक रहेका रबी असफल आत्महत्यापश्चात् बाइबलको वचनबाट परिवर्तित भई पक्का येशू ख्रीष्टको भक्त बने  
 

  

Leave Your Comments Here.


Tuesday, December 2, 2014

के व्यवस्थित वस्तुको उदय आफै हुन सक्छ ?



कल्पना गर्नुस् कि एउटा खास उद्देश्य लिएर तपाईं एउटा ठुलो विमानमा सवार हुनुहुन्छ त्यो उद्देश्य हो पृथ्वीको धरातलमा सुन्दरसाथै व्यवस्थित घर बनाउने इँट, सिमेन्ट, रड, काठ, रङ, बिजुलीसाथै धाराका सामानहरू अर्थात् घर निर्माणको लागि चाहिने सम्पूर्ण सामग्रीहरू तपाईंले आफूसँगै विमानमा लैजानुभएको ती सबै सामानहरूलाई तपाईंले विमानबाट खसालिदिनुभयो के ती सामग्रीहरू ठिक ठिक ठाउँमा जम्मा भएर एउटा सुन्दरसाथै व्यवस्थित घरको निर्माण हुन्छ ? असम्भव ! किन ? सुन्दर, जटिलसाथै व्यवस्थित रचनाको लागि सधैँ बुद्धिमान् रचनाकारको खाँचो पर्छ हाम्रो अनुभवले हामीलाई सिकाएको कि त्यस्ता वस्तुहरू कहिल्यै आफसे आफ बन्दैनन्     

यो सारा विश्व अस्तित्वमा मात्र छैन तर यो अकल्पनीय रूपमा जटिल, सुन्दर व्यवस्थित तपाईंले जुन उपकरण प्रयोग गरेर यस आलेखलाई पढ्दै हुनुहुन्छ त्यसलाई एक बुद्धिमान् इन्जिनिएर वा प्राविधिज्ञले निर्माण गरेको हो किन यस पङ्क्तिकारले त्यसो भनेको ? किनकि कुनै पनि समयमा हामीले जटिल रचना देख्यौँ भने हाम्रो पहिलेको अनुभवले हामीलाई यही बताउँछ कि यसको पछाडि रचनाकार हुनैपर्छ घडीले घडी बनाउनेलाई अङ्कित गर्छ; भवनले कालिगडलाई अङ्कित गर्छ; चित्रले चित्रकारलाई अङ्कित गर्छ व्यवस्थित रचना कहिल्यै स्वत: उत्पन्न हुँदैन हजारौँ बाँदरहरू कम्प्युटरको अगाडि बसेर लाखौँ वर्षसम्म किबोर्डमा थिच्दा पनि तिनीहरूले कहिल्यै मुनामदनको उत्पादन गर्न सक्दैनन् तर लक्ष्मी प्रसाद देवकोटाले सजिलैसित यसको रचना गरे रचना जति जटिल हुन्छ त्यति नै रचनाकार बुद्धिमान् हुनुपर्छ

हाम्रो विश्व सुनिश्चित वैज्ञानिक नियमहरूद्वारा सञ्चालित यी नियमहरूको कारणले वैज्ञानिकहरूले चन्द्रमामा रकेट पठाउन सक्षम भएका छन् भने खगोलविद्हरूले चन्द्र ग्रहण सूर्य ग्रहणको मिति अगावै तोक्न सफल भएका छन् विश्वमा अचुकपना, जटिलता सुव्यवस्था पाइन्छ भन्ने कुरा विवादमा छैन रिक्की, डाउकिन्स, लेवेन्टिनजस्ता लेखकहरूले यसलाई बढी नै बुझेका छन् विश्वमा जटिलता भनी नास्तिकहरू स्वीकार गर्न तयार भए तापनि रचनाले रचनाकारको खाँचोलाई सूचित गर्ने भएकोले विश्वमा रचना भनी स्वीकार गर्न तिनीहरू अनकनाउँछन् तर तिनीहरूको यो बेतयारीपन साक्षीमा आधारित छैन विश्वमा रचनाको साक्षी सुस्पष्ट

सूर्य एउटा विशाल परमाणु यन्त्रजस्तो मानवजातिले सृष्टिदेखि उत्पादन गरेको शक्तिभन्दा बेसी शक्ति यसले एक सेकेन्डमा उत्पादन गर्छ प्रत्येक सेकेन्डमा असी लाख टन पदार्थलाई यसले शक्तिमा रूपान्तरण गर्छ सूर्यले विभिन्न प्रकारका विकिरण पनि फ्याँक्छ जसमध्ये केही जीवित प्राणीहरूका लागि घातक छन् तर पृथ्वी सूर्यबाट ठिक दूरीमा रहेकोले जीवन बाँच्नको लागि यसले ठिक ताप विकिरण पाउँछ सूर्य पृथ्वीको बिचमा भएको करोड ३० लाख माइलको दूरी प्राणी बोटविरुवाको अस्तित्वको लागि ज्यादै उचित केही टाढा/नजिक भइदिएको भए जीवधारीको अस्तित्व सङ्कष्टमा पथ्र्यो   पृथ्वी सूर्यबाट ठिक दूरीमा चन्द्रमाबाट यसको दूरी ज्यादै ठिक पृथ्वीको व्यास एकदमै ठिक यसको वातावरणीय चाप अति नै ठिक यसको ढल्काइ ठिक समुद्रमा भएको यसको पानीको मात्रा ठिक यसको तौल पिण्ड ठिक याद गर्नुस् कि तिनीहरूको सामान्य अदलबदलले पनि हामी अस्तित्वविहीन हुन पुग्छौँ यी सबै ठिकठिक ठाउँमा रहेका कुराहरूअकस्मात्भएका हुन् भनेर पत्याउन सजिलो होला कि प्रज्ञावान् रचनाकारद्वारा तिनको सृष्टि गरिएको हो भनेर मान्नु तर्कसङ्गत होला ?  

तपाईं बाटोमा हिँडिरहनुहुँदा अकस्मात् एउटा हाते घडी फेला पार्नुभयो भने त्यो घडी त्यहाँ आइपुग्नुको कारण के होला भनी तपाईं सोच्नुहुन्छहुरी बतास वा वृष्टि ? वा कुनै प्राकृतिक शक्ति ? होइन कुनै एउटा प्राविधिज्ञले यो बनाएको हुनुपर्छ अभाग्यवश: कुनै एउटा यात्रीले त्यसलाई त्यहाँ खसाएको हुनुपर्छ भनी तपाईंले निष्कर्ष निकाल्नुहुन्न ? अवश्य

निष्कर्षमा, यो विश्व ज्यादै सुन्दर, जटिल, व्यवस्थित उद्देश्यपूर्ण व्यवस्थित वस्तु कहिल्यै आफसे आफ उत्पन्न हुँदैन भएको पनि छैन तसर्थ, यसको पछाडि एक जना बुद्धिमान् रचनाकार हुनुपर्छ विश्वबारे भएको यस ज्ञानले तपाईं मलाई मण्डलीको सतावटकर्ताबाट सुसमाचारको राजकुमारमा परिवर्तित लेखकको भनाइतर्फ डोर्याउँदै , “उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको ” (रोमी :२०)

Leave Your Comments Here.


Monday, December 1, 2014

बाइबलको अविनाशिताबारे केही भनाइहरू



[बाइबललाई जस्तै] अर्को कुनै पुस्तकलाई टुक्राटुक्रा पारिएको छैन; चक्कु रोपिएको छैन; नियालेर जाँच गरिएको छैन; अनुसन्धान गरिएको छैननिन्दा गरिएको छैन ... [तथापि] बाइबललाई अझै दसौँ लाखले प्रेम गर्छन्; दसौँ लाखले पढ्छन् दसौँ लाखले अध्ययन गर्छन्
बर्नाड र्याम, रक्षाशास्त्रीसाथै ईश्वरशास्त्री

विधर्मीहरूले अठार शताब्दीसम्म यस पुस्तक [बाइबल] लाई खण्डन गर्दै गिराउँदै आएका छन् तर आजसम्म पनि यो चट्टानझैँ स्थिर यसको प्रचारप्रसार बढ्दो पहिलेभन्दा बढी आज यसलाई प्रेम गरिन्छ; पोषण गरिन्छ पढिन्छ ... यदि यो परमेश्वरको पुस्तक नभएको भए धेरै पहिले नै मानिसहरूले यसलाई नष्ट गरिसक्ने थिए सम्राट् पोपहरू, राजा पुजारीहरू, राजकुमार शासकहरू सबैले नै यसलाई नष्ट गर्ने प्रयास गरेका छन् तर तिनीहरू मरेर जान्छन्, बाइबल आजपर्यन्त जीवित
एच. एल. हेस्टिङ्ग्स

दुई हजार वर्षसम्म बाइबलप्रति भएको मानिसको घृणा दृढ, निर्णीत, निष्ठुर घातक बाइबलको प्रेरणा अधिकारमाथि भएको विश्वासलाई कमजोर पार्नका लागि हरेक सम्भाव्य प्रयास गरिएको यसको विस्मृतीको लागि अनगिन्ती हिम्मत गरिए बाइबलको प्रत्येक प्रति नष्ट गरिनुपर्छ भन्ने सम्राट्का उर्दीहरू निकालिए परमेश्वरको वचनलाई निर्मूल पार्न जब त्यो असफल भयो तब धर्मशास्त्र भएको प्रत्येक व्यक्ति मारिनुपर्छ भन्ने आज्ञाहरू निकालिए
पिङ्क

दुई शताब्दीभन्दा बेसी समयसम्म सर्वाधिक वजनदार वैज्ञानिक बन्दुकहरूको सामना गरी बाइबल जीवित रहेको सायद [आज] त्यस्तो आक्रमणको लागि यो बढी तयार हेतुवादीहरूले आक्रमण थालेको समयमाभन्दा आलोचकहरूको आफ्नै भाषामा ऐतिहासिक सत्यता अर्थात् धर्मशास्त्रलाई आज बढी स्वीकार गरिएको जस्तो देखिन्छ
टाइम पत्रिका, डिसेम्बर ३०, १९७४

यो पुस्तक [बाइबल] लाई संसारबाट निर्मूलन पार्नको लागि मानवीय विज्ञान, दर्शनशास्त्र, चतुरता, तर्क वा क्रूरताको हरेक उपकरण जुन यसको विरुद्धमा ल्याउन सकिन्थ्यो अठार शताब्दीसम्म त्यो ल्याइएको भए तापनि यसले पहिलेभन्दा अहिले संसारमा अझै शक्तिशाली ढङ्गमा पकड जमाएको यदि यो मानिसको पुस्तक थियो भने यसको निर्मूलन भइसक्नेथियो सयौँ वर्ष पहिले नै यो गायब भइसक्थ्यो
आर. . टोरी

यस [बाइबल] ले नास्तिकवादी दार्शनिकहरू, उच्चतर आलोचनाका स्कुलहरू, आधुनिकवादीहरू, लिबरल ईश्वरशास्त्रीहरू, हेतुवादी, मानवतावादीहरू, वैज्ञानिक सन्देहवाद, कम्युनिस्टहरू आलोचनाको कुनै पनि झुण्डको पुनरावृत्त आक्रमणहरूको सामना गरेको बाइबलको विरुद्धमा अनवरत आक्रमणहरूको बाबजुत पनि यो केवल जीवित मात्र छैन तर यसका सबै शत्रुहरूमाथि यसले निरन्तर रूपमा विजय हासिल गरेको
बिल किम्बल

इतिहासमा सबैभन्दा व्यापक रूपमा पढिएको सबैभन्दा बेसी आक्रमण गरिएको पुस्तक हो, बाइबल बौद्धिक पुस्ताहरूले यसको बेइज्जत गर्ने प्रयास गरेका छन्; हरेक पुस्ताका तानाशाहहरूले यसलाई गैरकानुनी घोषित गरेका छन् यसलाई पढ्नेहरूलाई मृत्युदण्ड दिएका छन् तथापि सिपाहीहरूले आफ्ना हतियारभन्दा यसलाई शक्तिशाली ठानी तिनीहरूले युद्धमा यसलाई सँगसँगै लिएर जान्छन् एकान्त झ्यालखानामा गोप्य तवरले पठाइएका यसका टुक्राहरूले निर्दयी हत्याराहरूलाई भद्र सन्तहरूमा रूपान्तरित गरेका छन्
चाल्र्स कोलसन

कैसरको साम्राज्य बितेर गएको ; रोमका सैनिक दस्ताहरू धुलोमा हराउँदै छन्; युरोपमाथि फ्याँकिएका नेपोलियनका हिउँका पहिराहरू पग्लेर गएका छन्; फारोको राजकुमार पतन भएर गएको ; आफ्ना चिहानहरूका निम्ति फारोहरूले उठाएका पिरामिडहरू हरेक दिन मरुभूमिको बालुवामा डुब्दै छन्; टुरोस फुस्रो मछुवाका जालहरूको निम्ति चट्टान बनेको ; सिदोनले मुश्किलैले आफ्नो अवशेष छाडेको तर परमेश्वरको वचन अझै जीवित यसलाई निर्मूलन पार्नका लागि धम्क्याउने सबै कुराहरू केवल सहयोगी बन्न पुगे
अल्बर्ट बी. कुमिन्स

कैयौँ शताब्दीको अनुभवले बाइबलको जाँच गरेको अन्य कुनै ठेलीले भोगेको भन्दा बेसी आलोचनाका आगोको सामना गरेको यसले यसको आत्मिक सत्यताले ज्वालाहरू सहेको जलेको गन्धविना नै यो बाहिर आएको
डब्लु. . साङ्गस्टर





Leave Your Comments Here.