menu bar

Saturday, January 3, 2015

किन येशूले आफ्नी आमा मरियमलाई “हे नारी” भनी सम्बोधन गर्नुभयो (यूहन्ना २:४) ? के यो अनादर भएन र ?



गालीलको काना नगरमा भएको एउटा विवाह भोजमा येशू उहाँका चेलाहरूलाई पनि निमन्त्रणा थियो येशूकी आमा मरियम पनि त्यहाँ थिइन् दाखमद्य सकिएपछि येशूले त्यसको समाधान गर्न सक्नुहुन्छ भन्ने आशा लिएर मरियमले येशूलाई अवगत गराइन्, “तिनीहरूसित दाखमद्य छैन यही प्रसङ्गमा येशूले भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस् मेरो समय अझसम्म आएको छैन  

येशूले आफ्नी आमालाई सम्बोधन गर्नुभएकोनारी शब्द आधुनिक पाठकलाई अनादरजस्तो लाग्न सक्छ तर त्यसबेला तात्कालीन समाजमा यो नम्र दयालु सम्बोधन थियो

उदेकको विश्वास लिएर आएकी एउटी कनानी स्त्रीलाई येशूले भन्नुभयो, “ नारी, तिम्रो विश्वास ठूलो रहेछ (मत्ती १५:२८) सामरी स्त्रीलाई पनि येशूले उही सम्बोधन गर्नुभयो, “ नारी, मलाई विश्वास गर (यूहन्ना :२१) पुनरुत्थानपश्चात् येशूले मरियम मग्दलिनीलाई गरेको सम्बोधन पनि उही , “नारी, तिमी किन रुँदैछयौ (यूहन्ना २०:१५) ? येशू क्रूसमा टाँगिनुहुँदा उहाँले आफ्नी आमालाई भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो !” (यूहन्ना १९:२६) यी सबै पदहरूमानारी को निम्ति उही नै ग्रिक शब्दको प्रयोग भएको यो अनादरसूचक थिएन यसको विपरीत, यसले आदर, शिष्टता कोमलतालाई झल्काउँथ्यो

Leave Your Comments Here.


Thursday, January 1, 2015

बाइबलबारे तपाईंले जान्नुपर्ने १० ओटा तथ्यहरू



. ख्रीष्टियानहरूको धर्मशास्त्रको नाउँ होबाइबल नेपाली रूपबाइबलअङ्ग्रेजी शब्द Bible को लिप्यन्तरण हो जुन ग्रिक शब्द बिब्लिओनबाट आएको हो जसको अर्थ हुन्छ, “पुस्तकवामुट्ठा बाइबल केवल एउटा पुस्तक नभएर यो ६६ ओटा पुस्तकहरूको सङ्ग्रह हो

. विविधताको बाबजुत पनि एउटै मुख्य विषयवस्तु भएको पुस्तक होबाइबल बाइबललाई पुरानो करार नयाँ करार गरी दुई भागमा विभाजन गरिएको पुरानो करारमा ३९ ओटा पुस्तकहरू (उत्पत्तिदेखि मलाकीसम्म) छन् भने नयाँ करारमा २७ ओटा (मत्तीदेखि प्रकाशसम्म) यी ६६ ओटा पुस्तकहरूलाई विभिन्न पेसा भएका ४० भन्दा बढी मानवीय लेखकहरूले लगभग ,५०० वर्षको अवधिमा एसिया, युरोप अफ्रिका गरी तिन ओटा महादेश अनि हिब्रू, आरमेइक ग्रिक गरी तिन ओटा भाषामा लेखे बाइबल अनेकताले भरिएको पुस्तक भए तापनि यसको मुख्य विषयवस्तु एउटै मानवजातिको निम्ति परमेश्वरको योजनाको छुटकारा  

. संसारमा सबैभन्दा बेसी सतावट भोग्ने पुस्तक होबाइबल मानव इतिहासममा यसको निर्मूलनको लागि हर सम्भाव्य प्रयास गरिएको थियो सबै ओहोदाका मानिसहरू यसको विरुद्धमा खनिएका थिए: तानाशाह, सम्राट्, पोप, राजा, राजकुमार, पूजाहारी, शासक, लेखक, व्यङ्ग्यकार तर ती सबै पृथ्वीको धुलोमा मिसिएर गए तर बाइबल अविनाशी यसको उन्मूलनको लागि मानिसको हरेक युक्तिका बाबजुत पनि हाम्रो भूगोल हाम्रो समयमा यसको उपलब्धतालाई आश्चर्य नै मान्नुपर्छ

. संसारमा सबैभन्दा बेसी भाषाहरूमा अनुवाद गरिएको पुस्तक होबाइबल संसारमा बोलिने लगभग ,००० ओटा भाषामध्ये नोभेम्बर २०१४ सम्मको अभिलेखअनुसार पुरै बाइबललाई ५३१ ओटा भाषामा अनुवाद गरिएको भने यसका अंशहरूलाई ,८८३ ओटा यो भनेको लगभग ४१% भए तापनि संसारका झण्डै ९८% जनसङ्ख्याले पुरै बाइबल या यसका अंशहरूलाई आफ्नै भाषामा पढ्न पाएका छन् मानिसहरूले आफ्नै भाषामा धर्मशास्त्रलाई पढ्न पाउनुपर्छ भन्ने जोन विक्लिफको सपना परमेश्वरले केही दसकभित्र पुरा गर्दै हुनुहुन्छ भनी अपेक्षा गर्न सकिन्छ

. संसारमा सबैभन्दा बेसी बिक्रीवितरण गरिएको पुस्तक होबाइबल युनाइटेड बाइबल सोसाइटिजले ख्रीष्टाब्द १९९८ सम्ममा धर्मशास्त्रको अंशसाथै छनौटलाई जोड्दा अरब ८५ करोड बाइबलका प्रतिहरूलाई वितरण गरेको थियो गिदोन्स इन्टरनेसनल नामक संस्थाले मात्रै ख्रीष्टाब्द १९०८ देखि अरब ८० करोडको सङ्ख्यामा पुरै बाइबल वा नयाँ करारलाई वितरण गरेको थियो पुरै बाइबल, नयाँ करार वा बाइबलका अंशहरू हालसम्म लगभग अरब बिक्रीवितरण भएको अनुमान गरिएको

. साहित्यमाथि सबैभन्दा बेसी प्रभाव पार्ने पुस्तक होबाइबल साहित्यभित्र बाइबलका वचनहरू यसरी घुसेका छन् कि यस धरतीबाट सारा बाइबलाई निर्मूलन पार्ने हो भने पनि ती उद्धरणहरूलाई एकत्रित गरी यसका अपरिहार्य भागहरू पुनस्थापित गर्न सकिन्छन् मिल्टन सेक्सपिएरजस्ता पाश्चात्य भूमिका विख्यात लेखकहरूका कृतिहरूले बाइबलमा नै जरा गाडेका छन् बाइबलको जन्मदेखि आजसम्म यसले असङ्ख्य पुस्तकहरूको रचना गर्न प्रेरित गरेको  

. सभ्यतामाथि सबैभन्दा बेसी प्रभाव पार्ने पुस्तक होबाइबल पाश्चात्य सभ्यतामा बाइबलले पारेको असाधारण प्रभावबारे इतिहास पढ्ने जोसुकैलाई पनि राम्ररी थाहा संसारको अन्य कुनै पनि पुस्तकले भन्दा ख्रीष्टियान धर्मशास्त्र बाइबलले सभ्यताको निर्माणमा बेसी योगदान दिएको मानवजातिले जानेको उच्चतम आदर्शहरूलाई प्रस्तुत गरेको बाइबलले

. भविष्यबारे सबैभन्दा बेसी बताउने पुस्तक होबाइबल बाइबलमा जम्माजम्मी ,८१७ ओटा अगमवाणीहरू पाइन्छन् अर्थात् बाइबल लेखिँदा यसको एक चौथाइ भाग अगमवाणीसित सम्बन्धित थियो बाइबलका सयौँ भविष्यवाणीहरू पुरा भइसकेका छन्; केही पुरा हुँदै छन् भने पुरा हुन बाँकी भविष्यवाणीहरू पनि मनग्गे छन्

. प्राचीन धर्मशास्त्र भए तापनि आधुनिक विज्ञानहरू सामेल भएको पुस्तक होबाइबल बाइबलमा भौतिक विज्ञान, खगोल विज्ञान, जीवविज्ञान, जलविज्ञान, भूविज्ञान, मानव विज्ञान जीवाश्म विज्ञान पाइन्छ बाइबलको कुनै पनि कथन आधुनिक वैज्ञानिक खोजसित बेमेल भएको पुष्टि भएको छैन यसको विपरीत, बाइबलले आधुनिक विज्ञानको जग बसाल्न उल्लेखनीय भूमिका निर्वाह गरेको थियो

१०. अद्भूत गुणहरूले भरिएको पुस्तक होबाइबल यी असाधारण गुणहरूले भरपुर पुस्तकलाई के तपाईंले जीवनमा कम से कम एक पटक पढ्नु पर्दैन ? बाइबलबारे यीलगायत अन्य मनग्गे पक्षहरूको कारणले गर्दा यसको उद्भव अलौकिक भनेर निष्कर्ष निकाल्नु तर्कसङ्गत हुँदैन ?  

Leave Your Comments Here.


Wednesday, December 31, 2014

विलियम विल्बरफोर्स: ब्रिटिस साम्राज्यबाट दास व्यापारको उन्मूलनकर्ता



सर्वशक्तिमान् परमेश्वरले मेरो सामु दुई ओटा महान् उद्देश्यहरू राखिदिनुभएको : दास व्यापारको उन्मूलन नैतिकताको सुधार”, २८ वर्षको उमेरमा विलियम विल्बरफोर्सले आफ्नो जर्नलमा परमेश्वरको बोलावटलाई यसरी व्यक्त गरेका थिए  

विलियम विल्बरफोर्स ख्रीष्टियान राजनीतिज्ञ, ईश्वरशास्त्रीसाथै सामाजिक सुधारक थिए तिनकै निरन्तर सक्रियतामा ब्रिटिस साम्राज्यबाट दास व्यापार सदाको निम्ति उन्मूलन भएको थियो तिनको मृत्युको तिन दिनअगि संसदले दास उन्मूलन कानुन १८३३ पारित गरेको थियो जसले दास प्रथालाई ब्रिटिस साम्राज्यबाट प्रभावकारी ढङ्गमा निषेध गर्यो   

२४ अगस्ट १७५९ मा इङ्गल्यान्डमा जन्मेका विलियम विल्बरफोर्स परिवारमा एकलो छोरा थिए तिनका पिता रोबर्ट धनी व्यापारी थिए भने आमाको नाउँ एलिजाबेथ थियो तिनका हजुरबुबा विलियम दुई पटक सहरको मायोरमा चुनिएका थिए सात वर्षको उमेरमा विल्बरफोर्स स्थानीय स्कुलमा जान थाले जहाँ तिनी नमुना विद्यार्थी बने, तिनको वक्तृत्वकलाको लागि   

ख्रीष्टाब्द १७८५ मा विल्बरफोर्स ख्रीष्टियान बने त्यसपछि तिनको जिउने शैलीमा परिवर्तनका रेखाहरू देखा परे तिनले प्रसिद्ध भजन लेखक जोन न्युटनसित सल्लाह मागे विल्बरफोर्स जुन राजनीतिक ओहोदामा पुगेका थिए त्यसलाई परमेश्वरको निम्ति प्रयोग गर्न प्रोत्साहित गरे न्युटनले तिनले विल्बरफोर्सको बारेमा भविष्यवाणीसम्बन्धी यी वचनहरू पनि कोरे, “परमेश्वरले तपाईंलाई उहाँको मण्डली यो राष्ट्रको भलाइको निम्ति उदय गराउनुभएको भनी आशा गरिएको विश्वास गरिएको त्यसको दुई वर्षपछि परमेश्वरले तिनलाई व्याप्त दास व्यापारको उन्मूलन सामाजिक सुधारको निम्ति बोलाउनुभएको महसुस गरे जुन उद्देश्यलाई तिनले आफ्नो जर्नलमा लेखे

सोर्हौँ शताब्दीमा नै ब्रिटिसले दास व्यापार गर्न थालेको थियो अफ्रिकाबाट लाखौँ दासहरूलाई किनेर वेस्ट इन्डिजमा निर्यात गरिन्थ्यो जहाँ ती दासहरूले चिनी, सुर्ती कपास उत्पादन गर्थे तिनीहरूको उत्पादन नै ब्रिटिसको ८० प्रतिशत विदेशी आय थियो दास व्यापार ब्रिटिस आम्दानीको एउटा प्रमुख हिस्सा नै बनेको थियो यस्तो पृष्ठभूमिमा कानुनी रूपमा दास व्यापारको उन्मूलन फलामको चिउरा चपाउनुसरह थियो

तथापि परमेश्वरको योजनाभित्र पर्ने अठोटले मूर्त रूप लिन्छ भन्ने यथार्थता विल्बरफोर्सको निरन्तर प्रयासपश्चात्को कानुनत: दास प्रथाको खारेजीमा देख्न सकिन्छ

१७८९ मा तिनले संसद भवनमा दास प्रथाको विरुद्धमा खरो भाषण गरे दास व्यापार अन्याय मानवीय प्रतिष्ठाको विरुद्धमा थियो भन्ने तिनको तर्क थियो १७८१ देखि संसदमा झण्डै प्रत्येक वर्ष नै दास प्रथाको विरुद्धमा विधेयक पेस गरिएको भए तापनि विलियम विल्बरफोर्स तिनको पक्षमा मत हाल्नेहरू पटकपटक पराजित भए तर तिनीहरूले हरेस खाएनन् निरन्तर प्रयासको बाबजुत १८०७ मा दास व्यापार कानुनी रूपमा उन्मूलन भयो २८३ भोट निर्मूलनको पक्षमा खसेको थियो भने केवल १६ ओटा त्यसको विपक्षमा

दास व्यापार कानुनले दास प्रथालाई गैरकानुनी ठहराई बाँकी कामको निम्ति मार्ग प्रशस्त गर्यो दास प्रथा कानुनत: गैरकानुनी भए तापनि हजारौँ दासहरू फुक्का भइसकेका थिएनन् तसर्थ, विल्बरफोर्सले आफ्नो बाँकी जीवन अफ्रिकासाथै विश्वका अन्य मुलुकहरूमा भएका दासहरूको अधिकारको पक्षमा वकालत गरी बिताए अन्तत: तिनको मृत्युको केही दिनअगावै २६ जुलाई १८३३ मा दास उन्मूलन कानुन १८३३ पारित भयो जसले दास प्रथालाई ब्रिटिस साम्राज्यबाट प्रभावकारी ढङ्गमा निषेध गर्यो निश्चय नै, यो विल्बरफोर्सको जीवनको महानतम प्राप्ति थियो

२९ जुलाई १८३३ मा तिनी यस धरतीबाट विदा भए तिनको मृत्युको एक महिनापश्चात् दासत्व उन्मूलन कानुन पारित गरी झण्डै लाख अफ्रिकी दासहरूलाई फुक्का गरियो जसको निम्ति हर्जानास्वरूप अरबौँ रुपियाँ खर्च गरिएको थियो
 




Leave Your Comments Here.