menu bar

Sunday, January 4, 2015

माडागास्कर देशमा बाइबलको करामत



माडागास्कर अफ्रिका महादेशको दक्षिण पूर्वमा अवस्थित एउटा मुलुकको नाउँ हो जसलाई चारैतिर हिन्द महासागरले घेरेको यो संसारमै चौथो ठुलो टापु पनि हो मानवजातिको बिचमा बाइबलले कसरी काम गर्छ भनेर बुझ्नको लागि यो देशको उदाहरणलाई लिन सकिन्छ

ख्रीष्टाब्द १८३६ मा मिसनरीहरूलाई यो देश छाड्न बाध्य पारियो तिनीहरूले त्यहाँ मुद्रित बाइबलहरू छाडे तर त्यहाँका अधिकारीहरूले बाइबल पढ्नेलाई मृत्युदण्ड दिने घोषणा गरे केही दसकसम्म सतावटलाई तीव्र पारियो दसौँ हजारलाई विभिन्न दण्ड दिइयो केही आफ्नो विश्वासको निम्ति सहिद पनि बने

विश्वासीहरूले गोप्य रूपमा सङ्गति गर्थे तिनीहरूले धर्मशास्त्र बाइबललाई लुकिछिपि पढ्थे बाइबलको अभाव खड्केपछि तिनीहरूले केही खण्डहरूलाई हातैले सारेर भए पनि पढ्ने गर्न थाले मिसनरीहरूले त्यो देश छाड्दा त्यहाँ दुई हजार विश्वासी पनि थिएनन् तर त्यहाँ छाडिएका बाइबल धर्मशास्त्रहरू विश्वासीहरूको निरन्तर सङ्गतिको कारणले आज त्यहाँ झण्डै आधाजसो जनसङ्ख्याले ख्रीष्टियान विश्वासलाई अङ्गालेका छन् त्यहाँ अहिले विश्वासीहरूको सङ्ख्या करोड नागेको     

Leave Your Comments Here.


Saturday, January 3, 2015

किन येशूले आफ्नी आमा मरियमलाई “हे नारी” भनी सम्बोधन गर्नुभयो (यूहन्ना २:४) ? के यो अनादर भएन र ?



गालीलको काना नगरमा भएको एउटा विवाह भोजमा येशू उहाँका चेलाहरूलाई पनि निमन्त्रणा थियो येशूकी आमा मरियम पनि त्यहाँ थिइन् दाखमद्य सकिएपछि येशूले त्यसको समाधान गर्न सक्नुहुन्छ भन्ने आशा लिएर मरियमले येशूलाई अवगत गराइन्, “तिनीहरूसित दाखमद्य छैन यही प्रसङ्गमा येशूले भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस् मेरो समय अझसम्म आएको छैन  

येशूले आफ्नी आमालाई सम्बोधन गर्नुभएकोनारी शब्द आधुनिक पाठकलाई अनादरजस्तो लाग्न सक्छ तर त्यसबेला तात्कालीन समाजमा यो नम्र दयालु सम्बोधन थियो

उदेकको विश्वास लिएर आएकी एउटी कनानी स्त्रीलाई येशूले भन्नुभयो, “ नारी, तिम्रो विश्वास ठूलो रहेछ (मत्ती १५:२८) सामरी स्त्रीलाई पनि येशूले उही सम्बोधन गर्नुभयो, “ नारी, मलाई विश्वास गर (यूहन्ना :२१) पुनरुत्थानपश्चात् येशूले मरियम मग्दलिनीलाई गरेको सम्बोधन पनि उही , “नारी, तिमी किन रुँदैछयौ (यूहन्ना २०:१५) ? येशू क्रूसमा टाँगिनुहुँदा उहाँले आफ्नी आमालाई भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो !” (यूहन्ना १९:२६) यी सबै पदहरूमानारी को निम्ति उही नै ग्रिक शब्दको प्रयोग भएको यो अनादरसूचक थिएन यसको विपरीत, यसले आदर, शिष्टता कोमलतालाई झल्काउँथ्यो

Leave Your Comments Here.


Thursday, January 1, 2015

बाइबलबारे तपाईंले जान्नुपर्ने १० ओटा तथ्यहरू



. ख्रीष्टियानहरूको धर्मशास्त्रको नाउँ होबाइबल नेपाली रूपबाइबलअङ्ग्रेजी शब्द Bible को लिप्यन्तरण हो जुन ग्रिक शब्द बिब्लिओनबाट आएको हो जसको अर्थ हुन्छ, “पुस्तकवामुट्ठा बाइबल केवल एउटा पुस्तक नभएर यो ६६ ओटा पुस्तकहरूको सङ्ग्रह हो

. विविधताको बाबजुत पनि एउटै मुख्य विषयवस्तु भएको पुस्तक होबाइबल बाइबललाई पुरानो करार नयाँ करार गरी दुई भागमा विभाजन गरिएको पुरानो करारमा ३९ ओटा पुस्तकहरू (उत्पत्तिदेखि मलाकीसम्म) छन् भने नयाँ करारमा २७ ओटा (मत्तीदेखि प्रकाशसम्म) यी ६६ ओटा पुस्तकहरूलाई विभिन्न पेसा भएका ४० भन्दा बढी मानवीय लेखकहरूले लगभग ,५०० वर्षको अवधिमा एसिया, युरोप अफ्रिका गरी तिन ओटा महादेश अनि हिब्रू, आरमेइक ग्रिक गरी तिन ओटा भाषामा लेखे बाइबल अनेकताले भरिएको पुस्तक भए तापनि यसको मुख्य विषयवस्तु एउटै मानवजातिको निम्ति परमेश्वरको योजनाको छुटकारा  

. संसारमा सबैभन्दा बेसी सतावट भोग्ने पुस्तक होबाइबल मानव इतिहासममा यसको निर्मूलनको लागि हर सम्भाव्य प्रयास गरिएको थियो सबै ओहोदाका मानिसहरू यसको विरुद्धमा खनिएका थिए: तानाशाह, सम्राट्, पोप, राजा, राजकुमार, पूजाहारी, शासक, लेखक, व्यङ्ग्यकार तर ती सबै पृथ्वीको धुलोमा मिसिएर गए तर बाइबल अविनाशी यसको उन्मूलनको लागि मानिसको हरेक युक्तिका बाबजुत पनि हाम्रो भूगोल हाम्रो समयमा यसको उपलब्धतालाई आश्चर्य नै मान्नुपर्छ

. संसारमा सबैभन्दा बेसी भाषाहरूमा अनुवाद गरिएको पुस्तक होबाइबल संसारमा बोलिने लगभग ,००० ओटा भाषामध्ये नोभेम्बर २०१४ सम्मको अभिलेखअनुसार पुरै बाइबललाई ५३१ ओटा भाषामा अनुवाद गरिएको भने यसका अंशहरूलाई ,८८३ ओटा यो भनेको लगभग ४१% भए तापनि संसारका झण्डै ९८% जनसङ्ख्याले पुरै बाइबल या यसका अंशहरूलाई आफ्नै भाषामा पढ्न पाएका छन् मानिसहरूले आफ्नै भाषामा धर्मशास्त्रलाई पढ्न पाउनुपर्छ भन्ने जोन विक्लिफको सपना परमेश्वरले केही दसकभित्र पुरा गर्दै हुनुहुन्छ भनी अपेक्षा गर्न सकिन्छ

. संसारमा सबैभन्दा बेसी बिक्रीवितरण गरिएको पुस्तक होबाइबल युनाइटेड बाइबल सोसाइटिजले ख्रीष्टाब्द १९९८ सम्ममा धर्मशास्त्रको अंशसाथै छनौटलाई जोड्दा अरब ८५ करोड बाइबलका प्रतिहरूलाई वितरण गरेको थियो गिदोन्स इन्टरनेसनल नामक संस्थाले मात्रै ख्रीष्टाब्द १९०८ देखि अरब ८० करोडको सङ्ख्यामा पुरै बाइबल वा नयाँ करारलाई वितरण गरेको थियो पुरै बाइबल, नयाँ करार वा बाइबलका अंशहरू हालसम्म लगभग अरब बिक्रीवितरण भएको अनुमान गरिएको

. साहित्यमाथि सबैभन्दा बेसी प्रभाव पार्ने पुस्तक होबाइबल साहित्यभित्र बाइबलका वचनहरू यसरी घुसेका छन् कि यस धरतीबाट सारा बाइबलाई निर्मूलन पार्ने हो भने पनि ती उद्धरणहरूलाई एकत्रित गरी यसका अपरिहार्य भागहरू पुनस्थापित गर्न सकिन्छन् मिल्टन सेक्सपिएरजस्ता पाश्चात्य भूमिका विख्यात लेखकहरूका कृतिहरूले बाइबलमा नै जरा गाडेका छन् बाइबलको जन्मदेखि आजसम्म यसले असङ्ख्य पुस्तकहरूको रचना गर्न प्रेरित गरेको  

. सभ्यतामाथि सबैभन्दा बेसी प्रभाव पार्ने पुस्तक होबाइबल पाश्चात्य सभ्यतामा बाइबलले पारेको असाधारण प्रभावबारे इतिहास पढ्ने जोसुकैलाई पनि राम्ररी थाहा संसारको अन्य कुनै पनि पुस्तकले भन्दा ख्रीष्टियान धर्मशास्त्र बाइबलले सभ्यताको निर्माणमा बेसी योगदान दिएको मानवजातिले जानेको उच्चतम आदर्शहरूलाई प्रस्तुत गरेको बाइबलले

. भविष्यबारे सबैभन्दा बेसी बताउने पुस्तक होबाइबल बाइबलमा जम्माजम्मी ,८१७ ओटा अगमवाणीहरू पाइन्छन् अर्थात् बाइबल लेखिँदा यसको एक चौथाइ भाग अगमवाणीसित सम्बन्धित थियो बाइबलका सयौँ भविष्यवाणीहरू पुरा भइसकेका छन्; केही पुरा हुँदै छन् भने पुरा हुन बाँकी भविष्यवाणीहरू पनि मनग्गे छन्

. प्राचीन धर्मशास्त्र भए तापनि आधुनिक विज्ञानहरू सामेल भएको पुस्तक होबाइबल बाइबलमा भौतिक विज्ञान, खगोल विज्ञान, जीवविज्ञान, जलविज्ञान, भूविज्ञान, मानव विज्ञान जीवाश्म विज्ञान पाइन्छ बाइबलको कुनै पनि कथन आधुनिक वैज्ञानिक खोजसित बेमेल भएको पुष्टि भएको छैन यसको विपरीत, बाइबलले आधुनिक विज्ञानको जग बसाल्न उल्लेखनीय भूमिका निर्वाह गरेको थियो

१०. अद्भूत गुणहरूले भरिएको पुस्तक होबाइबल यी असाधारण गुणहरूले भरपुर पुस्तकलाई के तपाईंले जीवनमा कम से कम एक पटक पढ्नु पर्दैन ? बाइबलबारे यीलगायत अन्य मनग्गे पक्षहरूको कारणले गर्दा यसको उद्भव अलौकिक भनेर निष्कर्ष निकाल्नु तर्कसङ्गत हुँदैन ?  

Leave Your Comments Here.