menu bar

Tuesday, February 3, 2015

पत्ता लाग्यो सिलोआमको तलाउ जहाँ येशूले दृष्टिविहीनलाई चङ्गाइ गर्नुभएको थियो



बाइबलमा तिन पटक सिलोआमको तलाउको उल्लेख गरिएको (नहेम्याह :१५; यशैया : [शिलोको पानी] यूहन्ना :) यहूदाका राजा हिजकियाले आठौँ शताब्दी ख्रीष्टपूर्वमा यस तलाउको निर्माण गरेका थिए ( राजा २०:२०) गीहोन नदीको माथिल्लो मूललाई थुनेर ,७७७ फिट लामो चट्टानको सुरुङमार्फत राजाले सिलोआमको तलाउमा पानी ल्याएका थिए ( इतिहास ३२:३०) अश्शूरीहरूको सम्भाव्य आक्रमणको बेलामा यरूशलेममा पानीको हाहाकार नहोस् भनी राजाले राम्ररी बुझेका थिए    

बाइबलमा यो तलाउ प्रभु येशूद्वारा दृष्टिविहीनको चङ्गाइ गरिएको आश्चर्यकर्मसित बढी परिचित येशूले एउटा जन्मैदेखिको अन्धालाई आँखामा माटोको लेप लगाइदिनुभएपछि त्यसलाई सिलोआमको तलाउमा गएर पखाल्ने आज्ञा दिनुभयो भनी यूहन्नाको सुसमाचारले बताउँछ, “अनि उहाँले त्यसलाई भन्नुभयो, ‘जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल त्यसले गएर पखाल्यो, देख्ने भएर फक्र्यो” (यूहन्ना :)

लामो समयसम्म यसको वास्तविक स्थान थाहा नभए तापनि ख्रीष्टियानहरूले यस तलाउलाई पवित्र स्थलको रूपमा लिँदै आएका थिए   ख्रीष्टाब्द २००४ सम्म यस तलाउको वास्तविक स्थल रहस्यको गर्भभित्र थियो बाइबलले यस तलाउको उल्लेख गरे तापनि यो कहाँ थियो भनी पत्ता लाग्न सकेको थिएन यरूशलेमस्थित अर्को तलाउलाई सिलोआमको तलाउ मानिएको थियो किनकि यी दुवै तलाउको पानीको स्रोत गीहोन नदी नै थियो वास्तवमा लिवरल विद्वान्हरूले यूहन्नाको सुसमाचारमा उल्लिखित तलाउ काल्पनिकसिवाय केही होइन भनी प्राय: तर्क गर्दै आएका थिए

तर जुन २००४ मा पुरातत्त्वविद्द्वय रोनी रेक एली सुकरोनले दाऊदको सहर अर्थात् यरूशलेमनजिकै पानीको पाइप मर्मत गर्दा दुई ओटा ढुङ्गाका प्राचीन खुड्किलाहरू फेला पारे ती खुड्किलाहरूको उत्खनन गर्दा पत्ता लाग्यो कि ती एउटा तलाउमा पुगेर टुङ्गिदा रहेछन् त्यो तलाउ सिलोआमको तलाउ नै हो भनी अहिले पुष्टि भएको एली सुकरोन भन्छन्, “चार महिनाअगि जुन क्षणमा हामीले यसलाई पत्ता लगायौँ त्यही बेलामा यो सिलोआमको तलाउ नै थियो भनी हामी शत प्रतिशत निश्चित थियौँ ” 

लिवरल विद्वान्हरूले यूहन्नाको सुसमाचारलाई इतिहाससित नगाँसिएको विशुद्ध ईश्वरशास्त्रको रूपमा मात्रै हेरेको भए तापनि यो सुसमाचार इतिहासमा नै आश्रित भएको पुष्टि भएको   यो खोजसँगै पुरातत्त्वविद्याले बाइबलको अर्को एउटा महत्त्वपूर्ण ऐतिहासिक स्थलको पुष्टि गरिदिएको फेरि एक पटक बाइबलका आलोचकहरूले शिर झुकाउनु परेको   

Leave Your Comments Here.


Monday, February 2, 2015

येशू ख्रीष्टको विषयमा २२ ओटा भनाइहरू



सानो छँदा मैले बाइबल ताल्मुड दुवैबाट शिक्षा पाएँ एउटा यहूदी हुँ तर नासरतका ज्योतिर्मय पात्रबाट मोहित भएको छु ... येशूको वास्तविक उपस्थितिको अनुभव नगरीकन कसैले सुसमाचारहरू पढ्न सक्दैनन् हरेक शब्दमा उहाँको व्यक्तित्व स्पन्दित हुन्छ यस्तो जीवनमा कुनै मिथ्या भरिँदैन
                अल्बर्ट आइन्स्टाइन, भौतिकशास्त्रीसाथै दार्शनिक

उहाँ [येशू] यस धरतीमा बाँच्नुहुने महानतम मानवीय प्राणी हुनुहुन्थ्यो उहाँ असाधारण प्रतिभा भएको नैतिकवान् व्यक्तित्व हुनुहुन्थ्यो उहाँको नैतिक चेतना अद्वितीय थियो मेरो जीवन वा पढाइमा मैले जम्काभेट गरेका मानिसहरूमध्ये उहाँ अन्तर्निहित रूपमा सबैभन्दा बुद्धिमानी व्यक्तित्व हुनुहुन्थ्यो
चाल्र्स टेम्प्लेटन

ख्रीष्टमा भएको प्रत्येक कुरोले मलाई चकित तुल्याउँछ ... जति उहाँको नजिक जान्छु त्यति नै धेरै होसियारीपूर्वक जाँच गर्दछु उहाँ हरेक कुरोमा मभन्दा माथि हुनुहुन्छ उहाँको हरेक कुरो शानदार उहाँको महिमा शक्तिशाली ... इतिहास, मानवजाति, युग, प्रकृतिले यस्तो कुरो उपलब्ध गराएको जससित उहाँको तुलना गर्न सक्छु उहाँमा हरेक कुरो अद्भूत
नेपोलियन बोनापार्ट, फ्रान्सेली सम्राट्

येशू संसारका महान् मानिसहरूमध्ये एक हुनुहुन्न यदि तपाईं इच्छा गर्नुहुन्छ भने अलेक्ज्यान्डर महान् वा चाल्र्स महान् वा नेपोलियन महान्बारे कुरा गर्नुस् ... येशू फरक हुनुहुन्छ
सिम्पसोन

ख्रीष्टियान भएँ किनभने मैले आफैमा एउटा आवश्यकता भेट्टाएँ जसलाई येशू ख्रीष्टमा मात्र सन्तुष्ट पार्न सकिन्थ्यो
आर. एल. मिक्स्चर

येशू ख्रीष्टले यस्तो कुरोको माग गर्नुहुन्छ जुन सबै कुराहरूभन्दा पर , जसलाई सन्तुष्ट पार्न कठिन ... उहाँले मानवीय ह्दय चाहनुहुन्छ उहाँले यो आफ्नै निम्ति पूर्ण रूपमा लिनुहुनेछ उहाँले यो विनाशर्त माग गर्नुहुन्छ उहाँको माग तुरुन्तै पुरा गरिनुपर्छ ... यो अद्भूत दृश्य गैरजिम्मेवार देखिन्छ यो पूर्णत: मानिसको सृजनशील शक्तिको क्षमताभन्दा पर
नेपोलियन बोनापार्ट, फ्रान्सेली सम्राट्

संसारलाई आवश्यक परेको कुरो प्रेम हो अर्थात् ख्रीष्टियान प्रेम दया
बेट्रान्ड रस्सेल, दार्शनिक, गणितज्ञसाथै इतिहासकार 

येशू महानतम धार्मिक प्रतिभावान् व्यक्ति हुनुहुन्थ्यो उहाँको सुन्दरता अनन्त उहाँको शासनको कहिल्यै अन्त्य हुनेछैन हरेक क्षेत्रमा येशू अद्वितीय हुनुहुन्छ कुनै कुरो उहाँसित तुलना गर्न सकिँदैन
अर्नेस्ट रेनान, दार्शनिकसाथै लेखक

उहाँको [येशूको] जीवन पवित्र थियो; उहाँको वचन सत्य थियो; उहाँको पुरै चरित्र सत्यताले भरिपूर्ण थियो; नासरतका येशूभन्दा वास्तविक वा साँचो मान्छे कहिल्यै देखा परेको छैन  
ग्रिफिथ थोमास, विद्वान्साथै अगुवा 

यदि सेक्सपिएर यस कोठाभित्र प्रवेश गर्ने हो भने तिनको स्वागतको लागि हामी सबै उठ्ने थियौँ तर यी व्यक्ति [येशू] यस कोठाभित्र प्रवेश गर्ने हो भने हामी सबैले दण्डवत् गर्ने थियौँ उहाँको कपडाको छेउलाई चुम्ने थियौँ
चाल्र्स ल्याम्ब

येशूको जीवनी वादविवादको आँधी थियो प्रेरितहरूभन्दा अगिका अगमवक्ताहरूले प्रेरितहरूले जस्तै वादविवादविना मुश्किलैले कुनै दिन बिताए पावलले दिनदिनै बजारहरूमा बहस गर्थे भनी तिनले बताएका छन् वादविवादलाई पन्छाउनु भनेको ख्रीष्टलाई पन्छाउनु हो हामीमा शान्ति हुन सक्छ तर यो नीच शारीरिक शान्ति हुन्छ जहाँ सडकहरूमा सत्यताको हत्या गरिन्छ
आर. सी. स्प्रौल, ईश्वरशास्त्री, लेखकसाथै पास्टर 

येशू ख्रीष्टको क्रूसबाहिर संसारमा कुनै आशा छैन क्रूस पुनरुत्थान सुसमाचारका अपरिहार्य तत्त्वहरू हुन् सुसमाचार मानवजातिको एउटै मात्र आशा हो तपाईं जहाँ जानुहुँदा पनि उक्त सुसमाचारलाई कसरी प्रस्तुत गर्ने भनी परमेश्वरसँग बुद्धि माग्नुस्, त्यो जीवनको सबैभन्दा कठिन परिस्थिति नै किन नहोस्
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक

पश्चात्ताप ख्रीष्टमाथिको विश्वासद्वारा मात्रै कसैले उद्धार पाउन सक्छ कुनै पनि धार्मिक क्रियाकलाप पर्याप्त छैन; केवल येशू ख्रीष्टमाथिको साँचो विश्वास मात्रै पर्याप्त
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक

पृथ्वीमा सबैभन्दा घनिष्ठ मित्र पनि येशू ख्रीष्टको तुलनामा केवल छाया हो
ओसवाल्ड च्याम्बर्स, प्रचारकसाथै शिक्षक

मैले ख्रीष्टियमतलाई बौद्धिक रूपमा खण्डन गर्न तम्सिएँ नसकेपछि बाइबल साँचो येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने निष्कर्षमा पुगेँ
जोस म्याकडोल, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक

हामीले येशू ख्रीष्टलाई हाम्रो मुक्तिदाताको रूपमा पाएको दिन हाम्रो जीवनका महानतम दिनहरूमध्ये एक हो हाम्रा पापहरू मात्र पखालिँदैनन्, तर परमेश्वरले आफ्नो आत्मा हामीभित्र हालिदिनुहुन्छ अनि हामीलाई नयाँ इच्छाहरू दिनुहुन्छ  
जोएस मेऐर, प्रचारिका

सारा पृथ्वीको राजा हुनुभन्दा बरु येशू ख्रीष्टलाई अङ्गाली मर्न तयार छु उहाँको खोजी गर्दछु जो हाम्रो निम्ति मर्नुभयो; उहाँलाई प्रेम गर्दछु जो हाम्रो कारणले बौरी उठ्नुभयो
इग्नेसियस, प्रेरितिय पिता

येशू ख्रीष्ट तिन ओटा कुरा गर्नका लागि आउनुभयो भनी बाइबलले हामीलाई बताउँछमेरो विगतलाई क्षमा दिन, जीवनको लागि उद्देश्य प्रदान गर्न स्वर्गमा घर तयार पार्न ।
रिक वारेन, पास्टरसाथै लेखक

तसर्थ, कुनै व्यक्तिले ख्रीष्टमा आउन इन्कार गर्दा त्यो साक्षीको कमी वा बौद्धिक कठिनाइको कारणले गर्दा भएको होइन तर उसको ह्दयमा परमेश्वरको पवित्र आत्माको खिँचाइलाई उसले जानाजानी बेवास्ता गरेकोले वा इन्कार गरेकोले त्यसो भएको हो आखिरी विश्लेषणमा तर्कको कमीले कोही पनि ख्रीष्टियान हुनबाट चुक्दैन ज्योतिलाई प्रेम गर्नुको साटो उसले अन्धकारलाई प्रेम गरेकोले परमेश्वरसित कुनै कुरो गर्न नचाहेकोले ख्रीष्टियान हुनबाट असफल भएको हो  
विलियम लेन क्रेग, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै लेखक

दुई हजार वर्षसम्म उहाँ [येशू ख्रीष्ट] संसारको ज्योति हुनुभएको उहाँका वचनहरू बितेर गएका छैनन्
हेन्री मोरिस, ख्रीष्टियान रक्षाशास्त्रीसाथै लेखक

येशू परमेश्वर हुनुहुन्छ जसकहाँ हामी विनादम्भ जान सक्छौँ उहाँको सामु निराश नभईकन हामीले आफैलाई विनम्र तुल्याउन सक्छौँ
ब्लाइज पास्कल, गणितज्ञ, भौतिकशास्त्रीसाथै ख्रीष्टियान दार्शनिक

उहाँ [येशू] को विषयमा केही कुरो यति विशुद्ध, निष्कपट विशिष्ट थियो कि उहाँको इमान्दारीमाथि आशङ्का गर्नु भनेको सूर्यको चमकमाथि आशङ्का गर्नुजस्तै हो

चाल्र्स एडवार्ड जेफर्सन, ख्रीष्टियान सेवक

Leave Your Comments Here.


Sunday, February 1, 2015

परमेश्वरको वचनको लागि जीवन दिन तत्पर रहे बिशप फेलिक्स



इतिहासमा ख्रीष्टियानहरूमाथि अत्याचार गर्ने रोमी सम्राट्हरूमध्ये एक जनाको नाउँ होडायोक्लिसन जसले ख्रीष्टाब्द २८४३०५ सम्म रोमी साम्राज्यमाथि शासन गरेका थिए ३०३ मा तिनले एउटा आदेश जारी गरे जसले असाधारण रूपमा फैलिरहेको ख्रीष्टियमतको ज्वालालाई निभाउने थियो भन्ने तिनले अपेक्षा गरे

तिनको सतावटमा मण्डली भवनहरू भत्काइए; धर्मशास्त्रका कैयौँ प्रतिहरू जलाइए; विश्वासीहरूलाई यातना दिइयो अनि कति मृत्युको शिकार बने बाइबलका प्रतिहरूलाई बलजफतीपूर्वक खोसी तिनलाई नष्ट गर्नु सम्राट्को सतावटको एउटा मुख्य उद्देश्य थियो त्यही वर्षको पछिल्लो समयमा अधिकारीहरूले सम्राट्को उक्त आदेशलाई उत्तरी अफ्रिकामा पनि लागु गराए कार्थेज नजिकैको टिब्जुका नामक गाउँमा फेलिक्स बिशपको रूपमा सेवा गर्दै थिए बिशप सतावटको निशाना बने धर्मशास्त्रहरू सुम्पन सहरको मायोरले बिशपलाई आज्ञा दिए

मानिसको आज्ञामा परमेश्वरको वचनलाई गैरख्रीष्टियानहरूको हातमा सुम्पन अनिच्छुक भए बिशप फेलिक्स तिनी आफ्नो अडानमा अटल रहे तिनले सम्झौता गरेनन् अन्तत: रोमी अधिकारीहरूले तिनलाई जहाजमा राखेर इटाली पुर्याए जहाँ तिनले आफ्नो अडानको लागि आफ्नो ज्यान दिए

परमेश्वरको वचनको खातिर फेलिक्स आफ्नो जीवन दिन तत्पर रहे परमेश्वरको वचनको फैलावटको निम्ति धेरैले सहादत प्राप्त गरेका छन्    

परमेश्वरको वचनको फैलावटलाई रोक्न सम्राट् डायोक्लिसनले ख्रीष्टियान अगुवाहरूको ज्यानै लिनेदेखि लिएर जुनसुकै दुष्प्रयास गरे तापनि उक्त सतावटको केही वर्ष पनि बित्न नपाउँदै परमेश्वरले यस्तो अद्भूत काम गर्नुभयो कि रोमको सम्राट् नै ख्रीष्टियान बनेको इतिहास छर्लङ्ग इतिहासले सिकाएको पाठ यही हो कि जुनसुकै ओहोदामा भएको जोकसैद्वारा पनि परमेश्वरको वचनको फैलावटलाई रोक्न खोज्ने प्रयास टाउकोले ठोकेर चट्टानलाई फुटाउन खोज्ने मूर्खतासिवाय केही होइन

Leave Your Comments Here.