menu bar

Sunday, April 5, 2015

प्राध्यापकको तर्कद्वारा नास्तिक विद्यार्थीलाई झट्का



एउटा मुख्य विश्वविद्यालयमा नीतिशास्त्र पढाउने प्राध्यापकले आफ्ना विद्यार्थीहरूलाई नीतिशास्त्रसम्बन्धी कुनै एउटा विषय रोजेर त्यसबारे शोधपत्र लेख्न अनुरोध गरे विद्यार्थीहरूले आफ्नो शोधपत्रलाई कारणसहित उचित प्रकारले समर्थन गर्नुपथ्र्यो एक नास्तिकवादी विद्यार्थीले नैतिक सापेक्षवादको विषयमा धाराप्रवाह रूपमा लेख्यो उसको तर्क थियो, “सबै नैतिक नियम सापेक्ष छन् सच्याइ वा न्यायको कुनै निरपेक्ष मापदण्ड छैन यो आफ्नो विचारको कुरो हो तपाईंलाई चक्लेट मन पर्छ, मलाई फलफुल मन पर्छ कारणहरूले भरिपूर्ण शोधपत्रलाई उसले नीलो रङको फाइलमा राखेर आफ्ना प्राध्यापकलाई बुझायो सम्पूर्ण शोधपत्र पढिसकेपछि प्राध्यापकले मुख पृष्ठमा लेखे, “असफल ! मलाई नीलो रङको फाइल मन पर्दैन

त्यस विद्यार्थीले आफ्नो शोधपत्र फिर्ता पाइसकेपछि बेसरी रिसायो प्राध्यापकको कार्यालयमा गयो गुनासो गर्न थाल्यो, “यो उचित होइन, यो ठिक भएन, यसमा न्याय छैन शोधपत्रमा लेखिएका कुराहरूको आधारमा तपाईंले अङ्क दिनुभएन

प्राध्यापकले शान्त भएर जवाफ दिए, “मैले धेरै शोधपत्र पढेँ सच्याइ छैन भनी बताउने शोधपत्र तिम्रो नै होइन ?”

विद्यार्थीले जवाफ दियो, “हो

प्राध्यापकले फेरि भने, “मैले न्याय गरिनँ, मैले ठिक गरिनँ, मैले उचित गरिनँ भनी तिमीले बताउनुको अर्थचाहिँ के हो ?” प्राध्यापकले अझै थपे, “कसैलाई चक्लेट मन पर्छ भने कसैलाई फलफुल मन पर्छ भनी के तिम्रो शोधपत्रले तर्क गर्दैन ?”

विद्यार्थीले पुन: जवाफ फर्कायो, “हो, त्यही नै मेरो राय हो

प्राध्यापकले जवाफ दिए, “मलाई नीलो रङ मन पर्दैन, त्यसैले तिमी फेल भयौ

अकस्मात् उसको दिमागमा केही नाच्न थाल्यो उसले नैतिक मापदण्डहरूमा विश्वास गरेको रहेछ भनी उसले महसुस गर्न थाल्यो कम से कम उसले न्यायमाथि विश्वास गर्दोरहेछ नीलो रङकै कारणले प्राध्यापकले उसलाई फेल गराएको हुनाले उसले प्राध्यापकलाई अन्याय भयो भनी आरोप लगाउँदै थियो एउटा सामान्य सत्यताले सापेक्षवादप्रति उसको पुरै मुद्दालाई पराजित गर्यो

Leave Your Comments Here.


Thursday, April 2, 2015

गुड फ्राइडबारे तपाईंले जान्नुपर्ने १० ओटा सत्यताहरू




. येशूको मृत्युको सम्झनामा वर्षको एक चोटि मनाइने उत्सवलाई नै गुड फ्राइडे भनिन्छ येशू निर्दोष पापरहित हुनुभए तापनि उहाँ आजभन्दा लगभग दुई हजार वर्षअगि मानवजातिको पापको लागि क्रूसमा टाँगिनुभएको थियो  

. गुड फ्राइडे अङ्ग्रेजी Good Friday को लिप्यन्तरण हो गुड फ्राइडेलाई अङ्ग्रेजीमा होली फ्राइडे वा ग्रेट फ्राइडे पनि भनिन्छ यसलाई नेपालीमाअसल शुक्रबारवाशुभ शुक्रबारभनी अनुवाद गरिएको पाइए तापनि यसलाईपवित्र शुक्रबारभनी अनुवाद गर्नु बढी मुनासिब हुन्छ किनभने अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशअनुसार गुड फ्राइडेमा उल्लिखितगुडशब्दको अर्थ हुन्छ, “पवित्र ”  

. येशूको क्रूसारोहणको वास्तविक मिति अज्ञात रहे तापनि क्रूसारोहणको समयमा देखा परेको अन्धकारको आधारमा खगोल विज्ञानअनुसार येशू अप्रिल ३३ मा मर्नुभएको थियो भनी अनुमान गरिएको  

. नयाँ करारका अगिल्ला चार ओटा सुसमाचारहरू (मत्ती, मर्कूस, लूका यूहन्ना) येशूको जीवनीबारे बताउने सबैभन्दा भरपर्दा प्रारम्भिक स्रोतहरू हुन् ती चार ओटै सुसमाचारले उहाँको मृत्युबारे सविस्तार वर्णन गरेका छन्मत्ती २७:६६; मर्कूस १५:४७; लूका २३:५६ यूहन्ना १८:२८१९:४२     

. शुक्रबार बिहान बजेतिर आफ्ना चेलाहरूसँगै येशू गेतसमनीको बगैँचामा प्रार्थना गरिरहनुहँदा उहाँ गिरफ्तार हुनुभयो बिहान बजे क्रूसमा टाँगिनुअगि उहाँले ओटा जाँचको सामना गर्नुभयो घण्टा क्रूसमा बिताउनुभई उहाँले आफ्नो प्राण त्याग गर्नुभयो    

.पाम सन्डेपछिको इस्टर सन्डेअगिको शुक्रबार नै गुड फ्राइडे हो प्रसिद्ध सौर्य पात्रोलाई आधार नमानी चन्द्र पात्रोलाई आधार मानिएकोले गुड फ्राइडेको मिति सालिन्दा फरकफरक हुन्छ गत साल अर्थात् ख्रीष्टाब्द २०१५ मा गुड फ्राइडेको मिति अप्रिल ३ मा परेको थियो भने यो वर्ष मार्च २५ मा परेको छ र आगामी वर्ष अप्रिल १४ मा पर्नेछ 

. अधिकांश पाश्चात्य राष्ट्रहरूसहित संसारका विभिन्न मुलुकहरूमा गुड फ्राइडेको दिन सार्वजनिक बिदा दिइन्छ मानवजातिको इतिहासमा यो एउटा अति नै गम्भीर दिन भएकोले यस दिनमा धेरै व्यापारहरू, स्कुलहरू विश्वविद्यालयहरू पनि बन्द गरिन्छन्    

. येशू क्रूसमा मर्नुहुँदा पुरानो करारमा सयौँ वर्ष पहिले भनिएका दर्जनौँ भविष्यवाणीहरू मात्र पुरा भएका थिएनन् तर येशू स्वयम्ले आफ्नो मृत्युको विषयमा गर्नुभएका भविष्यवाणीहरू पनि पुरा भएका थिए पुरानो करारको यशैया ५३ अध्यायमा उहाँको मृत्युबारे सविस्तार भविष्यवाणी पाइन्छ  

. गुड फ्राइडेको दिनमा प्रभुभोज खाईंदैन प्रभु येशूले दिनुभएका दुई ओटा विधिहरूमध्ये एउटा होप्रभुभोज अर्कोलाई हामी बप्तिस्मा भन्छौँ येशूको दोस्रो आगमन नभएसम्म मण्डलीलाई अक्सर प्रभुभोज खान आज्ञा दिइएको   

१०. गुड फ्राइडेको दिनमा ख्रीष्टियानहरू उपवास बस्छन्; प्रभातफेरीमा सहभागी हुन्छन्; मण्डलीहरूमा विशेष सेवा सञ्चालन गरिन्छ जसमा येशूको मृत्युको वर्णन गर्ने भजनहरू, लघु नाटकसाथै वचन प्रस्तुत गरिन्छन्   

Leave Your Comments Here.


Wednesday, April 1, 2015

येशूको मृत्युमा देखा परेका तिन ओटा असाधारण दृश्यहरू



येशूको मृत्यु संयोग थिएन त्यो साधारण मृत्यु थियो उहाँको मृत्यु हुँदा देखा परेका दृश्यहरूले पनि उहाँको मृत्यु असाधारण अलौकिक थियो भनी पुष्टि गर्छन् यहाँ हामी तिन ओटा त्यस्ता दृश्यहरूलाई ध्यान दिनेछौँ

. मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो (मत्ती २७:५१)
येशू पृथ्वीमा हुनुहुँदा यरूशलेममा एउटा मन्दिर थियो यहूदीहरूको जीवनमा मन्दिर अति नै आवश्यक अङ्ग थियो येशूको मृत्यु हुँदा जुन पर्दा च्यातिएको थियो त्यसले मन्दिरको महापवित्रस्थानलाई पवित्रस्थानबाट अलग गथ्र्यो यो पर्दा माथिदेखि तलसम्म च्यातिएको यथार्थताले यो परमेश्वरको कार्य हो भनी अङ्कित गर्दछ पुरानो करारमा प्रधान पूजाहारी मात्र वर्षमा एक चोटि महापवित्रस्थानभित्र प्रवेश गर्न सक्थ्यो प्रधान पूजाहारीले नै सारा इस्राएलीहरूका पाप परमेश्वरको सामु लैजाने गर्दथ्यो साधारण इस्राएलीले आफै त्यसो गर्न पाउँदैनथ्यो तर मृत्युको समयमा यो पर्दा च्यातिएकोले अब हरेक व्यक्ति सोझै परमेश्वरको उपस्थितिमा जान सक्छ भन्ने तथ्यलाई परमेश्वर उजागार पार्दै हुनुहुन्थ्यो (हिब्रू :१४१६; १०:१९२२)

यो पर्दा येशू ख्रीष्टको मानवीय शरीरको प्रतिरूप थियो (हिब्रू १०:२०) पर्दा च्यातिएको तथ्यले पुरानो करारको सम्पूर्ण यहूदी व्यवस्थाको समाप्तिलाई पनि अङ्कित गर्दछ सम्भवत: यहूदी पूजाहारीहरूले च्यातिएको पर्दाको मर्मत गरी तिनीहरू पुरानै व्यवस्थामा लागिरहे यसको अर्थ तिनीहरूले परमेश्वरको नियमलाई उल्लङ्घन गरी तिनीहरूले मानवीय नियमलाई नै निरन्तरता दिए तर ख्रीष्टाब्द ७० मा परमेश्वरको भयानक न्याय पर्यो त्यो मन्दिर सदाको लागि नष्ट गरियो आजको दिनसम्म त्यहाँ मन्दिर छैन अब नयाँ करारको शिक्षाअनुसार हामी सबै नै पूजाहारी हौँ ( पत्रुस :) हामी सिधै परमेश्वरलाई बिन्ती चढाउन सक्छौँ

. एउटा ठुलो भूकम्प गयो (मत्ती २७:५१)
भूकम्पलाई प्राकृतिक विपत्तिको रूपमा लिइने भए तापनि यहाँ यो भूकम्प येशूको मृत्युको नतिजास्वरूप देखिएको सृष्टि परमेश्वरको अधीनमा भन्ने प्रस्ट सङ्केत हो यो सृष्टिले उहाँको मृत्युमाथि विलौना गरेको सङ्केत हो यो यो भूकम्प पक्कै पनि गलगथावरिपरि नै गएको हुनुपर्छ उहाँको मृत्युको दर्शक बन्न आउने तमाम व्यक्तिहरूका लागि उहाँको मृत्यु साधारण मृत्यु होइन भन्ने टडकारो प्रमाणको रूपमा यो भूकम्प खडा निश्चय नै, यसले येशूप्रति भएको धेरैको नकारात्मक दृष्टिकोणलाई परिवर्तन गरिदियो यस्तो दृश्य देखेपछि कप्तान उहाँलाई रुँग्नेहरूले निष्कर्ष निकालेका छन्, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्” (मत्ती २७:५४)

. चिहानहरू उघारिए, सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे (मत्ती २७:५२)
यो तेस्रो घटनालाई मत्तीले मात्र अभिलिखित गरेका छन् सम्भवत: यरूशलेममा भएका चिहानहरू उघारिए हामीले यहाँ होसियारीपूर्वक पढेको हुनुपर्छ कि यी सन्तहरू येशूको मृत्युको समयमा बौरी उठ्नैबित्तिकै त्यही दिनमा पवित्र सहरमा प्रवेश गरी धेरैकहाँ देखा परेका छैनन् तर येशूको मृत्युमा तिनीहरू जीवित भई उठे उहाँको पुनरुत्थान भएपछि मात्र तिनीहरू पवित्र सहरमा प्रवेश गरी धेरैकहाँ देखा परे

यहाँ उल्लिखित पवित्र सहर यरूशलेम हो यो सम्भव कि लाजरस, याइरसकी छोरी नाइनकी विधुवाकी छोरीले पुन: शारीरिक मृत्युको सामना गर्नुपरेजस्तै यी सन्तहरूले पनि पुन: देह त्याग गरे तर येशूले जस्तै यी सन्तहरूले पनि महिमित शरीर धारण गरी मृत्यु फेरि मृत्यु नचाखी यिनीहरू स्वर्ग गएको पनि हुन सक्छ   

Leave Your Comments Here.