menu bar

Wednesday, June 3, 2015

दास प्रथाको विरुद्धमा महान् प्रचारक जोन वेस्लीको चिठी



मेथोडिज्मको स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गरेका जोन वेस्ली अठारौँ शताब्दीका महान् प्रचारकसाथै ईश्वरशास्त्री थिए इङ्गल्यान्डमा जन्मेका वेस्ली आफ्नो देशमा विद्यमान दास प्रथा हटोस् भन्ने चाहना राख्थे तिनको समयमा निकै परिचित विलियम विल्बसफोर्स नाउँका एक जना ख्रीष्टियान राजनीतिज्ञ थिए जो दास प्रथाको उन्मूलनको लागि संसदबाट सङ्घर्ष गर्दै थिए ख्रीष्टाब्द १७९१ मा सदाको निम्ति आफ्नो स्थायी घरमा प्रवेश गरेका वेस्लीले आफ्नो मृत्युशैय्याबाट विल्बरफोर्सलाई दास प्रथाको विरुद्धमा लागिरहन लेखेको चिठीको अंश हो यो:

धर्म, इङ्गल्यान्डसाथै मानवीय स्वभावको कलङ्कको रूपमा विद्यमान त्यस [अमानवीय दास प्रथा] को विरुद्धमा लाग्ने तपाईंको महिमित अभियानलाई साकार पार्न ... परमेश्वरको शक्तिले नै तपाईंलाई नउठाएसम्म सम्भव छैन यही कुरोको निम्ति परमेश्वरले तपाईंलाई उदय नगराउनुभएसम्म मानिस शैतानको विरोधले तपाईंलाई छियाछिया पार्नेछ तर, परमेश्वर नै तपाईंको पक्षमा हुनुहुन्छ भने तपाईंको विरुद्धमा को खडा हुन सक्छ ? के तिनीहरूको जमात परमेश्वरभन्दा शक्तिशाली ? परमेश्वरको नाउँ उहाँको शक्तिमा अगाडि बढ्नुस्

निश्चय नै वेस्लीको चिठीले विल्बरफोर्सलाई दास प्रथा विरुद्धको आफ्नो अभियानमा अगाडि बढ्न उर्जा मिलेको थियो विल्बरफोर्स मानवीय कलङ्कको रूपमा स्थापित दास प्रथाको विरुद्धमा लागिरहे अन्ततोगत्वा, विल्बरफोर्सको पहलमा अमानवीयसाथै बाइबल विरोधी दास प्रथालाई इङ्गल्यान्डमा ख्रीष्टाब्द १८०७ मा कानुनबाट निर्मूलन गरियो    

Leave Your Comments Here.


Tuesday, June 2, 2015

जवान ख्रीष्टियान सहिद जिम इलिअटको अविच्छिन्न प्रभाव



जिम इलिअट दक्षिण अमेरिकी राष्ट्र इक्वेडरको घना जङ्गलमा बस्ने उका अर्थात् हुरानी आदिवासी जातिलाई सुसमाचार सुनाउने क्रममा अन्य चार जना मित्रहरूसँगै सहिद बनेका थिए अमेरिकामा जन्मेका जिम जनवरी १९५६ मा यस धरतीबाट बिदा भएका थिए वर्षको उमेरमा नै प्रभु येशूमाथि विश्वास गरेका जिमले २९ वर्षको जवान अवस्थामा सहादत प्राप्त गरे

जिम अति नै उत्साही ख्रीष्टियान थिए जसले आफ्ना धेरैजसो विचार प्रार्थनालाई लेखेर राख्ने गर्थे आफूलाई परमेश्वरले चलाउनुभएको होस् भन्ने विषयमा तिनले यसरी लेखेका थिए, “हे पिता, मलाई ओजस्वी मान्छे बनाउनुहोस् मैले सम्पर्क गरेकाहरूलाई निर्णयमा ल्याउनुहोस् सडकमा राखिने कोसेढुङ्गो हुन नपरोस् मलाई काँटा बनाउनुहोस् ताकि मलाई देखेर मानिसहरूले ख्रीष्टको सामना गर्दा तिनीहरू कुनै कुनै मार्गमा लागून्

झण्डै साठी वर्षअगि तिनी स्वर्गबास भए तापनि तिनको प्रभाव आजको दिनसम्म जारी परमेश्वरले वास्तवमै तिनको प्रार्थनालाई सुन्नुभएको   

Leave Your Comments Here.


Monday, June 1, 2015

सभामा उपस्थित हुने हडसन टेलरको सही निर्णय



हडसन टेलर विश्व प्रसिद्ध ख्रीष्टियान मिसनरीको नाउँ हो उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धमा इङ्गल्यान्डमा जन्मेका टेलर चीनमा मिसनरी भएर गएका थिए जहाँ तिनले आफ्नो  जीवनको ५१ वर्ष बिताए तिनले स्थापना गरेको चाइना इनल्यान्ड मिसनद्वारा दसौँ हजार मानिसहरूले प्रभु येशूलाई अङ्गालेका छन्

एक साँझको कुरो हो जुन बेला आँधीबेहरी चलिरहेको थियो इङ्गल्यान्डको बर्मिङ्गहामस्थित सेभर्न स्ट्रिट कक्षा कोठामा तिनको बोल्ने तालिका थियो प्रतिकूल मौसमको कारणले टेलरका सहयोगीले तिनलाई यसो भन्दै बोल्न जानबाट रोक्न खोजे, “कार्यक्रम रद्द गरियो भनी हरेकले ठान्नेछ त्यसपछि टेलरले जाने मनसाय व्यक्त गर्दै प्रतिक्रिया दिए, “तर आज रातीकै लागि कार्यक्रमको सूचना गरिएको थिएन ? त्यहाँ पालेबाहेक कोही उपस्थित नभए तापनि जानैपर्छ

सभामा एक दर्जनभन्दा कम्ती मानिसहरू भेला भए तर त्यहाँ पवित्र आत्माको असाधारण शक्तिको महसुस गरिएको थियो त्यहाँ उपस्थित आधा जति मानिसहरू कि मिसनरी बने कि भने तिनीहरूले आफ्ना छोरोछोरीहरूलाई मिसनरी हुनको निम्ति सुम्पिदिए बाँकी आधा मानिसहरू टेलरको मिसनको नियमित दाताहरू बने

Leave Your Comments Here.