menu bar

Saturday, June 6, 2015

अमेरिकाका प्रमुख उद्यमीले स्वीकार गरे, “येशू ख्रीष्ट मेरो मुक्तिदाता हुनुहुन्छ”



जर्मनीबाट अमेरिका बसाइँ सरेको एउटा परिवारमा ख्रीष्टाब्द १८४४ मा एक जना बालकको जन्म भयो हेन्री हेन्जको नाउँले चिनिने तिनले परिवारको आर्थिक सहायताको लागि किशोर अवस्थादेखि नै काम गर्न थालेका थिए बगैँचामा तरकारीहरू उमारी तिनलाई बेचेर तिनले परिवारको निम्ति आम्दानी गर्थे कलेजबाट दीक्षान्त समाप्त भएपछि बिहे गरेपछि तिनले एक जातको मुला बिक्री व्यवसाय गर्न थाले तर ख्रीष्टाब्द १८७५ मा देशको वित्तीय कम्पनी धराशायी भएपछि तिनको भर्खरै खोलिएको व्यवसाय टाट पल्टिन पुग्यो कम्पनीको ऋण तिर्न कानुनी रूपमा तिनी जवाफदेही नभए तापनि तिनको नैतिक नियमले गर्दा तिनल सबै ऋण चुक्दा गरिदिए  

ख्रीष्टाब्द १८८८ मा हेन्जले एच. जे. हेन्ज कम्पनी स्थापना गरे जसले विभिन्न किसिमका खाद्य सामग्रीहरू उत्पादन गथ्र्यो यही कम्पनीले तिनलाई अमेरिकाकै एक प्रमुख उद्यमीको रूपमा खडा गराइदियो

तिनी एक भक्त ख्रीष्टियान थिए आफ्ना कर्मचारीहरूलाई तिनले भद्रतापूर्वक व्यवहार गर्थे । आफ्नो इच्छापत्रको आरम्भमा तिनले लेखेका छन्, “यस इच्छापत्रको आरम्भमा नै सबैभन्दा महत्त्वपूर्ण कुरोको उल्लेख गर्न चाहन्छु त्यो होयेशू ख्रीष्ट मेरो मुक्तिदाता हुनुहुन्छ भन्ने मेरो विश्वास ”      

Leave Your Comments Here.


Friday, June 5, 2015

मान्छेको मासु खाने जङ्गली आदिवासी जातिलाई परिवर्तन गर्‍यो सुसमाचारले


प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा पर्ने एउटा मुलुकको नाउँ हो, फिजी यो एउटा टापु हो कुनै समय यस ठाउँमा मान्छेको मासु खाने आदिवासीहरू बस्दथे जो निकै हिंसक थिए

उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धमा इङ्गल्यान्डमा जन्मेका जेम्स कल्भर्ट ख्रीष्टाब्द १८३८ मा ती डरलाग्दा आदिवासीहरूलाई सुसमाचार सुनाउन फिजी गए जहाजका कप्तानले यसो भन्दै ती मिसनरीलाई घर फर्काउने चेष्टा गरे, “त्यस्तो जङ्गली जातिको बिचमा जानुभयो भने तपाईं तपाईंसित जानेहरूले जीवन गुमाउनुहुनेछ तर जेम्सले जवाफ दिए, “यहाँ आउनुभन्दा अगि नै हामी मरिसक्यौँ

कप्तानको चेताउनीलाई पर्वाह नगरी जेम्स फिजी गए त्यहाँ तिनले १८ वर्ष बिताए तिनले अद्भूत सफलता हासिल गरे तिनको सेवाकार्यद्वारा फिजीका तत्कालीन राजा थाकोम्बुले पनि येशूमाथि विश्वास गरे सीआईए वल्र्ड फ्याक्टबुकअनुसार त्यहाँका ६४ प्रतिशतभन्दा बेसी मानिसहरूले ख्रीष्टियान विश्वासलाई अङ्गाल्दछन् ख्रीष्ट येशूको सुसमाचारको परिणामस्वरूप आज तिनीहरू जङ्गली जातिबाट सभ्य जातिको रूपमा बामे सर्दै छन्     

Leave Your Comments Here.


Thursday, June 4, 2015

प्रखर वक्ता डी. एल. मुडीले यसरी प्रभु येशूमा विश्वास गरेका थिए



डी. एल. मुडी उन्नाइसौँ शताब्दीका प्रखर वक्ता हुन् तिनी प्रचारक, प्रकाशकसाथै बाइबल स्कुलका संस्थापक थिए तिनले प्रभु येशूमाथि कसरी विश्वास गरे भनी तिनले यसरी वर्णन गरेका छन्:

बोस्टनमा हुँदा बाल सङ्गतिमा उपस्थित हुने गर्थें मलाई याद कि एक दिन काम गर्ने पसलको काउन्टरमा मेरा शिक्षक आउनुभयो उहाँले मेरा काँधमा उहाँका हात राख्नुभयो अनि मलाई ख्रीष्ट मेरो आत्माको विषयमा बताउनुभयो आत्मा हुन्थ्यो भनी मैले त्यसबेलासम्म महसुस पनि गरेको थिएनँ मैले आफैलाई भनेँ, ‘यो एउटा अनौठो कुरो हो यहाँ एक जना मान्छे हुनुहुन्छ जसले मलाई हालै मात्र देख्नुभएको थियो उहाँ मेरा पापको लागि रुँदै हुनुहुन्छ जब कि मैले मेरा पापको लागि कहिल्यै आँसु बगाइनँ तर मानिसको आत्माको निम्ति जोसिलो हुनु भनेको के हो तिनीहरूका पापको निम्ति रुनु भनेको के हो भनी अहिले मैले बुझेको छु उहाँले भन्नुभएको कुरो मलाई याद छैनँ तर आजको रातसम्म पनि मेरा काँधमा उहाँले राख्नुभएका हातको शक्तिको महसुस गरिरहेको छु मैले

एक जना ईश्वरभक्त शिक्षकको चिन्ता आँसुको माध्यमलाई परमेश्वरले यसरी प्रयोग गर्नुभयो कि डी. एल. मुडीले आफ्नो जीवन येशूमा सुम्पे परमेश्वरले मुडीलाई यस्तो असाधारण वक्ताको रूपमा खडा गराउनुभयो कि तिनका सुसमाचारीय कामहरूद्वारा लाखौँ मानिसहरूले आफ्नो जीवन प्रभु येशूमा समर्पित गरे       

Leave Your Comments Here.