menu bar

Tuesday, June 9, 2015

आफ्ना महत्त्वपूर्ण ठेलीहरू आगोले नष्ट पार्दा पनि नआत्तिएका केरी



आधुनिक मिसनका पिता भनेर चिनिने विलियम केरी अठारौँ शताब्दीमा इङ्गल्यान्डमा जन्मेका थिए तिनी नै नयाँ करारलाई नेपाली भाषामा अनुवाद गर्ने प्रथम व्यक्ति हुन् हाम्रो छिमेकी मुलुक भारतमा मिसनरी भएर आएका केरीले उक्त भूमिमा ४१ वर्ष बिताए बाइबललाई स्थानीय भाषाहरूमा अनुवाद गर्ने हेतुले तिनले विभिन्न भाषाहरू सिक्न आफैलाई समर्पित गरे

एक दिनको कुरो हो केरी कतै टाढा गएका बेला तिनको घरमा आगलागी भयो उक्त घर एकैछिनमा खरानीमा परिणत भयो आगोले तिनले तयार पारेका कैयौँ बाइबल, महत्त्वपूर्ण पाण्डुलिपिहरू, शब्दकोशसाथै व्याकरणहरूलाई पनि नष्ट गरिदियो तिनले वर्षौं लगाएर ती महत्त्वपूर्ण ठेलीहरू तयार पारेका थिए जुन केही क्षणमा नै तहसनहस हुन पुगे तिनी फर्केपछि तिनलाई त्यो दु:खको खबर सुनाइयो तर तिनी निराश भएनन् तिनको अनुहारमा घडबढाहटको कुनै झल्को देखिन्थ्यो बरु तिनले घुँडा टेके ती पुस्तकहरू तयार पार्न आफूसित अझै पनि शक्ति भएकोमा परमेश्वरप्रति धन्यवादी भए शोक गर्नमा समय नबिताईकन तिनले तुरुन्तै ती पुस्तकहरूको पुनरुत्पादनमा आफैलाई समर्पित गरे तिनको मृत्युअगि तिनले आफूले पहिले तयार पारेका ठेलीहरूभन्दा बेसी तयार पार्न सफल भए तिनी   

Leave Your Comments Here.


Monday, June 8, 2015

अपाङ्ग मिसनरी जर्जले सेवा सुरु गरेको सहरमा ६ लाख ख्रीष्टियान पुगे



उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धमा स्कटल्यान्डमा जन्मेका जर्ज स्टट हाम्रो छिमेकी मुलुक चीनको झेजियाङ्ग प्रान्तको वेन्जु सहरमा जाने पहिलो ख्रीष्टियान मिसनरी हुन्

१९ वर्षको उमेरमा लडेर खुट्टा सुन्निएकोले पछि तिनले देब्रे खुट्टा नै गुमाउन पुगे अपाङ्ग हुँदाहुँदै पनि तिनी अक्टोबर १८६५ मा मिसनरी भएर चीनतर्फ लागे शारीरिक अशक्तताको बाबजुत पनि तिनी एक प्रभावशाली मिसन अगुवाको रूपमा खडा भए

स्टटले सेवा गरेको वेन्जु सहरमा स्थापित झेङ्ग्सी क्रिस्चियन चर्च प्राचीनतम चर्च हो जुन अहिलेसम्म पनि तिनको सेवाको साक्षीको रूपमा खडा आज वेन्जु सहरलाईचीनको यरूशलेमभनेर चिनिन्छ किनकि पुरै वेन्जु नगरपालिकामा भएका ६० लाख जनसङ्ख्यामध्ये १०% अर्थात् लाख इभान्जलिकल ख्रीष्टियानहरू छन्

एउटा मात्र खुट्टा भएको अशक्त व्यक्ति भएर पनि तिनी किन मिसनरी भएर चीन जान लागेका थिए भनी तिनलाई सोध्दा तिनले यसरी उत्तर दिएका थिए, “दुई ओटा खुट्टा भएकाहरू गएको मैले देखिनँ तसर्थ, जानैपर्छ अपाङ्ग भएर तिनले चीनमा २२ वर्षभन्दा बेसी समय बिताए       

Leave Your Comments Here.


Sunday, June 7, 2015

वृद्धको तर्कबाट प्रभावित भई जवान दार्शनिक जस्टिनले येशूलाई अङ्गाले


एक दिन प्लेटोवादबाट प्रभावित जस्टिन नाउँका एक जना दार्शनिक एफिसस नजिकैको स्थानमा हिँड्दै थिए एक जना वृद्ध मान्छे तिनको पछि आइरहेको देखे तिनले तिनी एक्कासि पछाडि फर्केर ती अपरिचित पाको मान्छेलाई हेर्न थाले

तपाईं मलाई किन एकटक लगाएर हेर्नुहुन्छ ?”, ती पाको मान्छेले सोधे

जस्टिनले जवाफ दिए, “यस्तो एकान्त स्थानमा तपाईंलाई देख्दा छक्क परेको छु

यहाँ मेरो एक जना नातेदारलाई खोज्न आएको हुँ तर तपाईंचाहिँ किन आउनुभयो नि ?” वृद्धले जवाफ फर्काउँदै प्रतिप्रश्न गरे

मेरो तर्कको अभ्यास गर्नभन्ने जस्टिनको जवाफ सुनेपछि ती पाको मान्छेले पुन: प्रश्न गरे, “के दर्शनशास्त्रले कसैलाई खुसी दिन्छ ?”

जस्टिनलेदिन्छभन्ने उत्तर दिए तापनि तिनको भावनमा निश्चयता झल्कँदैनथ्यो

दर्शनशास्त्र खुसी भनेको के हो ? मलाई बताउनुस् ”, ती वृद्धले जान्न चाहे

ती जवान दार्शनिकले परम्परागत जवाफ दिए, “दर्शनशास्त्र भनेको वास्तविकताको पूर्ण ज्ञान सत्यताको प्रस्ट बोध हो खुसी यस्तो ज्ञान बुद्धिको इनाम हो

तपाईं परमेश्वरलाई कसरी परिभाषित गर्नुहुन्छ ?” ती बुढो मान्छेले सोधे

जस्टिनले जे सिकेका थिए त्यही उत्तर दिए, “सबै थोकको अपरिवर्तनशील कारण

त्यसपछि वृद्धले प्रश्नहरू तेर्साए, “त्यसो भए जसले उहाँलाई देखेको उसबाट नसुनीकन के कसैले परमेश्वरलाई जान्न सक्छ ? परमेश्वरलाई कहिल्यै नदेखेका दार्शनिकहरूले कसरी सही तवरले न्याय गर्न सक्छन् ?”

प्लेटेको भनाइलाई उद्धृत गर्दै ती जवान मानिसले जवाफ दिए, “परमेश्वरलाई समझद्वारा मात्र जान्न सकिन्छ समझ शुद्ध राम्ररी तयार हुँदा मात्रै

जस्टिनको जवाफबाट कत्ति पनि नआत्तिई ती वृद्ध मानिसले भने, “प्राचीन शिक्षकहरू छन् जसले ईश्वरीय प्रेरणा पाएर बोले तिनीहरूले भविष्यको बारेमा बताए तिनीहरूका भविष्यवाणी आश्चर्यकर्महरूद्वारा तिनीहरूले आफैलाई प्रमाणित गरे

त्यसपछि जस्टिनले उपहासपूर्ण ढङ्गमा एकटकले हेरे तर तिनले कुनै जवाफ दिन भने सकेनन्

ती वृद्धले जारी राखे, “तपाईंका निम्ति ज्योतिका द्वारहरू खोल्न सकून् भनी प्रार्थना गर्नुस् परमेश्वर उहाँका ख्रीष्टले बुद्धि दिनुभएका मानिसद्वारा मात्रै यी कुराहरूलाई बुझ्न सकिन्छन्

ती वृद्धको तर्कबाट प्रभावित भई जस्टिनले आफ्नो पुरानो धर्मलाई त्यागी आफ्नो जीवन येशू ख्रीष्टमा सुम्पे अन्तत: ती जवान ठिटो दोस्रो शताब्दीका सर्वाधिक महत्त्वपूर्ण रक्षाशास्त्रीको रूपमा खडा भए ख्रीष्टियान विश्वासको पक्षमा लेखेका तिनका तिन ओटा कृतिहरू अझै पनि सुरक्षित छन् आफ्नो विश्वासको निम्ति सहिद बनेका सन्त जस्टिनलाई जस्टिन मार्टर भनेर चिनिन्छ   

     

Leave Your Comments Here.