menu bar

Saturday, June 13, 2015

किशोर अवस्थामा नास्तिक बनेका मार्भिनले ख्रीष्टियान बनेपछि जीवनमा उद्देश्य फेला पारे



१२ जुन १९५० मा अमेरिकामा जन्मेका मार्भिन ओलास्की किशोर अवस्थामा नास्तिक बनेका थिए कलेजमा माक्र्सवादको शिष्य बनी ख्रीष्टाब्द १९७२ मा तिनी कम्युनिस्ट पार्टी युएसएमा लागे त्यही समयतिर तिनले बिहे गरे; सम्बन्धविच्छेद गरे तिनको आफ्नै स्वीकारमा तिनले दस आज्ञाकोहत्या नगर्नूभन्ने आज्ञासिवाय हरेक आज्ञाको उल्लङ्घन गरे अनैतिकताले भरिएको जीवन जिएका मार्भिन बिस्तारै माक्र्सवादबाट वाक्क हुन थाले तिनलाई माक्र्सवादी अवधारणाहरू चरम लाग्न थाले त्यहाँ जे पनि गर्न मिल्ने भो भन्ने तिनको बुझाइ थियो तसर्थ, जीवनको उद्देश्य तिनले त्यस वादमा भेट्टाउन सकेनन् अन्तत: तिनले कम्युनिस्ट पार्टीलाई त्यागिदिए

जीवनमा उद्देश्य खोजी हिँडेका मार्भिनले बाइबलको नयाँ करारका अतिरिक्त ख्रीष्टियानहरूले लेखेका अन्य मनग्गे पुस्तकहरू पढे तिनले खोजेका शान्ति उद्देश्य तिनले बाइबलको पानामा फेला पारे ख्रीष्टाब्द १९७६ मा तिनी ख्रीष्टियान बने

हाल तिनी अमेरिकामा प्रकाशित हुने वल्र्ड नामक परिचित पत्रिकाको प्रधान सम्पादक हुन् जुन पत्रिका ख्रीष्टियान विश्वासको फैलावटमा समर्पित तिनी बिस ओटाभन्दा बेसी कृतिका लेखक हुन्

नास्किवादसाथै माक्र्सवादलाई त्यागी ख्रीष्टियान विश्वासलाई अङ्गालेका मार्भिनले के हात पारे ? यस ब्लगरको विश्लेषणमा मनग्गे प्राप्तिहरूका अतिरिक्त एउटा सफल जीवन जुन तिनले कहिल्यै प्राप्त गर्न सक्दैनथ्ये   

   

Leave Your Comments Here.


Thursday, June 11, 2015

नास्तिकवादबाट ख्रीष्टियान विश्वासमा रूपान्तरित वैज्ञानिक अलिस्टर म्याकग्रेथ



२३ जनवरी १९५३ मा उत्तरी आएरल्यान्डमा जन्मेका अलिस्टर म्याकग्रेथ झगडालु नास्तिकको रूपमा हुर्केका थिए तिनी नास्तिकवादमा लाग्नुका खास गरी दुई ओटा कारण थिए पहिलो, तिनले स्कुलमा विज्ञानसित सम्बन्धित विषयहरू लिएर पढेका थिए दोस्रोमा, ख्रीष्टाब्द १९६० को दसकमा माक्र्सवादी बन्नु प्रचलित थियो

विज्ञानको इतिहास दर्शनशास्त्रबारे पढेपछि तिनले महसुस गर्न थाले कि विज्ञान तिनले सोचेजस्तै सीधा थिएन पछि तिनी रसायनशास्त्रको अध्ययनको लागि अक्सफोर्ड विश्वविद्यालयमा भर्ना भए क्रमश: तिनले पत्ता लगाए कि नास्तिकवाद पनि विश्वासमा नै अडेको रहेछ अर्को भाषामा भन्नुपर्दा नास्तिकवाद कसैले कुनै कुरोमाथि गर्ने विश्वास रहेछ; यो कुनै प्रमाणित कुरो रहेनछ नास्तिकवादमाथि विश्वास गर्नलाई मजबुत आधार नभएको पनि तिनले आविष्कार गरे नास्तिकवादको तुलनामा ख्रीष्टियमत बेसी बौद्धिक अनुशासन भएको पाए तिनले यी आविष्कारहरूले तिनलाई नास्तिकवादबाट ख्रीष्टियान विश्वासतर्फ रूपान्तरित हुन आकर्षित गर्यो तिनले ख्रीष्टियान विश्वासलाई अङ्गाले

६३ वर्षे अलिस्टर म्याकग्रेथ हाल वैज्ञानिक, ईश्वरशास्त्री, बौद्धिक इतिहासकार ख्रीष्टियान रक्षाशास्त्री हुन् तिन ओटा विद्यावारिधि प्राप्त गर्न सफल म्याकग्रेथ नव नास्तिकवादको कडा विरोधी हुन्

स्वस्थ समाजको नैतिक जगको लागि धार्मिक विश्वासको आवश्यकता भन्ने म्याकग्रेथका तिन दर्जनभन्दा बेसी कृतिहरू प्रकाशित भइसकेका छन्     



Leave Your Comments Here.


Wednesday, June 10, 2015

टाइटाइनिक दुर्घटनामा येशूलाई पाउन सफल जवान मानिसको गवाही



,५०० भन्दा बेसी मानिसहरूको ज्यान जाने गरी १४ अप्रिल १९१२ मा भएको भयानक टाइटानिक दुर्घटनामा परमेश्वरले गर्नुभएका केही अद्भूत कार्यहरूमध्ये एउटा होइङ्गल्यान्डका पास्टर जोन हार्परको सुसमाचारद्वारा स्कटल्यान्डका एक जना जवान मानिसले प्रभु येशूमाथि विश्वास गरेका थिए  

टाइटानिक दुर्घटनाको चार वर्षपछि क्यानडाको हामिल्टन सहरमा एउटा बैठकको आयोजना गरिएको थियो स्कटल्यान्डका एक जना जवान मानिस खडा भए तिनले भने, “ टाइटानिक दुर्घटनाबाट बाँच्ने व्यक्ति हुँ त्यस डरलाग्दो रातमा जब एकलै जहाजको मस्तुलमा भएको खम्बामा समातेर डुब्दै थिएँ पानीको प्रवाहले जोन हार्परलाई मेरो नजिकै ल्यायो उहाँले भन्नुभयो, ‘जवान मानिस, के तपाईं बाँच्नुभएको ?’

मैले जवाफ फर्काएँ, ‘अहँ, बाँचेको छैनँ

उहाँले भन्नुभयो, ‘प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् अनि तपाईं बाँच्नुहुनेछ

पानीको प्रवाहले उहाँलाई फेरि पर लग्यो तर छक्क पार्ने कुरो के हो भने फेरि एकैछिनपछि पानीको धारले उहाँलाई त्यहीँ ल्याइपुर्यायो उहाँले भन्नुभयो, ‘के अहिले तपाईं बाँच्नुभएको ?’

बाँचेको छु भनी इमान्दारीसाथ भन्न सक्दिनँ’, मैले जवाफ फर्काएँ

उहाँले पुन: भन्नुभयो, ‘प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् अनि तपाईं बाँच्नुहुनेछ उहाँ प्रस्थान गर्नुभएको केही समयपछि पानीको महासागरमा त्यस भयभीत रातमा मैले येशूमाथि विश्वास गरेँ उहाँले विश्वासमा डोर्याएकाहरूमध्ये अन्तिम व्यक्ति हुँ


  

Leave Your Comments Here.