menu bar

Friday, July 3, 2015

गंगाप्रसाद प्रधान: नेपाली भाषामा बाइबललाई अनुवाद गर्ने प्रथम व्यक्ति



गंगाप्रसाद प्रधान पहिलो अभिषिक्त नेपाली ख्रीष्टियान पास्टर, नेपाली बाइबलको मुख्य अनुवादकसाथै अङ्ग्रेजीनेपाली शब्दकोशको सहलेखक हुन्   

पिता रूपनारायण माता राजमती प्रधानका कान्छो छोरोको रूपमा गंगाप्रसादको जन्म जुलाई १८५१ मा काठमाडौँको ठमेलमा भएको थियो काम गर्ने उद्देश्यले गंगाको परिवार दार्जिलिङ जाँदा तिनी केवल १० वर्षका थिए

१९ वर्षको उमेरमा स्कुलमा भर्ना भएका गंगा प्रसादले कान्छी आमाको कचकचले गर्दा स्कुल छाड्नु परेको थियो तर जवान गंगामा असाधारण क्षमता देखेका विदेशी विलियम म्याकफर्लेनको पहलमा तिनले पुन: पढ्ने मौका पाए तिनी पढ्नमा निकै टाठा थिए

तिनले पढ्न जानेपछि हिन्दी भाषामा उपलब्ध बाइबललाई आफैले पढ्न थाले आफ्नो बाइबल अध्ययनबाट मूर्तिमा कुनै शक्ति छैन भन्ने कुरोमा तिनी विश्वस्त हुन पुगे पूजामा सहभागी नहुने धार्मिक चाड पर्वको बेलामा मूर्तिहरूलाई चढाइएको मासु नखाने कठिन निर्णय लिए तिनले तिनको त्यस्तो चाला देखेर परिवारका सदस्यहरू भने चिन्तित भए तिनले आफ्नो जीवनमा ख्रीष्टको खाँचो देखिसकेका थिए परिणामत: ख्रीष्टाब्द १८७४ मा तिनले येशूलाई आफ्नो प्रभु मुक्तिदाताको रूपमा अङ्गाले

२४ जनवरी १८७५ मा विनकुपद्वारा पानीको बप्तिस्मा लिएका गंगाप्रसाद भर्खरै उम्रँदै गरेको दार्जिलिङ मण्डलीको दोस्रा नेपाली ख्रीष्टियान बने प्रभु येशूको अनुयायी बनेपछि तिनको परिवारले तिनलाई स्वीकार नगरे तापनि सुसमाचारको निम्ति तिनी जोसिला थिए तिनी पहिलो नेपाली प्रचारक बने

इङ्गल्यान्डबाट भारतमा मिसनरी बनेर आएका विलियम केरीले ख्रीष्टाब्द १८२१ मा नै नयाँ करारलाई नेपाली भाषामा अनुवाद गरिसकेको भए तापनि त्यो प्रचलनमा आउन सकेको थिएन तसर्थ, जनमानसले बुझ्ने भाषामा नेपाली बाइबलको उपलब्धता खटकिएको थियो मूलत: गंगा प्रसादको प्रयत्नमा ख्रीष्टाब्द १९१४ मा पुरै बाइबललाई नेपाली भाषामा उतारियो यो नै नेपाली भाषामा उपलब्ध प्रथम नेपाली बाइबल थियो

साहित्यमा औधी रुचि भएका गंगाप्रसादले ख्रीष्टाब्द १९०१ मा गोर्खे खबर् कागत्को पहिलो प्रकाशन गरे यो नै नेपाली भाषामा छापिएको पहिलो पत्रिका हो यसको प्रकाशनको चार महिनापश्चात् मात्रै गोरखापत्रको पहिलो अङ्क छापिएको थियो गोर्खे खबर् कागत् नेपालीहरूको बिचमा अति लोकप्रिय बन्यो ख्रीष्टाब्द १९३२ मा तिनी अनन्तको घरमा प्रस्थान नगरुञ्जेलसम्म यस पत्रिकाले निरन्तरता पाइरह्यो आफ्नो कामलाई निरन्तरता दिन तिनले गोर्खा प्रेस नामक आफ्नै छापाखानाको पनि थालनी गरेका थिए नेपाली साहित्यको विकासमा गंगाप्रसादको प्रभाव अद्भूत देखिन्छ

वास्तवमा गंगाप्रसाद शिक्षक, प्रचारक, अनुवादक, लेखक, सम्पादक, प्रकाशक मात्र नभएर सङ्गीतकार पनि थिए प्रभु अर्जी सुनिलेऊ (), गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ (ख्रीष्टीय भजन नम्बर ३९९) तिनले लेखेका भजनहरूमध्ये औधी लोकप्रिय थियो   

ख्रीष्टाब्द १८७५ मा गंगाप्रसादले एलिजाबेथ राईसँग बिहे गरे तिनीहरूबाट दुई छोरा छोरी जन्मे  

२८ मार्च १९३२ मा तिनी सधैँको लागि प्रभुको साथमा गए आफूसँग भएको प्रतिभालाई परमेश्वरको महिमाको लागि प्रयोग गर्ने परमेश्वरका प्रतिभावान् साधक थिए गंगाप्रसाद
    



Leave Your Comments Here.


Thursday, July 2, 2015

ख्रीष्टियान लेखकको पुस्तकबाट प्रभावित भई नास्तिक वैज्ञानिकले येशूलाई पछ्याए



तिनी नास्तिक थिए तिनको बुझाइमा धार्मिक विश्वास आधारभूत रूपमा अन्धविश्वाससिवाय केही थिएन तर्कको लागि त्यहाँ कुनै ठाउँ थिएन त्यहाँ खोज अनुसन्धान नै हुन्थ्यो

मेडिकल क्षेत्रमा पढ्ने क्रममा अस्पतालका बिरामीहरू रोगसित जुधिरहेका तिनले देखेका थिए त्यस्तो दर्दनाक अवस्थामा तिनीहरूले परमेश्वरलाई सराप्नुको साटो सान्त्वनाको लागि तिनीहरू आफ्ना विश्वासमा भरोसा गरेका देखिन्थे ती बौद्धिक व्यक्तिले तिनीहरूको आस्थालाई बुझ्न सकेनन् तिनी बेचैन भए तिनले धार्मिक विश्वासलाई इन्कार गर्दै आएका थिए तर तिनले वास्तवमै केलाई इन्कार गरेका थिए त्यो भने तिनलाई थाहा थिएन एउटा वैज्ञानिकले उपलब्ध तथ्याङ्कविना निर्णय लिँदैन तर तिनी वैज्ञानिक भएर पनि तिनले त्यस्तो निर्णय लिएकोमा तिनी चिन्तित थिए

आफ्नो चिन्तालाई दूर गर्न तिनी एक जना ख्रीष्टियान सेवककहाँ गए तिनी ती सेवकको अफिसमा बसे तिनले ती सेवकको विश्वासको निन्दा गरे ईश्वरनिन्दक वचनहरू बोले तथापि तिनले इमान्दारीपूर्वक आफूले जान्न चाहेको कुरो जान्ने अपेक्षा पनि गरे केही समय छलफलमा बितेपछि ती ख्रीष्टियान अगुवाले भने, “तपाईंको कथाले मलाई कुनै एक जना व्यक्तिको बारेमा याद दिलाउँछ जसले आफ्नो अनुभवको बारेमा लेखेका छन् तिनको नाउँ होसी. एस. लेविस जो अक्सफोर्डका विद्वान् थिए

ती ख्रीष्टियान सेवकले नास्तिकवादबाट बिसौँ शताब्दीका विख्यात लेखक बनेका सी. एस. लेविसद्वारा लिखित पुस्तक मेएर क्रिस्चियानिटीको एक प्रति पनि ती खोजकर्ताको हातमा थमाइदिए परमेश्वर अस्तित्वमा हुनुहुन्छ एउटा तर्कसङ्गत व्यक्तिको लागि विश्वास नगर्नभन्दा विश्वास गर्न सजिलो हुन्छ भन्ने लेविसका तर्कहरूले तिनलाई प्रभावित तुल्यायो तरै पनि तिनी विश्वास गर्न अनिच्छुक थिए; तिनी तयार थिएनन्; तिनले चाहेका थिएनन्

लेविसद्वारा लिखित त्यस पुस्तकलाई पढेपछि तिनी केही हप्तासम्म बेचैन भए तिनले ठोस निर्णय लिनुपर्ने समय आइपुगेको थियो यद्यपि तिनी त्यसो गर्न चाहँदैनथ्ये परमेश्वर अस्तित्वमा हुनुहुँदैन भन्ने अवधारणाबाट तिनी निकै खुसी थिए विश्वास गर्ने या नगर्ने भन्ने सङ्घर्षमा तिनले झण्डै एक वर्ष बिताए

एक दिन एउटा पहाडमा उक्लँदै गर्दा त्यहाँको सौन्दर्यले तिनलाई मोहित तुल्यायो तिनले भने, “ अझै यसको विरोध गर्न सक्दिनँ यसको महसुस नगनरीकनै जीवनभरि वास्तवमा मैले चाहेको कुरो यही नै हो अब हो भन्ने समय आएको

तिनले आफ्नो जीवन परमेश्वरमा सुम्पे    त्यसबेला तिनी २७ वर्ष पुगेका थिए त्यो तिनको जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण थियो

तिनको नाउँ होफ्रान्सिस कोलिन्स तिनी वंशाणुसम्बन्धी अमेरिकाका प्रसिद्ध वैज्ञानिक हुन् याले विश्वविद्यालयबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका फ्रान्सिस नेसनल इन्स्टिच्युट अफ हेल्थका अध्यक्ष हुन् ६६ वर्षका तिनले नास्तिकवाददेखि ख्रीष्टियान विश्वाससम्मको तिनको आत्मिक यात्रालाई आफ्नो कृति ल्याङ्ग्वेज अफ गड: साइन्टिस्ट प्रिजेन्ट्स् एभिडेन्स फर बिलिफमा उल्लेख गरेका छन्   



Leave Your Comments Here.


Wednesday, July 1, 2015

अनैतिकताको सागरमा डुबेको मान्छेलाई बाइबलको वचनले प्रभावशाली लेखक बनाइदियो



आफ्नो जीवनलाई अनैतिकताको सागरमा डोर्याएका एक जना जवान मानिसलाई परमेश्वरले नाटकीय रूपमा रूपान्तरण गर्न खोज्दै हुनुहुन्थ्यो तिनी बिहे नगरीकनै एउटी केटीसित १३ वर्षसम्म बसेका थिए जसबाट एउटा छोरो पनि जन्मिएको थियो

यो ख्रीष्टाब्द ३८६ को कुरो हो जुनबेला तिनको उमेर ३२ वर्ष पुगेको थियो तिनी इटालीको कुनै एउटा बगैँचामा बसिरहेका थिए तिनले एउटा बच्चाको जस्तो आवाज सुने जसले यसो भन्दै थियो, “उठाऊ पढ उठाऊ पढ गीतको भाकामा आएको बच्चाको यस आवाजलाई सुरुमा तिनले बेवास्ता गरे तापनि यो परमेश्वरबाट आएको आज्ञा हो भनी ठानी तिनले बाइबल खोले तिनका आँखा यी वचनहरूमा परे, “दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं मोजमज्जामा, मतवालीपनामा, व्यभिचारमा, भ्रष्टचारमा, झगडामा डाहमा होइन तर प्रभु येशू ख्रीष्टलाई धारण गर पापस्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ बाइबलका यी वचनहरू (रोमी १३:१३१४) ले तिनको ह्दयमा प्रहार गरे तिनले आफ्नो जीवन प्रभु येशूमा सुम्पे

यसरी येशूलाई आफ्नो प्रभु मुक्तिदाताको रूपमा स्वीकार गर्ने व्यक्ति अरू कोही नभएर अगस्टिन थिए जसले १०० ओटा भन्दा बेसी कृतिहरूको रचना गरे तिनी इतिहासको एक प्रसिद्ध दार्शनिक, रक्षाशास्त्री ईश्वरशास्त्री बने ख्रीष्टियान जगत्मा तिनको प्रभाव आजको दिनसम्म पनि कायम

   

Leave Your Comments Here.