menu bar

Monday, August 3, 2015

बौद्धिक संरचनाबारे १० ओटा भनाइहरू



सूर्य, ग्रह पुछ्रेताराहरूको यो ज्यादै सुन्दर प्रणाली बौद्धिक शक्तिशाली व्यक्तित्वका बुद्धिबाट मात्र आउन सक्छ
सर आइज्याक न्युटन, भौतिकशास्त्रीसाथै गणितज्ञ

पाले [अङ्ग्रेज दार्शनिक] को बौद्धिक तर्क विश्वको उत्पत्तिसम्बन्धी तर्कले परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्छन् यो रचना परमेश्वरले गर्नुभएको हो भन्नाका लागि विश्वको व्यवस्थितपनाले दरिलो साक्षी जुटाउँछ
एडवार्ड हेरिसन, खगोलविद्साथै विश्वउत्पत्तिशास्त्रविद्

यस्तो खालको सृष्टिलाई हेरी परमेश्वरमाथि विश्वास नगर्नु मेरो लागि असम्भव हुन्छ
जोन ग्लेन, अन्तरिक्षयात्रीसाथै इन्जिनिएर

जति धेरै प्रकृतिको अध्ययन गर्दछु त्यति नै धेरै सृष्टिकर्ताबारे चकित पर्दछु
लुई पास्चर, सुक्ष्म जीवशास्त्री 

हामी देख्छौँ कि मानवीय कालिगडले जस्तै परमेश्वरले व्यवस्थितपना नियममुताबिक संसारको निर्माण गर्नुभयो अनि हरेक कुरोलाई राम्ररी नाप्नुभयो
जोहानन केप्लर, खगोलविद्साथै गणितज्ञ 

गुरुत्वाकर्षणले ग्रहहरूको चाललाई व्याख्या गर्दछ तर ती ग्रहहरूलाई कसले चालमा स्थापित गर्यो भनी यसले व्याख्या गर्न सक्दैन
सर आइज्याक न्युटन, भौतिकशास्त्रीसाथै गणितज्ञ

अहिले विश्वास गर्दछु कि असीमित बुद्धिद्वारा यस विश्वलाई अस्तित्वमा ल्याइयो विश्वास गर्दछु कि विश्वका जटिल नियमहरूले वैज्ञानिकहरूले जेलाई परमेश्वरको समझ भनेका छन् त्यसलाई प्रदर्शन गर्दछन् विश्वास गर्दछु कि जीवन पुनरुत्पादन ईश्वरीय स्रोतमा उत्पन्न हुन्छन् आधा शताब्दीभन्दा बेसी समयसम्म मैले नास्तिकवादको व्याख्या गरी यसको पक्षमा वकालत गरे तापनि किन यी कुराहरूमा विश्वास गर्दछु ? छोटो उत्तर यही हो: यही देख्दछु यही नै आधुनिक विज्ञानबाट उदय भएको विश्वको तस्बिर हो
एन्टोनी फ्लु, दार्शनिक

डीएनए कम्प्युटर प्रोग्रामजस्तै हो तर हालसम्म सृजित कुनै पनि सफ्टवेएरभन्दा यो विकसित
बिल गेट्स, आविष्कारकसाथै कम्प्युटर प्रोग्रामर 

सृष्टिवादको विपरीत बौद्धिक संरचना यसको आफ्नै हकमा एउटा विज्ञान हो यो आफ्नै खुट्टामा खडा हुन सक्छ
विलियम . डेम्ब्स्की, गणितज्ञ, दार्शनिकसाथै ईश्वरशास्त्री  

शून्यताबाट यस्तो व्यवस्थितपनाको उदय भयो भन्ने कुरा मेरो लागि ज्यादै असम्भव व्यवस्थापन गर्ने सिद्धान्त विद्यमान हुनैपर्छ परमेश्वर मेरो लागि रहस्य हुनुहुन्छ तर केही नहुनुको साटो किन केही कुरो अस्तित्वमा भन्ने आश्चर्यकर्मको लागि उहाँ नै व्याख्या हुनुहुन्छ
अलान सान्डेज, खगोलविद्






Leave Your Comments Here.


Sunday, August 2, 2015

नामुद जँड्याहाबाट लोकप्रिय बाइबलको सम्पादक बनेका स्कोफिल्ड



वर्षौंअगिको कुरो हो अमेरिकाको मिसौरी राज्यमा अवस्थित सन्त लुइस सहरमा कुनै एक जना वकिल एक ख्रीष्टियानकहाँ गए, व्यापारको सिलसिलामा दुई जना एक अर्काबाट बिदा हुनुअगि ख्रीष्टियान व्यक्तिले भने, “तपाईंलाई प्राय: एउटा प्रश्न सोध्न चाहन्थेँ तर मलाई डर लागेको

वकिलले भने, “के जान्न चाहनुहुन्छ ?”

ती मानिसले जिज्ञासा पोखे, “तपाईं ख्रीष्टियान हुनुहुन्छ कि हुनुहुन्न होला ?”

वकिलले टाउको हल्लाउँदै भने, “कुनै पनि जँड्याहा परमेश्वरको राज्यभित्र प्रवेश गर्न सक्दैन भनी बाइबलले बताउँछ भन्ने कुरो मलाई थाहा , मेरो कमजोरी के हो तपाईं जान्नुहुन्छ !”

तपाईंले मेरो प्रश्नको उत्तर दिइरहनुभएको छैन”, विश्वासीले भने

साँचो भन्नुपर्दा, कसरी ख्रीष्टियान हुने भन्ने विषयमा कसैले मलाई व्याख्या गरेको मलाई याद छैन”, वकिलले जान्ने उत्सुकता जाहेर गर्यो

बाइबललाई उठाउँदै ती ख्रीष्टियानले बाइबलबाट केही पदहरू पढे सबै मानिसहरू दण्डको भागिदर भए तापनि ख्रीष्ट हराएकाहरूलाई खोज्न आएनुभएको थियो भनी तिनलाई देखाए तिनले जारी राखे, “उहाँ तपाईंको पापको सट्टामा मर्नुभएको थियो उहाँ तपाईंको मुक्तिदाता हुनुहुन्छ भनी तपाईंले स्वीकार गर्नुभयो भने तपाईंले क्षमा पाउनुहुनेछ यदि येशूलाई ग्रहण गर्न तपाईं इच्छुक हुनुहुन्छ भने आउनुस् हामी सँगसँगै प्रार्थना गरौँ

वकिल सहमत भए आफ्नो पालो आएपछि तिनले व्यक्त गरे, “हे येशू, रक्सीको दास बनेको छु कसरी उद्धार पाउने भनी तपाईंका एक जना दासले मलाई देखाएको हे परमेश्वर, मेरा पाप क्षमा गरिदिनुहोस् मेरो जीवनमा भएको यस भयानक आदतको शक्तिमाथि विजय हासिल गर्न मलाई मद्दत गरिदिनुहोस् त्यहीँ नै तिनले प्रभु येशूमाथि विश्वास गरे

ती वकिल अरू कोही नभएर सी. आई. स्कोफिल्ड थिए जसले पछि स्कोफिल्ड रेफेरेन्स बाइबलको सम्पादन गरे तिनकै नाउँमा राखिएको यस बाइबलले निकै लोकप्रियता कमायो ख्रीष्टाब्द १८४३ मा अमेरिकामा जन्मेका स्कोफिल्ड ईश्वरशास्त्री, सेवक लेखक कहलाइए       

Leave Your Comments Here.


Saturday, August 1, 2015

येशू यस धरतीमा तरवार चलाउन आउनुभयो (मत्ती १०:३४) कि शान्ति ल्याउन (यूहन्ना १४:२७) ?



मत्ती १०:३४ मा प्रभु येशूले भन्नुभयो, “ पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई आएको हुँ जब कि अर्को ठाउँमा येशूले भन्नुभएको , “शान्ति तिमीहरूसँग छोडिराख्छु आफ्नो शान्ति तिमीहरूलाई दिन्छु संसारले दिएजस्तो तिमीहरूलाई दिँदिनँ तिमीहरूको ह्दय व्याकुल नहोस् भयभीत नहोस्” (यूहन्ना १४:२७) येशूका यी दुई ओटा भनाइहरूलाई हेर्दा उहाँको आगमनको उद्देश्यमा बेमेल खाएकोजस्तो देखिन्छ येशू किन आउनुभयो: तरवार चलाउन वा शान्ति स्थापित गर्न

धर्मशास्त्रको साक्षीलाई हेर्दा येशूले आफ्ना अनुयायीहरूलाई शान्ति प्रदान गर्न चाहनुहुन्थ्यो भन्ने तथ्य अखण्डनीय तलका यी केही पदहरूले यसको पुष्टि गर्छन् पावलले लेखे, “परमेश्वर हाम्रा पिता प्रभु येशू ख्रीष्टबाट अनुग्रह शान्ति” (फिलिप्पी :) येशूलाईशान्तिको राजकुमार” (यशैया :) भनिन्छ येशू हामीलाई शान्ति दिन चाहनुहुन्छ (यूहन्ना १४:२७)  

त्यसो भए मत्ती १०:३४ को अर्थ के हो ? एक अर्थमा येशू कोलाहाल मच्चाउन आउनुभएको थियो भन्ने उद्देश्यलाई पनि इन्कार गर्न सकिँदैन । मत्ती १०:३४ मा येशू आफ्ना चेलाहरूलाई व्याख्या गर्दै हुनुहुन्छ कि कतिपय अवस्थामा सुसमाचारले फुट ल्याउँछ एउटै परिवारमा छोरोले उहाँमाथि विश्वास गर्न सक्छ जब कि बुबाले नगर्न सक्छ आमाले विश्वास गर्न सक्छे भने छोरीले इन्कार गर्न सक्छे

हामीले उहाँको आगमनको वास्तविक उद्देश्य उहाँको आगमनले निम्त्याउन सक्ने आसन्न प्रभावबिचको भिन्नतालाई छुट्टयाउन सक्नुपर्छ उहाँमाथि विश्वास गरेपछि परमेश्वरका मानिसहरू संसारका मानिसहरूबाट अलग गरिन्छन् उहाँको आगमनको आखिरी उद्देश्य मानवीय ह्दय पृथ्वीमा शान्ति स्थापित गर्नु भए तापनि तत्कालको लागि त्यसले फुट ल्याउन सक्थ्यो    

Leave Your Comments Here.