menu bar

Thursday, September 3, 2015

अनुसन्धानको क्रममा ख्रीष्टियान कृति पढेर येशूमाथि विश्वास गरे डा. समुएलले



डा. समुएल ब्लुमेनफिल्ड ख्रीष्टाब्द १९२७ मा जन्मेका अमेरिकाका लेखकसाथै शिक्षक हुन् तिनले शिक्षासित सम्बन्धित १० ओटा कृतिहरू प्रकाशित गरेका छन् सरकारी शिक्षाको आरम्भ कहाँबाट भएको होला भन्ने सम्बन्धमा तिनले एउटा अनुसन्धान गरेका थिए सामूहिक रूपमा सिकाइने शिक्षाको जरा सुधारवाद खास गरी जोन काल्भिनमा पुगेको भनी तिनले प्रस्ट्याएका छन्

तिनको अनुसन्धानको एउटा चाखलाग्दो पक्ष के हो भने अनुसन्धानको क्रममा तिनी ख्रीष्टियान बने

जोन काल्भिनद्वारा लिखित इस्न्टिच्युट्स अफ क्रिस्चियन रिलिजन नामक कृति पढेर समुएलले येशूमाथि विश्वास गरेका थिए जोन काल्भिन प्रभावशाली फ्रान्सेली लेखक, ईश्वरशास्त्रीसाथै पास्टर थिए ख्रीष्टाब्द १५३६ मा ल्याटिन भाषामा छापिएको यो पुस्तक प्राटेस्टेन्ट व्यवस्थित ईश्वरशास्त्रको एउटा आधारभूत कृति थियो जुन पाश्चात्य जगत्मा अत्यधिक प्रभावशाली ठहरियो

आफ्नो अनुसन्धानको क्रममा समुएलले सामूहिक शिक्षाको अवधारणा कहाँबाट आएको होला भन्ने सवालमा सबै मार्गहरूले जोन काल्भिनतर्फ नै डोर्याएको पाए तिनले प्राथमिक स्रोतहरूको अध्ययन गर्नु तिनको खोजको आवश्यकता थियो यसै क्रममा तिनले काल्भिनद्वारा लिखित कृति पढे अनि तिनले आफ्नो जीवन प्रभु येशूमा सुम्पे     

Leave Your Comments Here.


Wednesday, September 2, 2015

ब्लाइज पास्कल: सत्रौँ शताब्दीका प्रसिद्ध ख्रीष्टियान वैज्ञानिकसाथै रक्षाशास्त्री



ख्रीष्टियान रक्षाशास्त्रको क्षेत्रमा परमेश्वरको अस्तित्वसित सम्बन्धित ब्लाइज पास्कलको एउटा महत्त्वपूर्ण तर्कलाई पास्कलको बाजी भनेर चिनिन्छ तिनको तर्कअनुसार यदि परमेश्वर अस्तित्वमा हुनुहुन्न भने एउटा नास्तिकले उहाँमाथि विश्वास गरेर केही पनि गुमाउँदैन तर यदि उहाँ अस्तित्वमा हुनुहुन्छ भने एउटा नास्तिकले उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउँछ भने विश्वास नगर्नेले अनन्त दण्ड

ब्लाइज पास्कलको लागि सबैभन्दा उपयुक्त शब्द हो, जिनिअस तिनी असाधारण प्रतिभा भएका गणितज्ञ, भौतिकशास्त्री, दार्शनिक, अन्वेषक, लेखक, ईश्वरशास्त्री ख्रीष्टियान रक्षाशास्त्री थिए तिनले यी सबै क्षेत्रहरूमा झण्डै बिस वर्षको अवधिमा ख्याति कमाएका थिए थोरै समयमा धेरै उपलब्धि हासिल गर्ने स्रष्टाहरूको वर्गभित्र पर्छन् पास्कल  

ब्लाइज पास्कलको जन्म १९ जुन १६२३ मा पिता एटिने पास्कल माता एन्टोनिटे बेगोनबाट फ्रान्समा भएको थियो पास्कल बाल्यकालदेखि नै विलिक्षण प्रतिभाका धनी थिए तिन वर्षको उमेरमा आमा गुमाएका पास्कललाई तिनका पिताले शिक्षा दिएका थिए जसको पेसा कर उठाउने थियो

ख्रीष्टाब्द १६५४ मा धार्मिक परिवर्तनको अनुभव गरेका पास्कलले दर्शनशास्त्र ईश्वरशास्त्रबारे प्रभावशाली कृतिहरू लेख्न थाले तिनका दुई ओटा सर्वाधिक प्रसिद्ध कृतिहरूमा लेटर्स प्रोभिन्सिएल्स पेन्सिज पर्दछन् वैज्ञानिक क्षेत्रका चिन्तक पास्कलको परमेश्वरमाथि गहन विश्वास थियो तिनी एक भक्त ख्रीष्टियान थिए  

सम्भाव्यताको सिद्धान्तको विकास गणितको क्षेत्रमा पास्कलको उल्लेखनीय योगदान थियो सुरुमा यसलाई जुवाको क्षेत्रमा मात्र लागु गरिएको भए तापनि हाल अर्थशास्त्रमा यसको अत्यधिक महत्त्व रहेको एक जना लेखकले भनेका छन्, “अनिश्चयता, जोखिम, निर्णय लिने काम भावी घटनाहरूको मार्गलाई प्रभावित तुल्याउने व्यक्तिसाथै समाजको क्षमतालाई हामीले जसरी विचार गर्छौं त्यसलाई सम्भाव्यताको सिद्धान्त यसपछिका आविष्कारहरूले परिवर्तन गरिदिए

साहित्यको क्षेत्रमा पास्कललाई फ्रान्समा सर्वाधिक महत्त्वपूर्ण लेखकहरूको सूचीमा राखिन्छ तिनले ख्रीष्टाब्द १६४२ मा पास्कलाइन अर्थात् प्रारम्भिक क्याल्कुलेटरको आविष्कार गरेका थिए  

अठार वर्षको उमेर पार गरेपछि तिनको स्वास्थ्य उति राम्रो भएन आफ्नो उनन्चालिसौँ जन्मदिनको दुई महिनापश्चात् १९ अगस्ट १६६२ मा तिनी यस धरतीबाट बिदा भएका थिए        

Leave Your Comments Here.


Tuesday, September 1, 2015

२,८०० वर्ष पुरानो बाइबलीय राजा आहाजको छाप फेला पारियो



मत्तीको सुसमाचारमा उल्लिखित येशूको वंशावलीमा सूचीकृत राजाहरूमध्ये एक हुन्, आहाज तिनी यहूदाका एघारौँ राजा थिए जसले ७४१७२६ ख्रीष्टपूर्वसम्म शासन गरे तिनी योतामका छोरासाथै उत्तराधिकारी थिए तिनी यहूदाका राजा हुँदा २० वर्षका थिए तिनले १६ वर्षसम्म शासन गरे तरतिनले आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरेनन्” ( राजा १६:) मूर्तिहरूको उपासना गरी तिनी अन्यजातिका घिनलाग्दा चालमा मात्र हिँडेनन् तरतिनले आफ्नो छोरालाई पनि आगोमा होम गरे” ( राजा १६:) राजा आहाजको बारेमा राजा १६; यशैया इतिहास २८ मा पढ्न पाइन्छ

राजा आहाजको नाउँ उल्लेख गर्ने ,८०० वर्ष पुरानो बुला अर्थात् माटोको डल्लो फेला पारिएको यस खोजलाई राजा आहाजको छाप नाउँ दिइएको यो माटोको डल्लोमा औँठा छाप पनि देखिएको जुन राजा आहाजको हुन सक्छ बिसौँ शताब्दीको अन्त्यतिर यो पुरातात्त्विक खोज बजारमा देखा परेको थियो आठौँ शताब्दी ख्रीष्टपूर्वको मिति दिइएको यस आविष्कारको स्थान अज्ञात रहे तापनि यसमा प्राचीन हिब्रू भाषामा यसरी लेखिएको , “योतामका छोरा यहूदाका राजा आहाजको

राजा आहाजको ऐतिहासिकताको पुष्टि गर्ने बाइबल बाहिरको यो एउटा महत्त्वपूर्ण पुरातात्त्विक खोज हो यो दरबारका दस्तावेजहरूलाई प्रमाणित गर्न राजा आफैले प्रयोग गर्ने छाप थियो यस खोजमा आहाजको नाउँ मात्र उल्लेख गरिएको छैन तर तिनी योतामका छोरा थिए तिनी यहूदाका राजा थिए भनेर सफासँग लेखिएको जुन वर्णन बाइबलको अभिलेखसित सोर्है आना मेल खान्छ  

             

Leave Your Comments Here.