menu bar

Sunday, January 3, 2016

ख्रीष्टियान मण्डलीलाई सताउने ३० जना उच्च पदाधिकारीहरूको डरलाग्दो अन्त्य



ख्रीष्टियान मण्डलीले हरेक शताब्दीमा सतावट भोग्दै आएको : पहिलो शताब्दीदेखि आज एक्काइसौँ शताब्दीसम्म सतावट मण्डलीको एउटा हिस्सा नै बनेको आदि मण्डलीले रोमबाट अकल्पनीय सतावट भोगेको थियो इतिहासलाई नियाल्दा मण्डलीलाई सताउनेहरूले डरलाग्दो अन्त्य भोग्नुपरेको सत्यता पनि छर्लङ्गै  

आदि ख्रीष्टियानहरूलाई तीव्र रूपमा सतावट गर्ने तिस जना रोमी सम्राट्हरू, राज्य प्रमुखहरू उच्च ओहोदामा भएका अधिकारीहरूमध्ये एक जना पागल बने; एक जनाको आफ्नै छोरोद्वारा हत्या गरियो; एक जना अन्धा बने; एक जनाका आँखाहरू निस्किए; एक जनाको डुबेर मृत्यु भयो; एक जनाको घाँटी निमोठिएर निधन भयो; एक जना दुर्दशाग्रस्त निर्वासनमा मरे; एक जना अनौठो तरिकाले मरे; एक जना रोगले मरे; दुई जनाले आत्महत्या गरे; एक जनाले आत्महत्याको प्रयास गरे तर त्यसलाई पुरा गर्न अर्कोलाई डाक्नुपर्यो; पाँच जनाको आफ्नै मानिसहरू वा नोकरहरूद्वारा हत्या गरियो; अर्का पाँच जनाले दुर्दशाग्रस्त मृत्यु भोगे आठ जना युद्धमा मारिए वा कैदी बनाइएर लगिएपछि तिनीहरूको हत्या गरियो

Leave Your Comments Here.


Saturday, January 2, 2016

परमेश्वर अझै पनि परमेश्वर नै हुनुहुन्छ



ग्लेडिज अलवार्ड एक निर्भीक स्त्रीको नाउँ हो उनी मनग्गे प्रतिकूलताका बाबजुत पनि चीनमा मिसनरी भई जाने साहसिक स्त्री हुन् नगण्य क्षमता भएको व्यक्तिले पनि जब आफैलाई पवित्र आत्माको हातमा सुम्पन्छ तब उसले जीवनमा कसरी असाधारण काम गर्छ भन्ने ज्वलन्त उदाहरण हो ग्लेडिज  

यो ख्रीष्टाब्द १९३८ को कुरो हो जुन बेला जापानी आक्रमणकारीहरूले ग्लेडिज बसेको याङ्गचेङ्ग सहरमाथि हमला गरे उनले कैयौँ बालबालिकाहरूलाई पालेर राखेकी थिइन् जापानीहरूले उनलाई जासुसी ठानेकाले उनलाई त्यहाँ बस्नु असुरक्षित थियो मार्च १९४० मा आफूसँग भएका १०० जना केटाकेटीलाई लिएर उनी अर्को प्रान्तको पहाडी गाउँमा भागिन्

जोखिमपूर्ण यात्रामा एक बिहान ग्लेडिजले सुरक्षाको कुनै आशा देखिनन् १३ वर्षकी सानी केटीले उनलाई यसो भन्दै सान्त्वना दिन खोजिन्, “तपाईंले हामीलाई भन्नुभएको उजाडस्थानमा मोशाको कथालाई नभुल्नुस् ” 

उनको जवाफ थियो, “हो मेरी प्रिय, तर मोशा होइनँ

ती सानी ठिटीले यस्तो वचन बोलिन् जसले हामीलाई पनि हौसला मिल्छ, “हो, तर परमेश्वर अझै पनि परमेश्वर नै हुनुहुन्छ

एक महिनापश्चात् तिनीहरू सुरक्षितसाथ आफ्नो गन्तव्यमा पुगे यति लामो जोखिमपूर्ण यात्रामा पनि एक जना बच्चाको मृत्यु भएन

Leave Your Comments Here.


Friday, January 1, 2016

चिनियाँ पत्रकार झाङ्ग बोली पास्टर बने



तिनको नाउँ हो, झाङ्ग बोली तिनी ख्रीष्टाब्द १९५९ मा छिमेकी मुलुक चीनमा जन्मेका थिए तिन वर्षको कलेज जीवन सिद्याएपछि तिनले पत्रकारको रूपमा काम गर्न थाले तिनले विभिन्न पुरस्कारहरू पनि जितेका छन्

ख्रीष्टाब्द १९८९ मा बोली विद्यार्थीहरूद्वारा नेतृत्व गरिएको एउटा अभियानमा सामेल भए आन्दोलनसँग जोडिएको भोक हडतालको प्रबन्ध गर्न तिनले उल्लेखनीय भूमिका निभाए सरकारी दृष्टिकोणबाट त्यो अभियान कुनै कुनै रूपमा सरकारको विरुद्धमा भएकोले आन्दोलन हाँक्ने बोलीलगायत २१ जना अगुवाहरूको खोजी हुन थाल्यो चिनियाँ सरकारले तिनीहरूलाईमोस्ट वान्टेडको सूचीमा राख्यो जसमा बोली सत्रौँ नम्बरमा थिए

यस्तो कठिन परिस्थितिमा बोलीले भगुवा जीवन बिताए अन्त्यमा तिनी अमेरिका पुगे

१९९५ को ख्रीष्टमसको समयमा बोलीले परमेश्वरको बोलावटको महसुस गरे अनि तिनी एउटा बाइबल कलेजमा भर्ना भए त्यस बेलादेखि तिनले प्रभु येशूको प्रचार गर्ने निधो गरेका छन् १९९९ मा तिनी पास्टर बने हाल ६७ वर्षका यी पाका पास्टर परमेश्वरको बोलावटप्रति विश्वसनीय छन् चिनियाँ मण्डलीहरू, एसियाका दक्षिणपूर्वमा रहेका क्षेत्रहरूसाथै उत्तर अमेरिकामा तिनी परिचित वक्ता हुन् तिनी एस्केप फ्रम चाइना नामक पुस्तकका लेखक पनि हुन्

Leave Your Comments Here.