menu bar

Wednesday, February 3, 2016

बिल्ली ग्राहमको सट्टामा न्यायाधीशले हर्जाना तिरे



संसारमा सबैभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाउने परमेश्वरका सेवक हुन्, बिल्ली ग्राहम संसारका दुई अरबभन्दा बढी मानिसहरूले तिनको सन्देश सुनेका छन् तिनको शुभ सन्देश सुनर लगभग ३२ लाख मानिसहरूले येशूलाई व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरेका छन्

एक दिन बिल्ली ग्राहमले हाँकेको गाडीलाई ट्राफिकले रोक्यो ग्राहमले गाडी तीव्र गतिमा हाँकेका थिए भनी ट्राफिकले अभियोग लगायो ग्राहमले आफ्नो भुल स्वीकार गरे तर तिनी अदालतमा हाजिर हुनुपर्छ भनी कर्मचारीले बतायो

न्यायाधीशले ग्राहमलाई सोधे, “तपाईं दोषी हुनुहुन्छ कि हुनुहुन्न ?”

ग्राहमले आफ्नो दोष स्वीकार गरेपछि न्यायाधीशले जवाफ दिए, “तपाईंले दस डलर (करिब १,०००  नेपाली रुपियाँ) हर्जाना तिर्नुपर्छ प्रत्येक माइलमा तोकिएको गतिभन्दा बेसी हाँक्नुभएकोले प्रत्येक माइलको लागि एक डलर लाग्छ

ग्राहम प्रसिद्ध वक्ता पो रहेछन् भनी न्यायधीशले अकस्मात् चिनेपछि तिनले भने, “तपाईंले नियम उल्लङ्घन गर्नुभएको हर्जाना तिरिनैपर्छ तर तपाईंको सट्टामा तिरिदिनेछु

न्यायाधीशले आफ्नो गोजीबाट दस डलर निकाले अनि त्यसलाई टिकटसँगै टाँसे न्यायाधीशले वक्तालाई बाहिर ल्याए तिनको लागि भनेर खानाको बन्दोवस्त गिरिदिए

ग्राहमले भने, “पश्चात्ताप गर्ने पापीलाई परमेश्वरले यसरी नै व्यवहार गर्नुहुन्छ

   

Leave Your Comments Here.


Tuesday, February 2, 2016

प्रथम अमेरिकी राष्ट्रपति वासिङ्गटनले क्षमाको लागि परमेश्वरलाई पुकारे



जर्ज वासिङ्गटन संयुक्त राज्य अमेरिकाका प्रथम राष्ट्रपति हुन् ख्रीष्टाब्द १७३२ मा ब्रिटिस अमेरिकामा जन्मेका वासिङ्गटनले १७८९१७९७ सम्म अमेरिकामा शासन चलाएका थिए राष्ट्रपति हुनुअगि तिनी अमेरिकी क्रान्तिकारी युद्धको समयमा सेनापति थिए वासिङ्गटनलाई राष्ट्रनिर्माताको सूचीमा राखी तिनको आदर गरिन्छ

बिस वर्षको उमेरमा वासिङ्गटनले आफ्नो प्रार्थनाको जर्नल (दैनिक अभिलेख) मा यसरी लेखेका थिए:

हे सर्वाधिक महिमित परमेश्वर, येशू ख्रीष्टमा मेरा करुणामय प्रेमिलो पिता, मेरो दोषलाई पहिचान गरी स्वीकार गर्दछु जुन आजको जिम्मेवारीमा मेरो कमजोर असिद्ध क्रियाकलाप हो मेरा पापको क्षमा गरिदिनुहोस् भनेर मैले तपाईंको नाउँ पुकारेको छु तर मैले यति लापर्वाहीसाथ कुनै अनुभूति नगरीकनै त्यसो गरेको छु कि मेरा प्रार्थनाहरू नै मेरा पाप बनेका छन् त्यसलाई पनि क्षमाको खाँचो मैले तपाईंको पवित्र वचन सुनेको छु तर आत्मामा यति बैरो भएको छु कि मलाई त्यसको कुनै फाइदा भएको छैन बिर्सने स्रोता बनेको छु हे प्रभु, मैले तपाईंको काम गरेको भए तापनि मैले यति लापर्वाहीसाथ गरेको छु कि मैले आशिष्भन्दा सरापको अपेक्षा गर्नु मुनासिब होला

Leave Your Comments Here.


Monday, February 1, 2016

जीवनबारे १३ ओटा भनाइहरू



ख्रीष्टियान जीवनका सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारीहरूमध्ये अरूहरूको वास्ता गर्नु, तिनीहरूलाई देखेर मुस्कुराउनु साथी नभएकाहरूको साथी बन्नु हो
जेम्स डोबसन, लेखकसाथै मनोवैज्ञानिक

डर आशङ्काले भरिएको नकारात्मक मनले नकारात्मक जीवनको उदय गराउँछ जसले अन्तत: तपाईंको जीवनलाई नष्ट गर्न सक्छ
जोएस मेएर, ख्रीष्टियान लेखिकासाथै वक्ता 

पवित्र आत्माले भरिपूर्ण जीवन ख्रीष्टियमतको विशेष वा सानदार संस्करण होइन यो उहाँका मानिसहरूका लागि परमेश्वरको समग्र योजनाको भाग हो
. डब्लु. टोजर, लेखक, पास्टरसाथै वक्ता

यदि तपाईं ख्रीष्टियान हुनुहुन्छ भने तपाईं स्वर्ग जान कोसिस गर्नुहुने यस संसारको नागरिक हुनुहुन्न; तपाईं स्वर्गका नागरिक हुनुहुन्छ जो यस संसारलाई बाटोको रूपमा प्रयोग गर्दै हुनुहुन्छ
डा. भान्स हाभ्नर

जीवनको महानतम प्रयोग भनेको यसलाई त्यस्तो कुरोको लागि प्रयोग गर्नु हो जुन टिक्छ
अज्ञात

हामी आत्मिक मार्गमा हिँडेका मानवीय प्राणीहरू होइनौँ हामी मानवीय यात्रामा हिँडेका आत्मिक प्राणीहरू हौँ
अज्ञात

जीवन अपर्याप्त आधार वाक्यहरूबाट पर्याप्त निष्कर्ष निकाल्ने कला हो
समुएल बटलर

जब तपाईंले सामान्य कुराहरू असमान्य तरिकाले गर्नुहुन्छ तब तपाईंले संसारको ध्यान खिँच्नुहुन्छ
जर्ज वासिङ्गन कार्भर, अन्वेषक

गन्तव्य संयोगको विषय होइन, यो छनौटको विषय हो यो पर्खनुपर्ने विषय होइन, यो प्राप्त गरिनुपर्ने विषय हो
विलियम जेनिङ्ग्स ब्रायन

तपाईं जस्तोसुकै मान्छे हुनुभए तापनि असल मान्छे बन्नुस्
अब्राहाम लिङ्कन, सोर्हौँ अमेरिकी राष्ट्रपति

मेरो जीवनको अन्त्यमा परमेश्वरको सामु खडा हुँदा मेरो आशा यही हुनेछ कि मैले प्रतिभाको कुनै पनि अंशलाई त्यसै छाडिनँ भन्न सक्नेछु, “तपाईंले मलाई दिनुभएको हरेक कुरो मैले प्रयोग गरेँ
इर्मा बोम्बेक, लेखिका

असफलतादेखि डराउँदिनँ त्यस्तो सफलतादेखि डराउँछु जसको कुनै अर्थ छैन
डन एरिक्सन 

जब हामी महत्त्व राख्ने कुराहरूबारे मौन रहन्छौँ तब हाम्रा जीवनको अन्त्य हुन थाल्छ
मार्टिन लुथर किङ्ग जुनिएर, पास्टर, अभियन्तासाथै मानवतावादी

Leave Your Comments Here.