menu bar

Thursday, March 3, 2016

के धार्मिक अगुवाहरूको बिचमा येशूका दाबीहरू अद्वितीय छैनन् र ?



यहाँ धार्मिक अगुवाहरूले संसारका प्रमुख धर्म संस्थापकहरू (जस्तै: मुहम्मद, कन्फ्युसियस, गौतम बुद्ध आदि) लाई जनाउँछन् येशू ख्रीष्टियमतका संस्थापक हुनुहुन्छ जसलाई नेपाली बृहत् शब्दकोश (२०६७) ले क्राइस्ट भनेको अद्वितीयशब्दको अर्थ हुन्छ, तुलनाको लागि अर्को नभएको (जस्तै: सगरमाथा उचाइको दृष्टिकोणबाट अद्वितीय भन्दा यो जत्तिको अग्लो शिखर कुनै छैन भन्न खोजिएको हो)

के संसारका प्रमुख धर्म संस्थापकहरूले प्राय: उही किसिमका सन्देश व्यक्त गरेका छन् ? के तिनीहरूले आफूलाई परमेश्वर ठानेका छन् ? संसारका प्रमुख धर्म संस्थापकहरू येशूको जीवनीलाई अध्ययन गर्दा येशूका दाबीहरू अद्वितीय देखा पर्छन्

येशूबाहेक संसारका अन्य कुनै पनि धार्मिक संस्थापकहरूले आफूलाई कहिल्यै परमेश्वर ठानेका थिए भन्ने विषयमा कुनै विश्वसनीय ऐतिहासिक साक्षी हामीसँग छैन भन्दा तपाईं छक्क पर्नुपर्दैन

चिनियाँ शिक्षकहरू कन्फ्युसियस लाओत्सुले नैतिक, सामाजिकसाथै सांस्कृतिक निर्देशनहरू सिकाए तापनि तिनीहरू ईश्वरशास्त्रीहरू थिएनन्

अनौठो लाग्ला, तर यो साँचो हो कि गौतम बुद्ध नास्तिकवादी थिएनन् भने पनि तिनी पक्कै अनीश्वरवादी थिए

कुरआनले कहिल्यै पनि मुहम्मदलाई अल्लाहको स्थानमा पदोन्नति गरेको छैन तिनी अल्लाहका एक प्रमुख अगमवक्ता थिए भनी बताइएको भए तापनि तिनी परमेश्वर थिए भन्ने प्रयास कहिल्यै गरिएको छैन

बाइबलको पुरानो करारले कुनै अगुवा वा अगमवक्तालाई परमेश्वरको स्थानमा उभ्याएको छैन अब्राहाम, दाऊद, यशैया, दानिएल कोही पनि परमेश्वर हुनका लागि उम्मेदवारी दिएका मानिसहरू थिएनन्

सायद कृष्णलाई तिनका अनुयायीहरूले परमेश्वरको रूपमा बुझे तर कृष्ण वास्तवमै यस धरतीमा बाँचेका थिए भन्ने कुरामा विद्वान्हरू आशङ्का गर्छन् यदि तिनी ऐतिहासिक व्यक्ति थिए भने पनि कहिले ? कृष्णका दाबीहरू गीतामा अभिलिखित गरिएको भए तापनि साहित्यिक दृष्टिकोणबाट यसलाई ऐतिहासिक कृति मानिदैन अर्कोतिर, कृष्ण बाँचेको समयभन्दा धेरै समयपछि तिनका वाणीहरू सङ्कलन गरिए यसरी, तिनका मौलिक दाबीहरूको सङ्कलनको सम्भाव्यता न्यून देखिन्छ यो पनि बुझिएको हुनुपर्छ कि ख्रीष्टियान हिन्दु दृष्टिकोणमा परमेश्वरको अवधारणा नितान्त फरक

अन्य धार्मिक अगुवाहरूको विपरीत येशूले आफूलाई परमेश्वरको रूपमा देख्नुभयो उहाँले परमेश्वरको बारेमा मात्र सिकाउनुभएन तर आफू पनि परमेश्वर हुनुभएको दाबी गर्नुभयो येशूले भन्नुभयो, “पिता एक हौं” (यूहन्ना १०:३०) येशूले आफू अनन्त हुनुभएको दाबी गर्नुभयो (यूहन्ना :५७) येशूले आफू स्वर्ग पृथ्वीको अधिकारी हुनुभएको दाबी गर्नुभयो, “स्वर्ग पृथ्वीमा समस्त अधिकार मलाई दिइएको ” (मत्ती २८:१८) येशूले पापको क्षमा दिनुभयो (मर्कूस :) जुन परमेश्वरको परमाधिकार थियो येशूले आराधनाको स्वीकार गर्नुभयो (मत्ती १४:३३) जुन केवल परमेश्वरले मात्र स्वीकार गर्न सक्नुहुन्छ

अन्त्यमा, ख्रीष्टियमतका संस्थापक येशू ख्रीष्ट मात्र एक यस्तो धार्मिक संस्थापक हुनुहुन्छ जसले आफू परमेश्वर हुनुभएको दाबी गर्नुभयो उक्त दाबीलाई प्रमाणित पनि गरिदिनुभयो थोमस स्कल्ज सही मूल्याङ्कन गर्छन्, “मोशा, पावल, बुद्ध, मुहम्मद, कन्फ्युसियससाथै कुनै पनि परिचित धार्मिक अगुवाले आफू परमेश्वर हुँ भनी कहिल्यै दाबी गरेका छैनन् येशू ख्रीष्ट यसको अपवाद हुनुहुन्छ आफू परमेश्वर हुँ भनी दाबी गर्ने ख्रीष्ट मात्रै एक धार्मिक अगुवा हुनुहुन्छ उहाँ परमेश्वर हुनुहुन्छ भनी संसारको ठुलो हिस्सालाई विश्वास दिलाउने उहाँ मात्रै एक व्यक्तित्व हुनुहुन्छ



Leave Your Comments Here.


Wednesday, March 2, 2016

सी. टी. स्टड: चीन, भारत र अफ्रिकाका लागि मिसनरी


सी. टी. स्टडको पुरा नाउँ चाल्र्स थोमास स्टड हो स्टडको जन्म डिसेम्बर १८६० मा इङ्गल्यान्डमा भएको थियो

सी. टी. स्टड क्रिकेटरसाथै मिसनरी थिए तिनले चीन, भारत अफ्रिकामा मुक्तिदाता प्रभु येशूको सेवा गरे स्टडले केही कृतिहरू पनि लेखेका छन् हर्ट अफ अफ्रिका मिसन (अहिले यसलाई वल्र्डवाइड इभान्जलाइजेसन क्रुसेड भनेर चिनिन्छ) को स्थापनको लागि स्टड नै जिम्मेवार छन्   

सुसमाचार सुनेपछि स्टडका धनी पिता एडवार्ड स्टडले प्रभु येशूलाई अङ्गाले आफ्ना छोराहरूले पनि प्रभुलाई पाऊन् भन्ने तिनको इच्छा थियो

१६ वर्षको उमेरमा सी. टी. स्टड उत्कृष्ट खेलाडी बनिसकेका थिए भने १९ वर्षकै उमेरमा तिनी एटोन कलेजको टिम कप्तान बने तिनी एटोन कलेजकै विद्यार्थी छँदा तिनको घरमा आएका एक जना प्रचारकको प्रस्तुतिद्वारा प्रभावित भई तिनले आफ्नो जीवन प्रभु येशुमा सुम्पेका थिए यस क्षणलाई स्टडले पछि यसरी सम्झेका थिए, “मैले घुँडा टेकेँ अनि परमेश्वरलाईधन्यवादभनेँ त्यहीँनेर मैले आनन्द शान्तिको महसुस गरेँ त्यसपछिनयाँ जन्मभनेको के रहेछ भनी मैले थाहा पाएँ पहिले जुन बाइबल मेरो लागि सुक्खा हुन्थ्यो त्यही नै मेरो सब थोक भयो

क्रिकेटको दुनियाँमा प्रसिद्धीको पराकाष्ठामा पुगिरहँदा स्टडले भने, “मलाई थाहा कि क्रिकेट रहिरहँदैन ख्याति रहिरहँदैन संसारमा भएको कुनै पनि कुरो रहिरहँदैन तर आउने संसारको लागि जिउनु नै उपयुक्त हुन्थ्यो ” 

परमेश्वरले स्टडलाई आफ्नै कामको लागि तयार पार्नुभएको थियो ख्रीष्टाब्द १८८५ मा तिनी अन्य जना साथीहरूसँगै चीन प्रस्थान गरे, त्यहाँका मानिसहरूलाई प्रभु येशूको शुभ सन्देश बाँड्न

पिताको मृत्युपश्चात् तिनले प्राप्त गरेका पैतृक सम्पत्तिको ठुलो हिस्सा तिनले प्रभुको कामको लागि अर्पण गरे

ख्रीष्टाब्द १८८८ मा चीनमा नै स्टडले प्रिस्किला स्टेवार्टसित बिहे गरे तिनीहरूले चार छोरी दुई छोरालाई जन्म दिए  

आफ्नो कमजोर स्वास्थ्याको कारण स्टड जन्मभूमि इङ्गल्यान्ड फर्के मिसनको लागि पैसा उठाउन स्टड तिनकी पत्नी विभिन्न भूभागमा गए यात्रा गर्ने क्रममा भारतको दक्षिणी क्षेत्रको जलवायु उपयुक्त लागेकोले तिनले त्यहाँ वर्ष बिताए त्यसपछि तिनी फेरि इङ्गल्यान्ड फर्के, अफ्रिका जाने तयारीको चाँजोबाँजो मिलाउन ख्रीष्टाब्द १९१० मा तिनी अफ्रिका प्रस्थान गरे

प्रभुको राज्य बिस्तार गरिरहँदा १६ जुलाई १९३१ मा ७० वर्षको उमेरमा अफ्रिकामा नै स्टडको निधन भयो यसरी तिनले चीनमा लगभग १५ वर्ष बिताए भने वर्ष भारतमा बिताए जीवनका पछिल्ला वर्षहरू भने तिनले अफ्रिकामा बिताए

आफ्नो त्यागको गणना नगरी येशू ख्रीष्टलाई पयाउनु भनेको के हो भनी स्टडले देखाइदिए तिनी क्रूसका सच्चा सिपाही थिए जो ख्रीष्टको खातिर खतरा मोल्न तत्पर भए   

  

Leave Your Comments Here.


Tuesday, March 1, 2016

बाइबलीय राजा हिजकियाको छाप हालै फेला पारियो


ख्रीष्टाब्द २००९ मा यरूशलेममा माटोबाट बनेको एउटा छाप पत्ता लगाइयो जसमा बाइबलीय राजा हिजकियाको नाउँ उल्लेख गरिएको उक्त छापमा प्राचीन हिब्रू भाषामा लेखिएको , “यहूदाका राजा आहाज [का छोरा] हिजकियाकोडा. एलियाट मजरको नेतृत्वमा गएको पुरातत्त्वविद्हरूको टोलीले उक्त छाप फेला पारेको हो पुरातत्त्वविद्हरूले पत्ता लगाएको इस्राएल वा यहूदाको राजाको नाउँ अभिलिखित यो नै पहिलो छाप हो प्राचीन संसारमा माटोलाई छापको रूपमा प्रयोग गरिन्थ्यो राजदरबारका दस्तावेजहरूलाई प्रमाणित गर्नका लागि राजा हिजकियाले यस छापको प्रयोग गर्थे आठौँ शताब्दी ख्रीष्टपूर्वको मिति दिइएको यो लगभग ,७०० वर्ष पुरानो छाप हो      

को थिए हिजकिया ? हिजकिया यहूदाका तेर्हौँ राजा थिए जसले करिब ७२८६९९ ख्रीष्टपूर्वसम्म २९ वर्ष राज्य गरे दाऊद सोलोमनपछि तिनी एक महत्त्वपूर्ण राजा थिए आहाजका छोरा हिजकिया धनी, साहसिला प्रभावशाली राजा थिए जो अश्शूरीहरूको विरुद्धमा खडा भए हिजकियाको शासनकालका मुख्य विवरणहरू यी खण्डहरूमा पढ्न पाइन्छन्: राजा १८२०; यशैया ३६३९; इतिहास २९३२ इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्य गर्न लागे जब तिनी राजा भए तब तिनी पच्चीस वर्षका थिए, तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे तिनकी आमाको नाम जकरियाकी छोरी अबिया थियो आफ्ना पुर्खा दाऊदले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे” ( राजा १८:)   

यो छाप बाइबलीय विवरणलाई स्थापित गर्ने बाहिरी साक्षी हो हिजकिया यहूदाका राजा थिए तिनी आहाजका छोरा थिए भनी यस छापले स्पष्ट पारेको यस महत्त्वपूर्ण खोजले फेरि एक पटक बाइबलीय विवरणको पुष्टि गरेको    



Leave Your Comments Here.