menu bar

Sunday, April 3, 2016

सामान्य चोटको कारणले गर्दा पूर्वराष्ट्रपति गारफिल्डले येशूलाई पाएका थिए



केही मानिसहरू मैत्रीपूर्ण बातचितमा संलग्न हुँदै थिए एक जनाले आफूले सानो कुरोमा होसियार हुन सिकेको कुरो बताउँदै थियो, “एक जोडी मोजाजस्ता कुराहरूले मेरो सम्पूर्ण जीवन परिवर्तन ल्याइदिएका थिए भन्ने कुरामा के तपाईंहरू विश्वास गर्नुहुन्छ ?”

त्यस्तो कुरोमा मुश्किलैले विश्वास गर्न सक्छु”, अर्को मानिसले मुख फोर्यो

त्यसपछि ती मानिसले आफूले अनुभव गरेको परिवर्तनबारे सबिस्तार वर्णन गरे, “यो साँचो हो एक पटक केही साथीहरूसँगै मैले डुङ्गा चढ्ने योजना बनाएको थिएँ तर हाम्रो यात्राको थालनी हुनुभन्दा दुई दिनअगावै काठ काट्ने क्रममा मेरो खुट्टामा चोट लाग्यो चोट सामान्य थियो तर मैले घरमा नै निर्मित मोजा लगाएको थिएँ जसको निलो रङले मेरो घाउलाई झनै दूषित पारिदियो घरमा नै बस्न बाध्य भएँ मेरा सङ्गीहरू यात्रामा जाँदा एक जना शक्तिशाली प्रचारक हाम्रो सहरमा आए, जागृति सभा सञ्चालन गर्नको लागि मैले गर्नुपर्ने कुरो केही पनि नभएकोले सभामा उपस्थित हुने निर्णय गरेँ मैले मलाई वचनले गहन रूपमा छोयो परिणाम स्वरूप मैले मेरो ह्दय प्रभुमा समर्पित गरेँ ममा नयाँ इच्छा उद्देश्यहरूले जन्म लिए

को हुन् यी मानिस ? तिनको नाउँ हो, जेम्स . गारफिल्ड ख्रीष्टाब्द १८३१ मा जन्मेका गारफिल्ड अमेरिकाका बिसौँ राष्ट्रपति बनेका थिए  


Leave Your Comments Here.


एउटा सामान्य उपमाले बदलेको थियो टिम केलरलाई



ख्रीष्टाब्द १९५० मा अमेरिकामा जन्मेका टिम केलर पास्टर, ईश्वरशास्त्रीसाथै ख्रीष्टियान रक्षाशास्त्री हुन् हरेक हप्ता तिनको मण्डलीमा ,००० भन्दा बेसी सहभागीहरू जम्मा हुन्छन् तिनलाई एक्काइसौँ शताब्दीको सी. एस. लेविस पनि भनिएको ख्रीष्टाब्द १९७० मा एक जना सन्डे स्कुलकी शिक्षिकाले भनेको एउटा सामान्य उपमाले तिनको जीवनमा परिवर्तन ल्याएको थियो

शिक्षिकाले भनेकी थिइन्, “मानौँ, सूर्य पृथ्वीबिचको दूरी ( करोड ३० लाख माइल) लाई यस कागजको टुक्राको मोटाइ बराबर हुने गरी घटाइयो त्यसो हो भने पृथ्वी सबैभन्दा नजिकको ताराको दुरी ७० फिट उचाइ भएको कागजहरूको चाङजत्तिकै हुनेछ तारापुञ्जको ब्यास तिन सय दस माइल उचाइ भएको कागजहरूको थुप्रोजत्तिकै हुनेछ

केलरकी शिक्षिकाले थपिन्, “यो विश्वमा तारापुञ्ज केवल धुलोको कण हो तरै पनि येशूले आफ्नो शक्तिको वचनद्वारा विश्वलाई थाम्नुहुन्छ ”  

तपाईंले उहाँलाई आफ्नो जीवनको नियन्त्रणक हुन निमन्त्रणा दिन सक्नुहुन्छ के तपाईं सारा विश्वलाई थाम्नुहुने परमेश्वरले नै तपाईंको जीवनलाई अगुवाइ गर्नुभएको चाहनुहुन्न ?  

Leave Your Comments Here.


Saturday, April 2, 2016

यो विश्व अकल्पनीय रूपमा व्यवस्थित छ



यो सारा विश्व लथालिङ्ग रूपमा अस्तित्वमा मात्र छैन तर यो अकल्पनीय रूपमा जटिल, सुन्दर व्यवस्थित विगतमा भन्दा अहिले हामी विश्वलाई अझै राम्ररी बुझ्न सफल भएका छौँ आधुनिक वैज्ञानिक खोजहरूले विश्वका रहस्यहरूलाई बिस्तारबिस्तारै उजागर पार्दै छन् खगोलभौतिकशास्त्रीहरूले ६० भन्दा बेसी मापदण्डहरू फेला पारेका छन् जुन पृथ्वीमा जीव बाँच्नको लागि अपरिहार्य छन् तलको कुनै पनि कुरो साँचो भएमा पृथ्वीमा जीव बाँच्न सक्दैन:
  • पृथ्वीको परिक्रमण अलि ढिलो वा अलि छिटो भएमा
  • हामी सूर्यबाट केवल % नजिक वा टाढा भएमा
  • पृथ्वीमा आउने सूर्यको प्रकाशमा केवल % अदलबलद भएमा
  • पृथ्वी अलि ठुलो वा अलि सानो भएमा
  • चन्द्रमा अलि ठुलो वा अलि सानो भएमा
  • पृथ्वीको बाहिरी सतह अलि बाक्लो वा अलि पातलो भएमा   
  • अक्सिजन/नाइट्रोजनको अनुपात अलि बढी वा अलि कम भएमा  
  • ओजन तह अलि बढी वा अलि कम भएमा  
यी माथिका बुँदाहरू केही नमुनाहरू हुन् जसले प्रस्ट पार्छन् कि जुन वस्तु जहाँ जति हुनुपर्ने हो ती त्यहीँ त्यति नै छन् थोरै मात्र परिवर्तनले पनि जीवको अस्तित्वलाई असम्भव बनाइदिन्छ   पावलले रोमीहरूलाई लेखे, “उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको ” (रोमी :२०)

Leave Your Comments Here.