menu bar

Wednesday, April 6, 2016

चन्द्रमामा पाइला टेक्ने अन्तरिक्षयात्री चाल्र्स डुकको गवाही



अन्तरिक्षयात्री चाल्र्स डुकको जन्म ख्रीष्टाब्द १९३५ मा अमेरिकामा भएको थियो १९७२ मा अपोल्लो १६ नाउँ गरेको अन्तरिक्ष यानमार्फत तिनले चन्द्रमाको धरातलमा पाइला टेक्दा तिनी ३७ वर्ष पुगेका थिए तिनी पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा हिँड्ने दसौँ मानिस बन्नुका अतिरिक्त सबैभन्दा कान्छो व्यक्ति पनि बने चन्द्रमामा पुग्दासम्म तिनी ख्रीष्टियान बनेका थिएनन् तर त्यसपछि तिनी बने तिनी समर्पित ख्रीष्टियान बने झ्यालखानाका बन्दीहरूका निम्ति तिनी सक्रिय रूपमा सेवामा होमिए हाल ८१ वर्षका यी वृद्ध मानिसको गवाही यस प्रकार :

चन्द्रमामा हिँडेपछि मलाई दिक्क लाग्यो मैले इतिहासका पुस्तकहरूमा ख्याति, भाग्य, स्थान पहिले नै कमाइसकेका थिएँ ... पति पिताको भूमिका निर्वाह गर्नबाट दयनीय रूपमा चुकेको थिएँ मेरो जीवनभर मण्डलीमा गएको भए तापनि प्रत्येक आइतबार बिहान एक घण्टा मात्र मलाई परमेश्वरको आवश्यकता पथ्र्यो चन्द्रमा पनि आत्मिक अनुभव बन्न सकेको थिएन मैले परमेश्वरको खोजी गरिरहेको थिइनँ जसरी तपाईंहरूले अमेरिकाका राष्ट्रपतिहरूलाई चिन्नुहुन्छ मैले त्यसरी नै येशूलाई चिनेको थिएँ अर्थात् उहाँको नाउँलाई मात्र चिन्थेँ मेरो कामले सफलता पायो मैले पैसा कमाएँ तर मलाई फेरि दिक्क लाग्यो

तर डोटी त्यस्ती [चाल्र्सकी पत्नी] थिइनन् उनी परिवर्तन भएकी थिइन् उनको निराशा हटेर गएको थियो उनले नयाँ, भरोसा गर्ने विश्वासलाई प्रदर्शित गर्दै थिइन् आफ्ना समस्याहरूका लागि उनी परमेश्वरकहाँ फर्किन्, मकहाँ होइन एक रात उनीसँगै बाइबल अध्ययनमा सहभागी भएँ जुन एउटा संवेदनशील प्रश्नमा केन्द्रित थियो, ‘येशू को हुनुहुन्थ्यो ?’ मेरो जीवनभर मैलेपरमेश्वरका पुत्रभनेको थिएँ तर मैले कहिल्यै उहाँमाथि भरोसा गरेको थिइनँ त्यस रात मैले उहाँलाई पछयाउने मौकाको आमनेसामने सामना गरेँ हाम्रो कारको अगाडिको सिटमा मैले डोटीसितै प्रार्थना गरेँ अनि मेरो जीवन ख्रीष्टमा सुम्पेँ मैले स्वर्गदूतहरू देखिनँ मैले सङ्गीत सुनिनँ अन्धो तुल्याउने कुनै ज्योति चम्केन तर मलाई जे थाहा थियो त्यो मलाई थाहा थियो यो वास्तविक थियो

अर्को दिन बाइबल पढ्ने तीव्र इच्छासहित ब्युँझेँ । मलाई तिन दिन चन्द्रमामा हिँड्न सरकारले ४० करोड अमेरिकी डलर खर्च गर्नुपर्यो त्यो सकियो तर येशूसित सित्तैँमा हिँड्न पाइन्छ यो सदासर्वदाको निम्ति हो     



Leave Your Comments Here.


Tuesday, April 5, 2016

फ्लाइट छुटेकोले डेमिङ्गो दुर्घटनाबाट बचे



११ मे १९९६ मा भेलुजेट फ्लाइट ५०२ नाम गरेको विमान दुर्घटनामा पर्यो अमेरिकाको फ्लोरिडाबाट जर्जिया उडेको जहाजमा जम्माजम्मी ११० जना सदस्य थिए १०५ यात्रु चालक दलका जना सदस्यमध्ये कोही पनि बाँचेन जमिन छाडेको ११ मिनेटपश्चात् विमानमा आगलागी भएर उक्त दुर्घटना हुन पुगेको थियो

तर उक्त दुर्घटनासित एउटा उदेकको घटना जोडिएको

डेमिङ्गो पाचेको नाउँ गरेका मानिसले पनि भेलुजेट फ्लाइट ५०२ बाटै यात्रा गर्न टिकट लिएका थिए समयमा नै विमानस्थल पुग्न तिनी आफ्नो कारमा हुइँकिँदै थिए तर पाल्मेट्टो एक्सप्रेस मार्गमा तिनको कारको एउटा टायरको हावा फुस्कियो चर्को घाम लागेको थियो सडक घामको रापले जलेको थियो तिनी पसिनाले भिजेका थिए टायर फेर्न तिनलाई एक घण्टाभन्दा बढी समय लाग्यो लगत्तै तिनको फोनको घण्टी बज्यो फोन तिनकी आमाको रहेछ आमाको प्रश्न थियो, “तिमी कहाँ छौ ?”

छोरोले जवाफ दिए, “ बाटोमा रोकिनुपर्यो आफ्नो कारको टायर बदल्नुपरेकोले तिनले फ्लाइट छाड्नुपरको जानकारी पनि गराए आमालाई

खुसीले गद्गद् हुँदै आमाले भनिन्, “तिम्रो रेडियो खोलेर परमेश्वरलाई धन्यवाद देऊ तिमी जुन विमानबाट यात्रा गर्न जाँदै थियौ त्यो एभरग्ल्याड्समा दुर्घटनामा परेछ

बाटोमा टाएर फेर्नको लागि डेमिङ्गोले अलमल नगर्नुपरेको भए मर्नेहरूको सङ्ख्या तिनीसहित १११ पुग्नेथियो यसैलाई भनिन्छ ईश्वरीय प्रबन्ध हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ” (रोमी :२८) भन्ने पावलको वचन डेमिङ्गोको जीवनमा प्रस्ट रूपमा लागु भएको देखिन्छ     

Leave Your Comments Here.


Monday, April 4, 2016

कुष्ठरोगीहरूका बिचमा राजीखुसीले सेवा गर्ने दामिन



इतिहासमा कुष्ठरोगलाई सङ्क्रामक घातक रोग भनेर चिनिन्थ्यो यसले मानिसको शरीरको कान, खुट्टा, नाक, औँला आदिजस्ता विभिन्न अङ्गमा आक्रमण गथ्र्यो आज यस डरलाग्दो रोगको उपचार तर त्यस बेला थिएन तसर्थ, यो रोग अन्य मानिसहरूमा नसरोस् यसले महामारीको रूप नलियोस् भन्ने हेतुले अमेरिकी सरकारले कुष्ठरोगीहरूलाई मोलोकाई टापुको एउटा शिविरमा पठाउने गथ्र्यो । मोलोकाई अमेरिकाको हवाई प्रान्तमा पर्ने एउटा टापुको नाउँ हो 

ख्रीष्टाब्द १८७३ मा दामिन नाउँ गरेका एक जना निर्भीक ख्रीष्टियान अगुवा मोलोकाई टापुमा भएका कुष्ठरोगीहरूको बिचमा स्वैच्छिक रूपमा सेवा गर्न तम्सिए त्यहाँ आउँदा मानिसहरूको अवस्था देखेर तिनी बेचैन भए तिनीहरूले शारीरिक रूपमा मात्र नभएर सामाजिक, भावनात्मक आत्मिक रूपमा पनि कष्ट भोगिरहेका थिए कुष्ठरोगीहरूको शिविरमा मानिसहरू यति बिग्रिएका थिए कि मद्यपान, अनैतिकता दुव्र्यवहार व्याप्त थिए लाग्थ्यो, तिनीहरूमा आशाको कुनै त्यान्द्रो पनि बाँकी थिएन

दामिन ७०० कुष्ठरोगीहरूका बिचमा बसे तिनलाई खतरा थाहा थियो तिनीहरूका बिचमा बारम्बार सम्पर्क गर्दा आइपर्ने नतिजाबारे तिनी सचेत थिए तथापि ती आशाविहीन मानिसहरूमा आशा जगाउन लागिपरे दामिन तिनले अस्पतालहरूको स्थापना गरे; औषधी पसलहरू खोले मण्डलीहरू खडा गरे त्यस्तो दुर्दशाग्रस्त अवस्थामा परमेश्वर कहाँ हुनुहुन्छ भन्ने प्रश्नको उत्तर जुटाए तिनले  

मण्डलीको सेवा सञ्चालन हुँदा ती कुष्ठरोगीहरूका बिचमा खडा भएर तिनले प्रेमपूर्वक सम्बोधन गर्थे, “मेरा प्रिय दाजुभाइहरू तिनीहरूका बिचमा १६ वर्षसम्म सेवा गरेपछि कुष्ठरोग लागेर नै तिनको निधन भयो ती मानिसहरूप्रति भएको प्रेमको कारणले गर्दा नै तिनी एक कुष्ठरोगी बन्नसम्म तयार रहे तिनले ती कुष्ठरोगीहरूलाई यस्तो महानतम उपहार सुम्पे जसले तिनीहरूको अनन्त गन्तव्यमा परिवर्तन ल्याउँथ्यो तिनको सेवाको सम्मान गर्दै तिनलाईपरोपकारको सहिदभनिएको तिनी कुष्ठरोगी अछुतहरूका आत्मिक संरक्षक हुन्    


Leave Your Comments Here.