menu bar

Tuesday, April 12, 2016

आफूलाई मरणासन्न हुने गरी पिट्ने आक्रमणकारीहरूलाई क्षमा दिए डोनाल्डले



अपराधको लामो इतिहास बोकेका दुई जना किशोरले न्युयोर्कस्थित वाईएमसीए अफिस लुटे वाईएमसीए जवान मानिसहरूको ख्रीष्टियान संस्था हो जुन विश्वव्यापी रूपमा फैलिएको बाहिर निस्कने क्रममा तिनीहरूले एक जना मानिसलाई टेलिफोन स्विचबोर्डमा देखे जसको नाउँ डोनाल्ड थियो तिनीहरूको सन्त्रासमा तिनीहरूलाई लाग्यो कि तिनले प्रहरीलाई फोन गर्दै थिए तिनीहरूले तिनलाई समाते निर्दयतापूर्वक कुटपिट गरे मरे होलान् भन्ने ठानेर तिनलाई त्यसै छाडी तिनीहरू फरार भए डोनाल्ड बाँच्न सफल भए यद्यपि तिनले एउटा आँखा भने गुमाए

पछि ती दुई जना लुटेरा गिरफ्तार गरिए तिनीहरूको न्यायिक जाँच पडताल गरियो तिनीहरूले लामो समयसम्म दण्ड भोग्ने थिए भनी तिनीहरूका साबिक अभिलेखले देखाउँथ्यो तर जाँचबुझमा डोनाल्डले ईश्वरीय मनोवृत्ति प्रदर्शित गरे दुवै जनालाई जमानीमा छाडिओस् भनी तिनले न्यायाधीशलाई बिन्ती गरे डोनाल्ड तिनीहरूलाई अर्को मौका दिन चाहन्थे किनकि तिनीहरू बद्लन सक्थे भन्ने तिनको विश्वास रहेको थियो

दुईमध्ये एक जनाले आफ्नो मौकालाई दुरुपयोग गर्यो उसले अर्को अपराध गर्यो पक्राउ परेपछि उसलाई झ्यालखानामा हालियो

तर अर्का किशोर डोनाल्डको दयाप्रति जवाफदेही बने तिनी कलेज भर्ना भए अन्त्यमा तिनी मेडिकल स्कुलमा गए तिनी अमेरिकाकै एक प्रमुख डाक्टर बने   


    

Leave Your Comments Here.


Monday, April 11, 2016

प्रार्थनाको शक्तिको कारणले गर्दा हमला गर्ने हिटलरको मनसायमा परिवर्तन



एडोल्फ हिटलर जर्मनीका तानाशाह थिए जसले पोल्यान्डमाथि हमला गरेपछि ख्रीष्टाब्द १९३९ मा दोस्रो विश्वयुद्धको थालनी भएको थियो दोस्रो विश्वयुद्धको इतिहास (ख्रीष्टाब्द १९३९१९४५) मा एउटा अनौठो पक्ष भनेको ३० सेप्टेम्बर १९३८ मा म्युनिक सम्झौतामा हिटलरको हस्ताक्षर हो उक्त सम्झौताले इङ्गल्यान्डमाथि हमला गर्न तिनको हात बाँधिदिएको थियो हिटलर ती मानिस थिए जो युद्धको लागि तम्तयार थिए तिनले इङ्गल्यान्डतर्फ आफ्नो बन्दुक तेर्साउनै लागेका थिए त्यस बेला इङ्गल्यान्ड कमजोर थियो आफ्नो प्रतिरक्षा गर्न असमर्थ थियो हिटलरको हस्ताक्षर तिनको आफ्नै स्वभावको विरुद्धमा मात्र थिएन तर तिनलाई जे गर्न सल्लाह दिइएको थियो त्यसको विरुद्धमा पनि थियो

हिटलर सधैँ आफ्नो भित्री आवाजको बारेमा चर्चा गर्थे तिनले भनेका छन्, “भित्री आवाजले मलाई भनेको थियो इङ्गल्यान्ड कमजोर सहाराविहीन भएको बेलामा नै त्यसमाथि आक्रमण गर्ने उपयुक्त समय थियो तर केही कुरोले ममाथि विजय हासिल गर्यो मैले त्यस सम्झौतामा हस्ताक्षर गरेँ उक्त हस्ताक्षरको कारणले गर्दा तिनी बाँकी जीवनभर बैचैन भए आफूसित रिसाए

केले गर्दा हिटलरले म्युनिक सम्झौतामा हस्ताक्षर गरे जसको कारणले गर्दा तिनले इङ्गल्यान्डमाथि हमला गर्न पाएनन ? प्रार्थना दक्षिणी वेल्समा सयौँ मानिसहरू भेला भएका थिए जसले बेलुका सातदेखि मध्यरातसम्म शान्तिको लागि प्रार्थनामा बिताएका थिए युद्ध पन्छिओस् भनी विश्वासीहरूले प्रार्थना गरेका थिए हिटलरले भनेका छन्, “त्यो पहिलो पटक थियो जुन बेला मैले मेरो आवाजलाई सुनिनँ धेरै मानिसहरूको विश्वासअनुसार त्यो शैतानको आवाज थियो

प्रार्थनाको कारणले गर्दा कति ठुलो विजय हासिल गरियो भनी बताइरहनु पर्दैन जब हामी पवित्र आत्माको अगुवाइमा एकसाथ प्रार्थनामा भेला हुन्छौँ हामीले जीवनभर कल्पना नगरेको शक्तिको नतिजालाई हात पार्छौं      

Leave Your Comments Here.


Sunday, April 10, 2016

अन्तरिक्षमा यात्रा गर्नुअगि सेपार्डले अपेक्षा गरे, “परमेश्वरका नियमहरू परिवर्तन हुँदैनन्”



अलान सेपार्ड ख्रीष्टाब्द १९२३ मा अमेरिकामा जन्मेका थिए अन्तरिक्षमा यात्रा गर्ने तिनी दोस्रो व्यक्ति हुन् पहिलो व्यक्ति रूसका युरी गागरिन हुन् तर अन्तरिक्षमा यात्रा गर्ने पहिलो अमेरिकीको रूपमा भने तिनले इतिहास रचेका छन् तिनी चन्द्रमाको धरातलमा पाइला टेक्ने पाँचौँ व्यक्तिसाथै सबैभन्दा पाका मानिस पनि हुन् पछि तिनी अपोल्लो १४ मिसन (१९७१) को अगुवा बनेका थिए  

अन्तरिक्षयात्री सेपार्डले पहिलो पटक अन्तरिक्षमा जाने तयारी गर्दै थिए तिनी पत्रकार सम्मेलनमा उपस्थित थिए पत्रकारले जुन प्रश्न सोधे त्यो अस्वाभाविक थिएन

पत्रकारको प्रश्न थियो, “मिस्टर सेपार्ड, यस फ्लाइटमा तपाईं केमाथि भरोसा गर्दै हुनुहुन्छ ?”

निस्सन्देह, सेपार्डले जुन उत्तर दिए पत्रकारले त्यस्तो अपेक्षा गरेका थिएनन् सेपार्डको जवाफ थियो, “परमेश्वरका नियमहरू परिवर्तन हुँदैनन् भन्ने सत्यतामा भरोसा गर्दै छु

जब कसैले अन्तरिक्षमा जाने तयारी गर्छ र सकुशल पृथ्वीमा फर्कने अपेक्षा गर्दछ भने अन्तरिक्षमा परमेश्वरले स्थापित गर्नुभएका नियमहरूमा बद्लाउ आउनुहुँदैन । उहाँका ती नियमहरू अपरिवर्तनशील छन् भन्ने भरोसामा नै अन्तरिक्षहरू आकाशमा जान्छन् ।  

Leave Your Comments Here.