menu bar

Wednesday, November 26, 2014

सी. एस. लेविस: बिसौँ शताब्दीका अत्यधिक प्रभावशाली रक्षाशास्त्री



सी. एस. लेविसको पुरा नाउँ होक्लाइभ स्ट्याप्लेस लेविस सम्भवत: तिनी बिसौँ शताब्दीका सर्वश्रेष्ठ रक्षाशास्त्री (ख्रीष्टियान विश्वासको पक्षमा वकालत गर्ने) थिए परिवार मित्रहरूका बिचमाज्याकभनेर चिनिएका लेविस उपन्यासकार, कवि, साहित्यिक समालोचक, निबन्धकारसाथै ख्रीष्टियान रक्षाशास्त्री थिए आख्यान गैरआख्यान दुवै क्षेत्रमा कलम चलाएका लेविस ख्रीष्टियानसाथै गैरख्रीष्टियान जगत्का अनमोल स्रष्टा हुन्

लेविसको जन्म २९ नोभेम्बर १८९८ मा बुबा अल्बर्ट जेम्स लेविस आमा फ्लोरेन्स अगस्टा लेविसबाट आएरल्यान्डको बेलफास्टमा भएको थियो वारेन हामिल्टन नाउँका तिनका एक दाजु थिए  

ख्रीष्टियान परिवारमा जन्मेका भए तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू संसारमा विद्यमान दुष्ट्याइँको कारणले पन्ध्र वर्षको उमेरमा लेविस नास्तिक बने आफ्नो पढाइलाई थाती राखी तिनी १९१७ मा पहिलो विश्व युद्धमा ब्रिटिस सेनामा सहभागी भए युद्धको क्रममा फ्रान्समा घाइते भए परिणामस्वरूप तिनी इङ्गल्यान्ड नै फर्के

आफ्ना सहकर्मीसाथै मित्र जे. आर. आर. टोल्किनका गहकिला तर्कहरूबाट प्रभावित भई लेविस बिस्तारै ख्रीष्टियान विश्वासतर्फ फर्के ३३ वर्षको उमेरमा तिनले येशूलाई प्रभुको रूपमा स्वीकारे अर्थात् तिनी ख्रीष्टियान बने

अक्सफोर्ड क्याम्ब्रिजजस्ता विश्वप्रसिद्ध कलेजहरूमा पढाएका लेविसका प्रसिद्ध कृतिहरूमा मेएर क्रिस्चियानिटी, क्रोनिकल्स अफ नार्निया, मिराकल्स आदि पर्दछन् ७० भन्दा बेसी पुस्तकहरूका लेखक लेविसले साहित्यका विभिन्न विधाहरूमा कलम चलाएका छन् वार्षिक रूपमा तिनका कृतिहरू बिस लाखको सङ्ख्यामा बिक्री हुन्छन् तिनका पुस्तकहरू तिसभन्दा बेसी भाषाहरूमा अनुवाद भइसकेका छन् तिनका कृतिहरूका कथावस्तुहरू रङ्गमञ्चमा उतारिएका छन्; टेलिभिजनमा देखाइएका छन्; रेडियोबाट प्रसारण गरिएका छन् चलचित्रको पर्दामा प्रदर्शन गरिएका छन् ख्रीष्टियान विश्वासको पक्षमा लेखिएको तिनको कृति मेएर क्रिस्चियानिटीलाई पढेर कैयौँ मानिसहरूले आफ्नो जीवन प्रभु येशूमा सुम्पेका छन्

तर्क विश्वासलाई वैरीको रूपमा नभई साखको रूपमा देख्ने लेविसको बुझाइमा तर्क विश्वासतर्फ डोर्याउने एउटा उपयुक्त मार्ग हो आफू एङ्गलिकन भए तापनि तिनले प्राय: सबै ख्रीष्टियान सम्प्रदायका आधारभूत ख्रीष्टियान शिक्षाहरूको पक्षमा तार्किक रूपमा वकालत गरे अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ. केनेडीको हत्या गरिएको दिन विकासवादका पक्षपोषक अल्डुस हक्स्लेको निधन भएको दिनमा नै लेविस यस धरतीबाट बिदा भएका थिए, २२ नोभेम्बर १९६३ मा तिनको मृत्युले संसारको थोरै मात्र ध्यान खिँचेको भए तापनि अनुगामी वर्षहरूमा तिनको प्रशंसा बढ्दै गयो आजसम्म जारी   

Leave Your Comments Here.


Tuesday, November 25, 2014

नास्तिकलाई विख्यात वैज्ञानिक केप्लरको जवाफ



जोहानन केप्लर (ख्रीष्टाब्द १५७११६३०जर्मनीका एक प्रतिभावान् गणितज्ञसाथै खगोलविद् थिए विश्वचर्चित वैज्ञानिक सर आइज्याक न्युटनको जन्मअगि नै तिनीद्वारा प्रतिपादित विश्वव्यापी गुरुत्वाकर्षणको अवधारणाको समीप पुगेका थिए केप्लर  

केप्लरका एक जना मित्र थिए जसले परमेश्वरको अस्तित्वलाई इन्कार गथ्र्यो उसको बुझाइमा यो सारा विश्व आफै नै उत्पन्न भएको थियो उसको दृष्टिकोण मुनासिब छैन भनेर उसलाई कसरी बुझाउने होला भनेर केप्लर चिन्तित थिए यो सारा विश्वको पछाडि एक जना महान् रचनाकारको हात भनेर उसलाई विश्वस्त पार्नका लागि केप्लरले एउटा संरचनाको निर्माण गरे जसमा सौर्य मण्डलको अवधारणालाई देखाइएको थियो ग्रहहरूले सूर्यको वरिपरि परिक्रमा गर्दै थिए

जब तिनको मित्र बेधशालामा आएर उक्त सुन्दर दृश्यलाई देख्यो तब खुसी हुँदै चिच्च्यायोकति सुन्दर ! कसले बनायो यसलाई ?” केप्लरले ठट्टा गर्दै जवाफ दिए, “कसैले पनि बनाएको होइन यो आफै नै यसरी बनेको हो उसको साथीले केप्लरलाई हेर्दै भन्यो, “वाहियात कुरो ! भन्नुस् कसले बनाएको ?” त्यसपछि केप्लरले तर्कसङ्गत जवाफ दिए, “मित्र, तपाईं भन्दै हुनुहुन्छ कि यो सामान्य खेलौना आफै बन्दैन विशाल विश्वको यो केवल सानो नमुना मात्र हो यो सानो खेलौना आफै बन्दैन भने यो विशाल विश्व कसरी आफै बन्यो होला ?”   

Leave Your Comments Here.


Monday, November 24, 2014

येशूको पुनरुत्थानबारे शानदार भनाइहरू (भाग २)



पुनरुत्थान एउटा सत्यता हो भनी जान्दछु वाटरगेट काण्डले यसलाई प्रमाणित गरिदिएको कसरी ? किनकि मृतकहरूबाट बौरी उठ्नुभएको येशूलाई देखेका छन् भनी १२ जना मानिसहरूले गवाही दिए त्यसपछि एकै पटक पनि त्यसलाई इन्कार नगरी तिनीहरूले त्यस सत्यतालाई ४० वर्षसम्म घोषणा गरे प्रत्येकलाई कुटियो, यातना दिइयो, ढुङ्गाले हानियो अनि झ्यालखानामा हालियो यो साँचो थिएन भने तिनीहरूले यस्ता दु:खहरू सहँदैनथ्ये वाटरगेट प्रकरणमा संसारका सबैभन्दा शक्तिशाली १२ जना मानिसहरूलाई छानियो जसले एउटा झुटलाई तिन हप्तासम्म पनि जोगाइराख्न सकेनन् १२ जना प्रेरितहरूले एउटा झुटलाई ४० वर्षसम्म जोगाउँदै छन् भनी तपाईं भन्दै हुनुहुन्छ बिलकुलै असम्भव
चाल्र्स कोलसन

गालीलका मानिसहरू कि तिनीहरूभन्दा अगि पछिका अन्य सबैभन्दा सर्वश्रेष्ठ बुद्धि भएका, बृहत् ज्ञान अनुभव बटुलेका छलका कलाहरूमा गहनतर सिप भएका व्यक्तिहरू थिए कि भने तिनीहरूले देखेका सुनेका आश्चर्यपूर्ण कुराहरूलाई तिनीहरूले साँचो रूपमा व्यक्त गरेका छन्
सिमोन ग्रिनलिफ

येशूको मृत्युपश्चात् ५०० जना मानिसहरूले उहाँलाई देखेको दाबी कतै दृष्टिभ्रम होइन भनेर एक जना मनोवैज्ञानिक मित्रकहाँ गएर सोधेँ मैले दृष्टिभ्रमहरू व्यक्तिगत घटनाहरू हुन् यदि ५०० जना मानिस उही कुरोमा दृष्टिभ्रममा परे भने त्यो [येशूको] पुनरुत्थान भन्दा ठुलो आश्चर्यकर्म हुन जान्छ भनी तिनले बताए  
लि स्ट्रोबेल, नास्तिकबाट ख्रीष्टियान लेखकसाथै पास्टरमा परिवर्तित

झुट बोली नयाँ धर्मको थालनी गरेर चेलाहरूले केही पाउने थिएनन् तिनीहरूले कठिनाइ, उपेक्षा, शत्रुता भोगे सहिदको मृत्यु वरण गरे यस्तो परिप्रेक्ष्यमा तिनीहरूले जे प्रचार गरिरहेका थिए यदि त्यो झुटो थियो भनी तिनीहरूले जानेका थिए भने तिनीहरूमा कहिल्यै पनि यस्तो अटल मनोवृत्ति हुँदैनथ्यो प्रेरितहरू मूर्ख मानिसहरू थिएनन् पावल पहिलो दर्जाका धैर्यवान् बौद्धिक व्यक्ति थिए तिनदेखि चार दसक सेवाकार्यको अवधिमा त्यस झुटलाई पुनर्विचार गरी त्यसलाई त्याग्ने थुप्रै मौकाहरू हुनेथियो
जे. पी. मोरल्यान्ड

क्रूसारोहणको दिनमा तिनीहरू [येशूका चेलाहरू] निराश थिए तर हप्ताको पहिलो दिनमा तिनीहरू प्रसन्न भए; क्रूसारोहणको समयमा तिनीहरू आशाविहीन थिए तर उक्त हप्ताको पहिलो दिनमा तिनीहरूका ह्दय निश्चयता आशाले प्रफुल्ल भए पहिलो पटक पुनरुत्थानको खबर सुन्दा तिनीहरूले पत्याएका थिएनन् तिनीहरूको त्यो विचारलाई परिवर्तन गर्न कठिन थियो तर जब तिनीहरू निश्चित भए तिनीहरूले फेरि कहिल्यै शङ्का गरेनन्
अज्ञात

पत्रुस चेलाहरूले येशूको मृत्युपछि यस्तो अनुभव गरे जसमा येशू तिनीहरूकहाँ पुनरुत्थान हुनुभएका ख्रीष्टको रूपमा प्रकट हुनुभयो भनी ऐतिहासिक रूपमा निश्चित हुन सकिन्छ
लुडम्यान, नास्तिकवादी

स्पष्ट रूपमा बताउँछु कि येशू ख्रीष्टको पुनरुत्थानको लागि साक्षी यति प्रबल प्रशस्त छन् जसले प्रमाणद्वारा यसलाई स्वीकार गर्न बाध्य बनाउँछ शङ्काको लागि यसले बिलकुलै कुनै ठाउँ छोड्दैन
सर लिओनेल लुकहू, गिनिज बुकमा संसारको सबैभन्दा सफलदायी वकिलको रूपमा नाम कमाउन सफल व्यक्ति

क्रूसारोहणको केही हप्तापछि यरूशलेममा तिनीहरूका शत्रुहरूको सामुन्ने चेलाहरूले पुनरुत्थानको घोषणा गरेको सत्यताले तिनीहरूले जे प्रचार गरेका थिए त्यो साँचो थियो भनेर देखाउँछ किनकि यदि पुनरुत्थान नभएको भए यस्ता परिस्थितिहरूमा तिनीहरूले कहिल्यै पनि यसको घोषणा गरेको हुन सक्दैनथ्यो
विलियम लेन क्रेग

पुनरुत्थानको सत्यताले सुसमाचारिय सत्यताको अन्य हरेक क्षेत्रमा जीवन प्रदान गर्छ पुनरुत्थान एउटा किल्ला हो जसमा सारा ख्रीष्टियमत फनफनी घुम्छ त्योविना अन्य कुनै पनि सत्यताहरू त्यति महत्त्वको हुँदैन पुनरुत्थानविना ख्रीष्टिमयत अन्य सबै मानवीय दर्शनशास्त्र धार्मिक अनुमानहरूजस्तै मनको चाह बन्दछ
जोन माकार्थुर, पास्टरसाथै प्रसिद्ध लेखक

येशू ख्रीष्टको पुनरुत्थान संसारको इतिहासमा एकल महानतम घटना हो ख्रीष्टियमतको लागि यो यति आधारभूत कि यसलाई इन्कार गर्ने व्यक्ति कोही पनि साँचो ख्रीष्टियान हुन सक्दैन पुनरुत्थानविना ख्रीष्टियान विश्वास, उद्धार आशा अस्तित्वमा रहँदैन तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेतापावल व्याख्या गर्छन्, ‘ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ’ ( कोरिन्थी १५:१३१४) पुनरुत्थान नभएको ख्रीष्टमाथि विश्वास गर्ने व्यक्तिले शक्तिविहीनसाथै मरेको ख्रीष्टमाथि विश्वास गर्दछ यदि ख्रीष्ट मृतकहरूबाट पुनर्जीवित पारिनुभएको होइन भने क्रूसमा कुनै छुटकारा सम्पन्न भएन तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छपावल जारी राख्छन्, ‘तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ’ (पद १७)  
जोन माकार्थुर, पास्टरसाथै प्रसिद्ध लेखक

क्यानडाका वैज्ञानिक जी. बी. हार्डेले एक पटक भने, “मैले धर्मलाई हेर्दा मसित दुई ओटा प्रश्नहरू हुन्थे भनी मैले भनेँ एउटा हो, के कसैले मृत्युमाथि विजय हासिल गरेको ? अर्को हो, यदि गरेको भने मृत्युमाथि विजय हासिल गर्ने मार्ग मेरो निम्ति पनि तयार गरेको ? मैले बुद्धको चिहानलाई जाँच गरेँ यो भरिएको थियो मैले कन्फ्युसियसको चिहानलाई जाँच गरेँ यो भरिएको थियो मैले मोहम्मदको चिहानलाई जाँच गरेँ यो भरिएको थियो येशूको चिहानमा गएँ यो रित्तो थियो अनि मैले भनेँ एक जनाले मृत्युमाथि विजय हासिल गरेको अनि मैले दोस्रो प्रश्न गरेँ, के उहाँले मेरो निम्ति पनि मार्ग निर्माण गर्नुभएको ? मैले बाइबल खोलेँ उहाँले भन्नुभएको वचन पाएँ, ‘ जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ
जोन माकार्थुर, पास्टरसाथै प्रसिद्ध लेखक

तिनीहरू [येशूका चेलाहरू] ले पुनरुत्थानको गवाही दिँदै थिए भन्ने कुरो सत्यतासित सम्बन्धित प्रश्न हो, केवल विश्वाससित जोडिएको प्रश्न होइन तिनीहरू यस घटनाबारे विश्वस्त थिए , यस घटनाको साक्षीको निम्ति मर्न चाहने तिनीहरूको तत्परता केवल विश्वास वा धर्मसाथै धार्मिक अगुवाप्रतिको आस्थाको कारणले मर्न चाहने अरूको तत्परताभन्दा बढी विश्वसनीय
डेभ हन्ट

इतिहासकार हुँ भनी दाबी गर्दछु प्राचीन साहित्यलाई अध्ययन गर्ने मेरो शैली ऐतिहासिक , तपाईंलाई भन्दछु कि प्राचीन इतिहासको अधिकांश सत्यताहरूभन्दा ख्रीष्टको जीवनी, मृत्यु पुनरुत्थानको साक्षी असल तरिकाले प्रमाणित
. एम. ब्ल्याकलक, प्राध्यापक

सबै साक्षीलाई खोज तलास गरेर हेर्दा यसो भन्नु अत्युक्ति हुँदैन कि ख्रीष्टको पुनरुत्थानभन्दा अन्य कुनै ऐतिहासिक घटना ज्यादा वा विभिन्न तवरबाट समर्थन गरिएको छैन
ब्रुक फस वेस्टकट

यदि येशू मरेको मर्यै हुनुभएको थियो भने ख्रीष्टियान मण्डलीको यथार्थता ख्रीष्टियान कालको तिन शताब्दीमा भएको यसको आश्चर्यजनक वृद्धिलाई कसरी व्याख्या गर्न सक्नुहुन्छ ? चौथो शताब्दीसम्म आइपुग्दा ख्रीष्टियान मण्डलीले पाश्चात्य जगत्लाई ढाकिसकेको थियो झुटमा निर्माण भएको अभियानले त्यो हासिल गर्न सक्दैनथ्यो ... ख्रीष्टियान विश्वासलाई रोक्नका लागि रोमको सबै शक्ति यरूशलेमका सबै धार्मिक संस्थाहरूको समायोजन गरिएको थियो तिनीहरूले केवल यति गरेको भए पुग्थ्योचिहानलाई खनी लाशलाई उपस्थित गराउनु
हेन्री स्काफर तृतिय  

यदि [येशूको] पुनरुत्थान भएको थिएन भने किन प्रेरित पावलले कथित् प्रत्यक्षदर्शीहरूको यस्तो सूची दिन्थे ? त्यसरी विनासङ्कोच झुट बोलेर तिनले कोरिन्थका पाठकहरूसित तुरुन्तै आफ्ना सबै विश्वसनीयता गुमाउँथे
नर्मन गेइस्लर फ्रयाङ्क टुरिक, अपोलोजिस्टद्वय

अन्य कुनै धर्ममा दाबी गरिएका आश्चर्यकमहरूका लागि भन्दा [येशूको] पुनरुत्थानको लागि साक्षी राम्रो गुणस्तर परिमाणमा यो उत्कृष्ट तवरले भिन्नै

एन्टोनी फ्लू

Leave Your Comments Here.