menu bar

Saturday, December 27, 2014

“मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडून्” (मत्ती ८:२२) । येशूको यो भनाइको अर्थ के हो ?



एक जना व्यक्तिले येशूलाई पछ्याउन चाहन्थे तर तिनले पहिले येशूलाई यसो भन्दै बिन्ती चढाए, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्” (मत्ती :२१) यही प्रसङ्गमा येशूले तिनलाई जवाफ दिनुभयो, “मेरो पछि आऊ, मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडून्” (पद २२; लूका :६० लाई पनि हेर्नुस्)

निश्चय नै, ती जवान मानिस चेलापनको लागि तयार हुँदै थिए भनी येशूले देख्नुभयो येशूले तिनलाई परमेश्वरका राज्यको सुसमचार प्रचारको लागि डाक्दै हुनुहुन्थ्यो जुन महानतर बोलावट थियो  येशूको वास्तविक चेला बन्नाका लागि केही मूल्य चुकाउनुपर्ने हुन्छ त्यो मूल्य विभिन्न परिस्थितिहरूमा बेग्लाबेग्लै रूप धारण गरेर आउन सक्छ यस सन्दर्भमा, तिनले कसलाई प्राथमिकतामा राख्ने भन्ने सवाल थियोपरिवार वा येशू ख्रीष्ट हामीले आमाबाबुलाई आदर गर्नुपर्छ भनी बाइबलले प्रस्टसित सिकाउँछ (एफिसी :) तर प्राथमिकताको सवालमा येशू अगाडि हुनुहुन्छ पत्रुस, अन्द्रियास, याकूब, यूहन्ना मत्तीले येशूको आज्ञालाई तुरुन्तै शिरोपर गरी उहाँलाई पछ्याए (मत्ती :१८२२; :)

येशूलेमुर्दाले नै तिनका आफ्ना मुर्दा गाडून्भन्नुहुँदा उहाँले यहाँ दुई किसिमकामुर्दाको उल्लेख गर्दै हुनुहुन्छ: आत्मिक रूपमा मरेको शारीरिक रूपमा मरेको ती जवान मानिसलाई येशूले दिनुभएको जवाफले अङ्कित गर्छ कि तिनको परिवार आत्मिक रूपमा मरेको थियो अर्थात् तिनीहरूले येशूलाई विश्वास गरेका थिएनन् येशूलाई ग्रहण गर्नुअगिको अवस्थालाई आत्मिक रूपमा मरेको अवस्था भनिन्छ जस्तो प्रेरित पावलले प्रस्ट पारेका छन्, “तिमीहरू आफ्ना अपराध पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो” (एफिसी :) तब येशूको भनाइलाई हामीले यसरी बुझ्नुपर्छ: आत्मिक रूपमा मरेकाहरूले शारीरिक रूपमा मरेकोलाई गाडून् तिनको परिवारका बाँकी सदस्यहरू जो आत्मिक रूपमा मरेका थिए (अगिल्लो मुर्दा) तिनीहरूले नै शारीरिक रूपमा मरेको बुबा (पछिल्लो मुर्दा) लाई गाडून् भन्ने येशूको जवाफ थियो तर तिनलेचाहिँ उहाँलाई पछ्याएको चाहनुहुन्थ्यो येशूले ख्रीष्टियान चेलापनको लागि उच्चतर प्रतिबद्धताको खाँचो पर्छ     

Leave Your Comments Here.


Friday, December 26, 2014

बाइबल: इङ्गल्यान्डको सफलताको रहस्य



इङ्गल्यान्डका राजा विलियम चतुर्थको मृत्यु हुँदा राजदरबारमा एक जना १८ वर्षकी केटी सुतिरहेकी थिइन् तिनलाई बिउँताइयो भनियो, “अब तपाईं इङ्गल्यान्डको रानी बन्नुहुनेछ उक्त खबर सुन्नेबित्तिकै उनले घुँडा टेकिन् स्वर्गीय पितालाई बिन्ती चढाइन्, “हे पिता परमेश्वर, अबका वर्षहरूमा मलाई मद्दत गर्नुहोस् मलाई तपाईंको अगुवाइको खाँचो

ख्रीष्टाब्द १९०१ मा आफ्नो मृत्यु नहुञ्जेलसम्म उनले ब्रिटिस साम्राज्यमाथि ६४ वर्ष राज्य गरिन् उनको नाउँ होमहारानी भिक्टोरिया उनले इङ्गल्यान्डमा कुनै पनि राजाले भन्दा बेसी शासन गरिन् उनी नै सारा इतिहासमा सबैभन्दा बेसी राज्य गर्ने महिला रानी हुन् महारानी भिक्टोरियाको शासनकालमा बेलायतले औद्योगिक, सांस्कृतिक, राजनीतिक, वैज्ञानिक सैनिक क्षेत्रमा व्यापक परिवर्तन ल्याएको थियो एक वाक्यमा भन्नुपर्दा, इङ्गल्यान्डले उनको शासनकालमा जति उन्नति गर्यो त्यति कहिल्यै गरेको थिएन एक पटक उनलाई इङ्गल्यान्डको सफलताको रहस्य के हो भनी सोधियो उनले झट्टै टेबुलमा भएको एउटा पुस्तकलाई उठाइन् भनिन्, “यो हो रहस्य उनले उठाएको पुस्तक अरू कुनै नभएर बाइबल थियो         

Leave Your Comments Here.


Thursday, December 25, 2014

डेभिड लिभिङ्गस्टोन: उन्नाइसौँ शताब्दीका साहसिला मिसनरीसाथै अन्वेषक



अफ्रिका महादेशमा मिसनरी भई जानका लागि पुरुष विश्वासीहरूलाई अभिप्रेरित गर्न एक जना प्रचारक स्कटल्यान्डको कुनै एउटा मण्डलीमा गए स्त्रीहरूको बिचमा एक जना मात्र किशोरलाई देखेपछि वक्ताले सन्देशको विषयलाई बदल्ने मनसाय बनाए तर तिनले प्रचारको निम्ति आफूले तयार पारेकै वचनलाई तोडे अनि मिसनमा लाग्न आव्हान गरे त्यो ठिटोले प्रचारकको वचनलाई निकै ध्यान लगाएर सुन्यो ती वचनहरूलाई उसले मनमा राख्यो उक्त वचनले उसको जीवनमा कस्तो विस्मयकारी प्रभाव पार्नेथियो भनी ठिटोले कहिल्यै कल्पना पनि गरेको थिएन होला हुर्केपछि उसले चिकित्सा क्षेत्रमा पदवी हासिल गर्यो अन्तत: मिसनरी भई अफ्रिका गयो उसको नाउँ होडेभिड लिभिङ्गस्टोन

लिभिङ्गस्टोन मिसनरीसाथै अन्वेषक थिए उन्नाइसौँ शताब्दीका लोकप्रिय हिरो लिभिङ्गस्टोन तिनको सहादतपश्चात् धेरैको निम्ति प्रेरणाको स्रोत बने वैज्ञानिक अनुसन्धानकर्तासाथै सामाजिक सुधारक लिभिङ्गस्टोनले अफ्रिकी भूमिबाट दासदासी बेचबिखनको अन्त्यको लागि उल्लेखनीय योगदान दिए मिसनरी गाथाका तिनी शेर हुन् लामो समयसम्म अन्धकारपूर्ण महादेशको रूपमा चिनिएको अफ्रिकामा दोस्रो शताब्दीमा नै सुसमाचार पुगेको भए तापनि लिभिङ्गस्टोनको आगमनले मात्रै दिगो प्रभाव पार्यो मिसनरीहरू तटिय क्षेत्रमा मात्रै सीमित भएको बेलामा भित्री इलाकाहरूमा जाने खतरा मोलेका थिए तिनले  

डेभिड लिभिङ्गस्टोनको जन्म १९ मार्च १८१३ मा स्कटल्यान्डमा भएको थियो लिभिङ्गस्टोन नेल तिनकी पत्नी अग्नेसबाट जन्मेका सात जना सन्तानमध्ये माहिला थिए तिनका माता पिता गरिब थिए, तर ईश्वरभक्त

१० वर्षको उमेरमा लिभिङ्गस्टोन कपास कारखानाको कामदार बने तिनी बिहान बजेदेखि बेलुका बजेसम्म काम गर्थे तरै पनि शिक्षाको निम्ति तिनमा यस्तो अद्भूत तृष्णा थियो कि बेलुका काम सकेपछि तिनी रात्री स्कुलमा पढ्थे अनि घरमा मध्यरातसम्म अध्ययन गर्थे कामको बेलामा पनि तिनले पढ्ने समय निकाल्थे

किशोर अवस्थामा प्रभु येशूलाई ग्रहण गरेका लिभिङ्गस्टोनले चीनमा मिसनरी डाक्टर भई जाने सपना बुनेका थिए त्यसैको निम्ति तिनले आफूलाई तयार पनि पार्दै गए २७ वर्षको उमेरमा तिनी मिसनको कामको लागि योग्य ठहरिएको भए तापनि त्यसबेला चीन बेलायतको बिचमा युद्ध चलिरहेको कारणले तिनको चीन जाने सपना तुहियो परमेश्वरले तिनको निम्ति तयार पारको भूमि अर्कै थियो अफ्रिकाका लागि अनुभवी मिसनरी रोबर्ट मोफाटको प्रभावमा परेर तिनी ख्रीष्टाब्द १८४० मा अफ्रिका प्रस्थान गरे

धेरै वर्ष अफ्रिकामा बिताएका लिभिङ्गस्टोनको बारेमा तिनको जीवनका पछिल्ला वर्षहरूमा केही खबर नआएपछि तिनी जीवितै थिए या मरे भन्ने विषयमा अत्तोपत्तो भएन फलस्वरूप पत्रकार हेन्री स्टान्ली तिनको खोजीको लागि हिँडे ९९९ दिनको जोखिमपूर्ण यात्रापछि तिनले लिभिङ्गस्टोनलाई ख्रीष्टाब्द १८७१ मा उजिजी भन्ने ठाउँमा फेला पारे

स्टान्लीको प्रस्थानपछि लिभिङ्स्टोन केही महिना मात्र बाँचे मे १८७३ मा घुँडा टेकिरहेको अवस्थामा तिनी मृत फेला परे स्थानीयहरूले तिनलाई यति धेरै प्रेम गर्थे कि तिनीहरूले लिभिङ्गस्टोनको मुटु भए पनि तिनीहरूको भूमिमा गाड्न चाहेकाले तिनीहरूले तिनको मुटु झिकी तिनले प्राण त्याग गरेकै ठाउँ नजिकैको रुखमुनि त्यसलाई गाडे जहाँ अहिले तिनको स्मारक खडा गरिएको तिनका भक्त अनुयायीहरू खुमा सुसीले मुटुविनाको तिनको मृत शरीरसाथै तिनको जर्नल (दैनिक अभिलेख) लाई बोकी ,६०० किलोमिटरको यात्रा गरेर तटसम्म पुर्याए

देशभरका प्रतिष्ठित व्यक्तिहरूको बिचमा इङ्गल्यान्डमा मुटुरहित तिनको मृत शरीरलाई राष्ट्रिय सम्मानका साथ दफन गरिएको थियो

Leave Your Comments Here.