menu bar

Tuesday, February 24, 2015

पत्ता लाग्यो बेथस्दाको जल–कुण्ड जहाँ येशूले पक्षाघातीलाई निको पार्नुभएको थियो



यहूदीहरूको निस्तार चाडको अवसरमा येशू यरूशलेम जानुहुँदा अठतीस वर्षदेखि बिरामी पर्दै आएका एक पक्षाघातीलाई येशूले चङ्गाइ गर्नुभयो भनी यूहन्नाले लेखेका छन् (यूहन्ना :१५) तिनको बयानअनुसार भेडाढोकाको नजिक पर्ने यस जलकुण्डमा पाँच ओटा दलान थिए

चौथो सुसमारिय लेखक यूहन्नाले वर्णन गरेका ठाउँहरूमध्ये केही ठाउँहरू पुष्टि नभएकाले आलोचकहरूले तिनको सुसमाचारमाथि आशङ्काका बिउहरू छर्दै आएका थिए ससाना वर्णनहरूमा चुकेकाले तिनी येशूको जीवनीका प्रत्यक्षदर्शी हुन सक्दैनन् भनी केही विद्वान्हरूले आरोप लगाएका थिए यूहन्नाको सुसमाचारमा येशूले गर्नुभएका आश्चर्यकर्महरूमध्ये पक्षाघातीको चङ्गाइ निकै चर्चित हिब्रूमा बेथस्दा भनेर चिनिने यस जलकुण्डमा पाँच ओटा दलान थिए भन्ने यूहन्नाको वर्णन त्रुटिपूर्ण भनी लामो समयदेखि दाबी गरिँदै आएको थियो किनकि उन्नाइसौँ शताब्दीसम्म यूहन्नाको सुसमाचारभन्दा बाहिर यस कुण्डको बारेमा कुनै जानकारी प्रकाशमा आएको थिएन

तर बाइबलको भौगोलिक वर्णनमा फेरि एक चोटि पुरातत्त्वविद्याले आलोचकहरूलाई स्तब्ध पारिदिएको उन्नाइसौँ शताब्दीमा यस क्षेत्रको उत्खनन गरियो तर यसलाई बेथस्दाको जुलकुण्डको रूपमा पहिचान गर्न पुरातत्त्वविद्हरूलाई झण्डै १०० वर्ष लाग्यो फेला पारिएका अवशेषहरू बेथस्दाको तलाउसित ठ्याक्कै मेल खान्छ यरूशलेमस्थित सन्त अन्ने मण्डलीनजिकै उत्खनन गर्दा यो कुण्ड फेला परेको हो वास्तवमा यस जलकुण्डका दुई ओटा भाग थिए उत्तरपट्टिको जलाशयभन्दा दक्षिणपट्टिको जलाशय ठुलो थियो

उन्नाइसौँ शताब्दीमा पुरातत्त्वविद्हरूले यस कुण्डलाई पत्ता लगाएपछि बिसौँ शताब्दीमा गरिएको थप उत्खननले यूहन्नाले दिएको वर्णनजस्तै यसमा पाँच ओटा दलान भएको पुष्टि गर्यो यसरी पुरातत्त्वविद्याले बाइबलको भौगोलिक वर्णनलाई पुष्टि गरी सन्देहवादीहरूको आशङ्कालाई दूर गराइदिएको      



Leave Your Comments Here.


Monday, February 23, 2015

नास्तिकवादको विपक्षमा ११ ओटा भनाइहरू



विज्ञान आफैले नास्तिकवादी बाकसको ढकनीमाथि लगातार रूपमा काँटी ठोकिरहेको
लि स्ट्रोबेल, नास्तिकबाट ख्रीष्टियानमा रूपान्तरित

पृथ्वीलाई हेरी मानिस नास्तिक बन्न सम्भव भनी देख्न सक्छु तर आकाशलाई हेरी परमेश्वर अस्तित्वमा हुनुहुन्न भनेर उसले कसरी भन्न सक्छ भनी कल्पना पनि गर्न सक्दिनँ
अब्राहाम लिङ्कन, सोर्हौँ अमेरिकी राष्ट्रपति

एक जना ईश्वरनिन्दकसाथै नास्तिकको बारेमा मैले एउटा कथा सुनेको छु उसले एउटा कागजको टुक्रामा लेखेको थियो, “परमेश्वर कतै हुनुहुन्न(God is nowhere) उसले आफ्नो छोरोलाई पनि नास्तिक बनाउनका लागि त्यसलाई पढ्न आदेश दियो तर छोरोले यसरी पढ्यो, “परमेश्वर अहिले यहाँ हुनुहुन्छ(God is now here) यो एउटा सत्यता थियो जुन सत्यताको वाणले त्यो मान्छेको ह्दयलाई छियाछिया बनायो
चाल्र्स स्परजिअन, प्रचारक 

यदि ख्रीष्टियमत विज्ञान अमिल्दो भन्ने कुरो साँचो हो भने कुनै पनि प्रतिष्ठित वैज्ञानिक ख्रीष्टियान हुँदैनथ्यो वास्तवमा झण्डै चालिस प्रतिशत व्यावसायिक प्राकृतिक वैज्ञानिकहरू व्यावहारिक ख्रीष्टियानहरू छन् अन्य धेरै जना विभिन्न खालका ईश्वरवादीहरू छन् तिस प्रतिशतभन्दा कम मात्रै नास्तिकवादीहरू छन्
जेफ्री बुर्टोन रस्सेल, प्राध्यापक

नास्तिकवाद अति नै बेवकुफ जब सौर्य प्रणालीलाई हेर्छु सही मात्रामा ताप प्रकाश पाउनलाई पृथ्वी सूर्यदेखि ठिक दुरीमा देख्छु यो संयोगवश: भएको थिएन
सर आइज्याक न्युटन, विश्वप्रसिद्ध भौतिकशास्त्रीसाथै गणितज्ञ

महाविस्फोट सिद्धान्तको समर्थकले (कम्तीमा यदि नास्तिक हो भने) विश्वको पदार्थ शून्यताबाट केवल शून्यताबाट आयो भनी विश्वास गर्नैपर्छ
एन्थोनी केन्नी

नास्तिक हुनका लागि तपाईंलाई असीमित ज्ञानको खाँचो पर्छ किनकि परमेश्वर हुनुहुन्न भनेर पूर्णतया जान्नलाई त्यो ज्ञानको आवश्यकता पर्छ तर असीमित ज्ञान हुनको लागि तपाईं आफै नै परमेश्वर हुनुपर्छ उही समयमा तपाईं परमेश्वर नास्तिक हुनलाई कठिन बाइबलले भजनसंग्रह १४: मा बताउँछ, “मूर्खले आफ्नो मनमा भन्छ, ‘ईश्वर छँदैछैन
रन कार्लसन एड डेकर

मानिसहरूले परमेश्वरलाई नचिन्नुको मुख्य कारण उहाँले आफूलाई तिनीहरूबाट लुकाउनुभएकोले होइन तर तिनीहरूले आफूलाई परमेश्वरबाट लुकाएकोले गर्दा हो
जोन स्टट, प्रभावशाली लेखक

डार्बिन, हक्स्ले, सिम्पसोन, मोनोद डाउकिन्सका भौतिकवादी विचारहरू परीक्षणमा आधारित साक्षीमा नभई व्यक्तिगत दर्शनशास्त्रमा आधारित छन् ...  यो विज्ञान होइन, तर कपोलकल्पित कथा हो  
मिसिआ ल्यान्डु

कारणको शक्तिमा उसको विश्वासद्वारा बाँचेको वैज्ञानिकको लागि कथा खराब सपनाजस्तै अन्त्य हुन्छ अज्ञानताका पहाडहरूमा उक्लेको उसले सर्वोच्च शिखरमाथि विजय प्राप्त गर्न खोजेको जब अन्तिम चट्टानमाथि उक्लन्छ तब ईश्वरशास्त्रीहरूको एउटा दलले उसलाई अभिवादन गर्छ जुन दल शताब्दीऔँदेखि त्यहाँ बस्दै आएको
रोबर्ट ज्यास्ट्रो, खगोलविद्

मेरो लागि एउटा वास्तविक नास्तिक वैज्ञानिक हुन सक्छ भन्ने कुरो अकल्पनीय
डा. रोबर्ट मिलिकान, भौतिकाशास्त्रमा नोबेल पुरस्कार विजेता



Leave Your Comments Here.


Sunday, February 22, 2015

यहूदी स्त्रीको सट्टामा मृत्युलाई अङ्गालिन् ख्रीष्टियान विधवाले



दोस्रो विश्व युद्ध (ख्रीष्टाब्द १९३९१९४५) जारी थियो फ्रान्समा तैनाथ जर्मनीका गोप्य प्रहरीबाट एक जना यहूदी स्त्री भाग्दै थिइन् उनलाई पक्रनै लागेको थियो भनी उनलाई थाहा थियो त्यसैले अझ भाग्नुको साटो आत्मसमर्पण गर्नु नै उचित ठानिन् उनले उनी एक फ्रान्सेली ख्रीष्टियान महिलाको घरमा आइपुगिन् जो विधवा थिइन् ती विधवाले उनलाई भेटिन् उनलाई नयाँ ठाउँमा भाग्न सल्लाह दिइन्

तर यहूदी स्त्रीले भनिन्, “अब भाग्नुको कुनै अर्थ छैन जहाँ गएँ पनि तिनीहरूले मलाई फेला पार्नेछन् ती ख्रीष्टियान महिलाले अनौठो प्रस्ताव अगि सारिन्, “तिनीहरूले यो घरमा कसैलाई फेला पार्नेछन् तर तपाईं भने यहाँबाट जानुस् यी मानिसहरूसँगै सुरक्षितसाथ अगाडि बढ्नुस् आफैलाई तपाईंको ठाउँमा परिचित गराउनेछु यहीँ बसेर पर्खिरहनेछु त्यसपछि ती यहूदी स्त्रीले ख्रीष्टियान महिलाको योजना बुझिन् उनको योजना यही थियो कि ती गोप्य प्रहरीहरू आएर ती ख्रीष्टियान विधवालाई भागेरहेकी यहूदी स्त्री ठानी गिरफ्तार गर्ने थिए

यहूदी स्त्रीले भनिन्, “तपाईं किन यसो गर्नुहुन्छ ?” विधवाको उत्तर थियो, “मैले गर्न सक्ने सबैभन्दा कम्ती सहयोग यही नै हो ख्रीष्टले मेरो लागि यो काम पहिले नै गरिसक्नुभएको उहाँले मेरो निम्ति योभन्दा बढी गर्नुभएको थियो केही समयपछि यहूदी स्त्रीको सट्टामा ती विधवा ख्रीष्टियान महिलालाई समातेर झ्यालखानामा हालियो महिनाभित्रमा नै नजरबन्द गरिएको शिविरमा उनको देहान्त भयो

पछि ती यहूदी स्त्रीले येशूलाई प्रभु मुक्तिदाता भनी स्वीकार गरिन्       

Leave Your Comments Here.