menu bar

Thursday, June 25, 2015

के येशूले बिहे गर्नुभएको थियो ?



ख्रीष्टियमतका आधारभूत सिद्धान्तहरूलाई गिराउन चेष्टा गर्ने कथित् सुसमाचारहरूको ताँती अन्त्यहीन देखिन्छ ख्रीष्टाब्द २०१२ मा जब प्राध्यापक करेन लि किङ्ग उनका सहकर्मी अन्ने मेरीले चौथो शताब्दीमा कप्टिक भाषामा लिखित पपाइरसको टुक्रालाई सार्वजनिक गरे त्यसले ख्रीष्टियान जगत्मा एउटा तरङ्ग ल्याइदियो यसका आठ ओटा क्षत विक्षत हरफहरूमध्ये एउटा वाक्यांश यस्तो : “येशूले तिनीहरूलाई भन्नुभयो, ‘मेरी पत्नी ... ’” यसैको आधारमा येशूले बिहे गर्नुभएको थियो भन्ने हल्ला अन्तर्राष्ट्रिय मिडियाको लागि खुराक बनेको थियो तर के यस्तो अनौठो दाबीको लागि कुनै ऐतिहासिक आधार ? यस आलेखमा यस्ता तिन ओटा तर्कहरू अगाडि सारिएका छन् जसले येशूले कहिल्यै बिहे गर्नुभएन भनी पुष्टि गर्छन्     

. येशूले बिहे गर्नुभएको थियो भनी बाइबलले कत्तै पनि उल्लेख गरेको छैन
बाइबलको नयाँ करार प्राचीन संसारको ऐतिहासिक रूपमा सबैभन्दा विश्वसनीय दस्तावेज हो सुसमाचारहरूभनेर चिनिने यसका अगिल्ला चार ओटा पुस्तकहरू येशूको जीवनीबारे लेखिएका सबैभन्दा प्राचीन प्रलेखहरू हुन् ती सुसमाचारहरूमा पत्रहरूमा नै उहाँकी पत्नी थियो भनी कत्तै सङ्केत गरिएको पाइन्छ येशू क्रूसमा टाँगिनुहुँदा उहाँले आफ्ना चेला यूहन्नाको हातमा आफ्नी आमाको जिम्मा लगाइदिनुभयो (यूहन्ना १९:२५२७) यदि मरियम मग्दलिनी उहाँकी पत्नी थिइन् (उहाँले बिहे गर्नुभएको थियो भनी दाबी गर्नेहरूले उनी नै येशूकी पत्नी थिइन् भनी जिकिर गर्छन्) भने किन येशूले आफ्नी आमालाई यूहन्नाको हातमा सुम्पनुभयो जब कि मरियम मग्दलिनी पनि क्रूससम्मै पुगेकी थिइन् ?

यदि येशूले बिहे गर्नुभएको थियो भने यस्तो महत्त्वपूर्ण विषयलाई बाइबलले अवश्य नै बताउँथ्यो वा यस विषयमा कुनै कुनै सङ्केत अवश्य नै हुनेथियो बाइबलले येशूकी आमा मरियम, मरियमका पति योसेफ, येशूका भाइहरू बहिनीहरूको चर्चा गर्छ बाइबल यस विषयमा मौन रहनुको सबैभन्दा सम्भाव्य कारण यही हो कि उहाँले बिहे नै गर्नुभएको थिएन

. येशू क्रूसमा मर्न आउनुभएको थियो भनी उहाँलाई राम्ररी थाहा थियो
उहाँको मृत्युको बारेमा शताब्दीऔँअगि नै भविष्यवाणी गरिएको थियो (जस्तै: यशैया ५३) येशू आफैले पनि उहाँको गिरफ्तार, मृत्यु, गडाइ पुनरुत्थानको विषयमा पटकपटक भविष्यवाणी गर्नुभएको थियो (मत्ती १२:३८४०; लूका १८:३१३३) यदि येशूले बिहे नै गर्नुभएको भए पनि त्यसमा कुनै गल्ती हुँदैनथ्यो तर मानवजातिको पापको लागि मर्नु नै उहाँको मिसनको उद्देश्य भएकोले पति पिताको भूमिकालाई उहाँले राम्ररी पुरा गर्न सक्नुहुन्नथ्यो भनी उहाँलाई थाहा थियो

. येशूले बिहे गर्नुभएको थियो भन्नाका लागि कुनै ऐतिहासिक साक्षी छैन
हालै सार्वजनिक गरिएको चौथो शताब्दीको यस पपाइरसको टुक्रा ज्ञानवादी सुसमाचारहरू (यी वास्तविक सुसाचारहरू होइनन्) मा उल्लिखित केही सन्दिग्ध खण्डहरूबाहेक येशू मरियम मग्दलिनीको रोमान्टिक सम्बन्धको लागि कुनै ऐतिहासिक आधार छैन यस्तो सम्बन्धको बारेमा कुनै सेकुलर, यहूदी आदि ख्रीष्टियान इतिहासकारहरूले एउटै शब्द पनि उल्लेख गरेको अभिलेख छैन हालै प्रकाशित यो टुक्रा अन्य ज्ञानवादी सुसमाचारहरू अज्ञात लेखकहरूद्वारा शताब्दीऔँपछि लेखिएकाले तिनलाई नयाँ करारको दस्तावेजको प्रकाशको आधारमा जाँचिनुपर्छ  

यी तिन ओटा तर्कहरूलाई हेरिसकेपछि त्यस पपाइरसको टुक्रामा अभिलिखित वाक्यांशको अर्थ के हो भनेर उत्तर दिइएन भने यो रचना अधुरो नै रहन्छ आधुनिक केही विद्वान्हरूको भनाइअनुसार त्यो किर्ते गरिएको आधुनिक टुक्रा हो प्राचीन समयको होइन दोस्रोमा, त्यो वाक्यांश येशूलाई मानिसको रूपमा मात्र उभ्याउने उद्देश्यले उहाँको जीवनीको कैयौँ शताब्दीपछि उहाँको जीवनमा नभएको तर थपिएको कथाको अंश हुन सक्छ वा तेस्रोमा, येशूले आलङ्कारिक भाषामा बोल्दै हुनुहुन्थ्यो

यो पपाइरसको टुक्रालाई सार्वजनिक गर्ने करेन लि किङ्ग आफैले पनि सजग गराएका छन्, “ऐतिहासिक व्यक्तित्व येशूले वास्तवमै बिहे गर्नुभएको थियो भन्ने प्रमाणको लागि [यसलाई] प्रयोग गरिनुहुँदैन सम्भवत: यस खण्डलाई येशू जिउनुभएको शताब्दीऔँपछाडि लेखियो अन्य सबै प्रारम्भिक, ऐतिहासिक रूपमा विश्वसनीय ख्रीष्टियान साहित्य यस प्रश्नबारे मौन

Leave Your Comments Here.


Wednesday, June 24, 2015

हडसन टेलर: चाइना इनल्यान्ड मिसनका संस्थापक



आफ्नो जीवनको अन्त्यतिर हडसन टेलरले आफ्ना एक जना मित्रले दिएको चुनौतीलाई सम्झे जसले भनेका थिए, “चीन जाने निर्णल लिएर तपाईंले ठुलो गल्ती गर्दै हुनुहुन्छ तपाईंको पछाडि कुनै संस्था छैन हामी एउटा व्यस्त संसारमा जिउँछौँ तपाईंलाई बिर्सिइनेछ मिसन सात वर्षसम्म पनि टिक्नेछैन तर ती सेवक गलत साबित भए   

हडसन टेलर चीनमा मिसनरी भएर गए तिनले चाइना इनल्यान्ड मिसनको स्थापना गरे जसलाई हाल ओएमएफ इन्टरनेसनल भनेर चिनिन्छ ख्रीष्टाब्द १८६५ मा तिनीद्वारा स्थापित यस संस्थाले ८०० भन्दा बेसी मिसनरीहरूलाई चीनमा झित्र्याउन महत्त्वपूर्ण भूमिका निभाए यस संस्थामार्फत हजारौँ मानिसहरूले आफ्नो जीवन प्रभुमा सुम्पेका छन्

२१ मे १८३२ मा बुबा जेम्स आमा अमेलियाबाट हडसन टेलरको जन्म इङ्गल्यान्डमा भएको थियो ख्रीष्टियान परिवारमा जन्मेको भए तापनि तिनी ख्रीष्टियान विश्वासबाट तर्केर गएका थिए तर १७ वर्षको उमेरमा एउटा सुसमाचारीय पर्चा पढेपछि तिनले ख्रीष्टमाथि विश्वास गरे विश्वासी बनेको केही महिनापश्चात् तिनले आफ्नो सम्पूर्ण जीवन प्रभु येशूमा सुम्पे प्रभुले तिनलाई चीनमा डाक्नुभएको महसुस गरे तिनले

आफ्नो मेडिकल अध्ययनलाई पुरा नगरीकनै २१ वर्षको उमेरमा तिनी चीन प्रस्थान गरे अनि चीनको साङ्घाइमा आइपुगेपछि तिनले चिनियाँ भाषा सिक्न थाले तिनी रुपियाँपैसाको लागि सधैँ परमेश्वरमा भर पर्थे तिनले पटकपटक भनेका छन्, “परमेश्वरको काम परमेश्वरको तरिकामा गरिएमा कहिल्यै खाँचो हुँदैन ती दिनमा मिसनरीहरूलाई चीनका भित्री इलाकाहरूमा जाने अनुमति थिएन तर कहिल्यै सुसमाचार सुन्न नपाएर मरिरहेका लाखौँ आत्माहरूप्रति टेलर निकै चिन्तित थिए त्यसैले राजनीतिक अवरोधलाई वास्ता नगरी तिनी सुसमाचारको लागि भित्री इलाकाहरूमा प्रवेश गरे

ख्रीष्टाब्द १८५८ मा टेलरले मारिया जेनसित विवाह गरे जो एक अनाथ स्त्री थिइन्  

५१ वर्ष चीनमा बिताएका टेलर चिनियाँ संस्कृतिको संवेद्यता सुसमाचार प्रचारको निम्ति निकै प्रसिद्ध छन् त्यस बेलाका मिसनरीहरूको बिचमा दुर्लभ अभ्यास भए तापनि तिनले सुसमाचारको निम्ति स्थानीय चिनियाँहरूको कपडा लगाउँथे तिनले स्थापना गरेको संस्थामा आबद्ध मिसनरीहरूले पनि यही रणनीतिलाई पछ्याउँथे तिनले स्थापना गरेको चाइना इनल्यान्ड मिसन ज्यादै पृथक् थियो उदाहरणको लागि, यो नै पहिलो साँचो रूपमा अन्तरसाम्प्रादायिक मिसनरी सोसाइट थियो यसले अभिषिक्त सेवकहरूलाई भन्दा सामान्य विश्वासीहरूलाई सेवामा खटाउँथ्यो यो विश्वासमा आधारित संस्था थियो जसले रुपियाँपैसाको लागि अनुरोध गर्दैनथ्यो

मिसन क्षेत्रमा टेलरले जुन अद्भूत सफलता हात पारे त्यसको लागि तिनले कैयौँ सङ्घर्षहरूको पनि सामना गर्नुपरेको थियो मस्तिष्कमा पानी जमेर टेलरकी छोरीको मृत्यु भयो; १८६८ को दङ्गामा परेर तिनको परिवार झण्डै मृत्युको मुखमा पुगेको थियो; बच्चा जन्माउने क्रममा तिनकी पत्नी मारियाको निधन भयो; तिनकी दोस्री पत्नी क्यान्सरको कारणले बितिन् तरै पनि टेलर आफ्ना लक्ष्यमा लागिरहे

जुन १९०५ मा टेलर सधैँको लागि आफ्ना अनन्त घरमा प्रस्थान गरे

तिनको मृत्युपश्चात् तिनले स्थापना गरेको चाइना इनल्यान्ड मिसन संसारमै सर्वाधिक ठुलो प्रोटेस्टेन्ट मिसन एजेन्सीको रूपमा चिनियो तिनको जीवनीले सेवा बलिदानको लागि मनग्गे ख्रीष्टियान सेवकहरूलाई अभिप्रेरित गर्यो तिनी सम्भवत: उन्नाइसौँ शताब्दीकै सर्वाधिक परिचित ख्रीष्टियान मिसनरी हुन्

तिनको जीवनको अन्तिम घडीतिर तिनले एक पटक यसरी प्रतिवेदन दिएका थिए, “मैले कहिलेकाहीँ मानिसहरूलाई भेट्दा तिनीहरूले भनेका छन्, ‘परमेश्वरमाथि भरोसा गर्नु एउटा सुन्दर सिद्धान्त हो तर यसले काम गर्दैन तर परमेश्वरलाई धन्यवाद होस् कि यसले काम गरेको यसले काम गर्छ नै ”    

Leave Your Comments Here.


Tuesday, June 23, 2015

बाइबलसित सम्बन्धित तिन हजार वर्ष पुरानो शिलालेख फेला पारियो



इस्राएलका महानतम राजाको रूपमा आदर गरिएका दाऊद बाइबल धर्मशास्त्रमुताबिक परमेश्वरले औधी रुचाउनुभएका मानिस थिए इस्राएलको इतिहासमा तिनले उल्लेखनीय भूमिका निर्वाह गरेको भए तापनि बाइबलभन्दा बाहिर तिनको बारेमा केही जानकारी नभएकोले बाइबलका आलोचकहरूले तिनको ऐतिहासिकताबारे नै प्रश्न उठाउँदै आएका थिए तर बिसौँ शताब्दीको अन्त्यतिर पत्ता लागेको पुरातात्त्विक खोजले आलोचकहरूको आशङ्कालाई एक प्रकाश वर्ष टाढा पुर्याइदिएको   

आधुनिक इस्राएलको उत्तरपट्टि अवस्थित टेल दान भन्ने ठाउँमा पुरातत्त्वविद् अब्राहाम बिराम तिनको दलले उत्खनन गर्ने क्रममा ख्रीष्टाब्द १९९३१९९४ मा केही शिलालेखहरू फेला पारे जसलाई समग्रमा टेल दान शिलालेख भनिन्छ यो ठाउँ पुरानो करारको दानको भूमि हो भनी साक्षीले पुष्टि गर्छ नवौँ शताब्दी ख्रीष्टपूर्वमा रचना गरिएको यस शिलालेखमा प्रस्ट रूपमादाऊदको परिवारइस्राएलका राजाभनी उल्लेख गरिएको दाऊदको नाउँ उल्लिखित बाइबलभन्दा बाहिर फेला पारिएको यो नै पहिलो प्राचीन शिलालेख हो  

भाँचिएको यस शिलालेखमा अरामी राजा (सम्भवत: हजाएल) द्वारा इस्राएल यहूदामाथि हासिल गरेको विजयको चर्चा गरिएको दुई जना राजाको पराजयको उत्सव मनाउन यस शिलालेख खडा गरिएको थियो ख्रीष्टाब्द १९९४ मा थप दुई ओटा टुक्राहरू फेला पारिए जसमा इस्राएलमाथि शासन गर्ने आहाबका छोरा यहोराम दाऊदको परिवार अर्थात् यहूदामाथि शासन गर्ने अहज्याहको उल्लेख गरिएको यी नाउँसाथै सत्यताहरू राजा अध्यायमा वर्णित विवरणसित मेल खान्छन् यस शिलालेखले ज्यादै नाटकीय ढङ्गमा बाइबलीय खण्डमा जीवन ल्याउने काम गरेको यसले हामीलाई बाइबलीय खण्डको ऐतिहासिक सत्यतामा अझ बेसी निश्चयता पनि थप्छ”, बिब्लिकल आर्खियोलोजी सोसाइटीका संस्थापक डा. हर्सेल स्याङ्क्सले बताए     

झण्डै तिन हजार वर्ष पुरानो यस शिलालेखलाई हाल यरूशलेमस्थित इजराएल सङ्ग्रहालयमा राखिएको

यस विस्मयकारी आविष्कारसँगै थुप्रै सत्यताहरू उदाङ्गो भएका छन् सर्वप्रथम, “दाऊदको परिवारभन्ने पदावलीको प्रयोगले इस्राएलमाथि शासन गर्ने दाऊदिय वंश अस्तित्वमा थियो भनी अङ्कित गर्छ यसबाट ऐतिहासिक राजा दाऊद यस धरतीमा बाँचेका थिए भनी हामी निर्धक्कसँग निष्कर्ष निकाल्न सक्छौँ दोस्रोमा, बाइबलले बयान गरेजस्तै इस्राएल यहूदाका राज्यहरू प्रमुख राजनीतिक राज्यहरू थिए जब कि आलोचकहरूले लामो समयसम्म यी राज्यहरूलाई नगण्य ठानेका थिए  

इजराएल सङ्ग्रहालयका कर्मचारी एरान एरीले यस आविष्कारको महत्त्वबारे टिप्पणी गरे, “निस्सन्देह, यो शिलालेख बाइबलसित सम्बन्धित सर्वाधिक महत्त्वपूर्ण शिल्पकृतिहरूमध्ये एक हो विख्यात पुरातत्त्वविद् ब्राएन्ट वुडले यस खोजको महत्त्वलाई सारांशमा ल्याएका छन्, “दाऊद सोलोमन कहिल्यै अस्तित्वमा थिएनन् भनी धेरै विद्वान्ले भनेका छन् तर हामीसँग भएको शिलालेखले वास्तवमा दाऊदको नामै तोक्छ




Leave Your Comments Here.