menu bar

Monday, July 27, 2015

ख्रीष्टियमतबारे १० ओटा भनाइहरू (भाग २)



सूर्यको उदयमाथि विश्वास गरेझैँ ख्रीष्टियमतमाथि विश्वास गर्दछु, मैले यसलाई देखेकोले गर्दा मात्रै होइन तर यसद्वारा मैले हरेक कुरोलाई देखेकोले गर्दा पनि हो
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

यदि ख्रीष्टियमत झुटो भने यसको कुनै महत्त्व छैन यो साँचो भने यो असीमित रूपमा महत्त्वपूर्ण यो अलिअलि महत्त्वको भने हुन सक्दैन
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

ख्रीष्टियमतले जत्तिकै अन्य कुनै धर्म, दर्शनशास्त्र, शिक्षा, राष्ट्र, अभियान वा कुनै पनि कुरोले झनै असल बनाउन संसारलाई परिवर्तन गरेको छैन
पावल एल. माइर, इतिहासकारसाथै उपन्यासकार 

मैले ख्रीष्टियमतलाई अङ्गाले किनकि येशू ख्रीष्ट एक पात्र, व्यक्तित्व हुनुहुन्छ भनी विश्वस्त भएँ मैले उहाँ; उहाँको बुद्धि; उहाँको प्रेम उहाँको सर्तविनाको प्रेमलाई प्रेम गरेँ
मोसाब हसिन युसुफ, लेखक

यदि ख्रीष्टियमत असत्य भने यो जतिसुकै मद्दतदायी भए पनि कुनै इमान्दार मानिसले यसलाई विश्वास गर्न चाहँदैन तर यो सत्य भने हरेक इमान्दार मानिसले यसलाई विश्वास गर्न चाहन्छ यद्यपि यसले उसलाई कत्ति पनि मद्दत नगरोस्
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

बौद्धिक रूपमा ख्रीष्टियमतको खण्डन गर्न तम्सिएँ तर सकिनँ त्यसपछि बाइबल सत्य येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने निष्कर्षमा पुगेँ  
जोस म्याकडोल, ख्रीष्टियान रक्षाशास्त्री, वक्तासाथै लेखक

ख्रीष्टियमतको अपिलको प्राथमिक स्रोत येशू हुनुहुन्थ्यो अर्थात् उहाँको अवतार, उहाँको जीवन, उहाँको क्रूसारोहण उहाँको पुनरुत्थान  
केनेथ स्कट लाटुरेट, इतिहासकार

वास्तविक ख्रीष्टियमतलाई दुई ओटा आज्ञामा सारांशमा ल्याउन सकिन्छ: परमेश्वरलाई प्रेम गर्नुस् मानिसहरूलाई प्रेम गर्नुस्
जोएस मेएर, ख्रीष्टियान लेखिकासाथै वक्ता

ख्रीष्टियमत पाश्चात्य सभ्यताको वास्तविग जग आधार हो
दिनेस दिसुजा, राजनीतिक टिप्पणीकारसाथै लेखक

ख्रीष्टियमत एउटा ऐतिहासिक धर्म हो यसले विशिष्ट दाबीहरू गर्दछ जुन जाँच पडतालको लागि खुला छन्
लि स्ट्रोबेल, रक्षाशास्त्री, लेखकसाथै, पत्रकार

Leave Your Comments Here.


Sunday, July 26, 2015

स्टालिनकी छोरीले साम्यवादलाई त्यागी परमेश्वरमा विश्वास गरिन्



जोसेफ स्टालिन बिसौँ शताब्दीको तेस्रो दसकदेखि ख्रीष्टाब्द १९५३ मा आफ्नो मृत्यु नहोउञ्जेलसम्म सोभियत युनियनका नास्तिकवादी अगुवा थिए स्कुलहरूमा विशेष नास्तिकवादी शिक्षा लादेर, धर्मको विरुद्धमा व्यापक प्रचारप्रसार गरेर, विश्वासीहरूको विरुद्धमा त्रासदीपूर्ण गतिविधिहरू गरेर तिनको सरकारले नास्तिकवादलाई बढावा दिएको थियो  

स्टालिनका दुई छोरा एक छोरी थिए एउटा छोरो ख्रीष्टाब्द १९४१ मा नाजीहरूद्वारा कब्जा गरिए पछि बन्दी शिविरमा उसको मृत्यु भयो अर्को छोरो दुव्र्यसनमा फसी ४० वर्षको उमेरमा यस धरतीबाट बिदा भएर गयो

स्टालिनको स्भेटलना अलिलुएभा नाउँ गरेको एक जना छोरी थिए उनले ख्रीष्टाब्द १९६७ मा साम्यवाद रुसलाई त्यागी सनसनी मच्चाइदिइन् धेरै मानिसहरू तिन छक खाए उनले किन साम्यावादलाई त्याग गरेकी थिइन् भन्ने पत्रकारहरूको प्रश्नमा उनले न्युयोर्कमा बताइन्, “ह्दयमा परमेश्वरलाई नअङ्गाली जिउन असम्भव भएको पाएँ मैले कसैको सहायता वा प्रचारविना आफै नै त्यो निष्कर्षमा पुगेँ त्यो एउटा ठुलो परिवर्तन थियो किनकि त्यस क्षणदेखि उसो साम्यवादका मुख्यमुख्य सिद्धान्तहरू मेरा लागि कुनै महत्त्वका रहेनन् यहाँ आत्मविकासको खोजीको लागि आएको छु जसलाई रुसमा धेरै लामो समयदेखि इन्कार गरिएको थियो

स्भेटलनाले सङ्घर्षपूर्ण जीवन बिताइन् रुसलाई छाड्न उनले त्यसको राजधानी सहरमा भएका दुई छोरीलाई पनि छाड्नुपर्यो उनले महसुस गरिन् कि त्यहाँ फर्केर जान उनको लागि असम्भव भइसकेको थियो   

Leave Your Comments Here.


Saturday, July 25, 2015

के अन्नका बाला टिपेर खाँदा येशूका चेलाहरूले शबाथ–दिनको उल्लङ्घन गरे (मत्ती १२:१–८) ?



मत्ती १२: मा लेखिएको , “त्यस समय येशू शबाथमा अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो उहाँका चेलाहरू भोकाएका थिए अन्नका बाला टिप्दै खान लागे तर फरिसीहरूले यो देखेर उहाँलाई भने, ‘हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित , त्यही गर्दछन्के शबाथमा अन्न टिपेर खाँदा फरिसीहरूले आरोप लगाएझैँ येशूका चेलाहरूले शबाथको उल्लङ्घन गरे ?

भोकाएको बेलामा शबाथको दिनमा अन्नको बाला टिपेर खाँदा येशूका चेलाहरूले परमेश्वरको व्यवस्थाको उल्लङ्घन गरेनन् तर निश्चय नै तिनीहरूले फरिसीहरूको व्यवस्था भने तोडे परमेश्वरको व्यवस्थामा फरिसीहरूले आफ्ना परम्पराहरू थपेका थिए जसको लागि येशूले तिनीहरूलाई बारम्बार हप्काउनुभयो (मत्ती :४३ १५: लाई पनि हेर्नुस्) पुरानो करारअनुसार शबाथदिनमा दया आवश्यक कामहरू गर्न मिल्थ्यो यस खण्डमा येशूका चेलाहरूले अन्नको कटनी गरिरहेका छैनन् बरु तिनीहरूले केवल अन्नको बाला टिपेर खाँदै छन् जुन कार्य गर्न पुरानो करारको व्यवस्थाले अनुमति दिएको थियो (व्यवस्था २३:)

शबाथको विषयमा येशूले भन्नुभएको , “शबाथदिन मानिसको लागि बनेको हो, मानिस शबाथदिनको निम्ति होइन” (मर्कूस :२७) उहाँ नै शबाथको प्रभु हुनुहुन्छ भनेर पनि उहाँले दाबी गर्नुभएको येशूको भनाइको अर्थ यही हो कि शबाथ उच्चतम नियम थिएन किनकि न्याय, दयाजस्ता विषयहरू उच्च कोटीमा पर्छन् (मत्ती २३:२३ लाई हेर्नुस्) येशू जो परमेश्वरको पुत्र हुनुहुन्छ उहाँ शबाथको नोकर हुनुहुन्थेन, उहाँ यसको मालिक हुनुहुन्थ्यो उहाँले यसको सृजना गर्नुभयो उहाँले चाहनुभएको खण्डमा यसलाई बद्लन सक्नुहुन्थ्यो जस्तो उहाँले पछि गर्नुभयो

यसरी, हामी देख्छौँ कि फरिसीहरूले येशूका चेलाहरूलाई गलत अभियोग लगाएका थिए येशू उहाँका चेलाहरू होइन तर फरिसीहरू गलत थिए             

Leave Your Comments Here.