menu bar

Monday, August 24, 2015

झुटा शिक्षाबारे ९ ओटा भनाइहरू



जाली नोटलाई चिन्नका लागि जसरी बैङ्कमा रुपियाँपैसा गनेर लिने मानिसहरूसित वैध मुद्राको बारेमा सबिस्तार ज्ञान हुनुपर्दछ त्यसै गरी नक्कली धार्मिक शिक्षाहरूलाई चिन्नका लागि ख्रीष्टियानहरूसित बाइबलको बारेमा सबिस्तार ज्ञान हुनुपर्दछ तपाईं धर्मशास्त्रमा कत्तिको गहिरिनुभएको ? तपाईंका ईश्वरशास्त्रीय जराहरू कत्तिको गहिराइसम्म पुगेका छन् ? झुटा शिक्षाहरूलाई पहिचान गर्न तपाईं कत्तिको सक्षम हुनुहुन्छ ?
चाल्र्स स्विन्डोल, पास्टर, लेखकसाथै रेडियो प्रचारक  

असल सिद्धान्तबाट नै असल आचरणको उदय हुन्छ
जोन आर. डब्लु. स्टट, अगुवासाथै लेखक

परमेश्वरको वचनमा हेरीमेरो लागि यसको अर्थ के हो ?” भनी प्रश्न गरेर कहिल्यै सत्यताको निर्धारण गरिँदैन जब मैले कसैले त्यसरी कुराकानी गरेको सुन्छु ममा यसरी सोध्ने झुकाव हुन्छ, “तपाईं अस्तित्वमा हुनुअगि बाइबलको अर्थ के थियो ? परमेश्वरले जे भन्नुहुन्छ त्यसको अर्थ के हो ?” भनेर सोधिनुपर्ने यी उचित प्रश्नहरू हुन् हाम्रा अन्र्तज्ञान, अनुभव वा इच्छाद्वारा सत्यता अर्थको निर्धारण गरिँदैन धर्मशास्त्रको अर्थ वा त्योसँग सम्बन्धित कुनै पनि कुरो परमेश्वरको समझद्वारा पहिले नै निर्धारण गरिसकिएको निश्चित गरिसकिएको अर्थ खोल्नेको काम भनेको त्यस अर्थलाई ठम्याउनु हो , व्यावहारिक शिक्षाअगि उचित अर्थ खोलाइ आउनुपर्छ
जोन माकआर्थुर, पास्टर, प्रचारकसाथै लेखक   

झुटा शिक्षाहरूले हाम्रा शब्दहरू प्रयोग गर्छन् तर तिनीहरूले कहिल्यै हाम्रो शब्दकोशलाई प्रयोग गर्दैनन्
चाल्र्स स्विन्डोल, पास्टर, लेखकसाथै रेडियो प्रचारक  

स्मरण रहोस्, प्रेरित पावलले मण्डलीलाईसत्यको खामो आडभनेका छन् ( तिमोथी :१५) हामीलाई सत्यतालाई थाम्ने परमेश्वरको ज्ञानको विरुद्धमा उदय भएका हरेक मानवीय अनुमान हरेक सांसारिक परिकल्पनाको विरुद्धमा परमेश्वरको वचनको तरवारलाई प्रयोगमा ल्याउने जिम्मेवारी
जोन माकआर्थुर, पास्टर, प्रचारकसाथै लेखक 
  
तिन ओटा कुरा छन् जसलाई मानिसहरूले कहिल्यै महत्त्वहीन ठान्नुहुँदैनथोरै विष, सानो झुटो सिद्धान्त सानो पाप
जे. सी. राएल, बिशपसाथै लेखक
    
यदि तपाईंको विश्वासको सार धर्मशास्त्र मेल खाँदैनन् भने तपाईंको विश्वासको सारलाई टुक्राटुक्रा पारेर काटिदिनुस् त्यसलाई यस पुस्तक [बाइबल] सित मेल खाने बनाउनुस् तपाईं जुन मण्डलीको सदस्य हुनुहुन्छ त्यस मण्डलीको कुनै पनि कुरो प्रेरणा पाएको वचनको विरुद्धमा भने त्यस मण्डलीलाई छाडिदिनुस्
चाल्र्स स्परजिअन, पास्टर, प्रचारकसाथै लेखक
 
झुटा अगमवक्ताहरूदेखि सावधान रहन (मत्ती :१५), आत्माहरूको जाँच गर्न ( यूहन्ना :) भूतप्रेतका सिद्धान्तहरूदेखि सजग रहन ( तिमोथी :) बाइबलले विश्वासीहरूलाई अटुट रूपमा अर्ती दिन्छ तर हामीलाई सत्यताको बोध नभएम्म गल्तीलाई पहिचान गर्ने कुनै तरिका छैन हामीले विशुद्ध थोकलाई नचिनेसम्म जाली वस्तुहरूलाई पत्ता लगाउन सकिँदैन त्यसै गरी, परमेश्वरको विषयमा साँचो के हो भनी थाहा नभएसम्म उहाँको विषयमा झुटो के हो भनी निधो गर्ने कुनै उपाय छैन येशूले भन्नुभयो, “तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ” (यूहन्ना :३२) विश्वासको पक्षमा वकालत गर्ने कामलाई पुरा गर्न साँचो परमेश्वरका गुणहरूको अध्ययन अपरिहार्य (फिलिप्पी :; पत्रुस :१५; यहूदा )
नर्मन गेइस्लर, ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री   

शैतानले आफ्नो उद्देश्यको लागि धर्मशास्त्रलाई उद्धृत गर्न सक्छ
विलियम सेक्सपिएर, नाटककार, कविसाथै अभिनेता 





Leave Your Comments Here.


Sunday, August 23, 2015

ख्रीष्टियान कृति पढेर अमेरिकी राष्ट्रपतिका कानुनी सल्लाहकारले येशूलाई अङ्गाले



ख्रीष्टाब्द १९६९१९७३ सम्म चाल्र्स कोलसनले अमेरिकाका सैँतिसौँ राष्ट्रपति रिचार्ड निक्सोनका कानुनी सल्लाहकारको रूपमा काम गरेका थिए तिनी प्रतिभावान् व्यक्ति थिए भन्ने तथ्यलाई इन्कार गर्न सकिँदैनथ्यो तर त्यो प्रायश: राष्ट्रपति निक्सोनको अन्धकारपूर्ण पक्षलाई उत्साह दिन लागु हुन्थ्यो निक्सोनको प्रशासन कालमा कोलसन निकै सांसारिक डरछेरुवा थिए कोलसन वाटरगेट प्रकरणका एक जिम्मेवार व्यक्ति थिए जुन प्रकरणले गर्दा तिनले मात्र कमाएन तर सात महिने जेल जीवन पनि गुजार्नुपर्यो

तर एउटा ख्रीष्टियान किताबले तिनको जीवनमा आमूल परिवर्तन ल्याइदियो त्यो पुस्तकको नाउँ हो, मेएर क्रिस्चियानिटी बिसौँ शताब्दीका विख्यात रक्षाशास्त्री सी. एस. लेविसद्वारा लिखित यस पुस्तकलाई तिनले आफ्ना नजिकैको मित्रबाट हात पारेका थिए बौद्धिक अहम्बारे लेखकको प्रस्तुतीकरणले कोलसनलाई प्रहार गर्यो ख्रीष्टाब्द १९७३ को अगस्ट महिनामा तिनी ख्रीष्टियान बने त्यसपछि तिनी नयाँ मान्छे भए तिनका मूल्य मान्यताहरू परिवर्तन भए अब तिनले आफ्नो अद्भूत खुबीलाई खराबीको निम्ति होइन भलाइको निम्ति प्रयोग गर्न थाले

ख्रीष्टाब्द १९७६ मा तिनले प्रिज्न फेलोसिप (झ्यालखानाका बन्दीहरूलाई सुसमाचार सुनाउने संस्था) को स्थापना गरे हाल विश्वव्यापी बनेको यो संस्था तिनको आफ्नै जेल जीवनको अनुभवबाट उदय भएको थियो तिनको यस सेवाकार्यबाट लाखौँ मानिसहरूले सुसमाचार सुन्ने मौका पाएका छन् तिनले तिस ओटाभन्दा बेसी कृतिहरू छाडेर गएका छन् ब्रेक पोइन्ट नामक तिनको दैनिक रेडियो कार्यक्रमबाट धेरैले प्रेरणा पाए

यसरी आफ्नो अधिकारलाई बेइमानीपूर्वक प्रयोग गर्दै आएका कूटनीतिज्ञको दृष्टिकोणलाई ख्रीष्टियान शिक्षाले रूपान्तरण ल्याएको थियो


   

Leave Your Comments Here.


Saturday, August 22, 2015

यदि येशू परमेश्वर हुनुहुन्छ भने किन उहाँलाई आफ्नो आगमनको समय थाहा भएन (मर्कूस १३:३२) ?



आफ्नो दोस्रो आगमनको समयबारे बोल्नुहुँदै येशूले भन्नुभयो, “तर त्यस दिन त्यस घडीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, स्वर्गमा हुने स्वर्गदूतहरूले पुत्रले” (मर्कूस १३:३२) परमेश्वरको एउटा गुण होउहाँ सर्वज्ञानी हुनुहुन्छ अर्थात् उहाँलाई हरेक कुरो थाहा हरेक कुरोभित्र भूत, वर्तमान भविष्यसाथै वास्तविक अवास्तविक सबै कुरो पर्छन् यदि येशू परमेश्वर हुनुहुन्छ भने कसरी उहाँलाई आफ्नो आगमनको समय थाहा नहुन सक्छ ?

येशू उही समयमा परमेश्वर मानिस दुवै हुनुहुन्थ्यो उहाँमा ईश्वरीय मानवीय दुवै स्वभावहरू थिए एकातिर, उहाँको जीवनमा पुरा भएका मनग्गे मसीहसम्बन्धी भविष्यवाणीहरू, उहाँको पापरहित जीवन उहाँको शारीरिक पुनरुत्थानले उहाँको ईश्वरत्वको पुष्टि गर्छन् भने अर्कोतिर, उहाँको शारीरिक जन्म, सामान्य हुर्काइसाथै मृत्युले उहाँको मानवताको पुष्टि गर्छन्

परमेश्वरको रूपमा येशूलाई आफ्नो आगमनको घडी राम्ररी थाहा थियो तर मानिसको रूपमा उहाँ त्यस समयबारे अनभिज्ञ हुनुहुन्थ्यो परमेश्वरको रूपमा उहाँ असीमित हुनुहुन्छ भने मानिसको रूपमा सीमित मानिसको रूपमायेशू बुद्धिमा, कदमा परमेश्वर मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका :५२) तर परमेश्वरको रूपमा उहाँकोवैभव बुद्धि ज्ञान कति गहिरो ! (रोमी ११:३३)

त्यसकारण, हामी निष्कर्ष निकाल्न सक्छौँ कि उहाँले आफ्नो आगमनको घडीबारे उहाँलाई थाहा थिएन भन्नुहुँदा उहाँले मानवीय दृष्टिकोणबाट बोल्दै हुनुहुन्थ्यो यस्तो कथन उहाँ परमेश्वर हुनुहुन्छ भन्ने इन्कार होइन बरु उहाँ मानिस हुनुहुन्छ भन्ने स्वीकार हो          

Leave Your Comments Here.