menu bar

Thursday, September 24, 2015

“प्रार्थना गरिरहेका हातहरू” नामक विश्वकै नामुद चित्र जन्मनु पछाडिको घतलाग्दो कथा



तिनको नाउँ हो, अल्ब्रेज डुरर तिनका एक जना मित्र थिए दुवै जनामा चित्रकलाको निम्ति तीव्र इच्छा थियो तर ती दुवै जना ज्यादै गरिब थिए त्यसैले खर्च घटाउने उद्देश्यले ती दुवै सँगै बस्थे खर्चको अभावको कारणले गर्दा तिनीहरूले एउटा सहमति गरे जसमा एउटाले काम गर्ने अर्कोले अध्ययन गर्नुकासाथै चित्र कोर्ने अनि केही वर्ष बितेपछि आफ्नो भूमिका परिवर्तन गर्ने

डुररले पहिले काम गर्ने इच्छा व्यक्त गरे तर तिनका मित्रले डुररमा बेसी क्षमता देखी तिनलाई पहिले अध्ययन चित्रकलामा लाग्न जोड गरे

वर्षौं बितेपछि जब भूमिका परिवर्तन गर्नुपर्ने बेला आयो डुररका मित्र चित्र कोर्न नसक्ने भए किनकि तिनका हातहरू कामको कारणले गर्दा अति नै कडा भइसकेका थिए तर तिनी प्रार्थना गर्ने मानिस भएकाले तिनले वैमनस्य पैदा गरेनन् एक दिनको कुरो हो डुररले आफ्ना मित्रलाई प्रार्थना गरिरहेका भेट्टाए तिनको प्रार्थनाले डुररलाई प्रार्थना गरिरहेका हातहरूको चित्र बनाउने प्रेरणा मिल्यो

परिणाम स्वरूप ख्रीष्टाब्द १५०८ मा डुररले एउटा चित्र कोरे जसलाई संसारलेप्रार्थना गरिरहेका हातहरूभनेर चिन्छ जर्मनीका ख्रीष्टियान चित्रकार डुररद्वारा निर्मित ५०० वर्ष पुरानो यस चित्रलाई हाल अस्ट्रियाको अल्बर्टिना सङ्ग्रहालयमा राखिएको

Leave Your Comments Here.


Wednesday, September 23, 2015

वाचम्यान नी: ख्रीष्टको निम्ति २० वर्षे जेल जीवन बिताएका प्रखर वक्तासाथै लेखक



प्रभुमा विश्वास गर्ने या नगर्ने भन्ने विषयमा निधो गर्न सङ्घर्ष गर्दै १९२० अप्रिल २८ को साँझमा मेरो कोठामा एकलै थिएँ सुरुमा अनिच्छुक थिएँ तर मैले प्रार्थना गर्न खोज्दा मैले मेरा पापको पहाड मुक्तिदाताको रूपमा येशूको वास्तविकता प्रभावकारितालाई देखेँ क्रूसमा प्रभुले पसार्नुभएका हातलाई मैले मेरो मनमा चित्रण गरिरहँदा तिनले मलाई स्वागत् गरी प्रभुले मलाई यस्तो भन्नुभएको जस्तो लाग्यो, ‘तिमीलाई स्वीकार गर्न यहाँ पर्खिरहेको छु मेरा पापलाई शुद्ध पार्ने ख्रीष्टको रगतको प्रभावकारितालाई महसुस गरेर त्यस्तो प्रेमद्वारा अभिभूत भएर मैले त्यहाँ उहाँलाई स्वीकार गरेँ पहिलेपहिले येशूलाई अङ्गाल्ने मानिसहरूलाई मैले उपेक्षा गर्थें तर त्यस साँझ त्यो अनुभूति मेरो लागि वास्तविक बन्यो प्रभुको क्षमाको खोजी गर्दै रोएँ मैले मेरा पाप स्वीकार गरेँ मैले पहिलो प्रार्थना गरिरहँदा मैले यस्तो आनन्द शान्तिको महसुस गरेँ जुन पहिले कहिल्यै गरेको थिइनँ ज्योतिले कोठा ढाकेको जस्तो लाग्यो मैले प्रभुलाई भनेँ, ‘हे प्रभु, तपाईं मप्रति वास्तवमै अनुग्रही हुनुभएको ’” वाचम्यान नीले प्रभु येशूलाई कहाँ, कहिले कसरी पाएका थिए भनी तिनले दिएको गवाही हो यो

वाचम्यान नी प्रचारकसाथै लेखक थिए आफ्नो तिस वर्षे सेवा अवधिमा तिनले थुप्रै कृतिहरू प्रकाशित गरे तिनले चीनका विभिन्न भूभागमा मण्डलीहरू स्थापना गरे; बाइबलका विद्यार्थीहरू मण्डलीका सेवकहरूलाई तालिम दिन तिनले मनग्गे सम्मेलनहरू आयोजना गरे साम्यवादी क्रान्तिपश्चात् तिनी सताइए ख्रीष्टियान विश्वासको खातिर तिनले आफ्नो जीवनका पछिल्ला बिस वर्ष झ्यालखानामा बिताए

नोभेम्बर १९०३ मा वाचम्यान नीको जन्म चीनमा भएको थियो, ख्रीष्टियान परिवारमा नीमा खास गरी दुई ओटा मुख्य खुबी थिए: प्रचार गर्ने लेख्ने

ख्रीष्टाब्द १९२२ मा तिनले फुजहु भन्ने ठाउँमा मण्डलीको भेटघाट राखे जसलाई तिनले स्थानीय मण्डलीको थालनीको रूपमा हेरे नीको रणनीतिमा विश्वासीहरूको सङ्ख्या बढ्दै गइरहेको थियो तिनकै नेतृत्वमा विभिन्न एल्डरहरूले मण्डलीलाई हाँक्ने गर्थे मण्डलीमा सेवा गर्ने थुप्रै एल्डरहरू थिए तिनीहरू नयाँ मण्डलीहरू स्थापना गर्ने उद्देश्यले सुसमाचार नपुगेका ठाउँहरूमा धाउँथे १९४० को दसकमा आइपुग्दा ४७० ओटा सङ्गतिको स्थापना भइसकेको थियो जसलाईसानो बगालउपनाम दिइएको थियो

ख्रीष्टाब्द १९४९ मा कम्युनिस्ट पार्टीले राष्ट्रवादी सरकारलाई सत्ताच्यूत गरेपछि तिनीहरूले गणतान्त्रिक चीनको स्थापना गरे नयाँ सरकारले ख्रीष्टियान मण्डलीहरूसित सहकार्य गरेर राज्यलाई अगाडि बढाउँथ्यो भन्ने अपेक्षा गरिएको भए तापनि त्यसको वर्षपश्चात् परिस्थिति फेरियो साम्यवादीहरूले चीनका मण्डलीहरूलाई नियन्त्रणमा लिने योजना सार्वजनिक गरियो सरकारको तिन खम्बे नीतिअनुसार मण्डलीले आफ्नो प्रशासन आफै चलाउनुपर्ने, आफै सहयोग जुटाउनुपर्ने आफै फैलनुपर्ने भयो ख्रीष्टियान स्कुल, अस्पतालसाथै अन्य सम्पत्तिहरू जफ्त गरिए

यस्तो अवस्थामासानो बगालसाथै अन्य ख्रीष्टियान संस्थाहरूले सरकारको खरो विरोध गरे परिणामत: हजारौँलाई मारियो या झ्यालखानामा थुनियो साम्यवादीहरूको रेखदेखमा मात्रै मण्डलीका सङ्गतिहरू चल्न पाउने भए अगुवाहरूमाथि आरोप लगाइयो वाचम्यान नी पनि यसमा मुछिए फलत: १९५२ मा तिनलाई गिरफ्तार गरियो तिनको विरुद्धमा थुप्रै झुटा अभियोगहरू तेर्साइए परिणाम स्वरूप तिनले जम्माजम्मी २० वर्षको जेल जीवन बिताउनुपर्यो ख्रीष्टको प्रचार नगरेको खण्डमा तिनलाई रिहा गर्ने प्रस्ताव गरिएको भए तापनि तिनले मानेनन् अन्तत: ६८ वर्षको उमेरमा ३० मे १९७२ मा तिनी यस धरतीबाट बिदा भई प्रभुको अनन्त घरमा प्रस्थान गरे

Leave Your Comments Here.


Tuesday, September 22, 2015

बाइबलीय पात्रको उल्लेख गर्ने २,००० वर्ष पुरानो शिलालेख फेला पर्‍यो



आफ्नो दोस्रो सुसमाचारीय प्रचार यात्रा (ख्रीष्टाब्द ४९५२) मा पावलले कोरिन्थमा १८ महिना बिताएपछि तिनको सुसमाचारीय सेवामा विरोध आयो यो राजनीतिक दङ्गा थियो जसको विषयमा इतिहासकार लूकाले अभिलिखित गरेका छन्, “जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, तिनलाई अदालतमा ल्याए, यसो भने, ‘यस मानिसले व्यवस्थाको विरुद्ध परमेश्वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ जब पावल बोल्नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, ‘यहूदी हो, यदि साँच्ची नै यो केही अन्याय वा दुष्ट अपराधको कुरो हुँदो हो मैले तिमीहरूको कुरा सुन्न उचित हुनेथियो तर शब्दहरू, नाउँहरू तिमीहरूको आफ्नै व्यवस्थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर यस्ता कुराहरूको इन्साफ गर्न इन्कार गर्छु अनि उनले तिनीहरूलाई अदालतबाट धपाइदिए तब तिनीहरू सबैले सभाघरका शासक सोस्थेनेसलाई समातेर अदालतको सामने पिटे तर गलियोनले त्यस कुराको केही वास्तै राखेनन्” (प्रेरित १८:१२१७)  

गलियोन अखैयाका शासक थिए भनी यस खण्डमा लूका प्रस्ट पार्छन् बिसौँ शताब्दीको पुरातात्त्विक आविष्कारले गलियोनको अस्तित्वलाई आशङ्का गर्नै नसक्ने गरी प्रमाणित गरिदिएको

बिसौँ शताब्दीको आरम्भमा ग्रिसको डेल्फीस्थित अपोल्लोको मन्दिरमा एउटा पत्रका ओटा टुक्राहरू फेला पारिए यी टुक्राहरूको सङ्ग्रहलाई डेल्फी शिलालेख अर्थात् गलियोन शिलालेख भनिन्छ चुनढुङ्गामा ग्रिक भाषामा लेखिएको यो पत्र करिब ख्रीष्टाब्द ५२ मा रोमी सम्राट् क्लौडियसले लेखेका थिए उक्त शिलालेखमा भएका ११ ओटा हरफमध्ये छैटौँ हरफमा यसरी लेखिएको , “गलियोन मेरा मित्र शासक ...

यस खोजले एकातिर गलियोन एक ऐतिहासिक व्यक्ति थिए भनी पुष्टि गर्छ भने अर्कोतिर प्रेरितको पुस्तकका लेखक डा. लूकाले भनेजस्तै तिनी शासक थिए   यो खोज लूकाद्वारा उपलब्ध गराइएको मिति, व्यक्तिको नाउँ व्यक्तिलाई दिइएको ओहोदासित सोर्है आना मेल खान्छ प्रेरितको पुस्तकमा अभिलिखत घटनाहरूलाई अझै सही किसिमले मिति प्रदान गर्न पनि यस आविष्कारले हामीलाई मदत गर्दछ         

Leave Your Comments Here.