menu bar

Wednesday, October 28, 2015

जर्ज मुलर: विश्वासका महानायक



दस वर्ष लागेपछि तिनले आफ्ना पिताको गोजीबाट पैसा चोर्न थाले त्यसलाई विकास गरी तिनले आफ्ना मित्रहरूबाट पनि पैसा चोर्न लागे स्कुलमा अध्ययन गर्दा चोरीको आरोपमा तिनलाई तिन हप्ता झ्यालखानामा पनि हालियो त्यस्ता कुलतहरूलाई मिल्काउने सङ्कल्प गरे तापनि तिनले सजिलैसित छुटकारा पाउन सकेनन् पछि पास्टर बन्नलाई तिनी हेल विश्वविद्यालयमा भर्ना भए बेटा नाउँ गरेका तिनका मित्रले तिनलाई बाइबल अध्ययन हुने सभामा निमन्त्रणा दिए त्यो क्षण तिनको जीवनमा निर्णायक मोड साबित हुन पुग्यो त्यस दिनदेखि तिनले आफ्ना खराब आदतहरूलाई पन्छाई तिनी ख्रीष्टको लागि खडा भए तिनको नाउँ होजर्ज मुलर

जर्ज मुलर सुसमाचार प्रचारक, मिसनरीसाथै अनाथालयका निर्देशक हुन् इङ्गल्यान्डको ब्रिस्टोलस्थित अस्ले डाउन अनाथालयका निर्देशक मुलर विश्वासका महानायक हुन् तिनले आफ्नो जीवन कालमा १०,००० भन्दा बेसी अनाथहरूको हेरचाह गरे तिनले ११७ ओटा स्कुलको स्थापना गरे जसले ,२०,००० भन्दा बढी बाल बालिकाहरूलाई ख्रीष्टियान शिक्षा उपलब्ध गराए ती शिक्षा पाउनेहरूमध्ये अधिकांश अनाथहरू थिए

२७ सेप्टेम्बर १८०५ मा जर्मनीमा जन्मेका जर्ज मुलर २४ वर्षको उमेरमा मिसनरी हुने सोच राखेर इङ्गल्यान्ड लागे तर तिनी पास्टर बने

ख्रीष्टाब्द १८३० मा मुलर मेरी ग्रोभ्ससित वैवाहिक सम्बन्धमा बाँधिए विवाहको तिन हप्तापश्चात् तिनीहरूले पास्टरीय सेवाको लागि तनखा नलिने निर्णय गरे आफ्ना खाँचाहरूका लागि केवल परमेश्वरमा भर पर्ने निर्णय लिए ती नवदम्पतीले

मुलरको समयमा अनाथहरूलाई कसैले हेरचाह गर्दैनथ्यो बाँच्नका लागि तिनीहरूले कि माग्नुपथ्र्यो कि भने चोर्नुपथ्र्यो मानिसहरूले तिनीहरूमाथि दया देखाउँदैनथ्ये सरकारले तिनीहरूलाई काम गर्नुपर्ने घरमा राख्थ्यो जहाँ तिनीहरूले लामो समयसम्म कठिन कामहरू पनि गर्नुपर्ने हुन्थ्यो १८३५ सम्ममा पुरै इङ्गल्यान्डमा दर्जन जति अनाथालयहरू मात्र थिए जहाँ बस्न शुल्क लाग्थ्यो स्वाभाविक नै हो कि गरिबहरू पैसा तिरेर त्यस्ता आश्रमहरूमा बस्न सक्दैनथ्ये

जर्ज मुलरले अनाथालयको थालनीको लागि प्रार्थना गर्न सुरु गरे परमेश्वरले प्रार्थना सुन्नुभयो सबै बन्दोवस्त भयो तिनले स्थापना गरेको पहिलो अनाथालयमा ३० जना केटीहरू थिए त्यसपछि दोस्रो अनि तेस्रो अनाथ आश्रम पनि खोलिए

अन्तत: ब्रिस्टोलको उत्तरमा पर्ने अस्ले डाउन नामक क्षेत्रमा तिनले अनाथालयको लागि केही जमिन किने त्यहीँ तिनले अस्ले डाउन अनाथालयको स्थापना गरे जहाँबाट हजारौँ अनाथ बाल बालिकाहरूले हुर्कने अवसर पाए

परमेश्वरका अन्य भक्त सेवकहरूलेझैँ मुलरले पनि दु:खलाई नजिकैबाट अनुभूति गरेका थिए तिनीबाट जन्मेका चार जना सन्तानमध्ये दुई जना मृत जन्मे मुलर दम्पतीले तिनीहरूको छोरो एलियालाई निमोनियाको कारणले गुमाउनुपर्यो त्यति ठुलो सङ्ख्यामा अनाथहरूको हेरचाह गर्ने क्रममा तिनीहरूका खाँचा पूर्ति गर्न तिनले झेलेका कठिनाइहरूले हाम्रा आँखाबाट आँसु बर्सन्छ

तथापि मुलर विश्वासका महानायक थिए तिनी हरेक कुरोको निम्ति परमेश्वरलाई बिन्ति चढाउँथे तिनले जीवनमा परमेश्वरबाट हजारौँ प्रार्थनाका जवाफहरू पाए परमेश्वरमाथि भएको तिनको विश्वास लाखौँ विश्वासीहरूका लागि प्रेरणा बनेको हडसन टेलर, चाल्र्स स्परजिनजस्ता ख्रीष्टियान जगत्का नायकहरूले मुलरबाट सल्लाह लिन्थे

अनाथहरूको हेरचाहका अतिरिक्त मुलरले बाइबल पर्चाहरू छाप्नका लागि रकम सहयोग गर्थे तिनले ,५०,००० भन्दा बेसी बाइबलहरू चन्दास्वरूप दिए तिनले जीवनमा प्रार्थनाद्वारा झण्डै १३ अरब बराबरको नेपाली रुपियाँ जुटाए ती सबै प्रभुको कामको लागि खर्चे तिनको मृत्यु हुँदा तिनीसित थोरै पैसा मात्र बाँकी थियो

१० मार्च १८९८ का दिन ९२ वर्षको उमेरमा मुलरको निधन भयो तिनको सम्मानको लागि हजारौँ मानिसहरू सडकमा लस्कर लागेका थिए दुई हजार अनाथ केटाकेटीहरू उपस्थित थिए   


    

Leave Your Comments Here.


Tuesday, October 27, 2015

नयाँ करारको प्राचीनतम पाण्डुलिपि



ख्रीष्टाब्द १९२० मा डा. बी. पी. ग्रिनफेल मिश्रमा यात्रा गर्ने क्रममा तिनले इङ्गल्यान्डको म्यानचेस्टरस्थित जोन राइल्यान्ड्स लाइब्रेरीको लागि प्राचीन पपाइरसहरूको एउटा सङ्कलनलाई किने १९३४ मा आएर मात्रै कोलिन एच. रोबर्टसले उक्त लाइब्रेरीमा राखिएको पपाइरसको एउटा टुक्रालाई अध्ययन गरी त्यसलाई अनूवाद गरेपछि त्यसको ऐतिहासिक महत्त्व सतहमा देखा पर्यो

राइल्यान्ड्स लाइब्रेरी पपाइरस पी५२ अर्थात् सन्त यूहन्नाको टुक्रा नाउँ दिइएको उक्त पपाइरसको अंशलाई ख्रीष्टाब्द १२५१५० को बिचमा तयार पारिएको थियो भनी अधिकांश बाइबल विद्वान्हरू सहमत छन् हालसम्म पत्ता लागेको यो नै नयाँ करारको प्राचीनतम पाण्डुलिपि हो एसिया माइनरमा रचना गरिएको यस पाण्डुलिपिको टुक्रालाई मिश्रमा फेला पारिएकोले त्यसको प्रचारप्रसारको लागि अवश्य केही समय लागेको हुनुपर्छ

. इन्च लमाइ . इन्च चौडाइको यस टुक्रामा यूहन्ना १८ अध्यायका वचनहरू अभिलिखित छन् टुक्राको अगाडिपट्टि पदहरू ३१३३ का आंशिक वचनहरू छन् भने पछाडिपट्टि ३७३८ का आंशिक वचनहरू यस टुक्राको दुवैपट्टि लेखिएकोले यो कोडेक्स (पुस्तकको आकारमा लेखिएको प्राचीन हस्तलिखित प्रतिलिपि) को अंश हुनुपर्छ  

ग्रिक भाषामा लेखिएको यस टुक्रा आज हामीले पढ्ने बाइबल दुई हजार वर्षअगि रचना गरिएको बाइबललाई जोड्ने महत्त्वपूर्ण कडी हो दोस्रो शताब्दीको पूर्वाद्धमा नै मिश्रका ख्रीष्टियानहरूले हामीले पढेका वचनहरू पढ्दा रहेछन् भनी यस टुक्राले छर्लङ्ग पार्दछ

Leave Your Comments Here.


Monday, October 26, 2015

सापेक्षवाद विरुद्ध ८ ओटा भनाइहरू



अधिकांश सापेक्षवादीहरू विश्वास गर्छन् कि सापेक्षवाद पूर्ण रूपमा साँचो हरेक व्यक्ति सापेक्षवादी हुनुपर्छ यहीँनिर नै सापेक्षवादको विनाशकारी स्वभाव विद्यमान सापेक्षवाद निरपेक्ष सत्यताको शिखरमा खडा भई बाँकी हरेक कुरोलाई सापेक्ष बनाउन चाहन्छ
नर्मन गेइस्लर, ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री

सापेक्षवाद कुनैवादहोइन यो कुनै दर्शनशास्त्र नै हो हाम्रो ध्यान वा खण्डनको लागि योग्य हुने तहमा यो खडा छैन तीव्र इच्छा राख्छुभन्ने यसको दाबी ; “मलाई थाहा भन्ने होइन
पिटर क्रिफ्ट, रक्षाशास्त्री, दार्शनिकसाथै लेखक

सत्यता छैन भन्नु नै सत्यता होभनी जिकिर गर्नु स्वपराजित स्वेच्छाचारी किनभने यदि यो कथन साँचो भने यो साँचो छैन किनभने सत्यता छँदै छैन
विलियम लेन क्रेग, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै लेखक

कुनै कुरो साँचो छैन भन्ने कुरो साँचो भनी बताउनु अन्तर्निहित दृष्टिकोणबाट अर्थहीन वाहियात कुरो हो निरपेक्ष सत्यता छँदै छैनभन्ने कथन आफै नै निरपेक्ष सत्यता हो
गेने भेइथ, लेखक

त्यसकारण, सापेक्षवादको कुनै प्रस्ट सुझाव कि स्वपराजित कि भने रित्तो नाराझैँ एउटा अवास्तविक कथनजस्तो देखिन्छ
मिखाएल जुबिन

हामीसँग यस सिद्धान्त [सापेक्षवाद] लाई स्वीकार गर्नुपर्ने कुनै बाध्यकारी कारण छैन यो अति नै दोषान्वेषी मानिसहरूको सृजनशील काम हो भनी हामी यसलाई खारेज गर्न सक्छौँ
देनिस म्याककुलम, पास्टर

 तर्कशास्त्रका नियमहरू वास्तविकताको निम्ति लागु गरिनुपर्छ अन्यथा, हामी पनि पागलखानामा बाँचिरहेका हुन सक्छौँ
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक

भाव दिमागको खतरनाक अवस्था हुन सक्छ किनभने यसले कारणलाई कुल्चीमिल्ची पार्न सक्छ ... सही प्रकारले भन्नुपर्दा उत्तरआधुनिकवादले  त्यसैको (अर्थात् भावको) प्रतिनिधित्व गर्छ
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक





Leave Your Comments Here.