menu bar

Friday, December 25, 2015

येशूको सुसमाचार सुन्दा हेलेन केलरको मुहार चम्केको थियो



हेलेन केलर एउटा यस्तो नाउँ हो जुन नाउँमा असाधारण प्रेरणा मिल्छ उनी जन्मँदा नै दृष्टिविहीन बैरी थिइन् तर आफ्नो शारीरिक दुर्बलताको बाबजुत पनि उनले इतिहासमा आफ्नो नाउँ लेखाएर गएकी छन् उनी दुर्बलहरूका लागि मात्र नभएर सबलहरूका लागि पनि प्रेरक व्यक्तित्व हुन् कोसिस गरे सम्भव भन्ने सत्यताको लागि उनी गहकिलो नमुना हुन्

२७ जुन १८८० मा अमेरिकामा जन्मेका हेलेन केलर लेखक, राजनीतिक अभियन्तासाथै वक्ता थिइन् दृष्टिविहीन बैरी भएर स्नातक गर्ने उनी पहिलो व्यक्ति हुन् उनको जन्म दिनको सम्मान स्वरूप अमेरिकाको पेन्सलभेनिया प्रान्तमा २७ जुनको दिनलाई हेलेन केलर दिवसको रूपमा मनाइन्छ मनग्गे लेख रचनाहरूका अतिरिक्त उनका दर्जन जति कृतिहरू छापिएका छन्

येशू ख्रीष्टमा मुक्ति पाइन्छ भन्ने बाइबलीय सत्यताको व्याख्या गर्न केलरलाई एक जना ख्रीष्टियान अगुवाकहाँ ल्याइयो ती सेवकले सामान्य भाषाको प्रयोग गरी उनलाई येशूको सुसमाचारको बारेमा बताए उनले सुसमाचार सुनिरहँदा उनको मुहार चम्केको थियो त्यसपछि उनले यी शब्दहरू लेखेर प्रचारकको हातमा थमाइदिइन्, “त्यस्तो कोही हुनुपथ्र्यो भनी मलाई सधैँ नै थाहा थियो तर मलाई उहाँको नाउँ भने थाहा थिएन

Leave Your Comments Here.


Thursday, December 24, 2015

परमेश्वरको प्रेमलाई व्याख्या गर्ने चित्र



लूका १५ अध्यायमा अभिलिखित येशूका तिन ओटा दृष्टान्तहरूमध्ये एउटा हो, हराएको छोरोको दृष्टान्त

एक जना मानिसलाई हराएको छोरोको चित्र बनाउने जिम्मा दिइयो तिनी आफ्नो काममा लागि परे तिनी एउटा यस्तो चित्र तयार पार्न चाहन्थे जसले येशूले भन्नुभएको दृष्टान्तलाई उचित तवरले व्याख्या गरेको होस्

अन्तत: आफ्नो सतत प्रयासपश्चात् तिनले चित्रलाई पुरा गरे त्यसलाई प्रदर्शन गरे पिताको घरबाहिरको दृश्य देखाइएको थियो जहाँ पिताले आफ्ना हातहरू फैलाउँदै छोरोलाई अङ्गालोमा लिन प्रतिक्षा गर्दै थिए

जसले तिनलाई चित्र बनाउने जिम्मा दिएका थिए ती मानिस चित्रदेखि निकै खुसी भए तिनले चित्रकारलाई तिनको पारिश्रमिक दिनै लाग्दा तिनले चित्रमा अकस्मात् केही कुरो देखे जसले तिनको ध्यान खिँच्यो चित्रमा पिताले एउटा रातो रङको जुत्ता अर्को निलो रङको जुत्ता लगाएको प्रस्ट देखिन्थ्यो चित्रकारले कसरी यस्तो ठुलो गल्ती गर्न सक्छ ? तिनको जिज्ञासा थियो

चित्रकारले मुस्कुराउँदै जवाफ दिए, “यस चित्रले आफ्ना सन्तानको लागि परमेश्वरको प्रेमलाई सुन्दर ढङ्गमा व्याख्या गर्दछ

छक्क पर्दै ती मान्छेले सोधे, “तपाईंको भनाइको मतलब के हो ?”

त्यसपछि चित्रकारले बयान गरे, “चित्रमा आफ्नो छोरोलाई भेट गर्न निस्कँदा पिताले आफ्नो पोशाक वा लवाइमा रुचि देखाएका छैनन् वास्तवमा तिनी आफ्नो छोरोलाई भेट्न यति हतारमा थिए कि तिनले नजिकै फेला पारेको दुई ओटा जुत्ता टिपे अनि त्यही लगाए

Leave Your Comments Here.


Wednesday, December 23, 2015

चाल्र्स डिकेन्सको पुस्तकले ब्रिटेनमा ख्रीष्टमसलाई ब्युँताएको थियो



हामीलाई आश्चर्य लाग्ला तर यो साँचो हो कि उन्नाइसौँ शताब्दीमा ब्रिटेनमा ख्रीष्टमसको अभ्यास झण्डै हराएर गएको थियो टाइम्स नामक ब्रिटिस दैनिक अखबारले ख्रीष्टाब्द १७९० देखि १८३५ सम्म एक पटक पनि ख्रीष्टमसको उल्लेख गरेन  

तथापि ख्रीष्टमसलाई पुन: प्रचलनमा ल्याउन ब्रिटिस लेखक चाल्र्स डिकेन्सले उल्लेखनीय भूमिका निर्वाह गरे तिनलाई भिक्टोरिया काल (१८३७१९०१) को महानतम उपन्यासकारको रूपमा आदर गरिन्छ तिनी साहित्यिक क्षेत्रका अनुपम स्रस्टा थिए तिनका उपन्यासहरू लघु कथाहरूले लामो समयसम्म लोकप्रियता कमाइरहे

१८४३ मा डिकेन्सले क्रिसमस क्यारोल नामक पुस्तक लेखे यस पुस्तक लेख्नुका विभिन्न कारणहरू थिए त्यस बेला ब्रिटेनमा बेरोजगारी अनिकाल व्याप्त थिए दसमध्ये एक जना मानिस गरिब थियो उदारचित्तले काम गर्न दया देखाउन तिनले सरकार धनी मानिसहरूलाई चुनौती दिन चाहेका थिए त्यसैले, पुस्तकका एक जना पात्र (एबेनेजर स्क्रुजी) ले त्यस चुनौतीलाई दृश्यमा ल्याएका छन्

वास्तवमा यो पुस्तक यति प्रभावशाली साबित भयो कि यसले ब्रिटेनमा मर्न लागेको ख्रीष्टमसमा सास हाल्ने काम गरिदियो यति मात्र होइन उदारताको परम्परालाई पनि यसले ब्युँतायो  

  

Leave Your Comments Here.