menu bar

Tuesday, January 26, 2016

“परमेश्वर येशू ख्रीष्ट” लेखिएको शिलालेख फेला पर्‍यो



ख्रीष्टाब्द २००५ मा इस्राएलको मगिद्दोमा एउटा प्राचीन मण्डलीको भुइँ पत्ता लाग्यो जुन एक्काइसौँ शताब्दीकै एउटा विस्मयकारी पुरातात्त्विक खोज साबित भयो मगिद्दोस्थित झ्यालखानाको आकार बढाउनको लागि पुरातत्त्वविद्हरू कैदीहरूसँगै  मिलेर खन्ने क्रममा अकस्मात् फेला पारिएको यस भुइँको क्षेत्रफल ५१२ वर्ग फिट रहेको थप उत्खनन गर्दा अन्य थुप्रै शिलालेखहरू फेला पारिए जसमध्ये एउटा शिलालेख अत्यधिक महत्त्वपूर्ण जसमा येशूलाईपरमेश्वर येशू ख्रीष्टभनिएको यो शिलालेखलाई ख्रीष्टाब्द तेस्रो शताब्दीको मिति दिइएको जसको अर्थ हुन्छ कि यो लगभग ,७०० वर्ष पुरानो लेखोट हो

ख्रीष्टाब्द ३१३ भन्दा पहिले ख्रीष्टियान बन्नु गैरकानुनी थियो रोमी साम्राज्यले ख्रीष्टियानहरूलाई खुल्लमखुल्ला आराधना गर्न आफ्नो विश्वासको अभ्यास गर्न निषेध गरेको थियो ख्रीष्टियानहरूले लुकीछिपी येशूलाई परमेश्वरको रूपमा आराधना चढाउने गर्थे  

आदि मण्डलीले येशूलाई परमेश्वरको रूपमा पुजेका थिए यो पछिल्लो आविष्कार होइन भनी यस खोजले पुष्टि गरेको इस्राएलका सिमानाहरू भूमध्यसागर वरिपरिका क्षेत्रहरूमा ख्रीष्टियान विश्वास फैलिसकेको थियो यसलाई स्वीकार गरिएको थियो भनेर पनि यस आविष्कारले प्रमाणित गर्दछ  





Leave Your Comments Here.


Monday, January 25, 2016

क्षमाबारे २१ ओटा भनाइहरू



जसरी क्षमाविना प्रेम हुँदैन त्यसै गरी प्रेमविना क्षमा हुँदैन
ब्रायन्ट एच. म्याकगिल, लेखकसाथै वक्ता

मेरो लागि क्षमा भनेको तपाईंले मलाई चोट पुर्याउनुभएकोले तपाईंलाई चोट पुर्याउने मेरो अधिकारलाई त्याग गर्नु हो
अज्ञात

क्षमा दिनु भनेको कैदीलाई स्वतन्त्र पारी त्यो कैदी आफै हो भनी आविष्कार गर्नु हो
लुइस बी. स्मिडेस, लेखक, नीतिज्ञसाथै ईश्वरशास्त्री

क्षमा प्रेमको उच्चतम सबैभन्दा सुन्दर रूप हो बदलामा, तपाईंले नाप्न नसकिने शान्ति खुसी पाउनुहुन्छ
रोबर्ट मुलर

कमजोरहरूले कहिल्यै क्षमा दिन सक्दैनन् क्षमा बलवान्हरूको गुण हो
महात्मा गान्धी, अगुवा 

क्षमाले विगतलाई बदल्दैन तर निस्सन्देह यसले भविष्यलाई फराकिलो बनाउँछ
पावल बोसे

क्षमा दिन नसक्नेले त्यस्तो साँघुलाई भाँच्छ जुन साँघुलाई आफैले पार गर्नुपर्ने हुन्छ
जर्ज हर्बट, ईश्वरशास्त्री, कविसाथै वक्ता

तपाईंलाई चोट पुर्याउने सबैलाई क्षमा दिनुस्, तिनीहरूका निम्ति होइन तर आफ्नै लागि
हरिट नेल्सन

क्षमा सबैभन्दा मिठो बदला हो
आइज्याक फ्राएडम्यान

जीवन क्षमामा विद्यमान जोखिमपूर्ण यात्रा हो
नर्मन कजिन्स, लेखक, प्राध्यापकसाथै पत्रकार

क्षमा क्रियाकलाप स्वतन्त्रताको लागि साँचो हो
हन्नाह अरेन्ड

क्षमा वीरहरूको सद्गुण हो
इन्दिरा गान्धी, राजनीतिज्ञ

रिसले तपाईंलाई झन् सानो बनाउँछ जब कि क्षमाले तपाईंलाई बढ्न बाध्य गराउँछ
चेरी कार्टर स्कट, लेखिका

क्षमा विश्वासजस्तै हो तपाईंले यसलाई जागृत तुल्याइरहनुपर्छ
मासोन कुली

कसरी क्षमा दिने भनी निर्भीकहरूले मात्र जान्दछन् ... डरछेरुवाले कहिल्यै क्षमा दिँदैन यो उसको स्वभावमा छैन
लाउरेन स्टर्न, उपन्यासकारसाथै सेवक

क्षमा दिनुस्, तिनीहरू क्षमाको लागि योग्य भएको कारणले गर्दा होइन तर तपाईं शान्तिको लागि योग्य भएको कारणले गर्दा
अज्ञात

हामीले क्षमा दिने क्षमतालाई विकास गरी यसलाई कायम राख्नुपर्छ जससँग क्षमा दिने शक्ति छैन उसँग प्रेम गर्ने शक्ति पनि हुँदैन
मार्टिन लुथर किङ्ग जुनियर, पास्टर, अभियन्तासाथै मानवतावादी 

तपाईंका शत्रुहरूलाई क्षमा दिनुस् तर तिनीहरूका नाउँ भने कहिल्यै नबिर्सनुस्
जोन एफ. केनेडी, पैँतिसौँ अमेरिकी राष्ट्रपति 

गल्ती गर्नु मानवीय हो भने क्षमा दिनु ईश्वरीय हो
अलेक्ज्यान्डर पोप, कवि

परमेश्वरले हामीलाई क्षमा दिनुहुन्छ ... क्षमा नदिने को हुँ ?
अलान पाटोन, लेखकसाथै अभियन्ता

क्षमा रोजाइ हो तर यो विकल्प भने होइन
जोएल अस्टिन, प्रचारक, लेखकसाथै पास्टर




Sunday, January 24, 2016

९३ वर्षका वृद्धले येशूमाथि विश्वास गरे



येशू ख्रीष्टमाथि विश्वास गर्न कुनै पनि उमेर उपयुक्त जुनसुकै उमेरको वृद्ध वा वृद्धाले पनि उहाँमाथि भरोसा गर्न सक्छ येशूको दायाँ बायाँ टाँगिएका दुई जना अपराधीहरूमध्ये एक जनाले भनेका थिए, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस् यो तिनको जीवनको आखिरी घडी थियो तरै पनि येशूमाथि भरोसा गर्न ढिलो भएको थिएन त्यसैले, येशूले तिनलाई भन्नुभयो, “साँच्चै तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३) यहाँ एक जना यस्तै मानिसको कथा  

जेफ स्ट्राटोनले अमेरिकाको इन्डियाना प्रान्तमा पर्ने इभान्सभाइल नाम गरेको सहरमा पास्टरको सेवा गर्दै थिए

९३ वर्ष पुगेका वृद्ध मानिसलाई भेट गर्न पास्टर जेफलाई बोलाइयो ती पाका मानिसको नाउँ अडोल्फ अल्लेन थियो जसलाई क्यान्सर लागेको थियो तिनी जँडयाहा थिए पहिलो भेटघाटमा ती वृद्धले पास्टर जेफलाई हेरेर सोधे, “आफ्नो जीवन एक किसिमले गुजारेर मर्ने बेलामा स्वर्ग लैजानुहोस् भनी परमेश्वरलाई बिन्ती गर्नु न्यायोचित हुन्छ ?”

झण्डै एक मिनेट सोच विचार गरेपछि पास्टरले भने, “अडोल्फ, यो न्यायोचित हुँदैन तर हाम्रो सौभाग्य नै हो कि तपाईं मेरो लागि परमेश्वर न्यायोचित हुनुहुन्न

पास्टर जेफले ती पाका मानिसलाई उद्धारको योजनाबारे बताए अनि ९३ वर्षका ती वृद्ध मानिसले आफ्नो शिर झुकाई आफ्नो ह्दयमा येशू ख्रीष्टलाई निमन्त्रणा दिए



Leave Your Comments Here.