menu bar

Wednesday, February 24, 2016

थोमास अक्विनास: मध्यकालका महानतम दार्शनिक



थोमास अक्विनास मध्यकालका महानतम दार्शनिकसाथै ईश्वरशास्त्री थिए तिनी मण्डलीका डाक्टर थिए प्राकृतिक ईश्वरशास्त्रका अग्रणी अक्विनासले पाश्चात्य विचारमा व्यापक प्रभाव पारे खास गरी नीतिशास्त्र, प्राकृतिक नियम, पराभौतिक दर्शन राजनीतिक सिद्धान्तमा प्रस्तुत तिनका विचारको पक्षमा वा विपक्षमा अधिकांश आधुनिक दर्शनशास्त्र खडा सुम्मा थियोलोजिका सुम्मा कन्ट्रा जेन्टाएल्स नामक आफ्ना दुई ओटा कृतिका लागि अक्विनास निकै परिचित छन् तिनका कृतिहरूले इतिहासभरि मनग्गे विचारकहरूलाई प्रभाव पारेका छन्

थोमास अक्विनासको जन्म ख्रीष्टाब्द १२२५ मा भएको मानिन्छ पिता ल्यान्डफ माता थियोडोराबाट वर्तमान इटालीमा जन्मेका अक्विनास परिवारमा जन्मेका नौ सन्तानमध्ये एक थिए तिनी धनी परिवारमा जन्मेका थिए

पाँच वर्षको उमेरमा अक्विनासले आफ्नो प्राथमिक शिक्षाको थालनी गरे, मोन्टे क्यासिनोमा १८ वर्षको उमेरमा तिनी नेपल्सको विश्वविद्यालयमा गए यही विश्वविद्यालयमा अध्ययन गर्दा तिनी डोमिनिकान नाम गरेको धार्मिक समूहसित परिचित हुन पुगे यस समूहप्रति तिनको रुचि बढेपछि तिनी यही समूहमा आउन चाहे जुन तिनको बुबा आमाको इच्छा थिएन

डोमिनिकान समूहमा जाने अक्विनासको इच्छाले बुबा आमालाई क्रूद्ध तुल्यायो अक्विनासले आफ्नो मन नबदल्ने थाहा पाएपछि तिनको परिवारले तिनलाई घरमै थुनेर राख्ने सोच बनायो डोमिनिकान समूहसित मिल्न रोमतर्फ जाँदै गर्दा अक्विनासका दाजुभाइहरूले तिनलाई बाटोमा समाती घरमा ल्याए अनि पारिवारिक महलभित्र थुने जहाँ तिनले लगभग एक वर्ष बिताउनुपर्यो तरै पनि अक्विनासले आफ्नो मन बद्लेनन् पछि पारिवारिक बन्धनबाट मुक्त हुनेबित्तिकै तिनी डोमिनिकान समूहमा गईकन छाडे  

ख्रीष्टाब्द १२४५ मा अक्विनास अध्ययनको लागि पेरिसको विश्वविद्यालयमा गए विश्वविद्यालयमा तिनी शान्त धेरै नबोल्ने भएकाले तिनका केही सङ्गी विद्यार्थीहरूले तिनलाई शारीरिकसाथै मानसिक रूपमा सुस्त ठानीलाटो गोरुभन्थे तथापि डोमिनिकान विद्वान् अल्बर्टस मग्नुसले भविष्यवाणी गर्दै भनेका थिए, “तिमीहरू तिनलाई लाटो गोरु भन्छौ तर तिनको शिक्षामा तिनले एक दिन यस्तो सोर निकाल्नेछन् जुन सारा संसारभरि नै सुनिनेछ आफ्ना ती मित्रहरूलाई गलत साबित गर्दै अक्विनासले आफ्नो अध्ययन मात्र पुरा गरेनन् तर तिनी शिक्षकसमेत बने

१२५६ सम्म आइपुग्दा अक्विनासले ईश्वरशास्त्रमा स्नतकोत्तर पुरा गरिसकेका थिए ४५ वर्षको उमेरमा तिनी पोपकै लागि अनमोल सेवक भइसकेका थिए

अक्विनासले ९० ओटाभन्दा बेसी कृतिहरू लेखेका छन् जुन विभिन्न विषयहरूसित सम्बन्धित छन् अगस्टिनले जस्तै अक्विनासले पनि विश्वास धर्मशास्त्रमा अभिलिखित प्रकाशमा आधारित थियो भनी मान्थे तर तिनले कारणलाई पनि भरमग्दुर प्रयोग गरे

परमेश्वरको अस्तित्वको पक्षमा अक्विनासले प्रस्तुत गरेका पाँच ओटा तर्कहरूका लागि तिनी निकै प्रसिद्ध छन् केवल परमेश्वर अनन्त हुनुहुन्छ उहाँमात्रै असृजित हुनुहुन्छ परमेश्वरले समयको सृजना गर्नुअगि यो अस्तित्वमा थिएन चाखलाग्दो कुरो यो हो कि आधुनिक वैज्ञानिक खोजहरू अनन्तता सृष्टिबारे तिनका विचारहरूसित मेल खान्छन्

मार्च १२७४ मा तिनको निधन भयो



Leave Your Comments Here.


Tuesday, February 23, 2016

बाइबलीय विवरणसित मेल खाने २,७०० वर्ष पुरानो प्रिज्म पत्ता लाग्यो



सनहेरीब अश्शूरका राजा थिए जसले ७०५६८१ ख्रीष्टपूर्वसम्म शासन चलाए तिनी सर्गान द्वितीयका छोरा थिए तिनले बेबिलोन यहूदाको विरुद्धमा गरेको सैनिक हमला राजधानी सहर निनवेको निर्माणको लागि तिनी परिचित छन्

बाइबलको तिन ओटा पुस्तकमा राजा सनहेरीबको उल्लेख गरिएको : राजा, इतिहास यशैया राजा १८:१३१६ मा यहूदामाथि राजा सनहेरीबको आक्रमणलाई बयान गरिएको , “हिजकियाका राजकालको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्ला भएका सबै सहरहरूलाई आक्रमण गरेर ती कब्जा गरे यसैले यहूदाका राजा हिजकियाले लाकीशमा अश्शूरका राजाकहाँ यसो भनेर समाचार पठाए: ‘भूल मेरो भयो मेरो देशबाट फर्किजानुहोस्, मबाट जो तपाईं दाबी गरेर माग्नुहुन्छ, सो तिर्नेछु अश्शूरका राजाले यहूदाका राजा हिजकियामाथि दश टन चाँदी एक टन सुन दण्ड तोकिदिए यसैले हिजकियाले परमप्रभुको मन्दिरमा राजमहलका भण्डारहरूमा भेट्टाएका सबै चाँदी उनलाई दिए त्यस बेला यहूदाका राजा हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू ढोकाका खामाहरू, जो तिनी आफैले सुनले मोहोरेका थिए, तीबाट सुन निकालेर अश्शूरका राजालाई दिए

ख्रीष्टाब्द १८३० मा फेला पारिएको प्रिज्मले बाइबलीय विवरणको पुष्टि गरेको सनहेरीब प्रिज्म नाउँ दिइएको ओटा किनारा भएको यस प्रिज्ममा ५०० ओटा हरफ छन् जसलाई अक्कादी भाषामा लेखिएको प्राचीन निनवे सहर (वर्तमान इराकको नेबी युनुस भनेर चिनिने क्षेत्र) मा टेलरद्वारा पत्ता लगाइएको यस प्रिज्मलाई टेलर प्रिज्म पनि भनिन्छ

यस प्रिज्मलाई ६८९ ख्रीष्टपूर्वको मिति दिइएको जसको अर्थ हुन्छ कि यो करिब ,७०० वर्ष पुरानो प्रिज्म हो पोलेको माटोबाट तयार पारिएको यस प्रिज्मको उचाइ ३८. सेन्टिमिटर रहेको हाल यसलाई इङ्गल्यान्डको राजधानी लन्डनस्थित ब्रिटिस सङ्ग्रहालयमा सुरक्षितसाथ राखिएको   

यस प्रिज्ममा राजा सनहेरीबको विजयलाई बयान गरिएको तिनले यहूदाका राजा हिजकियाको शासनकालमा ७०१ ख्रीष्टपूर्वमा यरूशलेमलाई घेरेका थिए अश्शूरी राजा सनहेरीबले बयान गरेका छन्, “मैले यरूशलेममा यहूदाका राजा हिजकियालाई पिँजडामा थुनिएको चरालाई झैँ थुनेँ

बाइबलीय पुरातात्त्विक क्षेत्रमा महत्त्वपूर्ण यस खोजले बाइबलको ऐतिहासिक विवरणलाई पुष्टि गर्ने काम गरेको

Leave Your Comments Here.


Monday, February 22, 2016

प्रेमबारे ११ ओटा भनाइहरू (भाग २)



प्रेम तपाईंभित्र बढ्ने भएकोले सौन्दर्य पनि बढ्छ किनकि प्रेम आत्माको सौन्दर्य हो
अगस्टिन, ईश्वरशास्त्री, दार्शनिकसाथै लेखक 

तपाईंले आफ्नो छिमेकीलाई प्रेम गर्नुहुन्छ या गर्नुहुन्न भनी सोचेर समय खेर नफाल्नुस् तपाईंले प्रेम गर्नुभएझैँ गरी व्यवहार गर्नुस्
सी. एस. लेविस, रक्षाशास्त्री, उपन्यासकारसाथै समालोचक

प्रेम परमेश्वरको वरदान हो
ज्याक हेल्स, पास्टर 

यदि हामीले हाम्रा ह्दयको वरिपरि परमेश्वरको साँचो प्रेम पाएका छौँ भने हामीले यसलाई हाम्रा जीवनमा देखाउँछौँ हामीले पृथ्वीको चारैतिर गएर यसको घोषणा गर्नुपर्दैन हामीले भन्ने या गर्ने हरेक कुरोमा हामीले यसलाई देखाउँछौँ
डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक

संसारले ईश्वरशास्त्र वा सिद्धान्तलाई बुझ्दैन तर यसले प्रेम सहानुभूतिलाई बुझ्दछ
डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक

विश्वासले हरेक कुरो सम्भव तुल्याइदिन्छ ... प्रेमले हरेक कुरो सजिलो बनाइदिन्छ
डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक

हामीले उही किसिमले नसोचे तापनि के हामीले उही किसिमले प्रेम गर्न सक्दैनौँ ?
जोन वेस्ली, ईश्वरशास्त्रीसाथै लेखक

एउटा व्यक्ति जस्तोसुकै देखिए तापनि हामीले अझै पनि उसलाई प्रेम गर्नुपर्छ किनकि हामी परमेश्वरलाई प्रेम गर्दछौँ
जोन काल्भिन, ईश्वरशास्त्री, लेखकसाथै पास्टर 

प्रेम सबै सद्गुणको समष्टि हो प्रेमले हामीलाई असल गर्न तयार पार्दछ
जोनाथन एडवार्डस, पास्टर, ईश्वरशास्त्रीसाथै वक्ता

ख्रीष्टियमत पुत्र येशू ख्रीष्टद्वारा पवित्र आत्माको शक्तिमा परमेश्वरको सन्तान उसको सृष्टिकर्ताबिच हुने प्रेमको सम्बन्ध हो  
अड्रिएन रोजर्स, पास्टरसाथै लेखक  

यदि तपाईंको मन परमेश्वरलाई प्रेम गर्न उहाँको आज्ञा मान्न तयार भने तपाईंले उहाँलाई जहाँबाट पनि देख्न सक्नुहुन्छ
. डब्लु. टोजर, पास्टर, लेखकसाथै सम्पादक 


   

Leave Your Comments Here.