menu bar

Friday, March 25, 2016

इस्टरबारे तपाईंले जान्नुपर्ने ८ ओटा कुराहरू



. प्रभु येशू ख्रीष्ट मृतकहरूबाट बौरी उठ्नुभएको सम्झनामा मनाइने उत्सव नै इस्टर हो इस्टरलाई पास्क वा पुनरुत्थानको आइतबार पनि भनिन्छ यो एउटा वार्षिक पर्व हो  

. नयाँ करारअनुसार येशू ख्रीष्टको पुनरुत्थान ख्रीष्टियान विश्वासको जग हो प्रेरित पावल लेख्छन्, “यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ” ( कोरिन्थी १५:१४) येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने शिखर प्रमाण हो, उहाँको पुनरुत्थान   

. गुड फ्राइडे अर्थात् पवित्र शुक्रबारपछि आउने आइतबारमा इस्टरको उत्सव मनाइन्छ इस्टरको मिति सालिन्दा उही मितिमा नपर्ने भएकोले यसलाईअस्थिर पर्वपनि भनिन्छ ख्रीष्टाब्द २०१५ मा हामीले अप्रिल मा इस्टरको उत्सव मनाएका थियौँ भने यो साल हामी मार्च २७ मा मनाउँदै छौँ आगामी वर्ष इस्टर अप्रिल १६ मा परेको

. ख्रीष्टियानहरूको पवित्रशास्त्र बाइबलका दुई ओटा भागमध्ये पछिल्लो भागलाई नयाँ करार भनिन्छ नयाँ करारका अगिल्ला चार ओटा पुस्तकहरू (क्रमश: मत्ती, मर्कूस, लूका यूहन्ना) येशू ख्रीष्टको बारेमा लेखिएका उहाँका जीवनी हुन् मत्ती २८; मर्कूस १६; लूका २४; यूहन्ना २०२१ कोरिन्थी १५ अध्यायमा येशूको पुनरुत्थानसाथै पुनरुत्थानपश्चात् उहाँका प्रकटीकरणहरूबारे पढ्न पाइन्छ

. येशू हप्ताको पहिलो दिन अर्थात् आइतबार बौरी उठ्नुभएको थियो भनी चार ओटै सुसमाचारले प्रस्ट पारेका छन् (मत्ती २८:; मर्कूस १६:,; लूका २४: यूहन्ना २०:,१९)

. येशूको पुनरुत्थान सारा मानव इतिहासमा अत्यधिक महत्त्वपूर्ण घटना हो जसमा उहाँले मृत्युमाथि विजय हासिल गर्नुभएको थियो ख्रीष्टियानहरूको बाहुल्यता रहेका मुलुकहरूमा इस्टरको दिनमा सार्वजनिक बिदा दिइन्छ

. येशू बौरी उठ्नुहुँदा एक हजार वर्ष पहिले दाऊदले भनेको भविष्यवाणी (भजनसंग्रह १६:१०) मात्र पुरा भएन तर उहाँ आफैले पटकपटक भन्नुभएका भविष्यवाणीहरू (जस्तै: मत्ती १२:३८४०; १६:२१) पनि पुरा भए

. कवि गिल्बर्ट वेस्ट, पत्रकार फ्रयाङ्क मोरिसन, वकिल सिमोन ग्रिनलिफजस्ता परिचित मानिसहरूले बाइबलमा अभिलिखित येशूको पुनरुत्थानको घटनालाई काल्पनिक कथाको रूपमा प्रमाणित गर्न तम्सेका थिए तिनीहरू असफल मात्र भएनन् तर तिनीहरूले येशूलाई प्रभुको रूपमा स्वीकार गरी उहाँको पुनरुत्थान एउटा ऐतिहासिक घटना हो भन्ने पक्षमा पनि लेखे        

Leave Your Comments Here.


Saturday, March 19, 2016

हामीले येशूको देह खानुपर्छ र रगत पिउनुपर्छ भन्ने भनाइको अर्थ के हो (यूहन्ना ६:५३–५४) ?



येशूले भिडलाई भन्नुभयो, “साँच्चै, तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन मेरो देह खाने मेरो रगत पिउनेसित अनन्त जीवन ” (यूहन्ना :५३५४) ? के अनन्त जीवनको लागि हामीले येशूको देह खानुपर्छ रगत पिउनुपर्छ ? येशूको भनाइको अर्थ के हो ?

सर्वप्रथम हामीले बुझेको हुनुपर्छ कि यहाँ येशू आलङ्कारिक भाषामा बोल्दै हुनुहुन्छ जसमा शब्दलाई हुबहु जस्ताको तस्तै बुझ्नु हुँदैन यो साहित्यको एउटा शैली हो यस्तो भाषामा अर्थ अर्कै हुन्छ येशूले यहाँ मात्र होइन अन्य ठाउँहरूमा पनि यस्तो शैलीलाई प्रयोग गर्नुभएको उदाहरणको लागि, येशूले भन्नुभयो, “साँचो दाखको बोट हुँ” (यूहन्ना १५:) यसको अर्थ येशूका पाखुरा तिघ्राबाट हाँगासाथै पात पलाएको थियो भन्ने हुँदैन उहाँको भनाइको अर्थ यही हो कि उहाँ हाम्रो आत्मिक जीवनको वास्तविक स्रोत हुनुहुन्छ बाइबलले येशूलाई मण्डलीको कुनेढुङ्गेको रूपमा चित्रण गर्छ (एफिसी :२०) यसको अर्थ उहाँ वास्तवमै भौतिक पत्थर हुनुहुन्छ भन्ने होइन यसको अर्थ हुन्छ कि उहाँ मण्डलीको मुख्य जग हुनुहुन्छ ।

हामीले यो पनि बुझेको हुनुपर्छ कि येशूले यहाँ प्रभुभोजको उल्लेख गरिरहनुभएको छैन यसको लागि विभिन्न कारणहरू पेस गर्न सकिन्छ:  () यूहन्ना अध्यायमा प्रभुभोजको स्थापना भइसकेको छैन उहाँलाई धोका दिइएको रातमा येशूले यसको स्थापना गर्नुभयो () येशूका स्रोताहरू अविश्वासीहरू छन्, विश्वासीहरू होइनन् () यहाँ देह खाने रगत पिउने कुरो अनन्त जीवनको लागि हो जब कि प्रभुभोज अनन्त जीवन पाएकाहरूले खान्छन्

येशूले आलङ्कारिक भाषामा बोल्दै हुनुहुन्छ यहाँ उहाँले प्रभुभोजको विषयमा बताइरहनुभएको छैन भने येशूको भनाइको अर्थ के हो ? अनन्त जीवनको लागि हामीले येशूको देह खानुपर्छ उहाँको रगत पिउनुपर्छ भन्ने येशूको भनाइको अर्थ हामीले उहाँमाथि विश्वास गर्नुपर्छ भन्ने हो उहाँको प्रायश्चित्तमा मात्र अनन्त जीवन सम्भव अनन्त जीवनको लागि उहाँमाथि विश्वास गरिएको हुनुपर्छ    

Leave Your Comments Here.


Friday, March 18, 2016

हालसम्म मैले ४० ओटाभन्दा बेसी पुस्तक–पुस्तिका अनुवाद गरिसकेछु



तपाईंको नाउँ ?
कमल अधिकारी

स्कुले जीवन कहाँ बिताउनुभयो ?
गोरखा जिल्लाको आरूघाट बजारस्थित श्री भीमोदय माध्यमिक विद्यालयमा

आजको अन्तर्वार्ता तपाईंको अनुवादको इतिहाससित सम्बन्धित नि ?
हजूर यसबारे सचेत छु

स्कुलमा तपाईंको अङ्ग्रेजीको अवस्था कस्तो थियो ?
अङ्ग्रेजीमा लद्दू विद्यार्थी थिएँ यद्यपि गणितमा ठाटै थिएँ माध्यमिक तहमा कुल प्रसाद खनाल हाम्रा अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो मलाई अझै पनि याद कि उहाँले हामीलाई भर्ब (अर्थात् क्रियापद) का रूपहरू कण्ठस्थ पार्न लगाउनुहुन्थ्यो जुन मलाई ठाडो पहाड उक्लेझैँ हुन्थ्यो

तपाईं अङ्ग्रेजीमा कत्तिको कमजोर हुनुहुन्थ्यो
कक्षा मा गरी दुई पटक फेल भएँ यसरी मैले जम्माजम्मी १२ वर्ष स्कुले जीवन बिताएको छु तर यी १२ वर्षको अध्ययनमा आई वान्ट टु इट राइस भन्नेजस्ता सामान्य वाक्यलाई पनि मैले मौलिक रूपमा व्यक्त गर्न सक्दिनथेँ भन्दा अत्युक्ति नहोला अब तपाईं आफै कल्पना गर्नुस् कि मेरो अङ्ग्रेजी कति कमजोर थियो भनेर कहिल्यै निजी स्कुलमा भर्ना भइनँ मलाई याद छैन कि ती दिनमा हाम्रो बजारमा निजी स्कुल थियो या थिएन भन्ने सम्बन्धमा

उसो भए एसएलसीमा अङ्ग्रेजी कसरी उत्तीर्ण गर्नुभयो ?
यसको पनि रमाइलै कथा गोरखाको घ्याम्पेसालमा हाम्रो एसएलसीको सेन्टर परेको थियो आरूघाटबाट लगभग तिन घण्टाको बाटो हिँडेपछि यहाँ पुग्न सकिन्छ अङ्ग्रेजी विषयको दिनमा एक जना शिक्षक (मैले सुनेअनुसार उहाँ गोरखास्थित मसेलको हुनुहुन्थ्यो) ले कालो पाटीमा ब्याकरणका उत्तरहरू लेखिदिनुभयो मलाई लाग्छ, हाम्रो समयमा (यो ५४/५५ सालतिरको कुरो हो) ३५ अङ्कको ब्याकरण सोधिन्थ्यो एकातिर, ती उत्तरहरू धमाधम सारेँ भने अर्कोतिर ठिक मेरो पछाडि रमेश श्रेष्ठ नाउँ गरेका मेरा एक जना सङ्गी विद्यार्थी थिए तिनको उत्तरपुस्तिकाबाट पनि मैले सार्न भ्याएँ ती दिनमा डिस्टिङ्सनको चलन थिएन ४२० वा सोभन्दा बढी अङ्क ल्याउने विद्यार्थी प्रथम श्रेणीमा गनिन्थ्यो मैले जम्माजम्मी ४१९ ल्याएँ तर अङ्ग्रेजी विषयमा मेरो जम्मा ३४ आएको थियो जुन बेला ३२ आए पास हुन्थ्यो यसरी मुश्किलैले चिट चोरेर मैले अङ्ग्रेजी विषय कटाएको थिएँ

कसरी अङ्ग्रेजी सिक्ने प्रेरणा पाउनुभयो ?
काठमाडौँस्थित एउटा बाइबल स्कुलमा भर्ना भएपछि वास्तवमै अङ्ग्रेजी सिक्ने प्रेरणा पाएँ दुई वर्षे कोर्स सकेपछि भारत गएँ, थप बाइबल अध्ययन गर्नको लागि वास्तवमा भारतमा त्यही वर्षको अध्ययन अवधि (ख्रीष्टाब्द २००१२००५) मा मेरो जीवनमा अङ्ग्रेजी अध्ययनमा क्रान्ति आएको थियो

कसरी सिक्नुभयो अङ्ग्रेजी ?
भारतको बाइबल कलेजमा जाने पनि नजाने पनि अङ्ग्रेजी भाषामा नै बोल्नुपथ्र्यो त्यही भाषामा नै लेख्नुपथ्र्यो अगिल्ला महिनाहरूमा आफूलाई अङ्ग्रेजी नआउने भएकोले कलेजका साथीहरूसँग उति हिँड्दिनथेँ तर हरेक दिन झण्डै घण्टा अङ्ग्रेजी सिक्नको लागि व्यक्तिगत अध्ययनमा बिताउँथेँ चुडामणी गौतमद्वारा लिखित English Grammar, Composition and Pronunciation लाई मैले एक जना नेपाली मित्रबाट हात पारेको थिएँ जुन किताब अझसम्म मसँगै यो किताबलाई यति अध्ययन गरियो कि अभ्यासका निम्ति प्रयोग गरिएका ती पेपरहरू जम्मा गरिएका भए १० ओटा डोका भरिन्थे होलान् अभ्यासको निम्ति एउटा कागतलाई प्रयोग गर्थें अनि त्यसलाई कच्याककुचुक पारी फालिदिन्थेँ जुन मेरो आदत नै भइसकेको थियो

अनुवादको थालनीचाहिँ कसरी सुरु भयो नि ?
बीटीएचको लागि तेस्रो वर्षको विद्यार्थी थिएँ हामीलाई व्यवस्थित ईश्वरशास्त्र पढाउनको लागि पावल इन्सद्वारा लिखित The Moody Handbook of Theology लाई पाठयपुस्तकको रूपमा प्रयोग गरिन्थ्यो एकातिर यो निकै आधारभूत थियो भने अर्कोतिर यसको भाषा निकै सरल थियो यस किताबको पाँच ओटा मुख्य विभाजनमध्ये दोस्रो विभाजनमा व्यवस्थित ईश्वरशास्त्र थियो जसलाई अनुवाद गर्न कस्सिएँ

पारिश्रमिक लिएरचाहिँ कहिलेदेखि अनुवाद थाल्नुभयो ?
भारतको बाइबल कलेजमा चार वर्ष बिताएर ख्रीष्टाब्द २००५ मा नेपाल फर्कें । मलाई सालचाहिँ याद भएन तर मैले पारिश्रमिक लिएर अनुवाद गरेको पहिलो शीर्षक थियो: ब्याप्टिज्म यो सानो पुस्तिका थियो

हालसम्म कति ओटा पुस्तक अनुवाद गरिसक्नुभयो ?
आजको दिनसम्म जम्माजम्मी ४० ओटा भन्दा बेसी पुस्तक पुस्तिका अनुवाद गरिसकेछु

अब पुग्यो कि अझै निरन्तरता दिनुहुन्छ
अनुवाद गर्दा अङ्ग्रेजी नेपाली भाषा दुवैको वृद्धि हुनुका अतिरिक्त अनुवाद गरिएको पुस्तकको विषयवस्तुबारे पनि ज्ञान हासिल हुन्छ तसर्थ, मलाई अनुवाद मन पर्छ मेरो स्वास्थ्यले साथ दिएसम्म प्रभुको अनुग्रह भएसम्म अनुवादलाई जीवनभर निरन्तरता दिन्छु जस्तो लाग्छ मैले १२ वर्ष स्कुलमा बिताएँ वर्ष बाइबल इन्स्टिच्युटमा तर वर्षे अवधिले मेरो जीवनमा उदेकको उन्नति ल्याउन मदत पुर्याएको    



         

Leave Your Comments Here.