menu bar

Monday, April 25, 2016

बाइबलको वचनले एउटा कैदीलाई पास्टरमा रूपान्तरण गर्‍यो



तिनी अमेरिकामा जन्मेका थिए ११ वर्ष पुगेपछि तिनले चुरोट तान्न थाले रक्सी पिउन सुरु गरे तिनी विश्वविद्यालयबाट निष्कासित गरिए खराबभन्दा खराब मानिसहरूसित तिनको सङ्गत हुन पुगेको थियो

किशोर अवस्था नाघेपछि तिनको जीवनले दुव्र्यसनी, निराशा हिंसाको टाकुरा छोएको थियो तिनले आफूलाई मात्र घृणा गर्थेनन् तर तिनीभन्दा राम्रो देखिने जोसुकैलाई पनि बारम्बार झगडामा सामेल हुनु तिनको आदत नै बनेको थियो जीवनदेखि निराश भएर धेरै पटक तिनले आत्महत्या गर्ने कोसिस नगरेका पनि होइनन् तर ती सबै प्रयास असफल बने

हत्याको आरोप लागेका तिनी पक्रिए झ्यालखानामा हालिए थुनामा पर्दा तिनी केवल २१ वर्षका थिए तिनमा कुनै आशा थिएन तिनका सङ्गीहरू थिए तिनको परिवार नै

कारागारमा दिनहरू बित्दै थिए एक दिन तिनले झ्यालखानामा नै एउटा बाइबल फेला पारे तिनले पहिले कहिल्यै बाइबल पढेका थिएनन् तिनले बाइबल पढ्न सुरु गरे येशू उहाँको प्रेमको विषयमा सिके

मत्ती : मा येशूले भन्नुभएका वचनहरू (धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्) ले तिनलाई सान्त्वना दिए तिनले आफ्नो जीवनमा पहिले कहिल्यै त्यस्तो सान्त्वना, शान्ति साँचो प्रेमको महसुस गरेका थिएनन् तिनले जीवनमा पहिलो पटक प्रार्थना गरे परमेश्वरलाई आफ्नो जीवनमा आउन निमन्त्रणा दिए

तिनले पिता परमेश्वरको यस्तो प्रेमको महसुस गर्न पाएका थिए कि तिनी आत्माको गहिराइबाट रुन थाले तिनी सदाको लागि बद्लिए तिनले परमेश्वरलाई पछयाउने सङ्कल्प गरे तिनले बाँकी जीवन उहाँको चरणमा सुम्पिदिए

परमेश्वरको अनुग्रहद्वारा पछि तिनी जेलमुक्त भए तिनी शारीरिक रूपमा मात्रै फुक्क भएनन् तर आत्मिक रूपमा पनि

तिनी विश्वासी बनेर मात्र रहेनन् परमेश्वरको बोलावटलाई आदर गर्दै तिनी पास्टर बने तिनले बिहे गरे केही वर्षभित्रमा नै तिनको दर्द दु:खकष्टको जीवन आनन्द शान्तिको जीवनमा रूपान्तरण भयो तिनको नाउँ होजोन क्रेनर  

यसरी बाइबलले एउटा कैदीलाई पास्टरमा रूपान्तरण गरिदियो

Leave Your Comments Here.


Sunday, April 24, 2016

चिन्ह मागेका मछुवाले विमानबाट खसालिएको बाइबल हात पारे



नेनेट्स रुसको उत्तरी भागमा बसोबास गर्ने एक आदिवासी जातिको नाउँ हो यी आदिवासीहरूले सिकार गर्नुकासाथै माछा मार्ने काम गर्थे यो एक जना आदिवासीले अनुभव गरेको अनौठो घटना हो

यो वर्षौंअगिको कुरो हो रुसको साइबेरियामा नेनेट्स आदिवासी जातिको एक जना मछुवा थिए तिनी खानाको खोजीमा गएका थिए कुनै ईश्वरले तिनको आवाज सुनून् भनी तिनले ईश्वरको पुकारा गरे तिनले जवाफ स्वरूप एउटा चिन्ह पनि मागे

ती मछुवाले प्रार्थना सकेको केही समय बित्न नपाउँदै आकाशबाट तिनको नजिकै एउटा बाइबल खस्यो तिनी परमेश्वरको वचनको प्रति लिएर आफ्नो गाउँमा फर्के र तिनको भनाइ थियो, “मैले चिन्ह पाएँ ती मछुवा एउटा मण्डलीमा उपस्थित भए जहाँ नेनेट्स जातिका ३० जना ख्रीष्टियान सङ्गति गर्थे  

त्यो बाइबल आकाशबाट कसरी खसेको रहेछ ? ती मछुवाले चिन्ह प्राप्त गरेको दिनमा रुसको सलेकहार्ड नामक सहरबाट एउटा हेलिकप्टर उडेको कुरा ती गाउँलेहरूलाई थाहा थिएन त्यस विमानमा दुई जना सरकारी कर्मचारीहरूले खाँचोमा परेका ती गाउँलेहरूलाई केही राहत ल्याएका थिए तिनीहरू आकाशमा उड्दै गर्दा तिनीहरूले विमानभित्र भएका सामानहरू बन्दोवस्त गरे एक जनाले अर्कोलाई भन्यो, “यी खानाका बाकसहरू ठिकै छन् तर हामीलाई यी पुस्तकहरूको के खाँचो ?” त्यसैले, एक जना अधिकारीले झ्यालबाट केही बाइबलहरू फ्याँक्न थाले ती खसालिएका बाइबलहरूमध्ये एक प्रति ती मछुवाको नजिकै खस्न पुगेको थियो  

  

Leave Your Comments Here.


Saturday, April 23, 2016

आत्महत्या गर्न कोसिस गरेका १७ वर्षका किशोर बाइबलको वचनद्वारा बद्लिए



१७ वर्षका ती किशोर नास्तिक थिए तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेको भए तापनि भाग्यवश: नमरेर तिनलाई त्यहाँ ल्याइएको रहेछ तिनी कुराकानी गर्ने अवस्थामा थिएन यद्यपि तिनले सुन्न भने सन्थे कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो छोरोको लागि आमाले चर्को सोरमा यूहन्ना १४:१९ को वचनलाई पढिन्, “ जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ जीवित भन्ने शब्दले किशोरको ह्दयलाई छोयो तत्काल तिनले आफ्नो जीवन येशूमा समर्पित गरे, “हे येशू, यदि तपाईंले नै यो जीवन दिनुहुन्छ भने यो चाहन्छु मलाई यो अस्पतालको शैय्याबाट कुशलसाथ बाहिर लैजानुस् सत्यताको खोजीमा हर सम्भाव्य प्रयास गर्नेछु भनी प्रतिज्ञा गर्दछु

येशूले तिनलाई अस्पतालबाहिर मात्र ल्याउनुभएन तर तिनी संसारभरि नै परिचित प्रचारकसाथै लेखक कहलाइएका छन् तिनको नाउँ होरबी जकरिया

ख्रीष्टाब्द १९४६ मा छिमेकी मुलुक भारतमा जन्मेका रबी वर्तमान समयका प्रखर ख्रीष्टियान प्रचारकसाथै रक्षाशास्त्री (अपोलोजिस्ट) हुन् २० वर्षको उमेरमा तिनी आफ्नो परिवारसँगै क्यानडा बसाइँ सरे ७० वर्ष पुगिसकेका रबी सुसमाचार सुनाउँदै ७० भन्दा बेसी मुलुकहरू पुगिसकेका छन् झण्डै साँढे दुई दर्जन कृतिका लेखक तिनी प्रभु येशू ख्रीष्टका पक्का भक्त हुन्

Leave Your Comments Here.