menu bar

Saturday, September 27, 2014

चेलाहरूद्वारा स्वर्गको राज्य प्रचार गर्नुपर्ने ख्रीष्टको आज्ञामा तिनीहरूले लौरो बोक्नुपथ्र्यो कि पर्थेन ?



येशूको आज्ञालाई सम्मिलित सुसमाचारहरूका लेखकत्रयले निम्नानुसार उल्लेख गरेका छन्:

§  “यात्राको निम्ति ... लौरो नलेओ” (मत्ती १०:१०) 
§  “यात्राको निम्ति ... एउटा लट्ठी मात्र बोक्नू” (मर्कूस ६:८) । 
§  “तिमीहरूको यात्रामा आफ्नो साथमा केही नलेओ— न लहुरो ...” (लूका ९:३) ।

यी तिन ओटै खण्डले येशूले उही समयमा दिनुभएको आज्ञालाई उल्लेख गर्छन् । मत्ती र लूकाको अभिलेखअनुसार येशूले चेलाहरूलाई लौरो बोक्ने आज्ञा दिनुभयो भने मर्कूसको सुसमाचारमुताबिक नबोक्ने । यहाँ प्रस्ट बेमेलता देखिन्छ । यी खण्डहरूलाई सरसरती अवलोकन गर्दा कम से कम एक जना सुसमाचारिय लेखकले भुल गरेको हुनुपर्छ भनी सतही बाइबल आलोचकहरू हतारमा निष्कर्ष निकाल्छन् ।

त्यसो भए वास्तविकता के हो त ? येशूले आजभन्दा दुई हजार वर्षअगि प्यालेस्टाइनको भूमिमा सेवा गर्नुभएको थियो । त्यस बेला आजको जस्तो यातायातको सुविधा थिएन, हवाइजहाज त धेरै परको कुरो । प्यालेस्टाइनको त्यस प्राचीन भूमिमा येशू चेलाहरूसँगै उकाली ओराली गर्नुहुन्थ्यो । चेलाहरूले येशूलाई पछ्याउँदा साधारणतया तिनीहरूले आफूसित लौरो राख्थे भन्ने सत्यतामा यो प्रश्नको समाधान लुकेको छ । मर्कूस ६:८ ले यस्तो भनेको जस्तो देखिन्छ कि येशूले तिनीहरूलाई सधैँ साथमा बोक्ने लौरोचाहिँ बोक्नू भनेर आदेश दिनुभयो । जब कि मत्ती र लूकाको सुसमाचारले चेलाहरूले कुनै पनि हालतमा अतिरिक्त लौरौ लिएर जानुहुँदैनथ्यो भन्ने येशूको आज्ञालाई जोड दिएका छन् ।

Leave Your Comments Here!