menu bar

Tuesday, March 3, 2015

फेला पर्‍यो क्रूसमा टाँग्न प्रयोग गरिएको काँटी



जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँ [येशू] लाई क्रूसमा टाँगे” (लूका २३:३३) यूहन्ना लेख्छन्, “तब सिपाहीहरू आए उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्यसपछि अर्कोको” (१९:३२

येशूको क्रूसारोहणको सम्बन्धमा सुसमाचारिय विवरणहरूमा कम से कम दुई ओटा त्रुटि छन् भनी बाइबलका आलोचकहरूको दाबी थियो: () क्रूसमा टाँगिएको अपराधीको हात खुट्टामा काँटी ठोकिँदैनथ्यो बरु डोरीले बाँध्ने गरिन्थ्यो () क्रूसारोहणबाट मरेको व्यक्तिको सम्मानजनक अन्तेष्टि गरिँदैनथ्यो यही बुझाइको आधारमा येशूलाई क्रूसमा झुण्डयाउन काँटीको प्रयोग गरिएको उहाँलाई सम्मानसाथ चिहानमा राखिएको नयाँ करारको विवरणलाई काल्पनिक कथाको दर्जामा राखिएको थियो

तर ख्रीष्टाब्द १९६८ को जुन महिनामा विश्वलाई चकित पार्ने एउटा पुरातात्त्विक खोज प्रकाशमा आयो पुरातत्त्वविद् भि. जाफेरिसले यरूशलेमको पश्चिममा अवस्थित केही चिहानहरू फेला पारे जसमा क्रूसारोहणबाट मरेको योहानान नाउँ गरेको व्यक्तिका केही हड्डीहरू पनि पाइए उसको हात खुट्टा दुवैमा काँटी ठोकिएको थियो यसका अतिरिक्त उसका खुट्टाहरू भाँचिएको जस्ता देखिन्थे जाफेरिसले फेला पारेका समाधिस्थलले यो पनि प्रमाणित भएको कि केही खास अवसरहरूमा क्रूसारोहणबाट मृत्यु वरण गरेका व्यक्तिहरूलाई पनि सम्मानजनक अन्तेष्टि प्रदान गरिन्थ्यो यस खोजले असन्दिग्ध रूपमा सुसमाचारिय विवरणहरूलाई पुष्टि गरेको

एक जना लेखकले भनेका छन्, “साधारणतया, रोमीहरूले क्रूसमा टाँगेको व्यक्तिलाई शारीरिक थकाइको कारणले श्वासप्रश्वास रोकिएर बिस्तारै मरोस् भन्ने हेतुले त्यसै छाडिदिन्थे तर यहूदी परम्पराअनुसार मृत्युदण्डको दिनमा नै लाशलाई गाड्नुपथ्र्यो त्यसकारण, प्यालेस्टाइनमा क्रूसमा टाँगिएको व्यक्तिको छिट्टै मृत्यु भई उसको लाशलाई रात पर्नुअगि नै गाड्न सकियोस् भनेर जल्लादले उसका खुट्टाहरू भाँच्थ्यो दुई डाँकुहरूको सम्बन्धमा सुसमाचारहरूमा वर्णित यो अभ्यास ...  हाल पुरातत्त्वविद्याद्वारा पुष्टि भएको ।”



Leave Your Comments Here.


Monday, March 2, 2015

परमेश्वरको अस्तित्वको विषयमा १० ओटा भनाइहरू (भाग १)



विद्वान्साथै रक्षाशास्त्री आर. सी. स्प्रौललाई एक पटक सोधियो, “ख्रीष्टियान परमेश्वर अन्य ईश्वरहरूको बिचमा के भिन्नता ?” तिनले सामान्य तवरले तर विद्वतापूर्वक जवाफ दिए, “मुख्य भिन्नता यही होख्रीष्टियमतको परमेश्वर अस्तित्वमा हुनुहुन्छ
 आर. सी. स्प्रौल, ईश्वरशास्त्री, लेखकसाथै पास्टर

परमेश्वर कि अस्तित्वमा हुनुहुन्छ कि भने हुनुहुन्न ... परमेश्वर हुनुहुन्छ भन्ने बाजीको समर्थनमा लाभ हानिलाई जोखौँ ... तपाईंले जित्नुभयो भने तपाईंले हरेक कुरो जित्नुहुन्छ हार्नुभयो भने तपाईंले केही पनि गुमाउनुहुन्न त्यसो हो भने उहाँको अस्तित्वको समर्थनमा जुवा खेल्न नहिच्किचाउनुस्
ब्लाइज पास्कल, फ्रान्सेली वैज्ञानिकसाथै ईश्वरशास्त्री

परमेश्वरमाथि विश्वास गर्न बाइबलले मानिसहरूलाई उत्साह दिन्छ अभाग्यवश: धेरै मानिसहरूले विश्वासलाई अन्धकारमा गरिने विवेकहीन छलाङ वा मनको चाहको रूपमा हेर्छन् तर बाइबलले अपेक्षा गरेको विश्वास विवेकशील विश्वास हो यो विवेकहीन अन्धो बाइबलिय विश्वास परमेश्वरमाथि भरोसा गर्नु हो जो हाम्रो विश्वासको योग्य हुनुहुन्छ कुनै व्यक्तिले बाइबलको परमेश्वरमाथि विश्वास गर्दा उसले आफ्नो विवेकलाई त्याग्नुपर्छ भनी उसलाई बिन्ती गरिएको छैन
डन स्टेवार्ट

आफ्नो अस्तित्व देखाउनलाई परमेश्वरले गर्नुभएको सबैभन्दा आश्चर्यपूर्ण कुरो भनेको उहाँ स्वर्ग पृथ्वीबिचको पर्दालाई छिचोलेर मानिसको रूपमा हाम्रै बिचमा जिउन आउनु हो
स्यु बोहलिन

यो अनौठो देखिन्छ होला तर मेरो विचारमा धर्मले भन्दा विज्ञानले परमेश्वरतर्फ निश्चयतर मार्ग उपलब्ध गराउँछ
पावल डेभिस, भौतिकशास्त्री

विज्ञानबारे केही नजान्ने सिकारुले मात्र विज्ञानले विश्वासलाई हटाउँछ भनी बताउँछ तर तपाईंले विज्ञानलाई वास्तवमै अध्ययन गर्नुभयो भने यसले तपाईंलाई परमेश्वरको नजिकनजिक लैजान्छ
जेम्स टुर, वैज्ञानिक 

विश्वको एउटा उद्देश्य भनी भन्छु यो अकस्मात् भएको होइन
रोजर पेनरोज, गणितज्ञसाथै लेखक

विश्वसाथै मेरो जीवनमा परमेश्वरको आवश्यकता देख्दछु
आर्थुर एल. स्काओ, भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता

जब मानिसहरूले परमेश्वरमाथि विश्वास गर्न छाड्छन् तब तिनीहरूले कुनै कुरामाथि विश्वास गर्दैनन्, तिनीहरूले जुनसुकै कुरामाथि विश्वास गर्छन्
जी. के. खेस्टर्टोन, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै ईश्वरशास्त्री 

परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी कसैले प्रमाणित गर्न सक्दैन केवल साक्षीहरू पेस गर्न सकिन्छन् त्यो कुरो मैले पहिले नै सिकेको थिएँ पहिलो पटक ख्रीष्टियान हुने मार्गमा हिँड्दै गर्दा परमेश्वर वास्तविक हुनुहुन्छ भनी मेरा मित्रहरूलाई विश्वास दिलाउनमा मैले ज्यादै रुचि देखाएँ हामी कहिलेकाहीँ यस विषयमा छलफल गर्दै उँड्थ्यौँ तिनीहरूका परस्पर विरोधी अभिव्यक्तिहरूलाई सहँदा तिनले ममा पिरोल्ने आशङ्काहरू उत्पन्न गराए यो यति खराब भइसकेको थियो कि झण्डै मैले मेरो मार्गलाई नै त्यागिदिएँ तर थकाइ लाग्ने गरी पुरै विषयलाई प्रक्रियागत ढङ्गमा अध्ययन गरेपछि परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरोलाई मैले मैले कोसिस गरेर पनि इन्कार गर्न सकिनँ त्यहाँ विश्वास थियो मैले यसलाई हल्लाउन सकिनँ

फ्रयाङ्क भाइला  

Leave Your Comments Here.


Sunday, March 1, 2015

इमान्दार जवान ठिटो जो संसारभरि विलियम बुथको नाउँले चिनिए



यो उन्नाइसौँ शताब्दी उत्तराद्र्धको प्रसङ्ग हो एक जना इमान्दार ख्रीष्टियान केटोले रोजगारी पाए तिनलाई त्यो काम मन परेको थिएन तर आफूले चाहेको अर्को नोकरी नपाउञ्जेल तिनले प्रभुको निम्ति भनेर तिनी काममा इमान्दारसाथ लागिरहे

आफैलाई भविष्यमा ख्रीष्टियान सेवाको निम्ति तयार पार्न तिनले कागजको टुक्रामा यी सङ्कल्पहरू लेखे, “हे परमेश्वर, प्रतिज्ञा गर्दछु कि बिहान सबेरै उठ्नेछुकम से कम पाँच मिनेट व्यक्तिगत प्रार्थनामा बिताउन विनम्र, भलादमी ख्रीष्टको जोसिलो अनुयायीको रूपमा आफैलाई हिँडाउन सक्दो प्रयत्न गर्नेछु गम्भीर साक्षी चेताउनीद्वारा मानिसहरूको अमरणशील आत्माको आवश्यकताबारे तिनीहरूले सोच्नुपर्छ भन्ने कुरातर्फ मानिसहरूलाई डोर्याउन प्रयास गर्नेछु अबदेखि उसो परमेश्वरको वचनबाट हरेक दिन कम्तीमा अध्याय पढ्ने अठोट गर्दछु आफूमा आत्मसंयमको आत्मा सृजना गर्नेछु अनि संसारको मुक्तिदाताको प्रेमप्रति आफैलाई एक कैदी बनाउनेछु

ती जवान व्यक्ति अरू कोही नभएर विलियम बुथ थिए जसले आफ्नो जीवनको पछिल्लो घडीमा हजारौँ मानिसहरूलाई प्रभु येशूतर्फ डोर्याए तिनी नै साल्भेसन आर्मी नामक संस्थाका संस्थापक हुन् जुन ख्रीष्टियान संस्था हो १२६ ओटा मुलुकहरूमा आफ्नो सेवाको पाल तन्काएको यस संस्थाले परोपकारसम्बन्धी काम गर्दछ   

Leave Your Comments Here.