menu bar

Tuesday, May 3, 2016

२०५० सम्ममा संसारमा ख्रीष्टियानहरूको सङ्ख्या ३ अरब नाघ्नेछ



येशूले जम्मा १२ जना चेला छान्नुभएको थियो (मत्ती १०:) उहाँको स्वर्गारोहणसम्म उहाँलाई पछयाउनेहरूको सङ्ख्या १२० पुग्यो भनी इतिहासकार लूकाले अभिलिखित गरेका छन्, “यी मानिसहरूको संख्या प्राय: एक सय बीस थियो” (प्रेरित :१५) त्यसको केही समयपछि पेन्तिकोसको दिनमा पत्रुसको प्रवचन सुनेर एकै दिनमा ,००० मानिस मण्डलीमा थपिए, “तब जसजसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए” (प्रेरित :४१) त्यो सङ्ख्या बढेर छिट्टै नै ,००० पुग्यो, “तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे, विश्वास गर्ने मानिसहरूको संख्या प्राय: पाँच हजार भयो” (प्रेरित :)

ख्रीष्टाब्द ३१३ सम्म ख्रीष्टियानहरूले उग्र सतावट भोग्नु परे तापनि विश्वासहरूको वृद्धिमा कमी आएको थिएन ३१३ मा सम्राट् कन्स्टेन्टाइन महान्ले  मिलानको घोषणा जारी गर्दा विश्वासीहरूको सङ्ख्या ६० लाख पुगेको थियो ख्रीष्टाब्द ,००० सम्म आइपुग्दा त्यो सङ्ख्या बढेर करोड पुगेको थियो भनी अनुमान गरिएको अठारौँ शताब्दीको अन्त्यसम्ममा विश्वासीहरूको सङ्ख्या २१ करोड ५० लाख पुग्यो १७९३ मा भारतमा आधुनिक मिसनका पिता भनेर चिनिने विलियम केरीको आगमनसँगै येशूको महान् आज्ञालाई गम्भीरतापूर्वक लिइयो परिणाम स्वरूप ख्रीष्टियान वृद्धिले नाटकीय रूपमा फड्को मार्यो

प्यु रिसर्च सेन्टरको सर्वेक्षणअनुसार ,९१० सम्ममा ख्रीष्टियानहरूको सङ्ख्या ६० करोड पुगेको थियो २०१२ मा आइपुग्दा यो सङ्ख्या बढेर अरब १८ करोड भयो उही सेन्टरको सर्वेक्षणअनुसार यही दरमा ख्रीष्टियानहरूको वृद्धि भएमा ख्रीष्टाब्द २०५० सम्ममा ख्रीष्टियमत नै संसारको सर्वाधिक ठुलो धर्म रहिरहनेछ त्यस बेला ख्रीष्टियानहरूको सङ्ख्या अरब नाघ्नेछ  



  

Leave Your Comments Here.


Monday, May 2, 2016

अनुग्रहबारे १० ओटा भनाइ



अनुग्रह परमेश्वरद्वारा पापीहरूका निम्ति देखाइएको दया हो
थोमस सी. ओडेन, ईश्वरशास्त्रीसाथै लेखक

परमेश्वरको अनुग्रह नयाँ जीवन आत्मिक तेज दुवैको लागि एउटै मात्र आधार हो
थोमस सी. ओडेन, ईश्वरशास्त्रीसाथै लेखक

परमेश्वरको शक्ति अनुग्रहद्वारा हाम्रा विगतका पापहरू मात्र क्षमा गरिएका छैनन् तर नयाँ जीवन जिउनका लागि हामी रूपान्तरित पनि भएका छौँ
चाल्र्स कोलसन, ख्रीष्टियान अगुवा

हामी यति टाढासम्म विलिन हुन सक्दैनौँ जहाँ परमेश्वरको अनुग्रह हामीसम्म आइपुग्दैन त्यसै गरी, अनुग्रहले हामीलाई त्यहीँ छाड्दैन यसले हामीलाई नयाँ उचाइमा उठाउँछ
फिलिप यान्सी, लेखक

परमेश्वरका कृपा अनुग्रहले मलाई आशा दिन्छन्, आफ्नै लागि हाम्रो संसारको लागि
बिल्ली ग्राहम, सुसमाचार प्रचारक

ख्रीष्टियान चरित्रको सिद्धता परमेश्वरमा मात्र पाइने अनुग्रह शक्तिमा पूर्णत: निर्भर हुन्छ
एलेन जी. ह्वाइट, लेखिका

व्यवस्थाले पाप पत्ता लगाउको काम गर्छ; अनुग्रहले मात्र पापमाथि विजय हासिल गर्छ
अगस्टिन, ख्रीष्टियान दार्शनिक, लेखकसाथै ईश्वरशास्त्री 

मानिस टुटेको अवस्थामा जन्मन्छ टालटुल गरेर जिउँछ परमेश्वरको अनुग्रह गम हो
युजेन ओनिल, नाटककारसाथै नोबेल पुरस्कार विजेता

मानिसहरू घामबाट पृथ्वीका अँध्यारासाथै गन्हाने गुफाहरूमा भाग्न सक्छन् तर तिनीहरूले घामलाई निभाउन सक्दैनन् त्यसै गरी, मानिसहरूले कुनै पनि युगमा परमेश्वरको अनुग्रहलाई तिरस्कार गर्न सक्लान् तर तिनीहरूले यसलाई मेटाउन सक्दैनन्
. डब्लु. टोजर, पास्टर, लेखकसाथै सम्पादक 

प्रचुर पाप संसारको लागि त्रास हो तर प्रचुर अनुग्रह मानवजातिको लागि आशा हो
. डब्लु. टोजर, पास्टर, लेखकसाथै सम्पादक  

Leave Your Comments Here.


Sunday, May 1, 2016

१० वर्षको उमेरमा नै आत्महत्या गर्ने कोसिस गरेका ठिटोलाई बाइबलले बदल्यो



१० वर्षको उमेरमा तिनले आफ्नै टाउकोमा बन्दुकले हानेर मर्ने कोसिस गरे तर भाग्यवश: बन्दुक पड्काउन नमिल्ने गरी राखिएकोले गोली पड्केन किन १० वर्षको ठिटोले आत्महत्या गर्न खोजिरहेका थिए ? कथा यस्तो

१६ वर्षको उमेरीमा तिनकी आमा कोही एक जना पुरुषबाट गर्भवती भइन् तिनकी आमा कलगर्ल अर्थात् वेश्या थिइन् त्यो बच्चा जन्माउने उमेर थिएन भनी वेश्याको दलाललाई राम्ररी थाहा थियो गर्भपतनको मनग्गे असफल प्रयत्नपश्चात् तिनकी आमाले तिनलाई जन्म दिएकी थिइन् शारीरिक दुर्बलताहरू लिएर जन्मेको बच्चा चाहलाग्दो थिएन त्यसैले तिनी निमोनियाबाट झण्डै मरे

१९७३ मा तिनको जीवनमा बद्लाउ आयो एक जना स्पियर्स नाउँ गरेकी शिक्षिकाले तिनलाई कसरी भाषण गर्ने भनी सिकाउन थालिन् ती शिक्षिका ख्रीष्टियान थिइन् जसको कुनै सन्तान थिएन उनी दयालु थिइन् उनले केटोको हातमा एउटा बाइबल दिइन् तिनले पहिलो पटक आफ्नो हातमा बाइबल पाउँदै थिए

तिनले बाइबल दैनिक पढ्न थाले तिनले इस्राएलीहरूलाई मिश्री दासत्वबाट छुटकारा दिलाउन परमेश्वरले भकभके मोशालाई प्रयोग गर्नुभएको कथा पढे तिनले घुयेँत्रोको माध्यमबाट एउटा ठिटोले गोल्यातलाई पराजित गरेको ऐतिहासिक विवरण पढे

गहन रूपमा चोट लागेका मानिसहरूलाई परमेश्वरले प्रयोग गर्न सक्नुहुन्छ भनी तिनले बाइबल पढेर बुझे परमेश्वरविनाको जीवन बेकम्मा हुन सक्छ भनी उहाँलाई प्राप्त गरेको जीवन सन्देश बन्न सक्छ भनी तिनले सिके

पछि तिनी विद्वान् बने तिनी युवा पास्टर बने तिनले आशाको सन्देश दिन थाले तिनले आफ्नी आमा, हजुरआमा, हजुरबुबासाथै अन्य नातेदारहरूलाई प्रभु येशूमा डोर्याए

तिनले मण्डलीहरू स्थापना गरेका; जागृतिका सन्देशहरू बाँडेका छन्; पाँच ओटा पुस्तक लेखेका छन्; टेलिभिजनमा कार्यक्रम चलाएका छन्; संसारका अगुवाहरूलाई परामर्श दिएका छन् अफ्रिका भारतमा शान्ति कायम राख्ने प्रयास गरेका छन् हजारौँ मानिसहरूले तिनको जीवन कहानी सुन्ने अवसर पाएका छन् तिनको नाउँ हो, रन आर्चर

यसरी एक जना शिक्षिकाले दिएको बाइबलबाट तिनी विश्वासको मार्गमा मात्र आएनन् तर आज तिनी परिचित ख्रीष्टियान अगुवासमेत बनेका छन्    



Leave Your Comments Here.