menu bar

Monday, July 25, 2016

खगोल विज्ञानको साक्षीले बाइबलीय धारणातर्फ डोर्‍याएको छ— नासाका वैज्ञानिक



रोबर्ट ज्यास्ट्रो अमेरिकाका खगोलव्दिसाथै भौतिकशास्त्री थिए नासाका एक प्रमुख वैज्ञानिकसाथै लोकप्रिय लेखक ज्यास्ट्रो ख्रीष्टाब्द १९२५ मा जन्मेका थिए १९४८ मा कोलम्बिया विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधि गरेका तिनी माउन्ट विलशन बेधशालामा राखिएको हब्बलको कुर्सीमा पनि बसे माउन्ट विलशनको निर्देशकका अतिरिक्त ज्यास्ट्रो नासाको अन्तरिक्ष अध्ययन गोडार्ड संस्थाको संस्थापक पनि हुन्

वैज्ञानिकको रूपमा भएको तिनको परिचय निश्चय नै त्रुटिविहीन तिनले  १९७८ मा गड एन्ड एस्ट्रोनोमर्स (अर्थात् परमेश्वर खगोलविद्हरू) नामक पुस्तक प्रकाशित गरे जुन कृतिले महाविस्फोटका सङ्केतहरूबारे अनुसन्धान गर्नेहरूमाथि व्यापक प्रभाव पार्यो पुस्तकको पहिलो अध्यायमा नै लेखकले प्रस्ट पारेका छन् कि धार्मिक दृष्टिकोणबाट तिनी एक अज्ञेयवादी थिए परमेश्वर हुनुहुन्छ या हुनुहुन्न भनी जान्न सकिँदैन भन्ने धारणामाथि विश्वास गर्ने व्यक्तिलाई अज्ञेयवादी भनिन्छ तथापि उक्त पुस्तकमा तिनले लेखेका छन्:

संसारको उत्पत्तिको सम्बन्धमा खगोल विज्ञानको साक्षीले कसरी बाइबलीय धारणातर्फ डोर्याएको भनी हामी देख्छौँ वर्णन गर्ने तरिका फरक होला तर खगोल विज्ञान उत्पत्तिको पुस्तकको बाइबलीय विवरणका अपरिहार्य तत्त्वहरू उही छन्



Leave Your Comments Here.


Sunday, July 24, 2016

गरिब विधवाले मिसनरीलाई दिएको पैसाले उल्लेखनीय नतिजा लिएर आयो



वर्षौंअगिको कुरो हो कुनै एउटा सम्प्रदायको धनी मण्डलीले भारतमा मिसनरी भई गएका एक जना प्रभुका जनलाई आर्थिक सहयोग गर्दै आएको थियो तिनलाई सिधै उक्त सहयोग पठाइन्थ्यो धेरै वर्ष बितेपछि मण्डली मिसनरीलाई सहयोग गर्न असक्षम भयो अब एउटा निश्चित मितिपश्चात् तिनलाई फिर्ता बोलाउनुपर्ने भयो पास्टरले त्यस विषयमा मण्डलीमा सूचना जारी गर्यो

पास्टरको मण्डलीमा एक जना गरिब विधवा थिइन् जसका दुई जना साना छोरा थिए उनले कठिन काम गरेर ती छोराहरूलाई हुर्काएकी थिइन् तर हुर्केपछि तिनीहरू संसारमा गएका थिए तिनीहरू कहाँ थिए भनी उनलाई थाहा थिएन

मण्डलीले रुपियाँपैसा जुटाउन नसक्ने भएकोले मिसनरीलाई फिर्ता बोलाइँदै भन्ने सूचना प्रवाह गरेको केही दिन बितेपछि ती महिलाले पाँच सय डलर (हालको सटही दरअनुसार करिब पचास हजार नेपाली रुपियाँ) को चेक हात पारिन् उनको नजिकैको नातेदारको मृत्यु भएकोले उनले त्यो चेक पाएकी थिइन् चेक पाएपछि उनले पहिलो पटक प्रार्थना गर्दा परमेश्वरले उनलाई त्यो पैसा ती मिसनरीको कामको निरन्तरताको लागि दिनू भनी बताउनुभयो तर उनले प्रभुसित प्रश्न गरिन् प्रभुलाई गुनासो पोखिन् उनको गुनासो यही थियो कि उनी बुढी हुँदै थिइन्; उनको काम गर्ने ताकत घट्दै थियो उनले जीवनभर तल्लोस्तरको काम गर्दै आएकी थिइन् तर परमेश्वरले उनलाई त्यो पैसा ती मिसनरीको लागि दिनू भन्नुभयो उहाँले उनलाई यो पनि याद दिलाउनुभयो कि परमेश्वर मैदानका लिली फुल चराचुरुङ्गीलाई खुवाउनबाट कहिल्यै चुक्नुभएको छैन

ती आमाले मण्डलीको मुख्य मान्छेलाई डाकिन् आफ्नो कहानी बताइन् उनले त्यो पैसा हात पारेकोले मण्डलीका प्रमुख व्यक्ति पनि खुसी भए उनले भनिन्, “तर मिसनरीको कामको निरन्तरताको लागि यो पैसा मैले तिनलाई दिनुपर्छ भनी प्रभु भन्दै हुनुहुन्छ प्रमुखले भने, “हामी तपाईंको पैसा लिन सक्दैनौँ किनकि अरू कसैलाई भन्दा तपाईंलाई यसको खाँचो परमेश्वरले भन्नुभएकोले उनले दिनैपथ्र्यो भनी उनले जिद्दी गरिन् मण्डली प्रमुखले अरुचिकासाथ त्यो पैसा लिए

त्यो पैसा रगतको पैसा भएकोले त्यसलाई परमेश्वरको भयमा प्रयोग गर्नू भन्ने निर्देशनसहित त्यो पैसा मिसनरीलाई पठाइयो दिने व्यक्तिको नाउँ उनको बलिदानको कथा पनि पठाइएको थियो स्त्रीको बलिदानको कारणले गर्दा ती मिसनरी फिर्ता आउनु परेन

रुपियाँ प्राप्त भएपछि आयोजना गरिएको पहिलो जागृति सभामा चालिस जना मानिसहरूले येशूलाई ग्रहण गरे मिसनरीले तिनीहरूको परिवर्तनको कथा लेखेर उनलाई पठाए चिठी पढ्दै गर्दा उनका आँखाबाट हर्षका आँसु बगे उनी यसो भन्दै चिच्च्याइन्, “परमेश्वरलाई धन्यवाद होस् कि उहाँ मेरा मिसनरी हुनुहुन्छ मिसनरीले दोस्रो जागृति सभाको पनि आयोजना गरे जसमा साठी जना मानिसले प्रभुलाई पाए मिसनरीले फेरि ती मानिसहरूको परिवर्तनको कथा लेखेर पठाए उनले पढ्दै गर्दा उनी यस पटक पनि यसो भन्दै चिच्च्याइन्, “परमेश्वरलाई धन्यवाद होस् कि उहाँ मेरा मिसनरी हुनुहुन्छ उनले भारतबाट तेस्रो चिठी पनि प्राप्त गरिन् तर पठाउनेको नाउँ पढेपछि उनी चकित परिन् उनी खुसीले गद्गद् भइन् किनकि त्यसमा उनका हराएका छोराहरूको नाउँ उल्लिखित थिए उनी चिठी पढ्न हतारिएकी थिइन् जसमा लगभग यस्तै कुराहरू लेखिएका थिए:

प्रिय आमा, भाइ भारतमा छौँ कुनै एक दिन हामी अमेरिकाका एक जना मिसनरीको सम्पर्कमा आइपुग्यौँ तिनले सञ्चालन गरेको जागृति सभामा हामी दुवै जनाले येशूमाथि विश्वास गर्यौँ आमा, परमेश्वरले हामीलाई क्षमा दिनुभएकोले हामी तपाईंबाट क्षमाको अपेक्षा गर्दछौँ किनकि हामीले तपाईंलाई बेवास्ता गर्यौँ तपाईंलाई दु:खित तुल्यायौँ केही दिनपश्चात् हामी घर  फर्कनेछौँ त्यसपछि तपाईंले फेरि बाँच्नको लागि तल्लोस्तरको काम गर्नुपर्ने छैन

चिठीमा अरू कुराहरू पनि लेखिएका थिए तर उनी खडा हुँदै यसरी चिच्च्याइन्, “मेरा छोराहरूको मुक्ति मिसनरीको लागि परमेश्वरलाई धन्यवाद 

बाइबलको गरिब विधवाले जस्तै उनले आफूसित भएका सबै परमेश्वरलाई दिएकी थिइन् यहाँ उनका दुई जना छोरालाई मुक्ति प्रदान गरी परमेश्वरले उनलाई आशिष् दिनुभयो संसारका सबै धनसम्पत्तिभन्दा बेसी उनले चाहेको कुरो यही नै थियो परमेश्वर कसैको ऋणी हुनुहुनेछैन यी विधवाले परमेश्वरलाई सम्झेकी थिइन् परमेश्वरले उनलाई सम्झनुभएको थियो  



Leave Your Comments Here.


Thursday, July 21, 2016

येशूको सुसमाचारले मान्छेको मासु खाने बोरा जातिलाई बदल्यो



एक जना मानवशास्त्री बोरा जातिलाई भेट गर्न गए तिनले उनीहरूको बिचमा ख्रीष्टियान मिसनरीहरूको आलोचना गर्न लागे तिनले भने, “ख्रीष्टियान धर्म गोरा मानिसहरूका लागि हो तपाईंहरू आफ्नो पुरानो धर्म चालचलनमा फर्कनुपर्छ आफ्नो विगतलाई सम्झँदै क्रूद्ध बनेका बोरा जातिका मण्डलीका अगुवाले ती मानवशास्त्रीलाई गतिले जवाफ दिए, “हामीले त्यसो गर्यौँ भने यो भाँडोभित्र पर्ने तपाईं पहिलो व्यक्ति बन्नुहुन्छ

पेरु, कोलम्बिया ब्राजिलका जङ्गलहरूमा बस्ने एउटा जातिको नाउँ हो, बोरा तिनीहरूको जनसङ्ख्या लगभग ,००० अनुमान गरिएको तिनीहरूले विटोटन भाषा बोल्छन्  

केवल एक पुस्ताअगि पेरुमा बसोबास गर्ने बोरा जातिका मानिसहरू डरलाग्दा झगडालु थिए तिनीहरू नरभक्षी थिए अर्थात् तिनीहरूले मान्छेको मासु खाने गर्थे तिनीहरूले वरिपरिका अरू जातिका मानिसहरूलाई भेट्दा हिंसाले पहिलो स्थान पाउँथ्यो  

तिनीहरूले येशू ख्रीष्टलाई चिनेको धेरै भएको छैन ख्रीष्टलाई अङ्गालेपछि तिनीहरू आफ्ना पत्नी छोराछोरीहरूप्रति कोमल भएका छन् तिनीहरूले परिवर्तनको महसुस गरेका छन् तिनीहरूले बाइबलका धेरै कुराहरू बुझ्न नसकेको भए तापनि एउटा कुरा भन्ने पक्का बुझेको : ख्रीष्टलाई पाएपछि तिनीहरू परिवर्तन भएका छन् ख्रीष्टलाई पाउनुअगिको जीवन पछिको जीवनमा स्पष्ट भिन्नता देखिएको           

Leave Your Comments Here.