menu bar

Monday, July 25, 2016

खगोल विज्ञानको साक्षीले बाइबलीय धारणातर्फ डोर्‍याएको छ— नासाका वैज्ञानिक



रोबर्ट ज्यास्ट्रो अमेरिकाका खगोलव्दिसाथै भौतिकशास्त्री थिए । नासाका एक प्रमुख वैज्ञानिकसाथै लोकप्रिय लेखक ज्यास्ट्रो ख्रीष्टाब्द १९२५ मा जन्मेका थिए । १९४८ मा कोलम्बिया विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधि गरेका तिनी माउन्ट विलशन बेधशालामा राखिएको हब्बलको कुर्सीमा पनि बसे । माउन्ट विलशनको निर्देशकका अतिरिक्त ज्यास्ट्रो नासाको अन्तरिक्ष अध्ययन गोडार्ड संस्थाको संस्थापक पनि हुन् ।

वैज्ञानिकको रूपमा भएको तिनको परिचय निश्चय नै त्रुटिविहीन छ । तिनले  १९७८ मा गड एन्ड द एस्ट्रोनोमर्स (अर्थात् परमेश्वर र खगोलविद्हरू) नामक पुस्तक प्रकाशित गरे जुन कृतिले महाविस्फोटका सङ्केतहरूबारे अनुसन्धान गर्नेहरूमाथि व्यापक प्रभाव पार्‍यो । पुस्तकको पहिलो अध्यायमा नै लेखकले प्रस्ट पारेका छन् कि धार्मिक दृष्टिकोणबाट तिनी एक अज्ञेयवादी थिए । परमेश्वर हुनुहुन्छ या हुनुहुन्न भनी जान्न सकिँदैन भन्ने धारणामाथि विश्वास गर्ने व्यक्तिलाई अज्ञेयवादी भनिन्छ । तथापि उक्त पुस्तकमा तिनले लेखेका छन्:

“संसारको उत्पत्तिको सम्बन्धमा खगोल विज्ञानको साक्षीले कसरी बाइबलीय धारणातर्फ डोर्‍याएको छ भनी हामी देख्छौँ । वर्णन गर्ने तरिका फरक होला तर खगोल विज्ञान र उत्पत्तिको पुस्तकको बाइबलीय विवरणका अपरिहार्य तत्त्वहरू उही छन् ।”



Leave Your Comments Here.