menu bar

Friday, April 29, 2016

येशू ख्रीष्टको पुनरुत्थान संसारको इतिहासमा घटेको एकल महानतम घटना हो



जोन माकार्थुर पास्टर, लेखकसाथै कलेज प्रमुख हुन् । व्याख्यात्मक प्रवचनका दृढ हिमायती माकार्थुरले १५० ओटा भन्दा बढी पुस्तक लेख्नुकासाथै सम्पादन गरिसकेका छन् । १० लाखभन्दा बेसी बिक्री हुन सफल तिनको माकार्थुर स्टडी बाइबलले स्वर्ण पदक जितेको छ । ग्रेस टु यु नामक रेडियो कार्यक्रमको लागि तिनी संसारभर प्रसिद्ध छन् । १९३९ मा अमेरिकामा जन्मेका माकार्थुरले नयाँ करारमाथि श्रृङ्खलाबद्ध रूपमा टिप्पणी गरेका छन् । तिनका टिप्पणीहरू पनि दस लाखभन्दा बेसीको सङ्ख्यामा बेचिएका छन् । मत्तीको सुसमाचार २८ अध्यायमा अभिलिखित येशूको पुनरुत्थानबारे तिनले सठिक ढङ्गमा टिप्पणी गरेका छन्:

येशू ख्रीष्टको पुनरुत्थान संसारको इतिहासमा घटेको एकल महानतम घटना हो । ख्रीष्टियमतको लागि यो यति आधारभूत छ कि यसलाई इन्कार गर्ने व्यक्ति कोही पनि साँचो ख्रीष्टियान हुन सक्दैन । पुनरुत्थानविना ख्रीष्टियान विश्वास, उद्धार र आशा अस्तित्वमा रहँदैनन् । ‘तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेता’ पावल व्याख्या गर्छन्, ‘ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन । यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ’ (१ कोरिन्थी १५:१३–१४) । पुनरुत्थान नभएको ख्रीष्टमाथि विश्वास गर्ने व्यक्तिले शक्तिविहीनसाथै मरेको ख्रीष्टमाथि विश्वास गर्दछ । यदि ख्रीष्ट मृतकहरूबाट पुनर्जीवित पारिनुभएको होइन भने क्रूसमा कुनै छुटकारा सम्पन्न भएन र ‘तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ’ पावल जारी राख्छन्, ‘तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ’ (पद १७) ।  

Leave Your Comments Here.