menu bar

Friday, November 11, 2016

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई सबैभन्दा मनपर्ने पुस्तक हो— बाइबल


संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जोन ट्रम्पको जन्म १४ जुन १९४६ मा अमेरिकाको न्युयोर्क सहरमा भएको थियो । 

परिचित व्यापारी, टेलिभिजन व्यक्तित्व र द ट्रम्प अर्गनाइजेसन नामक संस्थाका मुख्य व्यक्तिसमेत रहेका तिनी धार्मिक दृष्टिकोणबाट ख्रीष्टियान हुन् । बाल्यकालमा तिनी मण्डलीमा जन्थे र बाल सङ्गतिमा उपस्थित हुन्थे । ख्रीष्टाब्द २०११ मा लिइएको एउटा अन्तर्वार्तामा तिनले भनेका छन्, “म प्रोटेस्टेन्ट हुँ । म प्रेसबिटेरिएन हुँ । तपाईंहरूलाई थाहै छ, कि विगतका वर्षहरूमा मण्डलीसित मेरो राम्रो सम्बन्ध रहेको छ । मेरो विचारमा धर्म एउटा राम्रो कुरो हो । मेरो विचारमा मेरो धर्म एउटा राम्रो धर्म हो ।” 

ट्रम्पका अनुसार तिनी न्युयोर्कस्थित मार्बल कोलेजिएट चर्चमा जान्छन् । १९७७ मा यहीँ नै तिनले आफ्नो पहिलो विवाह गरेका थिए । तिनी प्रभु-भोजमा सहभागी हुन्छन् । 

ट्रम्पले आफ्नो कृति द आर्ट अफ् द डिल लाई आफूलाई मनपर्ने दोस्रो पुस्तक भनेका छन् । तिनको मनपर्ने पहिलो पुस्तक हो, बाइबल । तिनले भनेका छन्, “तपाईंहरूलाई थाहा छ [मलाई मनपर्ने] पहिलो पुस्तकचाहिँ कुन हो ? बाइबल । कुनैले पनि बाइबललाई पराजित गर्न सक्दैन ।”

टोनी पार्किन्स र राल्फ ए. रिडजस्ता परिचित इभान्जलिकल प्रोटेस्टेन्ट अगुवाहरूसित ट्रम्पको राम्रो सम्बन्ध रहेको छ । चुनावको प्रचार प्रसारको दौडानमा तिनले पास्टर इम्मानुएल लेमेलसनबाट आशिष् थापेका थिए ।

स्रोतः https://en.wikipedia.org/wiki/Donald_Trump  



Leave Your Comments Here.


Monday, October 10, 2016

मिसनरीको सुसमाचारद्वारा डरलाग्दो हत्याराको परिवर्तन


रोबर्ट मोफाट उन्नाइसौँ शताब्दीमा अफ्रिकामा मिसनरी भएर जाने प्रभुका साहसिला सेवक हुन् । तिनी विश्वविख्यात मिसनरी डेभिड लिभिङ्गस्टोनका ससुरा थिए । दक्षिण अफ्रिकामा ५० वर्षभन्दा बेसी समय बिताएका मोफाटले उक्त देशको बेखुनास नामक आदिवासीको भाषामा बाइबललाई अनुवाद गरेका थिए ।  

तिनले जुन ठाउँमा सुसमाचार लिएर गएका थिए, त्यहाँ अफ्रिकानर नाउँ गरेको एक डरलाग्दो हत्यारा थियो । ऊ यति हिंसक थियो कि दक्षिण अफ्रिकी सहर केप टाउनका गभर्नरले उसलाई जीवित वा मृत फेला पारेको खण्डमा झन्डै पचार हजार नेपाली रुपियाँ बराबरको धनराशी उपहार दिने घोषणा गरेका थिए । अफ्रिकानर र त्यसका मानिसहरू दक्षिण अफ्रिकाको त्रास बनेका थिए । 

जब रोबर्ट मोफाट अफ्रिकानरको जातिको लागि मिसनरी भई गए, केप टाउनका मानिसहरूले तिनी जिउँदै फर्केर आउँछन् भनी कहिल्यै अपेक्षा गरेनन् । त्यसले मोफाटको खप्परलाई चिया पिउने भाँडो बनाउनेछ भनी सहरका मानिसहरूले बताए । 

तर मोफाटले परमेश्वरमाथि दृढ भरोसा राखे । तिनले उक्त जङ्गली जातिको बिचमा साहसपूर्वक सुसमाचारीय सन्देश बाँडे । उदेकको कुरो के भयो भने त्यही हत्यारा नै पहिलो विश्वासी बन्यो । पछि मोफाटले उसलाई आफूसितै केप टाउनमा लगे । त्यो हिंसक जङ्गली हत्यारालाई नम्र ख्रीष्टियान व्यक्तिमा परिवर्तन भएको देखेर उपनिवेशी शासकले आश्चर्य मान्दै भने, “कस्तो आश्चर्यकर्म ! यो त संसारको आठौँ आश्चर्य हो ।” 



Leave Your Comments Here.


Tuesday, October 4, 2016

सन्देहवादी अनुसन्धानकर्ताले पत्ता लगाए वास्तविक येशूलाई


 “म जवान ठिटो हुँदा मैले पहिलो पटक ख्रीष्‍टको जीवनीलाई गम्भीरतापूर्वक अध्ययन गर्न थालेँ । उहाँको इतिहास निकै असुरक्षित जगहरूमा निर्मित छ भन्‍ने दृढ निश्‍चयतासाथ अगाडि बढेँ म ।

अनुसन्धानपश्‍चात् येशूको पुनरुत्थानलाई इतिहासको एउटा वास्तविक घटनाको रूपमा देख्‍ने फ्र्याङ्क मोरिसनले आफ्नो कृति (हु मुभ्ड द स्टोन ?) मा लेखेको अंश हो यो ।

फ्र्याङ्क मोरिसन विज्ञान र आश्‍चर्यकर्महरू हुँदैनन्भन्‍ने विकासवादका पक्षपोषक थोमास हक्स्लेको अवधारणका कट्टर अनुयायी थिए । तथापि तिनी येशूको व्यक्‍तित्वका प्रशंसक पनि थिए । येशूको जीवनीका आखिरी दिनहरूको बारेमा तिनले आफ्नै व्यक्‍तिगतसाथै ऐतिहासिक अनुसन्धान गर्ने जमर्को गरे ।

बिसौँ शताब्दीको पूर्वार्द्धमा यी ब्रिटिस लेखकले येशूको पुनरुत्थानसम्बन्धी स्रोतहरूलाई विष्लेषण गरी तिनी जिससद लास्ट फेज (येशूआखरी चरण) नामक शीर्षकमा एउटा सङ्क्षिप्‍त दस्तावेज लेख्‍न कस्सिए । लेख्‍नुको उद्देश्य थियोयेशूको पुनरुत्थानलाई काल्पनिक कथाको रूपमा पुष्‍टि गर्नु । मरेको मान्छे बिउँतेर आउन सक्छ भन्‍ने अन्धविश्‍वासलाई यस कृतिले सधैँका लागि निर्मूलन पार्छ भन्‍ने तिनको विश्‍वास थियो । तिनले आफूलाई चाहिने सामग्रीहरू बटुले अनि लेख्‍ थाले । तर तिनले जे कुरो प्रमाणित गर्न खोजिरहेका थिए, स्रोतहरूले ठिक विपरीत दिशातिर लैजाँदै थिए तिनलाई ।

अन्ततः येशू ख्रीष्‍ट वास्तवमै पुनरुत्थान हुनुभएको थियो भन्‍ने तथ्यमा तिनी विश्‍वस्त हुन पुगे । परिणामस्वरूप तिनले येशूलाई मुक्‍तिदाताको रूपमा अङ्गाले । ती जम्मा भएका स्रोतहरूलाई प्रयोग गरी येशू ख्रीष्‍टको पुनरुत्थानको पक्षमा तिनले तार्किक रूपमा एउटा गतिलो पुस्तक लेखे जसको नाउँ होहु मुभ्ड द स्टोन ? लेखकको आफ्नै दाबीअनुसार यो लेख्‍न इन्कार गरिएको पुस्तक थियो । ख्रीष्‍टाब्द १९३० मा पहिलो पटक प्रकाशित र ख्रीष्‍टाब्द २००६ सम्ममा आइपुग्दा दस पटक पुनः मुद्रित यस पुस्तकलाई पढेर धेरै मानिसहरू ख्रीष्‍टियान भएका छन् ।




Leave Your Comments Here.