menu bar

Saturday, June 25, 2016

आज राति मैले कसलाई भेट्नेछु त्यसमा मलाई वास्ता छैनँ



ख्रीष्टाब्द १८३७ मा अमेरिकामा जन्मेका डी. एल. मुडी उन्नाइसौँ शताब्दीका एक प्रखर वक्ता थिए तिनका प्रवचनहरू सुन्न हजारौँ मानिसहरूको भिड लाग्थे तिनका प्रवचनहरू किताबहरूमा छापिन्थे; पत्रपत्रिकाहरूमा छापिन्थे पर्चाहरूमा छापिन्थे १८ वर्षको उमेरमा प्रभु येशूलाई अङ्गालेका मुडीले मण्डली, बाइबल स्कुल प्रकाशनको स्थापना गरे व्यापारमा तिनी निकै मिहिनेती भए तापनि तिनी धार्मिक कामको लागि आकर्षित थिए तिनका मित्रहरूको भनाइअनुसार यदि तिनी व्यापारमा नै लागिरहेका भए तिनी करोडपति हुन्थे तिनका प्रवचनहरू सुनेर दस लाख मानिसहरूले प्रभु येशूलाई स्वीकार गरेको अनुमान गरिएको

एक पटक मुडी डुङ्गामार्फत एउटा ठुलो ताल पार गर्दै थिए प्रचण्ड आँधी आयो डुङ्गामा भएका अन्य यात्रुहरू डरले आत्तिए तिनीहरूले एकाएक प्रार्थना गर्न थाले तिनीहरूले आँधीबाट छुटकारा दिनुहोस् भनी परमेश्वरलाई पुकारा गरे मुडी तिनीहरूसँगै यस प्रार्थना सभामा भेला भएनन् तिनको अनुपस्थितिको कारण सोध्दा तिनले यसरी जवाफ दिएका थिए, “सिकागोमा मेरी एक जना बहिनी बस्छिन् एक जना स्वर्गमा छिन् आज राति मैले कसलाई भेट्नेछु त्यसमा मलाई वास्ता छैनँ ” 





Leave Your Comments Here.


Friday, June 24, 2016

१७ वर्षकी किशोरीले ख्रीष्टलाई इन्कार गर्नुको साटो गोली रोजिन्



उत्तर पूर्वपट्टि सिरिया, दक्षिणपट्टि इजराएल पश्चिपट्टि भूमध्यसागरले घेरिएर रहेको देश हो, लेबानोन पश्चिम एसियामा अवस्थित यस मुलुकमा ख्रीष्टाब्द १९७५१९९२ सम्म गृह युद्ध चर्किएको थियो अनुमानित ,५०,००० ले ज्यान गुमाएको यस गृहयुद्धमा एक जना ख्रीष्टियान किशोरीको साहसपूर्ण कथा यस प्रकार रहेको

उनको नाउँ मेरी खुरी यो ख्रीष्टाब्द १९९१ सालको कुरो हो जुन बेला उनी १७ वर्षकी थिइन् उनी दामुर नगरकी थिइन् धर्मान्ध मुसलमानहरूले उनी बसेको गाउँमा आक्रमण गरे ख्रीष्टियानहरूप्रति भएको घृणा ती मुसलमानहरूको अगुवाको आँखामा छर्लङ्ग देखिन्थ्यो मेरी उनको परिवारलाई तमन्चा (पिस्तोल) देखाउँदै ती अगुवाले भने, “तिमीहरू मुसलमान बन्दैनौँ भने तिमीहरूले गोली खानेछौ

ख्रीष्टलाई पनि उही किसिमको छनौट दिइएको थियो उहाँले क्रूसलाई रोज्नुभयो भनी मेरीलाई थाहा थियो उनले पनि क्रूसलाई नै रोजिन्, “एउटा ख्रीष्टियानको रूपमा मैले बप्तिस्मा लिएँ उहाँको वचनले मलाई भन्यो, ‘तिम्रो विश्वासलाई इन्कार नगर उहाँको आज्ञा मान्नेछु मलाई गोली हान्नुस् भर्खरै उनका बुबा आमाको हत्या गर्ने मुसलमानले उनलाई पनि गोली ठोके मेरीको शरीर भुइँमा लड्यो

दुई दिनपश्चात् रेड क्रसका प्रतिनिधिहरू उक्त गाउँमा आइपुगे मेरीका परिवारका सबै सदस्यहरूमध्ये उनी मात्र अझै जीवितै थिइन् तर गोलीले मेरुदण्डलाई असर गरेकोले उनी पक्षघाती हुन पुगिन् शारीरिक दुर्बलताका बाबजुत पनि उनको जीवनमा परमेश्वरको योजना थियो भनी उनलाई थाहा थियो, “हरेकको पेसा कहिल्यै बिहे गर्न सक्दिनँ शारीरिक काम गर्न सक्छु तसर्थ, मेरा पिताको घाँटी काट्ने, मेरी आमालाई सराप दिई उहाँलाई चक्कुले रोप्ने मलाई मार्न प्रयास गर्नेजस्ता मुसलमानहरूका लागि मेरो जीवन अर्पण गर्नेछु मेरो जीवन तिनीहरूका निम्ति प्रार्थना हुनेछ ” 

     

Leave Your Comments Here.


Thursday, June 23, 2016

आफूमाथि गोली प्रहार गर्नेलाई क्षमा दिए अमेरिकाका पूर्वराष्ट्रपति रेगनले



रोनाल्ड रेगन अमेरिकाका ४० औँ राष्ट्रपति थिए जसले ख्रीष्टाब्द १९८११९८९ सम्म शासन गरे राष्ट्रपतिको पद सम्हालेको ६९ औँ दिन अर्थात् ३० मार्च १९८१ मा तिनको असफल हत्याको प्रयास गरिएको थियो राजधानीस्थित वासिङ्गटन हिल्टोन होटलबाट बाहिरिने क्रममा जोन हिङ्क्ली जुनिएरले राष्ट्रपति रेगन अन्य तिन जनामाथि गोली प्रहार गरे

राष्ट्रपति रेगनलाई छातिमा गोली लागेको थियो बन्दुकधारीले प्रहार गरेका ओटा गोलीमध्ये छैटौँ गोली राष्ट्रपतिलाई लागेको थियो अस्पतालमा पुर्याउँदासम्म तिनको अवस्था गम्भीर भए तापनि तिनलाई आकस्मिक कक्षमा भर्ना गरी शल्यक्रिया गरिएकोले तिनी छिट्टै नै निको हुन सफल भए अप्रिल ११ मा तिनी अस्पतालबाट डिस्चार्ज गरिए परमेश्वरले नै तिनको जीवन जोगाउनुभएको थियो भनी राष्ट्रपतिले विश्वास गरे किनकि तिनले अझै महान् उद्देश्य पुरा गर्नुथियो सञ्चार माध्यमहरूद्वारा खबर सार्वजनिक हुनेबित्तिकै मण्डलीहरूमा प्रार्थना सभाहरूको आयोजना गरिए  

आक्रमणकारी जोन सुस्त मनस्थितिका मानिस भएको पुष्टि भएकोले तिनी दोषी ठहरिएनन् तिनलाई मानसिक अस्पतालमा भर्ना गरियो   

तर यस घटनापश्चात् राष्ट्रपति रेगनको लोकप्रियता बढेर गयो लोकप्रियता बढ्नुको एउटा कारण यही थियो तिनले आफ्ना शत्रुहरूलाई क्षमा दिन सक्थे यस घटनाले राष्ट्रपतिकी छोरी प्याटी डेभिसमाथि पनि ठुलो प्रभाव पारेको थियो उनले आफ्ना पितामा उदाहरणीय जीवन देखेकी थिइन् प्याटीले पछि व्यक्त गरेकी थिइन्, “हत्या प्रयासको भोलीपल्ट मेरा पिताले भन्नुभयो कि उहाँको शारीरिक चङ्गाइ आक्रमणकारी जोन हिङ्क्लीलाई क्षमा दिने उहाँको क्षमतामा प्रत्यक्ष रूपमा आश्रित थियो क्षमा नै शारीरिक स्वास्थ्य चङ्गाइलगायत हरेक कुरोको साँचो हो भन्ने कुरो देखाउनुभएर उहाँले ख्रीष्टको जस्तो सोचाइलाई प्रस्तुत गर्नुभयो ”  

Leave Your Comments Here.