ख्रीष्टाब्द
१८३७ मा अमेरिकामा
जन्मेका डी. एल.
मुडी उन्नाइसौँ शताब्दीका
एक प्रखर वक्ता
थिए । तिनका
प्रवचनहरू सुन्न हजारौँ मानिसहरूको
भिड लाग्थे ।
तिनका प्रवचनहरू किताबहरूमा
छापिन्थे; पत्र–पत्रिकाहरूमा
छापिन्थे र पर्चाहरूमा
छापिन्थे । १८
वर्षको उमेरमा प्रभु येशूलाई
अङ्गालेका मुडीले मण्डली, बाइबल
स्कुल र प्रकाशनको
स्थापना गरे ।
व्यापारमा तिनी निकै
मिहिनेती भए तापनि
तिनी धार्मिक कामको
लागि आकर्षित थिए
। तिनका मित्रहरूको
भनाइअनुसार यदि तिनी
व्यापारमा नै लागिरहेका
भए तिनी करोडपति
हुन्थे । तिनका
प्रवचनहरू सुनेर दस लाख
मानिसहरूले प्रभु येशूलाई स्वीकार
गरेको अनुमान गरिएको
छ ।
एक
पटक मुडी डुङ्गामार्फत
एउटा ठुलो ताल
पार गर्दै थिए
। प्रचण्ड आँधी
आयो । डुङ्गामा
भएका अन्य यात्रुहरू
डरले आत्तिए ।
तिनीहरूले एकाएक प्रार्थना गर्न
थाले । तिनीहरूले
आँधीबाट छुटकारा दिनुहोस् भनी
परमेश्वरलाई पुकारा गरे ।
मुडी तिनीहरूसँगै यस
प्रार्थना सभामा भेला भएनन्
। तिनको अनुपस्थितिको
कारण सोध्दा तिनले
यसरी जवाफ दिएका
थिए, “सिकागोमा मेरी
एक जना बहिनी
बस्छिन् र एक
जना स्वर्गमा छिन्
र आज राति
मैले कसलाई भेट्नेछु
त्यसमा मलाई वास्ता
छैनँ ।”