menu bar

Monday, August 31, 2015

गरिबहरूको सेवा गर्ने क्रममा सहिद बनेका डिकन लरेन्स



संसारमा रहुञ्जेल गरिबी सधैँ जीवनको एउटा हिस्सा बनेको छ । तर यसको न्यूनीकरणको लागि येशू ख्रीष्टको मण्डलीले जति काम गरेको छ त्यति अर्को कुनै संस्थाले गरेको छैन । ख्रीष्टियान अगुवाहरूले सहादतको बिन्दुसम्म पनि गरिबहरूको सहायता गरेको नमुना पाइन्छ इतिहासमा ।  

सन्त लरेन्स तेस्रो शताब्दीमा बाँचेका खीष्टियान मण्डलीका एक जना डिकन थिए । तिनी अति नै दानशील थिए, खास गरी गरिबहरूप्रति । तिनी रोमी साम्राज्यको अरागोन भन्ने ठाउँमा बस्थे । त्यस बेला भलेरिएन रोमी सम्राट् थिए । ती दिनमा मण्डलीले सतावट भोग्नु कुनै नयाँ कुरो हुन्थेन ।

कुनै एउटा सतावटमा डिकन लरेन्सलाई “मण्डलीका सम्पत्तिहरू” रोमी अधिकारीलाई सुम्पिदिनू भन्ने आदेश जारी भयो । तिनले केही गरिबहरू, अपहेलितहरू र लङ्गडाहरूलाई ल्याए र यसो भने, “मण्डलीका सम्पत्तिहरू यी नै हुन् ।” डिकनको यस्तो प्रतिक्रिया सुनेर रोमी अधिकारी यति क्रुद्ध बने कि अन्तत: डिकन सहिद हुन पुगे ।

आज फ्लोरिडामा घरबारविहीनहरूको लागि भनेर खोलिएको आश्रय–स्थल खडा छ र यसको नाउँ रहेको छ— सन्त लरेन्स च्यापल । यसले घरबारविहीनहरूलाई खुवाउने काम गर्दछ; पत्रमन्जूषा उपलब्ध गराउँछ; रोजगारको लागि सल्लाह दिन्छ; टेलिफोनसाथै अन्य सुविधाहरू प्रदान गर्दछ ।

   

Leave Your Comments Here.