menu bar

Saturday, August 6, 2016

ख्रीष्टको जीवनी, मृत्यु र पुनरुत्थानको लागि साक्षी निकै मजबुत छ



ख्रीष्टाब्द १७९५ मा जन्मेका थोमस अर्नोल्ड इङ्गल्यान्डका परिचित शिक्षा विशेषज्ञसाथै इतिहासकार थिए अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापकसमेत रहेका अर्नोल्ड लेखक पनि थिए तिनकाअनुसार येशू ख्रीष्टको जीवनी, मृत्यु पुनरुत्थानको लागि साक्षी निकै मजबुत तिनले भनेका छन्:    

हाम्रा प्रभुको जीवनी, मृत्यु पुनरुत्थानको लागि साक्षी सन्तुष्टप्रद भनी देखाउन सकिन्छ प्राय: देखाइएको पनि सामान्य नियमहरूमुताबिक असल साक्षीबाट खराब साक्षीलाई छुट्टयाउँदा यो असल हरेक न्यायाधीशले आफ्नो मुद्दालाई निकै महत्त्वपूर्ण ठानेझैँ हजारौ दसौँ हजार मानिसले यसलाई होसियारीपूर्वक एक एक गरी केलाएका छन् आफैले पनि धेरै पटक त्यसो गरेको छु, अरूलाई मनाउन होइन तर आफैलाई सन्तुष्ट पार्न ... मानवजातिको इतिहासमा एउटा निष्पक्ष खोजकर्ताको लागि ख्रीष्ट मर्नुभयो मृतकहरूबाट बौरी उठ्नुभयो भन्ने सत्यताको निम्ति जति असल पर्याप्त साक्षी त्यति साक्षी अर्को कुनै सत्यताको लागि भएको मलाई थाहा छैन



Leave Your Comments Here.


Thursday, August 4, 2016

वाटरगेट प्रकरणले ख्रीष्टको पुनरुत्थानको पुष्टि गर्दछ— चाल्र्स कोलसन



चाल्र्स कोलसन अमेरिकाका सैँतिसौँ राष्ट्रपति रिचार्ड निक्सोनका कानुनी सल्लाहकार थिए कोलसन वाटरगेट प्रकरणका एक जिम्मेवार व्यक्ति थिए जुन प्रकरणले गर्दा तिनले बदनामी मात्र कमाएनन् तर सात महिने जेल जीवन पनि गुजार्नुपर्यो बिसौँ शताब्दीका अति नै प्रभावशाली रक्षाशास्त्री सी. एस. लेविसद्वारा लिखित मेएर क्रिस्चियानिटी नामक पुस्तक पढेपछि ख्रीष्टाब्द १९७३ मा तिनी ख्रीष्टियान बनेका थिए नयाँ जन्मपश्चात् तिनले आफ्नो अद्भूत खुबीलाई खराबीको निम्ति नभई भलाइको निम्ति प्रयोग गर्न थाले तिनको भनाइअनुसार वाटरगेट प्रकरणले येशू ख्रीष्टको पुनरुत्थानको पुष्टि गर्दछ तिनले व्यक्त गरेका छन्   

पुनरुत्थान एउटा सत्यता हो भनी जान्दछु वाटरगेट काण्डले यसलाई प्रमाणित गरिदिएको कसरी ? किनकि मृतकहरूबाट बौरी उठ्नुभएको येशूलाई देखेका छन् भनी १२ जना मानिसले गवाही दिए त्यसपछि एक पटक पनि त्यसलाई इन्कार नगरी तिनीहरूले त्यस सत्यतालाई ४० वर्षसम्म घोषणा गरे प्रत्येकलाई कुटियो; यातना दिइयो; ढुङ्गाले हानियो अनि झ्यालखानामा थुनियो यो साँचो थिएन भने तिनीहरूले यस्ता दु:खहरू सहँदैनथ्ये वाटरगेट प्रकरणमा संसारका सबैभन्दा शक्तिशाली १२ जना मानिसहरूलाई छानियो जसले एउटा झुटलाई तिन हप्तासम्म पनि जोगाइराख्न सकेनन् १२ जना प्रेरितहरूले एउटा झुटलाई ४० वर्षसम्म जोगाउँदै छन् भनी तपाईं भन्दै हुनुहुन्छ जुन बिलकुलै असम्भव

वाटरगेट प्रकरण एउटा मुख्य राजनीतिक काण्ड थियो जुन अमेरिकामा ख्रीष्टाब्द १९७० को दसकमा घटेको थियो वाटरगेटशब्दले वासिङ्गटन डी. सी. स्थित वाटरगेट होटललाई उल्लेख गर्दछ जुन होटेल डेमोक्रेटिक पार्टीको नेसनल हेडक्वार्टर थियो, ख्रीष्टाब्द १९७२ मा हेडक्वार्टरमा चोरी गर्ने क्रममा धेरै मानिसहरू समातिए त्यसलाई तत्कालीन अमेरिकी राष्ट्रपति निक्सोनले लुकाउने कोसिस गरे उक्त कुरो पछि सार्वजनिक भएपछि तिनले राजीनामा दिए सर्वोच्च अदालतको फैसलामुताबिक कति जना जेलमा कोचिए

यस प्रकरणलाई येशूको पुनरुत्थानसँग जोड्नुको कारण यही हो कि यदि येशूका चेलाहरूले काल्पनिक कथाको रचना गरी त्यसलाई यथार्थ बनाउन खोजेका थिए भने त्यो पर्दाफास हुन्थ्यो जस्तो वाटरगेट काण्डमा भयो तर येशूका चेलाहरूले त्यही लेखे भने जे तिनीहरूले देखेका थिए अनुभव गरेका थिए त्यसैको निम्ति तिनीहरू सहिद पनि भए



Leave Your Comments Here.


Wednesday, August 3, 2016

बाइबलीय भविष्यवाणीमुताबिक नै एदोमको पतन भएको थियो



एदोमको पतनको विषयमा यर्मियाले लेखे, “‘तैंले प्रेरणा दिएको त्रास तेरो ह्दयको घमण्डले तँलाई धोका दिएको हे चट्टानका चिराहरूमा बस्ने, हे डाँडाका टाकुराहरू ओगटेर बस्ने, तैंले आफ्नो गुँड गरुडको झैँ अल्गोमा बनाए तापनि तँलाई त्यहाँबाट तल झार्नेछुपरमप्रभु भन्नुहुन्छ एदोम अति त्रासको पात्र हुनेछ त्यसका सबै चोटहरू देखेर त्यहाँबाट जाने सबै तर्सनेछन् त्यसको गिल्ला गर्नेछन्” (यर्मिया ४९:१६१७) यर्मियाले करिब ६२७५८६ ख्रीष्टपूर्वको बीचमा भविष्यवाणी गरेका थिए अम्मोन, मिश्र मोआबजस्तै (यर्मिया ४६:२६; ४८:४७; ४९:) एदोमको पुनस्थापनाको बारेमा कुनै भविष्यवाणी गरिएको हामी पाउँदैनौं अगमवक्ताको भनाइअनुसार एदोम एकपटक पतन भएपछि सदाको लागि उजाड हुने थियो एदोमको पतनको विषयमा अन्य अगमवक्ताहरूले पनि भविष्यवाणी गरेका छन् (यशैया ३४:; इजकिएल २५:१३१४; ओबदिया १० आदि)

मृत सागरको पूर्वमा अवस्थित एदोम मानवीय दृष्टिकोणबाट दुर्जेय देखिन्थ्यो यसको लमाइ करिब ११० माइल थियो भने चौडाइ ६० माइल थियो यस आयतकार राज्यको क्षेत्रफल ,६०० वर्ग माइल थियो इस्राएलको चिरस्थायी शत्रुको रूपमा चिनिने एदोमले भौगोलिक रूपले प्राय: अभेद्य अवस्थामा देखिने आफ्नो राज्यबारे घमण्ड गथ्र्यो तर अगमवक्ताले भविष्यमा हुने यसको पतनको ठोकुवा गरे

करिब १२५ ख्रीष्टपूर्वमा एदोमीहरू यहूदी मकाबी जोन हर्कानसद्वारा आक्रमण गरिए ख्रीष्टाब्द ७० मा भएको यरूशलेमको पतनसँगै एदोमीहरूले छुट्टै जातिय समूहको रूपमा आफ्नो अस्तित्व गुमाए पछि ख्रीष्टाब्द ६३६ मा यो भूमि मुसलमानहरूद्वारा कब्जा गरिए अनि यो उजाडस्थानमा परिणत भयो एदोमको पतनको विषयमा गरिएको पत्याउनै नसकिने भविष्यवाणी कसरी पुरा भयो भनी डेभिड हिगिङ्गसले वर्णन गरेका छन्, “एदोमको निर्जनताको विषयमा पटकपटक भविष्यवाणी गरिएको अगमवक्ताहरूका समयमा यस्तो भविष्यवाणी बिलकुल पूरा हुँदैन जस्तो देखिन्थ्यो एदोमीहरूलाई धपाएपछि पनि नबाती कुलका मानिसहरूले त्यहाँ समृद्ध सभ्यताको विकास गरे, जुन शताब्दीऔंसम्म जारी रहयो तर परमेश्वरले भन्नुभएको , ‘ त्यसलाई उजाड पार्नेछु आज यो भूमि मरुभूमिमा परिणत भएको परमेश्वरको साँचो वचनको लागि यो मूक साक्षी हो पेट्रा [एदोमको राजधानी] यस भविष्यवाणीको अक्षरश: समाप्तिको उल्लेखनीय उदाहरण हो ४००० मानिस अटाउने रङ्गशाला, मन्दिरहरू, वेदीहरू स्मारकहरू भएको यो भव्य प्राचीन राजधानी अहिले मौन एक्लो समयको वेगसँगै यी नष्ट हुँदै आएका छन्

(नोट: यो लेखांश कमल अधिकारीद्वारा लिखित प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू नामक पुस्तकको पाठ आठ: पुरा भएका भविष्यवाणीहरूबाट साभार गरिएको हो )



Leave Your Comments Here.