ख्रीष्टाब्द
१७९५ मा जन्मेका
थोमस अर्नोल्ड इङ्गल्यान्डका
परिचित शिक्षा विशेषज्ञसाथै इतिहासकार
थिए । अक्सफोर्ड
विश्वविद्यालयमा प्राध्यापकसमेत रहेका अर्नोल्ड लेखक
पनि थिए ।
तिनकाअनुसार येशू ख्रीष्टको
जीवनी, मृत्यु र पुनरुत्थानको
लागि साक्षी निकै
मजबुत छ । तिनले भनेका छन्:
हाम्रा
प्रभुको जीवनी, मृत्यु र
पुनरुत्थानको लागि साक्षी
सन्तुष्टप्रद छ भनी
देखाउन सकिन्छ र प्राय:
देखाइएको पनि छ
। सामान्य नियमहरूमुताबिक
असल साक्षीबाट खराब
साक्षीलाई छुट्टयाउँदा यो असल
छ । हरेक
न्यायाधीशले आफ्नो मुद्दालाई निकै
महत्त्वपूर्ण ठानेझैँ हजारौ र
दसौँ हजार मानिसले
यसलाई होसियारीपूर्वक एक
एक गरी केलाएका
छन् । म आफैले पनि धेरै
पटक त्यसो गरेको
छु, अरूलाई मनाउन
होइन तर आफैलाई
सन्तुष्ट पार्न । ... र
मानव–जातिको इतिहासमा
एउटा निष्पक्ष खोजकर्ताको
लागि ख्रीष्ट मर्नुभयो
र मृतकहरूबाट बौरी
उठ्नुभयो भन्ने सत्यताको निम्ति
जति असल र
पर्याप्त साक्षी छ त्यति
साक्षी अर्को कुनै सत्यताको
लागि भएको मलाई
थाहा छैन ।