एदोमको
पतनको विषयमा यर्मियाले
लेखे, “‘तैंले प्रेरणा दिएको
त्रास र तेरो
ह्दयको घमण्डले तँलाई धोका
दिएको छ । हे चट्टानका
चिराहरूमा बस्ने, हे डाँडाका
टाकुराहरू ओगटेर बस्ने, तैंले
आफ्नो गुँड गरुडको झैँ अल्गोमा
बनाए तापनि म
तँलाई त्यहाँबाट तल
झार्नेछु’ परमप्रभु भन्नुहुन्छ ।
‘एदोम अति त्रासको
पात्र हुनेछ ।
त्यसका सबै चोटहरू
देखेर त्यहाँबाट जाने
सबै तर्सनेछन् र
त्यसको गिल्ला गर्नेछन्” (यर्मिया
४९:१६–१७)
। यर्मियाले करिब
६२७–५८६ ख्रीष्टपूर्वको
बीचमा भविष्यवाणी गरेका
थिए । अम्मोन,
मिश्र र मोआबजस्तै
(यर्मिया ४६:२६;
४८:४७; ४९:६) एदोमको
पुनस्थापनाको बारेमा कुनै भविष्यवाणी
गरिएको हामी पाउँदैनौं
। अगमवक्ताको भनाइअनुसार
एदोम एकपटक पतन
भएपछि सदाको लागि
उजाड हुने थियो
। एदोमको पतनको
विषयमा अन्य अगमवक्ताहरूले
पनि भविष्यवाणी गरेका
छन् (यशैया ३४:५–८;
इजकिएल २५:१३–१४; ओबदिया
८–१० आदि)
।
मृत
सागरको पूर्वमा अवस्थित एदोम
मानवीय दृष्टिकोणबाट दुर्जेय देखिन्थ्यो ।
यसको लमाइ करिब
११० माइल थियो
भने चौडाइ ६०
माइल थियो ।
यस आयतकार राज्यको
क्षेत्रफल ६,६००
वर्ग माइल थियो
। इस्राएलको चिरस्थायी
शत्रुको रूपमा चिनिने एदोमले
भौगोलिक रूपले प्राय: अभेद्य
अवस्थामा देखिने आफ्नो राज्यबारे घमण्ड
गथ्र्यो । तर
अगमवक्ताले भविष्यमा हुने यसको
पतनको ठोकुवा गरे
।
करिब
१२५ ख्रीष्टपूर्वमा एदोमीहरू
यहूदी मकाबी जोन
हर्कानसद्वारा आक्रमण गरिए ।
ख्रीष्टाब्द ७० मा
भएको यरूशलेमको पतनसँगै
एदोमीहरूले छुट्टै जातिय समूहको
रूपमा आफ्नो अस्तित्व गुमाए
। पछि ख्रीष्टाब्द
६३६ मा यो
भूमि मुसलमानहरूद्वारा कब्जा
गरिए अनि यो
उजाडस्थानमा परिणत भयो ।
एदोमको पतनको विषयमा गरिएको
पत्याउनै नसकिने भविष्यवाणी कसरी
पुरा भयो भनी
डेभिड हिगिङ्गसले वर्णन
गरेका छन्, “एदोमको
निर्जनताको विषयमा पटक–पटक
भविष्यवाणी गरिएको छ । अगमवक्ताहरूका समयमा यस्तो भविष्यवाणी
बिलकुल पूरा हुँदैन
जस्तो देखिन्थ्यो ।
एदोमीहरूलाई धपाएपछि पनि नबाती
कुलका मानिसहरूले त्यहाँ
समृद्ध सभ्यताको विकास गरे,
जुन शताब्दीऔंसम्म जारी
रहयो । तर
परमेश्वरले भन्नुभएको छ, ‘म
त्यसलाई उजाड पार्नेछु
।’ आज यो
भूमि मरुभूमिमा परिणत
भएको छ । परमेश्वरको साँचो वचनको
लागि यो मूक
साक्षी हो ।
पेट्रा [एदोमको राजधानी] यस भविष्यवाणीको
अक्षरश: समाप्तिको उल्लेखनीय उदाहरण
हो । ४०००
मानिस अटाउने रङ्गशाला,
मन्दिरहरू, वेदीहरू र स्मारकहरू
भएको यो भव्य
प्राचीन राजधानी अहिले मौन
र एक्लो छ
। समयको वेगसँगै
यी नष्ट हुँदै
आएका छन् ।”
(नोट: यो लेखांश कमल अधिकारीद्वारा लिखित प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू नामक पुस्तकको पाठ आठ: पुरा भएका भविष्यवाणीहरूबाट साभार गरिएको हो ।)