चाल्र्स
कोलसन अमेरिकाका सैँतिसौँ
राष्ट्रपति रिचार्ड निक्सोनका कानुनी
सल्लाहकार थिए ।
कोलसन वाटरगेट प्रकरणका एक
जिम्मेवार व्यक्ति थिए जुन
प्रकरणले गर्दा तिनले बदनामी
मात्र कमाएनन् तर
सात महिने जेल
जीवन पनि गुजार्नुपर्यो
। बिसौँ शताब्दीका
अति नै प्रभावशाली
रक्षाशास्त्री सी. एस.
लेविसद्वारा लिखित मेएर क्रिस्चियानिटी
नामक पुस्तक पढेपछि ख्रीष्टाब्द
१९७३ मा तिनी
ख्रीष्टियान बनेका थिए ।
नयाँ जन्मपश्चात् तिनले
आफ्नो अद्भूत खुबीलाई
खराबीको निम्ति नभई भलाइको
निम्ति प्रयोग गर्न थाले
। तिनको भनाइअनुसार
वाटरगेट
प्रकरणले येशू
ख्रीष्टको पुनरुत्थानको पुष्टि गर्दछ ।
तिनले व्यक्त गरेका
छन् ।
“पुनरुत्थान
एउटा सत्यता हो
भनी म जान्दछु
र वाटरगेट काण्डले यसलाई
प्रमाणित गरिदिएको छ । कसरी ? किनकि मृतकहरूबाट
बौरी उठ्नुभएको येशूलाई
देखेका छन् भनी
१२ जना मानिसले
गवाही दिए ।
त्यसपछि एक पटक
पनि त्यसलाई इन्कार
नगरी तिनीहरूले त्यस
सत्यतालाई ४० वर्षसम्म
घोषणा गरे ।
प्रत्येकलाई कुटियो; यातना दिइयो;
ढुङ्गाले हानियो अनि झ्यालखानामा
थुनियो । यो
साँचो थिएन भने
तिनीहरूले यस्ता दु:खहरू
सहँदैनथ्ये । वाटरगेट
प्रकरणमा संसारका सबैभन्दा शक्तिशाली
१२ जना मानिसहरूलाई
छानियो जसले एउटा
झुटलाई तिन हप्तासम्म
पनि जोगाइराख्न सकेनन्
। १२ जना
प्रेरितहरूले एउटा झुटलाई
४० वर्षसम्म जोगाउँदै
छन् भनी तपाईं
भन्दै हुनुहुन्छ जुन
बिलकुलै असम्भव छ ।”
वाटरगेट प्रकरण
एउटा मुख्य राजनीतिक
काण्ड थियो जुन
अमेरिकामा ख्रीष्टाब्द १९७० को
दसकमा घटेको थियो
। “वाटरगेट” शब्दले
वासिङ्गटन डी. सी.
स्थित वाटरगेट होटललाई
उल्लेख गर्दछ जुन होटेल
डेमोक्रेटिक पार्टीको नेसनल हेडक्वार्टर
थियो, ख्रीष्टाब्द १९७२
मा । हेडक्वार्टरमा
चोरी गर्ने क्रममा
धेरै मानिसहरू समातिए
र त्यसलाई तत्कालीन
अमेरिकी राष्ट्रपति निक्सोनले लुकाउने
कोसिस गरे ।
उक्त कुरो पछि
सार्वजनिक भएपछि तिनले राजीनामा
दिए र सर्वोच्च
अदालतको फैसलामुताबिक कति जना
जेलमा कोचिए ।
यस
प्रकरणलाई येशूको पुनरुत्थानसँग जोड्नुको
कारण यही हो
कि यदि येशूका
चेलाहरूले काल्पनिक कथाको रचना
गरी त्यसलाई यथार्थ
बनाउन खोजेका थिए
भने त्यो पर्दाफास
हुन्थ्यो जस्तो वाटरगेट काण्डमा
भयो । तर
येशूका चेलाहरूले त्यही लेखे
र भने जे
तिनीहरूले देखेका थिए र
अनुभव गरेका थिए
र त्यसैको निम्ति
तिनीहरू सहिद पनि
भए ।