विज्ञान र धर्मको विषयसित सम्बन्धित सम्मेलनमा छलफल विश्वको उत्पत्तिमा
केन्द्रित हुने थियो । वैज्ञानिकहरू दुई भागमा विभाजित हुनुपथ्र्यो— परमेश्वरमाथि विश्वास गर्ने र परमेश्वरमाथि
विश्वास नगर्ने । मञ्चमा वैज्ञानिकहरूको भिड लागेको थियो ।
वैज्ञानिकहरूको त्यस सम्मेलनमा अलान आर. स्यान्डेजले पनि भाग लिएका थिए ।
स्यान्डेज बिसौँ शताब्दीका अमेरिकाका अत्यधिक प्रभावशाली खगोलविद् थिए ।
सहभागीहरूमध्ये धेरैले तिनलाई नास्तिकको रूपमा चिन्थे होलान् । निस्सन्देह,
स्यान्डेज परमेश्वरमाथि विश्वास नगर्ने
वैज्ञानिकहरूको समूहमा गएर मिसिन्थे भनी अपेक्षा गरिएको थियो ।
तर त्यहाँ अनपेक्षित कुरो भयो । तिनी परमेश्वरमाथि विश्वास गर्नेहरूको समूहमा
गए । अझै छक्क पार्ने कुरो के थियो भने तिनी पचास वर्षकै उमेरमा ख्रीष्टियान भएका
थिए भनी तिनले त्यहाँ सार्वजनिक रूपमा पर्दाफास गरे ।
भौतिक शास्त्रले महाविस्फोटलाई व्याख्या गर्न नसक्ने भएकोले यसको पछाडि अलौकिक
तत्त्व रहेकै हुनुपर्छ भन्ने स्यान्डेजको ठम्याइ रहेको थियो । पदार्थ, अन्तरिक्ष, समय र शक्तिको आकस्मिक उत्पत्तिले कुनै न कुनै किसिमको
पराभौतिक अस्तित्वको आवश्यकतालाई दर्शाउँछ ।
स्यान्डेजले भनेका छन्, “मेरो विज्ञानले
मलाई संसार विज्ञानद्वारा व्याख्या गर्न सकिनेभन्दा निकै जटिल छ भन्ने निष्कर्षमा
पुर्यायो ।” पछि तिनले
पत्रकारलाई बताए, “अस्तित्वको
रहस्यलाई म अलौकिक शक्तिद्वारा मात्रै बुझ्न सक्छु ।”
ख्रीष्टाब्द १९२६ मा अमेरिकामा जन्मेका स्यान्डेजले पहिलो पटक तर्कसङ्गत रूपमा
विश्वको आरम्भको मिति निधो गरेका थिए । पहिलो क्वासर पत्ता लगाउने वैज्ञानिक पनि
तिनी नै थिए । विभिन्न पुरस्कारहरू हात पारेका स्यान्डेजले आफू ख्रीष्टियान भएको
घोषणा गरेपछि धर्म र विज्ञानसित सम्बन्धित विभिन्न निबन्धहरू लेख्न सुरु गरे
।
यसरी, आधुनिक वैज्ञानिक
खोजहरूले संसारकै विख्यात नास्तिक खगोलविद्लाई आस्तिकवादमा मात्र रूपान्तरण गरेनन्
तर, ख्रीष्टियानमा पनि ।